Saturday, April 14, 2018

ने.वि.संघ चिन्तन समूह।

                   ने.वि.संघ चिन्तन समुह

ने.वि.संघ पृथ्वीनारायण क्याम्पसमा मुल इकाई कार्यसमितिको मातहतमा रहेर इकाई लाई नै ससक्त ढङ्गबाट मजबुत बनाउने अभिप्रय र नव आगन्तुक विधार्थीमा संगठनको वारेमा प्रचार गर्न मुख्य हेतुको साथ विधार्थी हक-अधिकारको निम्ति ने.वि.संघ प्रती चिन्तन गर्न संगठन हो ने.वि.संघ चिन्तक समूह। नेविसंघ पृथ्वीनारायण क्याम्पसमा वि.सं २०७४/२०७५ वर्षमा स्नातक तह प्रथम वर्षमा अध्यनरत विधार्थी साथिहरुको प्रतिनिधित्वमा निम्न विधान,कार्य योजना र समसामयिक उदेश्यहरु उठान गर्दै स्थापना गरिएको समूह हो।

विधान:
मुल इकाई भएको समयमा इकाईको सहयोग गर्न र इकाई नभएको समय अवधिमा इकाईको छाँयाको रुपमा काम गर्न गरि संगठित ने.वि.संघ चिन्तक समूह निम्न कार्य योजना \ ढाँचा रहेका छ्न।

कार्ययोजना/ढाँचा:
1)ने.वि.संघ चिन्तन समुहमा १ जना सभापति जस्लाई संगठनको प्रवक्ता सरह जिम्मेवारी दिदै,क्रीयाशिल सदस्य र सदस्यहरु रहनेछ्न।
२) यस समुहमा संयुक्त रुपमा वैकिङ्ग खाता खोली आर्थिक कारोवारको खर्च एवंम सहयोग आम्दानी रकम लाई स्पष्ट तरिकाले आर्थिक पारदर्शीकता वनाएर काम गर्न छ।
३) नेविसंघ छात्रा ससक्तिकरण संघ :ने.वि.संघ मुल इकाईको मातहतमा रहेर ने.वि.संघ चिन्तन समुहले छात्रा ससक्तिकरण संघ गठन गरिने छ। जस्मा एक जना संयोजक,क्रीयसिल सदस्य र सदस्यहरु रहने छ्न।
४) प्रजातान्त्रिक अध्यापन समूह: ने.वि.संघ मुल इकाईको मातहमा रहेर ने.वि.संघ चिन्तन समुहले यश संगठनको सल्लाहकार एवंम अभिभावकको भुमिका वहन गर्दै समसामायिक देशको परिवेश,प्रतिपक्षी विचारको वहस गर्न छ।
५)प्रत्यक वर्ष नव आगन्तुक विधार्थिको कक्षा कमिटी गठन गर्दै प्रत्यक महिनाको कम्तिमा १ पटक अनिवार्य रुपमा मिटिङ्ग गर्न छ।
६) मुल इकाई कमिटिको कार्यगती लाई सजगता गराउदै क्रीयासिल ढङ्गले अगाडि बडाउन प्रेरित गर्न छ।
७) यश समुहको उदेश्यहरु समयको माग आवस्यकता र परिस्थिति अनुरुप उदेश्य पुर्ती पश्चात् थप घट गरिने छ।

उदेश्य:
आन्तरिक संगठन भित्रको प्रतिष्प्रधाको लागि परिपक्क नेतृत्व उत्पादन गरेर विपक्षी सँग प्रतिष्प्रधा गर्दै संगठन लाई गतिशिलता दिने संगठित ने.वि.संघ चिन्तक समूह वि.सं ०७४/०७५ मा पृथ्वीनारायण क्याम्पसमा निम्न तत्कालिन समसामयिक उदेश्य लिएर अगाडि वडेको छ।

१) विधार्थी हक-अधिकारको निम्ति ससक्त ढङ्गले अग्रसर रहने।
२)सुस्त गतिको नेविसंघ कार्य लाई ससक्त वनाउने।
३) विधार्थिको हक हितको निम्ति सृजनशिल ने.वि.संघले रचनात्मक कार्यक्रम आयोजना गर्न।
४) क्याम्पसमा अनिवार्य रुपमा अर्धवार्षिक परिक्षाहरु सञ्चालन गर्न व्यवस्था गर्दै विधार्थिको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न।
५) ने.वि.संघ सम्पर्क कार्यलय लाई पुर्ण रुपमा मर्मत गरि,दैनिक एक जार पानी,दैनिक राष्ट्रिय पत्रीका एवंम इन्टरनेट साथै फर्निचरहरु उपलब्ध गराई व्यवस्थित ढङ्गले सञ्चालनमा निरन्तरता दिने।

पदाधिकारी :
यस समुहमा संगठकको प्रवक्ता सरह जिम्मेवारी दिदै सर्वसम्मत क्रीयाशिल सदस्यको आधारमा एकजना लाई प्रवक्ता/सभापति/सचेतक रहनेछ भने विधार्थिको सकृयताको आधारमा कृयाशिल सदस्य र सदस्यहरु राखिनेछ।

प्रवक्ता/सभापति/सचेतक:
1)

कृयाशिल सदस्य :
1)
2)
......

सदस्य :
1)
2)
.....

#जय_नेपाल।
ने.वि.संघ चिन्तन समुह,ने.वि.संघ पृथ्वीनारायण   क्याम्पस भिमकालिपाटन,पोखरा

(यो संगठनिक ढाचा ने.वि.संघ अग्रज,सुवेच्छुक विधार्थी साथिहरुको सल्लाह सुझाव एवंम प्रतिक्रीयाको आधारमा विवेक पराजुली,गौरव वराल,विपुल पौडेलरसिस भण्डारि द्वार तयार गरिएको हो।)