Monday, December 25, 2017

नेविसंघ र नेपाली राजनिती।

 

सोमबार, १० पुष २०७४, २० : ३२

Toggle navigation

My Republica Shukrabar

नेविसंघ र नेपाली राजनीति

शुक्रबार, २८ साउन २०७३, ०८ : ४२ |  नरेन्द्रजंग पिटर

0

| Shares

नरेन्द्रजंग पिटर

लेखकबाट थप

मौन संस्कृतिकाजी भर्सेस किराती !बिपी, पिएल र ‘छु मतलम’ ?चुनौतीको चक्रब्यूहभातृ संगठन विघटनको समय

अहिले नेपाल विद्यार्थी संघ (नेविसंघ) को ११औँ अधिवेशन चलिरहेको छ। नेविसंघ नेपाली कांग्रेसको नेता उत्पादन गर्ने कारखाना हो। त्यहाँ जे/जस्तो अभ्यास, बहस भएका छन्, घटना भएका छन् त्यसले नेपाली कांग्रेसको मात्र हैन् नेपाली राजनीतिक संस्कृतिको पनि तस्बिर खिच्छ। कुनै दिन नेविसंघ एउटा आन्दोलन थियो। त्याग, बलिदान र सिद्धान्तनिष्ट तरुणहरुको आस्थाको केन्द्र पनि थियो। पञ्चायत विरोधी आन्दोलनका सशस्त्र संघर्ष वा शान्तिपूर्ण आन्दोलनमा अग्रपंक्तिका तरुण थिए। अहिले नेपाली कांग्रेसको पहिलो पुस्ताको नेतृत्व रित्तिएपछि नेविसंघ उत्पादित तिनैै तरुणहरु नै अहिले पहिलो पंक्तिका प्रमुख नेता भएका छन्।

ओखलढंुगा काण्डमा मारिएका राम–लक्ष्मण हुन् या लीला ठगीको सहादत होस् या दुर्गानन्द र अरविन्द ठाकुरको सहादतलाई नेविसंघको गौरवशाली विरासत मान्न सकिन्छ। तर विभिन्न कालखण्डमा संघकै आवरणमा गुण्डागर्दी नभएका भने हैनन्। विराटनगरमा अखिलका फणिन्द्र तिमल्सिना, चितवनमा शिव पौड्याल र मित्रमणि आचार्यको हत्याको दाग ऊमाथि लागेकै छ। त्यसबेला अभियुक्तको बचाउमा कांग्रेस रहेकै थियो। इतिहास कहिलेकहीँ अत्यन्तै भद्दा अभ्यास पनि गर्छ। आरोपीहरुसँगै कालान्तरमा कम्युनिस्टहरुले एउटै मन्त्रिमण्डलमा सहयात्रा पनि गरिसके। इतिहास छोडौँभन्दा पनि भुल्न नसकिने विषय बन्दोरहेछ। 

नेविसंघको महाधिवेशनका अभ्यास हेर्दा ध्यान दिन आवश्यकता भनेको पहिलो विषय हो– राजनीतिको जब मृत्यु हुन्छ त्यसको ठाउँमा उन्माद र नेताका गुटियारमा फेरिन पछुवाहरु हौसिन्छन्। जब नेताहरुका स्वार्थ मितेरी हुन्छ झगडामा उत्रिएका पछुवा चूप रहन विवश हुन्छन्। दोस्रो हो– क्यारियरपरस्त सामाजिक राजनीतिक संसारको अभ्यास र राजनीतिलाई व्यवसायमा फेर्नु। के महाधिवेशनमा सोसलिस्ट इन्टरनेसनलको मान्यताअनुसार जनउत्तरदायी समाजवादका अभ्यास कि महत–समाजवादी कांग्रेसी उदार पुँजीवादी अर्थतन्त्रको अभ्यास! कांग्रेसले ६ दशक पहिल्यै आत्मसात गरेको धर्म निरपेक्षता कि खडका–हिन्दु अतिवादी सोच! लगायत संसद्ले पास गरेर अपनत्व लिइसकेको संविधानका नयाँ चुनौती सामनाका विषय बहसका एजेन्डा त बन्छन्? विद्यार्थी महाअधिवेशन भएकाले २१ औं शदीको शिक्षा नीति के/कस्तो हुनुपर्ने? के यस्ता गम्भीरखाले बहसबाट महाधिवेशन गुजे्रला? या कर्मकाण्डी प्रस्ताव पास गरेर उम्केला र नेताहरुको भालेभिडन्तकै पात्रमा तरुण विद्यार्थी केन्द्रित होलान्? नेविसंघका तरुणहरु सामने उभिएको प्रमुख चुनौती भनेकै 'जय नेपाल दाजु!' भनेर साखुल्ले बन्दै पदीय हैसियत बढाउने कि आफ्नो विवेकको वैचारिक अभ्यास गरेर वैकल्पिक नेतामा आफूलाई विकास गर्ने भन्ने हो।

 

नेविसंघका तरुणहरु सामने उभिएको प्रमुख चुनौती भनेकै 'जय नेपाल दाजु!' भनेर साखुल्ले बन्दै पदीय हैसियत बढाउने कि आफ्नो विवेकको वैचारिक अभ्यास गरेर वैकल्पिक नेतामा आफूलाई विकास गर्ने भन्ने हो।


यो समस्या कांग्रेस वा नेविसंघको मात्र नभई नेपाली राजनीतिक संस्कृति नै बनिसक्यो। पार्टीहरू फरक छन्, झन्डाहरू फरक छन्, पार्टी कार्यालय र नेता/कार्यकर्ता पनि फरक छन््। नारा र लक्ष्य पनि घोषणापत्रमा फरक देखिन्छन््। पृष्ठभूमि र अभ्यास पनि भिन्नाभिन्नै छन्। लालसलाम, जय नेपाल, अभिवादन, जय मातृभूमि नामक सलाम, दोहा, प्रणामका तरिका पनि फरक फरक छन््। भनिन्छ– मूल्य, मान्यता, आदर्श र सिद्धान्त पनि फरक छ तर व्यवहारमा भने कुनै फरक देखिँदैन् न नेतृत्वमा पुग्न न सिंहदरवारको म्याराथुन दौडमा। संगठनको सन्देशलाई व्यावहारीकरण गर्ने त कार्यकर्ताले नै हो। स्थानीय संगठनहरुले नै हो। कार्यकर्ताको आचरणले नै कुनै पनि पार्टी वा समूह जनस्तरमा भिन्न हुन्छन् । हरेक पार्टीका  सङ्गठन शैली, आचार, विचार र व्यवहार एकै प्रकारको नेपाली पाराकै छ। निर्णय प्रक्रिया पनि एउटै तरिकाले हुन्छ।

पहिला गुट/उपगुटका अँध्यारो कोठामा बैठक हुन्छन्। त्यहीँ रस्साकसी हुन्छ। तब पार्टी सिन्डिकेट बैठक बस्छ। त्यहाँ शक्ति, सुविधा र अवसरको मोलमोलाई हुन्छ। ङारङार ङुरङुर पनि हुन्छ। नत्र भनेका तुरूप हानिन्छन् अनि शक्तिको पाइन, तर्क र तथ्य अगाडि सार्दै मोलतोल भएर गुटियार र गुटहरुबीच एउटा सम्झौतामा पुगिन्छ। त्यसलाई विधिसम्मत लोकाचार पुर्‍याउन कानुनी जामा लगाइएर 'पार्टी मिटिङ' भन्दै प्रस्ताव पेस हुन्छन्। प्राविधिक नेतृत्वका हैसियतमात्र बनेका ठप्पाजनले त्यसमा ल्याप्चे लगाउँछन्। तर्क गर्ने या त उनीहरुसँग हैसियत हुँदैन् या विवेक बन्धकी राखेर अनुमोदनकर्ता मात्र बन्छन्। अनि त्यसलाई 'पार्टी निर्णय' भनेर कार्यकर्ता र जनतालाई तामेली गर्ने हुकुम हुन्छ। यसरी नेपाली प्रजातान्त्रिक, समाजवादी, लोकतान्त्रिक र जनवादी तौरतरिका आफ्नै काइदाको अभ्यास हरेक पार्टीमा भइरहेको छ। बास्नै चल्नुपर्दैन, आँगनले नै चुलोमा के पाकिरहेको छ भन्ने जनाउ दिएझैँ त्यस्तै नेविसंघ अधिवेशनले पनि संकेत दिइसकेको छ।

कङ्ग्रेस, एमालेका सङ्गठनको आफ्नै हविगत छन्् भने मधेसकेन्द्रित दलहरूको पार्टी गठन, फुट र नयाँ सिर्जना र बैठकको आफ्नै संस्कृति छँदैछन्। युद्धबाट आएको, नेतृत्व चेन अफ कमान्ड र जनवादी केन्द्रीयता भन्ने माओवादी घटक पनि सोही अवस्थाबाट गुजि्ररहेका वा अस्तव्यस्त नै छन््। सिद्धान्तका ओठे रटानभन्दा आचार, विचार र व्यवहारको कुन अर्थमा भिन्न छौँ भनेर आदर्शको दावी गर्ने हैसियतमा पार्टीहरु देखिएका छैनन्। हरेक पार्टीका अधिकांश ठप्पाजन (केन्द्रीय कमिटी सदस्य, जो यदि सिद्धान्त, समयको माग, राजनीतिक भाइब्रेट पैदा गर्न नसक्नेहरूलाई मात्र यो शब्द भन्न खोजिएको हो) आश र त्रासमा आफ्ना योग्यता, दक्षता र गौरवशाली भूमिका निर्वाह गर्दैछन्।

गुटियारहरु आपसमा झगडा गर्दा पार्टीमा रडाको हुन्छ, सिद्धान्तको आवरण दिइए तापनि त्यसको चुरो भनेको पार्टी सत्ता कब्जा गर्नु वा आफूलाई सुरक्षित राख्नु हो। पार्टी सत्ता कब्जा गरेमात्र सरकारी ओहोदाकारी बन्न सकिन्छ। आफ्नो औकात बढाउन वा सुरक्षित हुन पनि नेताहरुलाई गुटको आवश्यकता पर्छ भने कार्यकर्ताले औकातको भर्‍याङ चढ्न गुटको अनुमोदन र गुटियारहरुको आशीर्वाद आवश्यक पर्छ। राजनीतिक सुरक्षित हुन पनि सामान्य कार्यकर्ताले विवेक, आदर्श, सिद्धान्तभन्दा गुटको फुर्काे समाउन बाध्य हुन्छ/पारिन्छ। त्यसैबेला पार्टी आन्दोलनको औजार र नेताहरु अग्रिम पंक्तिको अभियन्ताको हैसियतभन्दा प्राविधिक नेताको हैसियतमा फेरिन्छन्। गुट र आवेगको अश्त्र काम नगरेपछि जातीय, भेगीय आवेगले पनि हैसियतको आरक्षण हुन पुग्छन्।

गुटियारहरुको स्वार्थ साझेदार भएपछि भने पछुवाहरु ङारङार ङुरङुर त गर्छन्, स्वविवेकको संघर्ष नभएकाले कालान्तरमा सो सबै टिँटीँ फिस्स् हुन्छ। गाली, झगडा र इख सबै फच्चे भनिन्छ/मानिन्छ। ठप्पावाजहरू ल्याप्चे लगाएर गौरवशाली भूमिका निर्वाह गर्छन्। तर्क राख्ने, निर्णय प्रक्रियामा सामेल भए पो, निर्णयको स्वामित्व लिन पाए पो दायित्व पनि निर्वाह गर्नुपर्ने हुन्छ। हाई..सन्चो। उपलब्धिको हकवाला हुन पाइने, घाटा बेहोर्नु नपर्ने हुन्छ। बाँचे माहुर लगाए मेरो पोइ, मरे सासूको छोरो।

   जे/जस्ता नीति र विधि सङ्गठनात्मक निर्णयमा भए पनि हरेक पार्टीमा ठूलै नेताहरुको एउटा समूह हुन्छ मिटिङ वा महाधिवेशन जे भने पनि उनीहरुकै रडाको, मिलापत्र र हैसियत प्रदर्शन हुने गर्छ भने भातृ संगठनका तरुणहरु कारिन्दामात्र फेरिँदैछन्। कुनै दिन आन्दोलन बनेको पार्टीको हविगत सुविधाअनुसारको सिद्धान्त र त्यसैअनुसारको संगठनात्मक आचरण भएपछि नेतृत्वको अर्थ सामाजिक दायित्वको निर्वाह गर्ने अगुवाभन्दा पनि सुविधा, सम्मान र सुरक्षाको अर्थमा फेरिन्छ। हैकममा मात्र चल्ने नेपाली राजनीति संस्कृति बनेकाले विचारमा जो, जसले, जे भने पनि त्यसलाई सामन्तवादी राजनीतिक संस्कृतिकै निरन्तरता भन्नुपर्ने हुन्छ। यसलाई आधुनिककालमा फेर्ने, क्रमभङ्ग गर्ने भनेको तत्दलमा रहेका नयाँ चिन्तनका अर्थात् क्रान्तिकारी सोचका केन्द्रीय कमिटी सदस्यले नै हो। जब उनीहरूले गुटको फुर्को समाएर आफ्नो हैसियत खोज्न थाल्छन् तब सिद्धान्तको राजनीति, राजनीतिको सिद्धान्तमा फेरिन्छ। कुनै पनि पद दायित्वको अभिभाराभन्दा पनि सुख, सुविधा, सम्मान र सुरक्षाको कवच बन्न पुग्छ। के नेविसंघको ११औं महाधिवेशन यसबाट अछुतो हुन सक्ला? 





यसमा तपाईको मत

सम्बन्धित समाचार

ग्यास उद्योगको मापदण्ड

ग्यास उद्योगको मापदण्ड

आयुर्वेदिक क्षेत्रका अन्योल

आयुर्वेदिक क्षेत्रका अन्योल

रेशमी मार्ग र हामी

रेशमी मार्ग र हामी

सत्ता सरोकार

सत्ता सरोकार

नयाँ जनादेशको अर्थ

नयाँ जनादेशको अर्थ

प्रादेशिक राजधानीमा सहमति खोज

प्रादेशिक राजधानीमा सहमति खोज

प्रचलितमेरो रुचिसिफारिस

एक महिनामा टिबिएमबाट एक किलोमिटर सुरुङ

‘प्रदेश दुईको राजधानी नयाँ सहरमा’

एमाले अध्यक्ष ओली रसुवागढी नाकामा

प्रदेश सभामा समानुपातिक तर्फको सिट बाँडफाँट सार्वजनिक

कानुनको धज्जी उडाउँदै वायुसेवा निगम

वर्णसंकर राजनीतिका जालझेल

छुटाउनु भयो कि?

जसले रोपे वाम किल्लामा कांग्रेस बिउ"हाम्रा मन्त्रीले ब्या गर्‌याकी कसी हुन्या रै'छन्"विदेशी लगानीको पहिलो पाँचतारे रिसोर्ट सञ्चालनमादायाँबायाँ श्रीमती राखेर एमालेका नारदमुनीले भने 'सबै बाचा पुरा गर्छुु'बदलिँदै ओली शैलीकांग्रेस उम्मेदवार थापा एमाले युवाको नियन्त्रणमानवराज सिलवाललाई कारबाही गर्नु पर्ने सर्वोच्चको ठहरएकैपटक सवा सय पाइलट लिँदै हिमालय

अन्य समाचार

धुर्मुस सुन्तलीको नयाँ बस्ती ८० प्रतिशत काम पुरा

रौतहटको चन्द्रपुरस्थित सन्तपुरमा हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली'ले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीको ८० प्रतिशत काम...

ज्याकलिनको सानिया मोह

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अर्को देशबाट बलिउडमा आएर आफ्नो पहिचान बनाउने नायिकाको रूपमा चिनिन्छिन् । बायोपिक फिल्ममा शीर्ष भूमिकामा अभिनय...

चिसो मौसममा ‘हट’ क्याटवक

मंसिर सकिएर पुषको आगमनसँगै राजधानीको मौसम ह्वात्तै चिसिएको छ । दिवा समयबाहेक बिहान र बेलुकाको समय काठमाडौं चिसिरहँदा गत शुक्रबार...

पहिले दर्शक, अहिले प्रतियोगी

धरानमा जन्मिएर झापामा परिवारसँग बस्दै आएकी केविका खत्री टेलिभिजन रियालिटी शो ‘छमछमी २’को नियमित दर्शक थिइन् । नेपाल टेलिभिजनबाट प्रसारण...

OTHER LINKS

हाम्रो बारेADVERTISE WITH USCONTACT US

  

 Copyright 2016 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.

X

Wednesday, December 20, 2017

नेविसंघ विगत वर्तमान र अवको वाटो।

नेविसंघ विगत, वर्तमान र अबको बाटो

तारक प्रतिभा।प्रकाशित मिति : २०७३ बैशाख ९ बिहिबार, ५,९८५ पटक हेरिएको

0

SHARES

जहानिया राणा शासनको पञ्जाबाट मुलुकलाई मुक्त गर्दै मुलुक र जनतालाई स्वाधिन र स्वतन्त्र बनाउने राजनैतिक जागरणको मोर्चामा १९९७ देखी नै विभिन्न स्वरुप र भुमिकामा राणा बिरोधि संघर्षका आन्दोलन सञ्चालन गर्दै आएका तत्कालीन तरुण विद्यार्थीहरुकै योगदानको जगमा स्थापित विद्यार्थी आन्दोलनको संगठित रुवरुप हो नेविसंघ।

 

विसं. २००३ सालमा स्थापना भएको नेपाली छात्र संघ स्थापनापुर्व राणा विरोधि जयतु संस्कृतम आन्दोलनको माध्ययमबाट निंरकुशताको जग हल्लाएको विद्यार्थी आन्दोलन र त्यसभन्दा पछाडिका प्रजातान्त्रिक विद्यार्थी आन्दोलनको जगमा ०२७ साल वैशाख ६ गते स्थापित नेपाल विद्यार्थी संघले आफ्नो चार दशक भन्दा लामो यात्रा पूरा गरिसकेको छ। २००३ सालमै नेपाली राष्ट्रिय काग्रेंस गठन भएपछि छात्र संघले पार्टीको भातृ संगठनको रुपमा काम गर्न थाल्यो। छात्र संघको जगबाट सुरु भएको विद्यार्थी आन्दोलनले २०१८ सालमा त्रिभूवन विश्वविद्यालयमा विद्यार्थी यूनियन खोल्ने अनूमति प्राप्त गरेको पाईन्छ। प्रजातान्त्रिक विद्यार्थी आन्दोलनको पहिलो उपलब्धि नै यही थियो। २०१९ सालमा भएको त्रिवि विद्यार्थी यूनियनको दोस्रो चुनावमा प्रजातन्त्रवादी विद्यार्थी नेता दमननाथ ढुंगाना सभापतिमा निर्वा्चित भएको इतिहास छ।

 

समयको निरन्तरतासंगै २०२६ सालसम्म आइपुग्दा विपीन कोइराला, लक्ष्मण घिमिरे लगायतको अगुवाईमा गौरीशंकर छात्र समिति, रामचन्द्र पौडेल, गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले, टिका पोखरेल लगायतको अगुवाइमा गण्डकी छात्र समिति, अर्जूननरसिंह केसीको अगुवाईमा पश्चिम १ नं. छात्र समिति, शेरबहादूर देउवा, सिद्धराज ओझाको अगुवाइमा सूदूरपश्चिम छात्र समिति र पुरुषोतम बस्नेत, होमनाथ दाहालको अगुवाईमा सगरमाथा छात्र समिति गठन भइसकेका थिए ।

 

सम्पूर्ण प्रजातन्त्रवादी विद्यार्थी संगठनलाई एकै छातामूनि राखेर बृहत प्रजातान्त्रवादी विद्यार्थी संगठन निर्माण गर्ने र पञ्चायत विरुद्धको आन्दोलन सशक्त पार्ने मूल उद्देश्यले वीपी कोइराला, सूवर्णशमशेर र कृष्णप्रसाद भट्टराईको विषेश प्रयासमा नेपाल विद्यार्थी संघको स्थापना हुन पुग्यो। पञ्चायतको अत्यन्तै कडा निगरानीमा भूमिगत तवरले सम्पन्न भएको प्रथम सम्मेलनले प्रजातान्त्रिक पद्दति (मतदान) बाट केन्द्रीय कार्यसमिति चयन गरेको थियो। २०३५ सालमा शेरबहादूर देउवाको नेतृत्वमा सुरु भएको संयुक्त विद्यार्थी आन्दोलन सामू पञ्चायती सरकार झुक्न पुग्यो र जनमत संग्रहमा जान बाध्य भयो।

 

यस आन्दोलनमा नेपाल विद्यार्थी फेडेरेसन र प्रगतिशील विद्यार्थी संगठन समेत सहभागी थिए । अस्थिर राजनीतिक व्यवस्थाका कारण २०२७ देखि ०४६ सम्म नेविसंघले तीनवटा आन्दोलनलाई सँगसँगै अगाडि बढाउनु परेको थियो ।

 

पहिलोः राजनीतिक परिवर्तनको आन्दोलन अर्थात निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलन, दोस्रोः शैक्षिक र वर्गीय आन्दोलन र तेस्रोः आम नेपाली जनताको जनजिविकाको सवालको आन्दोलन। विद्यार्थी आन्दोलनमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल र कुनै समय सडक बाघको उपाधि प्राप्त गरेको नेविसंघको भूमिका समकालीन नेपाली राजनीतिमा भने फिक्का बन्दै गएको छ। ०६२र६३ को राजनैतिक परिवर्तन पछाडि यो संगठनले विस्तारै आफूलाई मूल उद्देश्यबाट टाढा राख्दै गएको छ।

 

निरकुंश पञ्चायतमा भएका विद्यार्थी आन्दोलन राष्ट्रिय हितमा, आम जनताका हितमा र आम युवा विद्यार्थीका हितमा केन्द्रीत हुने गर्दथ्यो। ०३५ को विद्यार्थी आन्दोलनदेखि ०४६ को जनआन्दोलन हुदैं ०६२र६३ को ऐतिहासिक जनआन्दोलनसम्म आईपुग्दा नेविसंघले खेलेको भूमिकाका बारेमा जति वर्णन गरेपनि पूरा हुँदैन।

 

०४६ सालमा विद्यार्थी नेताहरु बालकृष्ण खाँड, नविन्द्रराज जोशी र एनपी साउदहरु सडकमा निस्कँदा शासकहरु थर्कमान हुन्थे। ०६१ माघ १९ गते शाही कदम पछाडि गगन थापा, विश्वप्रकाश शर्मा, गुरु घिमिरे, केशव सिंह, किशोरसिंह राठौर, महेन्द्र शर्मा, जस्ता विद्यार्थी नेताहरुले सडक तताउँदा शाही शासकहरुको पसिना छुट्थ्यो । तर, ०६२र०६३ पछाडि विद्यार्थी राजनीतिको दृश्य फेरिएको छ।

 

गणतन्त्र स्थापना पश्चात नेविसंघ थकित जस्तो देखिएको छ। एकातिर आन्तरिक गुटबन्दीले चरम रुप लिनु र सोही कारण समयमै आफ्नो महाधिवेशन गराउन नसक्नु नेविसंघ भित्रको प्रमुख समस्या हो। त्यसैकारण घरेलु समस्यामा रुमल्लिएको नेविसंघले जुन रचनात्मक भूमिका खेल्नुपर्ने हो त्यो सकिरहेको छैन।

विधानतः हरेक २-२ वर्षमा हुनुपर्ने महाधिवेशन २०६४ जेठ देखि हुन सकिरहेको छैन। ८ वर्ष हुँदा समेत आफ्नै नेतृत्व लोकतान्त्रिक पद्धतिबाट चयन गर्न सकिरहेको छैन।

 

आफूलाई लोकतान्त्रिक संगठनको रुपमा परिभाषित गर्ने र अरुलाई लोकतन्त्रको पाठ सिकाउने संगठनकै यस्तो हविगत हुनु दूर्भाग्य हो। पञ्चायतको निरकुंश शासन र ज्ञानेन्द्रको शाही शासनको समयमा समेत नेविसंघको महाधिवेसन कहिल्यै यसरी अवरुद्ध भएको थिएन।

 

आफ्नै संगठन चुस्त रुपले अगाडि बढाउन नसकेका कारण पछिल्ला दिनहरुमा नेविसंघले गर्ने हरेक आन्दोलनहरु निर्णायक तहमा पुग्न सकिरहेको छैन। आन्दोलन सुरु गरिन्छ, तर निश्चित बिन्दुमा नपुगी सम्झौता गरिन्छ। न त सम्झौता पारदर्शी हुन्छ, न त सम्झौता गर्नुको कारण कार्यकर्ता सामू भनिन्छ।

 

हरेक २ वर्षमा हुनुपर्ने स्ववियूको निर्वाचन ०६५ चैत्र देखि हुन सकिरहेको छैन। त्रिविबाट प्रमाणपत्र हटाउँदा विद्यार्थी संगठनसँग भएको सम्झौताको कार्यान्वयन आजसम्म भएको छैन। जसका कारण अहिले नेपालको शैक्षिक क्षेत्र माफियाको नियन्त्रणमा पुगेको छ र गरिब जनताका छोराछोरी चर्को मुल्य तिर्न बाध्य छन्। दशकौंदेखि सीमित विषयमा भन्दा अरु विषयमा पढाइ हुँदैन, व्यवहारिक, प्राविधिक र रोजगारमूलक विषय क्याम्पसमा भित्र्याउन दबाव दिनुपर्नेमा यो कुराप्रति पटक्कै चासो छैन। समग्र शैक्षिक गुणस्तर वृद्धिमा कहिल्यै आन्दोलन गरिएन।

 

विभिन्न समयमा हुने गरेका महंगी, कालोबजारी र मुल्यवृद्धी विरुद्धका आन्दोलनहरु निकम्मा साबित हुने गरेका छन लक्ष्यमै नपुगी बिचबाटोबाटै फिर्ता हुने र टुँगिने गरेकातर्फ औला उठन थालेका छन। विगतमा ऐतिहासिक सफलता प्राप्त गरेको विद्यार्थी आन्दोलन यतिबेला सुस्ताउँदै गएको छ। समकालीन विद्यार्थी आन्दोलनका नेतृत्वकर्ताहरु हरेक आन्दोलनका अगाडि नाफा घाटाको जोडघटाउ गर्छन्। ठेक्कापट्टा, गुण्डागर्दी र अराजकता अहिलेको विद्यार्थी राजनितिको पर्याय बनेको छ। यतिबेला विद्यार्थी आन्दोलन द्रव्य (रकम) मुखी भएको छ ।

 

नेविसंघले आफ्नो स्थापनाको ४६ स्थापना दिबश मनाइरहँदा हामी कहाँनेर चुक्यौं र किन बाटो बिरायौ भनेर समीक्षा गर्नु जरुरी भइसकेको छ। प्रथम सशस्त्र क्रान्तिमा अधिकाश युवा विद्यार्थीहरु नै मुक्तिसेनामा समाहित भएर युद्ध लडेका थिए। राजा महेन्द्रलाई बम प्रहार गर्नेदेखि हवाइजहाज अपहरणसम्म गर्ने बहादुर युवा विद्यार्थीको संगठन यतिबेला चाकरी र स्वार्थको चौघेरामा पुगेको छ। नेविसंघको आन्दोलन र भूमिका यतिबेला अत्यन्तै नाजुक अवस्थामा पुगेको छ। अर्को शब्दमा भन्दा नेविसंघ यतिवेला जिवनमरणको दोसाँधमा उभिएको छ। जीवनमरणको दोसाँधमा रहेको नेविसंघलाइ पुर्नताजगी गराउन, संगठनमा पुर्नजागरण र निखारता ल्याउन र नेपालको लोकतान्त्रिक, शैक्षिक र राष्ट्रियताको मुद्दालाई थप उचाइमा र्पुयाउन सर्वप्रथम नेविसंघ स्वयं रुपान्तरित हुन जरुरी छ।

 

वर्तमानमा अवरुद्ध साँगठनिक गतिविधिलाई गति दिन र योजना र दृष्किोणबिहिन नेतृत्वलाई मति दिनका लागी र नेविसंघलाई विद्यार्थी आन्दोलनमात्र होइन मुलुक र जनताको आवाजको सारथी बनाउन, संगठनलाई गतिहिन र दिशाहिन नेतृत्वको कोटरीबाट बाहिर निकाल्न र जीवन्त बनाउनका खातिर सचेत युवा लोकतन्त्रवादी विद्यार्थीहरु एकपटक सोच्न र मिहिन ढंगले लाग्न जरुरी भईसकेको छ। नेपालको शैक्षिक,सामाजिक र राजनैतिक जागरणको नेतृत्वकर्ता संगठन आज आफैभित्र आफ्नै समस्या र पारिवारीक उल्झनमा रुमल्लिनु लोकतन्त्रमा आस्था राखेर बाँच्न चाहनेहरुका लागी दुखद कुरा हो।

 

पुर्खा र अग्रजहरुको त्याग, निष्ठा, बलिदान र उच्च सर्मपणभावको गौरवपुर्ण इतिहास बोकेको एउटा लोकतान्त्रिक संगठनलाई धेरै दिन अन्यौलता, अर्कमण्यता र अस्थिरताको बादलभित्र हराई रहनदिनु हाम्रो ठुलो कमजोरी हुनेछ तसर्थ यसबाट मुक्त गर्दै जीवन्त र गतिशिल बनाउन, आन्तरिक रुपमा मजबुत र जिउदो जाग्दो र आशालाग्दो संगठनको रुपमा नव जीवन दिनका लागी युवा विद्यार्थीहरु मन,वचन र कर्मले दृढताका साथ लागीपर्न  अबेर भईसकेको छ। गौरवपुर्ण बिराशत र इतिहासका कठिन मोडहरुमा पुर्वजहरुले गरेको त्याग,निष्ठा र लगानीलाई सच्चा मनले श्रद्धा त्यतिवेला हुनेछ हामी जतिवेला हाम्रा सवै आन्तरिक समस्याहरु व्यवस्थापन गर्दै नेविसंघलाई मुलुकको भरपर्दो र आशालाग्दो संगठनको रुपमा पुन आम विद्यार्थीहरु र आम जनमनमा बस्न र बसाउन सक्नेछौ। 

(स्तम्भकार नेविसंघका महाधिवेशन प्रतिनिधि हुन्)