Wednesday, June 6, 2018

काङ्ग्रेसको दुर्दशामा निष्ठावान काङ्ग्रेसीको दुःखेसो


प्रिय साथीहरू, जय नेपाल !

नेपाली काङ्ग्रेस कास्कीको जिल्ला सम्मेलनको यस अवसरमा जननायक स्व. बीपी कोइराला, लौहपुरुष स्व. गणेशमान सिंह, सन्तनेता स्व. कृष्णप्रसाद भट्टराई, स्व. सुवर्णशमशेर, स्व. गिरिजाप्रसाद कोइराला, स्व. महेन्द्रनारायण निधि, स्व. शैलजा आचार्यलगायतका दिवंगत नेताहरू र प्रातः स्मरणिय सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

जब म आफ्नै अतीततिर फर्केर हेर्छु–जीवनका अनेकौँ उतार–चढाव देख्छु । बाराही स्कुलमा पढ्न गएको एउटा फुच्चे केटो नीलकण्ठ शर्माजस्ता प्रजातन्त्रप्रेमी शिक्षकहरूको प्रभावमा परेर जानी–नजानी प्रजातन्त्र पुनस्र्थापनाको सङ्घर्षमा होमिन पुग्छ । लाहुर जाने र सुखी, समृद्ध जीवन बाँच्ने सपना साँच्ने बेलाको एक किशोर पञ्चायती सत्ताको विरुद्ध सङ्घर्षको लागि सङ्कल्प लिन्छ । म अहिले पनि विचार गर्छु– गरिबी र अभावमा हुर्केको मजस्तो केटोलाई के कुराले छोयो ? लाग्छ– एउटा आदर्शले मलाई आकर्षित गऱ्यो । राष्ट्रको विकासका लागि प्रजातन्त्रको अपरिहार्यता– सायद त्यो आदर्शले म सबैभन्दा बढी प्रभावित भएँ । यसरी सक्रिय राजनीतिमा लागेको पनि आज लगभग ५० वसन्त व्यतीत भइसकेको छ । बितेका यी ५० वर्षमा कति पटक त म मृत्युको मुखमा पुगेर फर्केको छु । विरोधी राजनीतिक शक्तिहरूबाट ममाथि कति पटक साङ्घातिक प्रहार भयो– त्यो मैले गनेको छैन । प्रजातन्त्र पुनस्र्थापनापछि कतिपय उत्तरदायित्व वहनको अवसर मैले पनि पाएको छु । यस्ता अवसरहरूमा मबाट पनि कमी–कमजोरी भएका छन् । मेरो क्रियाकलापबाट पार्टी र साथीहरूमा प्रतिकूल प्रभाव पनि पर्न गएको होला । त्यसका निमित्त म विनम्रतापूर्वक क्षमायाचना गर्न चाहन्छु । तर, म सत्य तथा निष्ठापूर्वक भन्छु– नियतवश पार्टीको हितविरुद्ध म कहिल्यै लागेको छैन र लाग्दिनँ पनि ।

मेरो क्रियाशील राजनीतिक जीवनको ५० वर्षमा काङ्ग्रेस आजजस्तो कमजोर अवस्थामा कहिल्यै पुगेको थिएन भन्ने मलाई लाग्छ । निर्वाचन परिणामकै आधारमा मात्रै म यो ठम्याइमा पुगेको भने होइन । पार्टीको साङ्गठनिक अवस्था, आदर्शको रक्षा र सैद्धान्तिक रूपमा समेत पार्टी कमजोर भएको छ । संविधान निर्माण हामै्र नेतृत्वमा भयो, तर संविधानमा रहेका कतिपय प्रावधान हाम्रो आदर्शअनुकूल भयो/भएन भन्ने कुरामा हामी कति सचेत हुन सक्यौँ ? हामै नेतृत्वमा निर्वाचनहरू सम्पन्न भए । तर, त्यसको जस हामीले किन पाएनौँ ? पार्टीमा पदाधिकारीहरूको चयन समयमा किन हुन सकेन ? किन टिकट वितरणमा आर्थिक चलखेलको कुरा चर्चित रह्यो ?नातावाद र गुटबन्दी किन वनमारा झारजस्तो फैलियो ? किन सिङ्गो पार्टीपङ्क्ति प्रतिरक्षात्मक स्थितिमा पुग्यो ? यी र यस्ता अनेकौँ प्रश्नहरूले उत्तर खोजिरहेका छन् । शुद्ध काङ्ग्रेस भएर काङ्ग्रेसमा बाँच्न सकिन्न ? कुनै न कुनै नेताको दौराको फेर नसमाती वैतरणी तर्न सकिन्न भन्ने मान्यता स्वयम् पार्टीको लागि हलाहल विष समान भएको तथ्यप्रति नेता गणको आँखा चिम्ल्याई रहस्यमय बनेको छ । निर्वाचनमा भएको अन्तर्घात क्षम्य नहुनुपर्ने हो, तर आज त्योसमेत क्षम्य बनेको छ । काङ्ग्रेस सङ्कटमा परेको यो क्षणमा पनि सत्य नबोले कहिले बोल्ने ? चिन्ता र चिन्तन गर्न छोडेर चाकडीमा लाग्ने बेला होइन यो । आरोप र प्रत्यारोपको सङ्कीर्णतामा डुबेर बस्ने बेला पनि होइन यो । तर, गम्भीर समीक्षासहितको भविष्यको मार्ग प्रशस्त गर्नका निमित्त इमानदारीपूर्वक गृहकार्य गर्नुपर्ने बेला भएको छ । त्यसैले शहीदहरूलाई साक्षी राखेर आत्माको आवाज मुखरित गर्न म सबैसँग आग्रह गर्न चाहन्छु ।

दरबार हत्याकाण्डपछि राजसंस्थाप्रति जनआस्था अत्यन्त कम भयो । त्यसमाथि चिठ्ठा परेर राजा भएका ज्ञानेन्द्रको मूर्खताले गणतन्त्र मुलुककै एजेन्डा बन्न गयो । काङ्ग्रेस पनि समयको आह्वानविरुद्ध हुने कुरै भएन । तर, सङ्घीयता र धर्मनिरपेक्षताको पक्षमा उभिनुअघि पार्टीले गम्भीरतापूर्वक सोच्नैपथ्र्यो । संविधानमा समाजवादउन्मुख भनेर कसका पक्षमा हामीले आत्मसमर्पण गरेको हो ? प्रजातन्त्रको सौन्दर्य भनेको विचारको बहुलता पनि हो । राजनीतिक दलहरूको आफ्नो सिद्धान्त निर्माण गर्न स्वतन्त्रताविरुद्ध संविधानलाई उभ्याएर हामी प्रजातन्त्रलाई धरापमा पार्ने षड्यन्त्रको सहयोगी बन्न पुगेका छौँ । भावी पुस्तालाई हामी संविधान निर्माणको वेला कुन सैद्धान्तिक धरातलमा उभिएका थियौँ भनेर भन्न नसकिने अवस्थामा पुगेका छौं । अहिले काङ्ग्रेस गर्विलो इतिहास र धुमिल वर्तमान भएको पार्टीमा रूपान्तरण भएको छ । नेताज्यूहरू भन्नुहोस्– काङ्ग्रेसको सिद्धान्त के हो र एजेन्डा के हो ? यो पार्टी अरूको एजेन्डाको भारी बोक्ने परिस्थितिमा कसरी पुग्यो ? पार्टी आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चक्रव्यूहमा फसेको छ– के यसको नियति अभिमन्युको नियति हो ?

एक वर्ष भयो– स्थानीय सरकारको गठन भएको । जनताले स्थानीय सरकार गठनपश्चात् अपेक्षा गरेको छिटोछरितो सेवा, सुशासन, तीव्र विकास र समृद्धिको सपना नागढुङ्गा–कलङ्की मार्गमा उडेको धुलोजस्तो भएको छ, तर काङ्ग्रेस मौन छ । महँगी बढेको बढ्यै छ– तर काङ्ग्रेस मौन छ । विदेशी प्रभुको अगाडि लम्पसार छ सरकार, तर काङ्ग्रेस मौन छ । अब वक्तव्य र विज्ञप्तिको झारा टार्ने खेलले काङ्ग्रेसमा उत्साहको रक्तसञ्चार हुन सक्दैन । संवैधानिक तथा अन्य महत्वपूर्ण निकाय नेतृत्वविहीन छ–मानौँ काङ्ग्रेसलाई थाहा नै छैन र ऊ मौन बसेको छ ।

ओलि नेतृत्वको यो सरकार शुरुदेखि नै राष्ट्रपतिलाई आफ्नो स्वार्थ–साधनका रूपमा उपयोग गर्न अग्रसर छ । आफू सत्तामा आउनासाथ ढिकुटी रित्तो भएको प्रचार गर्ने र त्यही धरातलमा पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर पु¥याउने भ्रम फिँजाइरहेको यस सरकारलाई मुखभरि जवाफ दिन किन पार्टी नेतृत्व अग्रसर भएको छैन ।

नेता गण ! आज पार्टीबाट ‘आदर्श, नैतिकता, इमानदारी, साहस, लगन र सङ्घर्षशीलता विस्थापित भएको छ भने– लोभलालच, चाकडी, नातावाद र स्वार्थको विषवृक्ष झ्याँगिएको छ । यो विषवृक्षलाई समयमा नै ढाल्न सकिएन भने सर्वसत्तावादको स्वागत गर्नुको विकल्प हामीसँग हुनेछैन । त्यतिखेर सर्वसत्तावाद तपाईंहरूको घाँटीको नाप लिइरहेको हुनेछ, र हामी लाचार तपाईंहरूको अवसानको दिनगन्ती गरिरहेका हुनेछौँ ।

सरकारको नेतृत्व गरिरहेका ओलीको अहंकारको रापले डढ्नु अघि नै रूखलाई शीतल छहारी दिने विशाल वटवृक्षमा रूपान्तरण गर्ने अभियानको आजैदेखि आरम्भ गरौँ । तपाईंहरूको हात मिलाएर ङिच्च हाँसेको तथाकथित एकताको नक्कली फोटो होइन, आमकार्यकर्ता पार्टीको हितमा तपाईंहरू एक भएको अनुभूति गर्न चाहन्छन् । कार्यकर्ता साथीहरू हामी कुनै अमूक नेताको गोजीमा अटाउने साना कदकोठीका भएर राष्ट्र र पार्टीको हितमा कुनै योगदान दिन सक्तैनौँ । नेताको होइन, पार्टीको कार्यकर्ताका रूपमा आफूलाई रूपान्तरण गर्ने सङ्कल्प गरौँ ।

२०३७ सालको जनमतसङ्ग्रहमा बहुदलका पक्षमा सुधारसहितको पञ्चायत पक्षमा भन्दा दश हजारभन्दा बढी मत प्राप्त गरेको जिल्ला हो कास्की । त्यसबेला आजको नेकपा वीजरूप तत्कालीन माले बहुदल धोखा हो भन्दै अप्रत्यक्ष रूपमा पञ्चायतको पक्षमा उभिएको थियो । काङ्ग्रेस एक्लैको बुतामा त्यो जित सम्भव भएको थियो । आज ‘कास्की काङ्ग्रेस भुरे–टाकुरे राजा हुने सपना बोकेर बाँच्नेहरूका कारण धेरै पछाडि परेको छ । क्षमता भएकाहरूलाई पार्टीबाट विस्थापित गरी आफ्नो मार्ग सुरक्षित पार्न खोज्नेहरूले अहिले थाहा पाएको हुनपर्छ– आफन्तको कदकाँठी घटाउँदा आफ्नो पनि साइज घट्छ भन्ने कुरा ।’ अहिले म तीतो पोख्न चाहन्नँ । ब्रह्माजीका तीन मुखजस्तो नेविसङ्घ कास्की समानान्तर रूपले गठित तीन समितिले अहिले प्रतिबिम्बित गराएको समयका प्रतिको असंवेदनशीलताले म लज्जित भएको छु । कुन–कुन कास्कीका वा केन्द्रका नेताले यो अपराधलाई आशीर्वाद दिनुभएको छ । तुरुन्तै बन्द गर्नुहोस् ।

कास्की काङ्ग्रेसमा विचार मन्थन आवश्यक छ । विगतको निर्मम समीक्षा र आगतका लागि सुस्पष्ट मार्गचित्रको खाँचो छ । हार्दिक एकताको आवश्यकता छ । म आस र त्रासबाट मुक्त भएर त्यसका लागि लाग्ने सङ्कल्प गर्दछु । र, सबैलाई काङ्ग्रेसको पुनर्जागरणको महान् अनुष्ठानमा सामेल हुन आग्रह गर्दछु ।
जय नेपाल !

– महादेव गुरुङ, नेपाली काङ्ग्रेस

(नेता गुरुङद्वारा २०७५ जेठ १७ गते पोखरामा जारी नेपाली काङ्ग्रेस कास्कीको जिल्ला सम्मेलनको उद्घाटन सत्रमा राखिएको मन्तव्य)

Monday, May 21, 2018

होइन, कसैले हिन्दूराज्य भन्छ भने त्यो झेली मात्र: बिपी कोइराला

कांग्रेसभित्र  हिन्दू राज्य कि धर्मनिरपेक्ष भन्ने प्रश्नमा निकै ठूलो बहस सुरु भएको छ । दूरदर्शी राजनेता बिपी कोइरालाका कान्छा छोरा एवं महामन्त्री शशांक कोइराला र ठुलो छोरा  प्रकाश कोइरालाले  यस विषयमा जनमतसंग्रह हुनुपर्ने व्यक्त गरेपछि बहस सुरु भएको छ ।  यस मामिलामा स्वय बिपी कोइरालाको विचार चाहिँ के छ ?

०३६ सालको जनमतसंग्रहका बेला बिपी साप्ताहिक विक्ली मिररले गरेको अन्तर्वार्ता । विक्ली मिररले अन्तर्राष्ट्रिय महत्वका केही मुद्दामा उहाँको विचार जान्न खोज्दा लिखित प्रश्न मागेर लिखित नै जवाफ दिनुभएको थियो ।

तपाईंले हालै भारतलाई दाजु र चीनलाई मित्रको रूपमा व्याख्या गर्नुभयो यसको मतलव तपाईंले भारतका सम्बन्धमा तथाकथित ‘विशेष सम्बन्ध’ को सिद्धान्तलाई तपाईंले समर्थन गरिरहनुभएको होइन त ?

मलाई थाहा छैन । तपाईं गणितीय वा सर्वेक्षकको ‘दूरी’ शब्दलाई कसरी बुझ्नुहुन्छ । यदि तपाईं ‘समदूरी’लाई ‘नेपालले पेकिङसँग सम्झौतामा हस्ताक्षर ग¥यो । उसले तत्कालै दिल्लीसँग पनि त्यस्तै सम्झौता सम्पन्न गर्नुपर्छ । समदूरीको मागलाई बराबर बनाउनुपर्छ भन्ने अर्थमा बुझ्नुहुन्छ’ भने नेपालले संख्याको खेल पुनारम्भ गर्नुपर्छ ।

सम्झौताका संख्यालाई एक र अर्को मुलुकसँग समान बनाउँदै जानुपर्छ । त्यसो हो भने कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा हुने त्यस्तो प्रयत्नलाई म मूर्खतापूर्ण भन्छु । म छिमेकीबीचको सम्बन्ध आफ्ना चाहना अनुसारको पारस्परिकताबाट निर्देशित हुनुपर्छ भन्ने पक्षमा छु ।

एक छिमेकीभन्दा अर्को छिमेकीसँग सम्पर्क वा आपसी स्वार्थका बढी विषय छन् भने पहिलोभन्दा दोस्रोसँग बढी सम्झौता वा सन्धि हुनु अपरिहार्य बन्छ । मुलुकको सम्बन्ध तपाईंको ‘विशेष महत्व’को संज्ञाअनुसार चल्न खोज्यो भने कसैले केही पनि गर्न सक्तैन ।

तपाईं सन् १९५० को नेपाल–भारत सन्धिलाई जनताको भावनाअनुरूप रहेको ठान्नुहुन्छ ?

सन् १९५० को सन्धि त्यस बेलाका निरंकुश राणा शासकका प्रतिनिधिबाट हस्ताक्षर भएको थियो । आजको नेपालमा पनि त्यसैसँग मिल्दोजुल्दो शासन छ । त्यस सन्धिका विभिन्न सर्त राजाको प्रत्यक्ष शासनलगायत विभिन्न घटनाबाट उल्लंघन भइसकेका छन् । त्यसमा सहभागी बनेर करार गर्ने एउटा पक्षले यसबीच तीनवटा प्रमुख युद्ध पनि भोगिसकेको छ ।

नेपाललाई त्यस सन्धिबाट विश्वका अरू सार्वभौम मुलुकसमक्ष समानताका आधारमा आफूलाई स्वतन्त्र सार्वभौम मुलुकका रूपमा प्रक्षेपित गर्न कति अप्ठ्यारो पारेको छ भन्ने कुरो तपाईं आफैले मूल्यांकन गर्नुपर्छ । जहाँसम्म यस सम्बन्धमा मेरो धारणाको प्रश्न छ, म तपाईंलाई यस प्रश्नका सम्बन्धमा प्रधानमन्त्री हुँदाको बेलाको वक्तव्य हेर्न आग्रह गर्छु ।

तपाईंले यो प्रश्न मसँग म प्रधानमन्त्री भएकै बेला राख्नुपथ्र्याे । अनि, तपाईंले त्यसबेला हुनुहुन्थ्यो भने यो प्रश्न विशेषगरी सन् १९५० पछि बनेका सबै सरकारसँग राख्नुपथ्र्याे । तपाईंले यो प्रश्न खासगरी राजाले प्रत्यक्ष शासन गरेको समयमा उहाँसँग राख्नुपथ्र्याे । मलाई पनि म प्रधानमन्त्री बनेको समयमा यो प्रश्न राख्नुपथ्र्यो ।

यतिखेर तपाईं सरकारमा बढी उपस्थित हुनुहुन्छ र भविष्यका सरकारको प्रतिनिधित्व पनि गर्नु हुने सम्भावना छ । तसर्थ, एउटा मुलुकको सार्वभौमिकताप्रति कसरी सम्झौता गर्न सकिन्छ र उसको अन्तर्राष्ट्रिय क्षेत्रको भूमिकालाई कुनै सन्धिको उपस्थितिले कसरी अवरुद्ध पार्न सक्छ भन्ने प्रश्नको जवाफेही उत्तर खोज्नु होला भन्ने आशाका साथ मैले तपाईंलाई यो सल्लाह दिएको हुँ ।

नेपालको शान्ति क्षेत्रको प्रस्तावलाई तपाईं समर्थन गर्नुहुन्छ कि हुँदैन ?

मैले त्यो शान्ति क्षेत्रको प्रस्तावलाई राम्ररी अध्ययन गरेको छैन । तर, कसैले पनि त्यस प्रस्तावको अर्थपूर्ण अध्ययन गरेका छन् जस्तो मलाई लाग्दैन । त्यसका प्रणेताले पनि त्यसका लागि पर्याप्त गृहकार्य नगरी कुनै राजनीतिज्ञले चुनाव जित्न एकाएक बोलेको कुरा जस्तो देखिन्छ ।

म, त्यसमा रहेका मीठा र उत्साहप्रद लाग्न सक्ने शब्द र नाराको पछाडि मात्र कुद्दिनँ । सबैले त्यस प्रस्तावमा रहेको गम्भीर प्रश्नको गहिराइमा पुगेर त्यसले राष्ट्रिय स्वार्थका लागि कस्तो सहयोग पु¥याउँछ भन्ने उत्तर खोज्नुपर्छ । यसले वर्तमान विश्व परिप्रेक्षमा चीनलाई कस्तो फाइदा पु¥याउँछ र रूसलाई कस्तो सहयोग पु¥याउँछ ?

हामीले एकछिन अडिएर सोच्यौँ भने त्यो चीन र रुसको स्वार्थअनुरूप छ । प्रत्येक अन्तर्राष्ट्रिय सवालमा एकअर्काप्रति हिंस्रक रूपमा देखापर्ने यी दुवै मुलुकले त्यस प्रस्तावलाई समर्थन गरेका छन् । ठीक त्यसरी नै हामीले यसलाई समर्थन गर्न भारतले किन आनाकानी गरिरहेको छ भन्ने पनि हेर्नुपर्छ । मेरो विचारमा यो प्रस्तावलाई सूत्रबद्ध गर्दा धेरै सोच–विचार पुगेको छैन ।

नेपालले यस क्षेत्रको जलस्रोतको उपयोगका लागि क्षेत्रीय छिमेकीसँग अघिसारेको भारत, बंगलादेश, पाकिस्तान, भुटान र श्रीलंकाका अतिरिक्त चीन समेतको सहभागितामा क्षेत्रीय सहयोग अघिबढाउने प्रस्तावका विषयमा तपाईं कस्तो विचार राख्नुहुन्छ ?

श्रीलंका त्यो किन चाहन्छ ? उसलाई भौगोलिक अवस्थितिको आधारमा तपाईंको सूचीमा राख्नुहुन्छ भने दक्षिण एसियामै पर्छ र ऊ दक्षिण एसियाली मुलुकको परिवारमा पर्छ । तर, दक्षिण एसियाली भागमा नपर्ने चीन किन ? यस क्षेत्रको केही जलस्रोतको उद्गम चिनियाँ भूभागमा भएको सोच हो भने श्रीलंकाको हकमा त्यस्तो सोच लागू हुँदैन । म खुला रूपमा भन्छु, यस्ता प्रश्नमा अनुकूलताअनुसार द्विपक्षीय, बहुपक्षीय र अन्तर्राष्ट्रिय सम्झौता नै हुनुपर्छ ।

तपाईं नेपालमा सिक्किम, तिब्बत वा अफगानिस्तान दोहोरिने कस्तो सम्भावना देख्नुहुन्छ ?

नेपालले (१) संवैधानिक राजतन्त्र (२) प्रातान्त्रिक राजनीतिक प्रणाली, र (३) मुठ्ठिभर जनसंख्यालाई सहयोग पु¥याउने मात्र होइन, सम्पूर्ण जनसंख्यालाई सहयोग पु¥याउने आर्थिक विकासको आधारमा वास्तविक राष्ट्रिय एकता बनाउने हो भने हाम्रो राष्ट्रिय स्वाभिमानमा निश्चत रूपमा कुनै खतरा छैन । हामीले अरूले के गर्ला भनेर सोच्नुभन्दा पूर्ण र सम्पूर्ण रूपमा राष्ट्रिय एकता कायम गर्न यस्ता कुरामा ध्यान केन्द्रित गर्नुपर्छ ।

सिक्किममा केही वर्षअघि भएको जनमतसंग्रह र यहाँ राष्ट्रिय नीतिलाई नयाँ आकार दिन प्रस्ताव गरिएको राष्ट्रिय जनमतसंग्रहमा केही अन्तर छन् भने तपाईं त्यसबारे बोल्न चाहनुहुन्छ कि ?

सिक्किममा आफ्नो अन्तर्राष्ट्रिय पहिचान वा अन्य कुनै उद्देश्यका लागि जनमतसंग्रह भएको थिएन भन्ने यथार्थ तपाईंलाई थाहा हुनुपर्छ भन्ने मलाई लाग्छ । नेपालमा राष्ट्रिय नीतिको निर्णय गर्न हुन गइरहेको जनमतसंग्रह केही वर्षअघि सिक्किममा भएको राष्ट्रियसभासँग मिल्दोजुल्दो छैन ।

मध्यपूर्वको शान्तिको प्रश्नमा तपाईंको कस्तो धारणा छ ?

म तपाईंको यस प्रश्नका सन्दर्भमा सरकारले राखेको अडानलाई प्रस्ट रूपमा बोल्न आँट गरेको मान्छु ।

नेपाललाई धर्मनिरपेक्ष मुलुक बनाउन चाहने व्यक्तिका रूपमा तपाईंलाई लिइन्छ नि ?

नेपाल हिन्दूराज्य हुँदै होइन । कसैले हिन्दूराज्य हो भन्छ भने त्यो झेली मात्र हो । नेपाल निश्चय पनि धर्मनिरपेक्ष राज्य हो । धर्मनिरपेक्ष राज्यमा धार्मिक आस्था राख्ने स्वतन्त्रता हुन्छ । तसर्थ, मन्दिर वा प्रार्थनास्थल कुन हो भनेर छुट्याउनुपर्ने प्रश्न नै उठ्दैन ।

तपाईंले हालै एपीसँगको अन्तर्वार्तामा प्रकट गर्नु भएजस्तो जनमतसंग्रहबाट वैधानिक तवरबाट शक्ति खोसिने हुँदा कुनै विशेष परिस्थिति उत्पन्न भएन भने नेपालमा जनमतसंग्रह नै हुँदैन भन्ने आफ्नो दाबालाई वास्तवमै नेपाली जनताले विश्वास गर्छन् भन्ने ठान्नुहुन्छ ?

मैले कहिल्यै पनि श्री ५ को घोषणा अनुसार निर्वाचन हुँदैन भन्ने आशंका व्यक्त गरेको छैन । यो हुनुपर्छ र कुनै विलम्ब नगरी हुनुपर्छ भन्ने तथ्यलाई राम्ररी बुझियोस् । तथापि, मैले प्रेससँग प्रश्नका जवाफ दिइरहँदा उनीहरू मलाई निर्वाचनअघिका लागि राजासँग कुनै अन्तरिक सम्झौता भएको छ कि भनेर प्रश्न गर्ने गर्छन् ।

पहिलो, म के सोच्छु भने वर्तमान थापा सरकारलाई विघठन गर्नु आवश्यक छैन । यसले प्रशासन चलाउनुबाहेक १) कानुन व्यवस्था बहाली गर्ने र २) सकेसम्म चाँडो जनमतसंग्रह सम्पन्न गर्ने मुख्य जिम्मेवारी लिएर अन्तरिम सरकारको रूपमा काम गर्छ । ती काम गर्न थापा सरकार असफल भयो भने त्यस अवस्थामा राजाले कुनै असंवैधानिक वा आधारहीन अन्तरिम सरकार बनाउने प्रयत्न गर्नुभन्दा त्यो जिम्मेवारी बहन गर्नका लागि हामीलाई आमन्त्रण गर्नुपर्छ ।

हामी त्यो जिम्मेवारी बहन गर्न तयार छौँ । मैले स्थायी होइन, केवल जनमतसंग्रहका लागि गरिने अन्तरिम सम्झौताका सवालमा प्रस्ट पारेँजस्तो मलाई लाग्छ । स्थायी सम्झौता भने जनमतसंग्रहपछि हुनेछ । जनमतसंग्रहमा अभूतपूर्व रूपमा बहुदलको पक्षमा जनमत प्रकट हुनेछ भन्नेमा सन्देह छैन ।

 हाम्रो मुलुकका भविष्यका नीतिगत विकल्पहरू र भारतसँगको सम्बन्ध कस्तो हुनुपर्छ ?

म विशेषगरी भारतको अत्यन्त तरल र अस्थिर वर्तमान राजनीतिको सम्बन्धमा केही भन्न चाहन्न ।

जनमतसंग्रहमा आफ्नो प्रचार अभियान सञ्चालन गर्न तपाईं कहाँबाट रकम प्राप्त गर्ने आशा राख्नुहुन्छ ?

जनताबाट, स्वभावैले तपाईंबाट पनि ! हाम्रो प्रचार अभियानका लागि हामीलाई कुनै विदेशी सहयोगको आवश्यकता पर्दैन भन्ने म प्रस्ट पार्न चाहन्छु ।

२० जुलाई १९७९ (४ साउन २०३६) ऐतिहासिक जनमतसंग्रहका बेला बिपीले दिएका लिखित अन्तर्वार्ता
स्रोत: डेमोक्रेसी इनडिस्पेन्सिवल फर डेभलपमेन्ट,


Monday, May 7, 2018

जनप्रीय स्ववियु उप-सभापति लाई जन्म दिनको सुभकामना !!!

जन्मदिनको अशेष अशेष सुभकामना !!!
जनप्रीय क्याम्पस स्ववियु सभापति नेविसंघ विधार्थी नेता किशान थापाको आज आज वैशाख २४ गते परेको जन्मदिनको सुखद अवसरमा सु-स्वास्थ्य,दिर्घायु एवंम उत्तरोत्तर प्रगति साथै दिगो सफलताको अशेष अशेष सुभकामना व्यक्त गर्दछु।
पुनश्च: जन्म दिनको सुभकामना किसान ज्यु।😀💕💕😀
Best wishes for a joyous day Wish you a happy birthday :)

Friday, May 4, 2018

वामगठवन्धनको रथ सम्रुद्दिको पथमा मेहमान मोदि!!

हामी संविधान लेखनको चुनौतीपूर्ण खुड्किलो पार गर्दै कार्यन्यनको अर्को खुड्किलो स्थानिय तह,प्रतिनिधि र प्रदेश सभाको निर्वाचन पनि पार गरेउ। जनताले एमाले र माओवादी केन्द्रको संयुक्त बाम गठबन्धन लाई स्थिर सरकारको 'वाम गठवन्धनको रथ समृद्धिको पथ´ तर्फ हाक्न विस्वास गरे र दुई तिहाई वहुमतको आधारमा  नेतृत्वको जिम्मेवारी सुम्पिय। देशले प्रधानमन्त्रीको रुपमा के.पि ओलि पायो। तर लक्ष र सिद्धान्त संयोजित एकिकरणको आस्वासन वाट प्रप्त परिणामको कदर गर्नु पर्न ठाउमा नेताहरुको स्वार्थ र महत्वकाङ्क्षा बाम एकताको तगारो वनेको देखिन्छ।अत: विचारमा दुईमत नरहेता पनि स्वार्थ र व्यवाहार नमिल्दा समृद्धिको चुनौतीपूर्ण गन्तव्य शिखर आरोहण गर्न सत्ता पक्ष दलले यसको लागि अवलम्बन गर्नुपर्न वैचारिक, सांगठनिक, नीतिगत, कार्यक्रमिक र योजना बारेमा गम्भीर बहस गर्न नसकेको अवस्था हो। जेठ पन्ध्र गते आउने बजेटमा समाजवाद उन्मुख कार्यक्रम घोषणा हुनुपर्न समयमा परम्परागत शैली र सोचबाट नै संम्भवत अर्थ मन्त्रालयको एउटा शाखाले तयारी गरिरहेको होला। यस्को वादकको प्रमुख हिस्सा यो एकता नहुनु पनि छ।

परिवर्तनको अनुभूति राज्यका हरेक अंगमा हुनु जरुरी छ ।त्यसलाई राजनीतिक क्षेत्रबाट नीतिगत र कार्यक्रमिक ढाँचाको सुझाव दिइनुपर्छ ।

जुन कुनै परियोजना कल्पना भन्दा बाहिर रहदैन । प्रधानमन्त्री ज्युले मोनो रेल र माईक्रो रेलको अभियानको विकासको खाका वोकेर हिड्नु एउटा गर्वको कुरा हो तर
झुपडीमा खाने थाल छैन विल्डिङ्गको योजना मात्र बनाएर संम्भ्वत हुदैन रेमिटान्सले झुपडी धानेको परिवेशमा अहिलेको आकास्मिक आधारभुत आवस्यकता झुपडीमा खाने थाल हो रेमिटान्स अडाउने भकारी नै हो। आत्म निर्भरताको लागि संघर्ष नै हो। स्वरोजगारको लागि वातावरण सृजना गर्नु नै हो।आकास लाई छानो बनाएर रात काटी रहेका ती भुकम्प पिडित जनता वलवालिका लाई आधारभुत स्थाई बाँस स्थान,शिक्षा,स्वास्थयको व्यवस्था नै हो। यसैलाईनै प्राथमिकता दिइनु पर्छ।

देश संघिय संरचनामा गै सकेको छ। संघियतामा चढेर समृद्दिको यात्रा तय गर्दै गर्दा राजनीतिक प्रप्त उपलब्धि संस्थागत गर्दै आम जनतामा राष्ट्रियता मजवुत हुन जरुरत छ।  निर्वाचन पुर्व सन्ध्यामा ओलि ज्युको राष्ट्रवादको लोकप्रीयता तिव्रता पायो।

राष्ट्रवाद भनेको राष्ट्र प्रतिको प्रेम हो यश सब्दले भावनात्मक अर्थ जनाउछ। तर देशमा पार्टीका गोठालाहरुले यसलाई एउटा तुलोमा पार्टी र अर्को तुलोमा राष्ट्रवाद राखेर जोख्ने काम गरे।

" "मौसमी राष्ट्रवाद भित्र सिलन्यास प्रदुषण युक्त समाजवाद !!"
हिजो नाकावन्दिको समयमा राष्ट्रवादको ढोलमा "इन्धन सक्तिको एकाधिकारित्व नयाँ सरकारले तोड्ने" आस्वासनका पोकाहरु प्रतिबद्धता जनाउदै गर्दा,वाड्दै गर्दा ३१.४४ अत्यन्तै न्यून वायु गुणस्तरको साथ १८० देशहरु मध्य १७३ औं स्थानमा रहेको नेपाल चार वर्षमा करिव चार डिग्री तापक्रम वढ्ने परिस्थिति लाई समय अनुसार समस्याको विकल्पको रुपमा संसार वाट  इन्धन शक्ति पुर्ण रुपमा उन्मुलन अभियान चल्दै गर्दा,आज पुन नयाँ दिल्ली नै गएर भविस्यको वायु प्रदुषण युक्त समृद्द नेपाल कोसेलीको रुपमा डेट एक्सपाएर पेट्रोलियम पाइपलाईन योजना सिलन्यास गरेर उखाने पथको खोक्रो रास्ट्रवाद उजागड गरेका छ्न।
#सम्मान_सिटिभिटी।
#जय_देश।
#भय_ओलि।"


सर्वप्रथम त हामिले यो वुझ्न जरुरी छ कि प्रधानमन्त्री पद न कुनै पार्टीको हो ,न कुनै भेगको हो न कुनै संगठनको हो यो त समग्र देश र जनताको प्रतिनिधित्व पात्र हो,हामिले ती पद लाई जोडेर वोल्दै हर्दा कदापी भुल्नु भएन राष्ट्रिय ओदाका पदहरु राष्ट्रका चिनारी पनि हुन। भारतमा गएर डाक्टर सरहको उपाधी पाउदै गर्दा। यो कुनै पार्टीको अध्यक्षले मात्र पायो होइन यो त समग्र देश र नेपाली जनताकै प्रतिनिधि पात्रले पनि पायो भन्ने वुझ्नु पर्छ।
र प्रधानमन्त्रीले यो पनि भुल्नु भएन म कुनै पार्टीको मात्र होइन समग्र देशको पनि प्रतिनिधित्व गर्दैछु। मेरो हैसियत के ? राष्ट्रको लागि आफुले गरेका गतिविधि वाट कति लाभदायिक हुन्छ ? देशभित्रको राष्ट्रियतामा कस्तो असर गर्छ ? हामिले भुलेका छैनौ मुखमा मधेसी दललाई तेर्साएरसिमा सुरक्षको बिषय बनाएर ०७२ असोज ६ गते बाट छिमेकी अर्थात् विश्वकै एक बिशाल प्रजारतांत्रिक मुलुक भारतले सुरुगरेको अघोसित नाकाबन्दीले हाम्रो जनजिवन र अर्थतन्त्रमा परेको ठूलो असर पर्यो। हामिले यो पनि भुलेका छैनौ 

 हामिले यो पनि भुलेका छैनौ भूपरिवेष्ठित राष्ट्र भएकाले छिमेकीले नाकाबन्दी लगाउन अन्तर्राष्ट्रिय कानुन, मान्यता, अभ्यास तथा परिपाटीले नमिल्ने कुरा अन्तर्राष्ट्रिय कानुनविद् तथा ज्ञाताहरुले वताउदै गर्दा हामिले नाकाबन्दी खेप्नु पर्यो

फेरि मोदिले नै तोकेको मिति अनुसार नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमण गराउन सक्नु र यहाम्रो घाउमा पाप्रा नलाग्दै पुन देशमा मोदि भ्रमण आउने र आफूले नै मिति तोकी नेपाल भ्रमण गर्न नेपाल सरकारलाई ‘मान नमान मै तेरा मेहमान’कै रूपमा स्वीकार्न बाध्य तुल्याउनाले उनले विश्व समुदायमा नेपालको हैसियत भारतको प्रभाव क्षेत्रकै रूपमा रहेको अकाट्य पुष्टि गरेका छन् । दुश्मनलाई पनि अतिथी मान्ने र अतिथिलाई देवता मान्ने सम्मान ,सद्भावका साथ बहुसास्कृत नेपालको पहिचान झल्काउने हाम्रो सास्कृतिले पाहुना लाई सम्माम गर्दछौ तर,

हाम्रो घाउको पीडा रहदा रहदै उनैलाई नागरिक अभिनन्दन गर्नु पर्न प्रधानमन्त्रीको निर्णय र  हेपाहापूर्ण रणनीति लिएर आफ्नो स्वार्थ र आवश्यकता अनुसार नेपालको जलश्रोतको कोशेली लिएर फर्कने कुटनितिक मोदिको योजना नेपालको लागि घातक छ। वैज्ञानिक सर्वेक्षणअनुसार नेपालको पूर्वी क्षेत्रका पहाडहरु कान्छो पहाडका रुपमा रहेको अर्थात कमजोर रहेका कारण पनि सुनसरी, धनकुटा र उदयपुरको वीचमा वनाइने अग्लो बाँधले त्यस क्षेत्रका झण्डै ८० गाविसका २ सय २६ वटा बस्ती र खेतीयोग्य जमिन नास हुनुका साथै झण्डै एक लाख जनता विस्थापित हुने खतरा रहेको विज्ञहरुले औंल्याउदै गर्दा प्रधानमन्त्रीको समृद्धीको नाउमा अरुण-३ को सम्झौता राष्ट्रघाती हुनेछ। 


इजरायल र पाकिस्तानसित दौत्य सम्बन्ध गाँसेर भारतलाई आफ्नो राष्ट्रिय स्वाभिमान सर्बभौम सत्ता नेपाल र स्वतन्त्रत नेपालिको परिचय दिएका नेपाली इतिहासको पहिलो निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको देशमा आज सुरक्षाको वहानमा वैधानिक रुपमा भारतिय कमान्डो सेना   नेपाल प्रवेश गरेका छ्न। के हाम्रो सर्बभौम सत्ता सम्पन्न , स्वतन्त्र नेपाली यहि हो ?

 पानिले भिजाए पछि मात्र छाता या रेनकोट किन्ने ख्याल'ले अव देश रहदैन सम्पुर्ण नेपालि,राजनीतिक प्रतिपक्ष दल,मिडिया,गैर राजनीति संगठन/समूह/व्यक्ति सचेत रहना जरुरत देखिन्छ।


देश आत्मनिर्भर हुने हो भने न छिमेकीको नाकाबन्दीले केही लछारपाटो लाउँदैन। उसले नाकाबन्दी परिकल्पना गर्न सक्दैन। नेपालले नाकाबन्दी खेप्न पर्दैन। न उस्को गिद्द्दे दृष्टि नेपालमा पर्दछ।  हाम्रो देशमा थुप्रै राजनीतिक क्रान्ती भए  अबको आवस्यकता भनेको आर्थिक तथा औद्योगिक क्रान्ति गरि आत्मानिर्भरता तुल्याउने हो। त्यसका लागि पार्टीगत धारणा बाट प्रतिस्पर्धि सत्ता पक्ष / प्रतिपक्ष मात्र होइन हामी/हाम्रो पर्तिस्पर्धी विकसित विश्व पनि हो भन्ने धारणा वोकेर राष्ट्रियताको साथ समृद्दिको शिखर चुम्ने गुरु योजनाको अवलम्बन आजको आवस्यकता हो।


Saturday, April 14, 2018

ने.वि.संघ चिन्तन समूह।

                   ने.वि.संघ चिन्तन समुह ।

ने.वि.संघ पृथ्वीनारायण क्याम्पसमा मुल इकाई कार्यसमितिको मातहतमा रहेर इकाई लाई नै ससक्त ढङ्गबाट मजबुत बनाउने अभिप्रय र नव आगन्तुक विधार्थीमा संगठनको वारेमा प्रचार गर्न मुख्य हेतुको साथ विधार्थी हक-अधिकारको निम्ति ने.वि.संघ प्रती चिन्तन गर्न संगठन हो ने.वि.संघ चिन्तक समूह। नेविसंघ पृथ्वीनारायण क्याम्पसमा वि.सं २०७४/२०७५ वर्षमा स्नातक तह प्रथम वर्षमा अध्यनरत विधार्थी साथिहरुको प्रतिनिधित्वमा निम्न विधान,कार्य योजना र समसामयिक उदेश्यहरु उठान गर्दै स्थापना गरिएको समूह हो।

विधान:
मुल इकाई भएको समयमा इकाईको सहयोग गर्न र इकाई नभएको समय अवधिमा इकाईको छाँयाको रुपमा काम गर्न गरि संगठित ने.वि.संघ चिन्तक समूह निम्न कार्य योजना \ ढाँचा रहेका छ्न।

कार्ययोजना/ढाँचा:
1)ने.वि.संघ चिन्तन समुहमा १ जना सभापति जस्लाई संगठनको प्रवक्ता सरह जिम्मेवारी दिदै,क्रीयाशिल सदस्य र सदस्यहरु रहनेछ्न।
२) यस समुहमा संयुक्त रुपमा वैकिङ्ग खाता खोली आर्थिक कारोवारको खर्च एवंम सहयोग आम्दानी रकम लाई स्पष्ट तरिकाले आर्थिक पारदर्शीकता वनाएर काम गर्न छ।
३) नेविसंघ छात्रा ससक्तिकरण संघ :ने.वि.संघ मुल इकाईको मातहतमा रहेर ने.वि.संघ चिन्तन समुहले छात्रा ससक्तिकरण संघ गठन गरिने छ। जस्मा एक जना संयोजक,क्रीयसिल सदस्य र सदस्यहरु रहने छ्न।
४) प्रजातान्त्रिक अध्यापन समूह: ने.वि.संघ मुल इकाईको मातहमा रहेर ने.वि.संघ चिन्तन समुहले यश संगठनको सल्लाहकार एवंम अभिभावकको भुमिका वहन गर्दै समसामायिक देशको परिवेश,प्रतिपक्षी विचारको वहस गर्न छ।
५)प्रत्यक वर्ष नव आगन्तुक विधार्थिको कक्षा कमिटी गठन गर्दै प्रत्यक महिनाको कम्तिमा १ पटक अनिवार्य रुपमा मिटिङ्ग गर्न छ।
६) मुल इकाई कमिटिको कार्यगती लाई सजगता गराउदै क्रीयासिल ढङ्गले अगाडि बडाउन प्रेरित गर्न छ।
७) यश समुहको उदेश्यहरु समयको माग आवस्यकता र परिस्थिति अनुरुप उदेश्य पुर्ती पश्चात् थप घट गरिने छ।

उदेश्य:
आन्तरिक संगठन भित्रको प्रतिष्प्रधाको लागि परिपक्क नेतृत्व उत्पादन गरेर विपक्षी सँग प्रतिष्प्रधा गर्दै संगठन लाई गतिशिलता दिने संगठित ने.वि.संघ चिन्तक समूह वि.सं ०७४/०७५ मा पृथ्वीनारायण क्याम्पसमा निम्न तत्कालिन समसामयिक उदेश्य लिएर अगाडि वडेको छ।

१) विधार्थी हक-अधिकारको निम्ति ससक्त ढङ्गले अग्रसर रहने।
२)सुस्त गतिको नेविसंघ कार्य लाई ससक्त वनाउने।
३) विधार्थिको हक हितको निम्ति सृजनशिल ने.वि.संघले रचनात्मक कार्यक्रम आयोजना गर्न।
४) क्याम्पसमा अनिवार्य रुपमा अर्धवार्षिक परिक्षाहरु सञ्चालन गर्न व्यवस्था गर्दै विधार्थिको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न।
५) ने.वि.संघ सम्पर्क कार्यलय लाई पुर्ण रुपमा मर्मत गरि,दैनिक एक जार पानी,दैनिक राष्ट्रिय पत्रीका एवंम इन्टरनेट साथै फर्निचरहरु उपलब्ध गराई व्यवस्थित ढङ्गले सञ्चालनमा निरन्तरता दिने।

पदाधिकारी :
यस समुहमा संगठकको प्रवक्ता सरह जिम्मेवारी दिदै सर्वसम्मत क्रीयाशिल सदस्यको आधारमा एकजना लाई प्रवक्ता/सभापति/सचेतक रहनेछ भने विधार्थिको सकृयताको आधारमा कृयाशिल सदस्य र सदस्यहरु राखिनेछ।

प्रवक्ता/सभापति/सचेतक:
1)

कृयाशिल सदस्य :
1)
2)
......

सदस्य :
1)
2)
.....

#जय_नेपाल।
ने.वि.संघ चिन्तन समुह,ने.वि.संघ पृथ्वीनारायण   क्याम्पस भिमकालिपाटन,पोखरा।

(यो संगठनिक ढाचा ने.वि.संघ अग्रज,सुवेच्छुक विधार्थी साथिहरुको सल्लाह सुझाव एवंम प्रतिक्रीयाको आधारमा विवेक पराजुली,गौरव वराल,विपुल पौडेल र रसिस भण्डारि द्वार तयार गरिएको हो।)

Sunday, March 25, 2018

राष्ट्रिय जनवार गाई काट्ने कानुनले निम्त्याउन सक्ने विखण्डनकारी दोन्द्द।

चैत्र १० गते,०७४।                                          

      आज देशको मुल्भुत रुपमा चर्चा पाएको विषय प्रदेश ३ का उपसभामुख राधिका तामाङसहित तामाङ अगुवाको टोलीले गाईको मासु काटेर खान पाउने कानून व्यवस्थाको माग विषयले तिव्रता पाएको छ। आजको यो सन्दर्भले यति कुरा त प्रष्ट संग छर्लङ्ग पार्दछ कि कित हामी मताधिकारको सहि प्रयोग गर्न सकिएन र गलत व्यक्ती प्रतिनिधित्व गर्न पठाएउ ? या त हामिले प्रतिनिधित्व गराएर पठाएका नेताले वास्तविक जनताको अर्थात हाम्रो प्रतिनिधित्व गरेनन र सदन धर्म निरिपेक्षता पारित गरे।

जनताको वहुदलिय अभिमतको प्रयोग गरेर सदन वाट ८०% हिन्दु भएको देशमा धर्म निरिपेक्षता  पारित गरिएको पाईन्छ। यस्को मत्लब धर्म निरिपेक्ष आफैमा गलत छ भन्न पनि खोजिरहेको छैन । मात्र वर्तमान परिस्थिति सृजना गर्ला र संघिय संरचनाले भुभाग टुक्रीदा मनोभावले राष्ट्रियता मजवुद्द वनाउन पर्न समयमा यसले हिंसात्मक दोन्दात्मक रुप लिनसक्ने र राष्ट्रियता कम्जोर पार्न प्रवल सम्भावना देखिन्छ ।         इसाई पुर्व ३९९ मा सुक्रातलाई “राज्यका युवाहरु वहकाईएको र भड्काइएको” आरोपमा ५०० जना एथेन्स वासिहरुको भोटिङ्ग अनुशार मात्र २,३ भोटले गल्ती गरेको पक्षको वहुमत परिणामको आधारमा दोषी ठ्हर गर्दै व्यवस्था वमोजिम फाँसी दिइयो। यस सन्दर्भले हामिलाई यो पाठ दर्साउछ कि हाम्रो संसदिय व्यवस्थामा १८ वर्ष पूरा भएका नागरिकले मताधिकारको प्रयोग गर्न पाउने छ। तर १८ वर्ष पूरा गरेका नागरिक सवै मताधिकारको सहि प्रयोग गरि प्रतिनिधित्व चिन्न सक्षम छौ ?? अवस्य छैनौ तसर्थ पनि मतधिकार प्रयोग गर्दै गरेका सवै नागरिकमा मताधिकार सम्बन्धि दक्ष,सोचवुझ र निर्णय गर्न सक्ने क्षमता हामी जनतामा हुनुपर्दछ।

आजको यो सन्दर्भले यति कुरा त प्रष्ट संग छर्लङ्ग पार्दछ कि कि त हामी मताधिकारको सहि प्रयोग गर्न सकिएन र गलत व्यक्ती प्रतिनिधित्व गर्न पठाएउ ? या त हामिले प्रतिनिधित्व गराएर पठाएका नेताले वास्तविक जनताको अर्थात हाम्रो प्रतिनिधित्व गरेनन र सदन धर्म निरिपेक्षता पारित गरे।


जनताको वहुदलिय अभिमतको कुरा गर्दा प्रसंगले अर्थात वर्तमान समय,देखिएको समस्या र कम्निष्ट सरकारको सन्दर्भले अर्को प्रश्न उब्जाउछ ? संसार बाट अलगिएको कम्निष्ट शासन वयवस्था यो देशमा किन रह्यो यो प्रशन आज विश्व सामु उत्सुकता छ । कम्निष्ट शासन व्यवस्थामा मताधिकार प्रयोग गर्न कुनै व्यवस्था जनतामा देखिन्छ, राज्यको सम्पुर्ण संयन्त्र सिमित व्यक्तिको अधिनमा रहन्छ। नेपालको परिवेश र विश्व सामु कम्निष्ट शासन वयवस्था निहाल्दा नेपालमा साम्यवादीको जन्म राष्ट्रियताको कारणबाट बन्दुकको नाल वाट भएको हो तर अन्य देशमा भोकमरी र गरिबी वाट उत्पत्ती भएको थियो अर्थात,

यो देसमा प्रजातन्त्र पछि राजको गद्दी अट्न नदिईएको होईन यो त केबल जनाधिकार अपहरण गर्न राजलाई कार्वाही सोरुप लोकतन्त्र उपहार जनताले आफैले पाएका \ ल्याएका हुन।


क.मदन भण्डारीले माक्र्सवादि विचारधार लाई परिस्कृत गर्दै नेपालको सन्दर्भ लाई सुहाउदो तत्कालिन समयले मागेको निश्पक्ष न्यायलय र जनअधिकार लागि प्रतिनिधित्व गरेको नेपाली काङ्ग्रेसको प्रजातान्त्रिक वहुलवाद लाई साब्दिक अक्षर फरक पार्दै  “जनताको वहुदलिय जनवाद” एकलौटी ढ्ङ्गको राजकिय व्यवस्था र कम्निष्ट शासन वयवस्था भन्दा पर गै जनताको वहुमतको आधरमा शासन गर्नु पर्न व्यवस्थामा गएकै कारण कम्निष्टलाई जनताले स्विकार्दै नेपालमा जन्मेको हुनाले अरू देशका साम्यवादीहरूसँग नेपालका साम्यवादीको चरित्र मिल्दैन। र संसार वाट वाहिरिएको कम्निष्ट शासन व्यवस्था आज नेपालमा रहिआएको छ।

जनताको भावना विपरित जाने जुनसुकै निर्णय हामिलाई मान्य हुने छैन हिजोको पञ्चायत,राणा,राजा भनौं या सर्वाहार वर्गको मुक्तिको लागि जनताको लास लाई भर्याङ्ग वनायर सदन पुग्ने १० वर्षिय ससक्त दोन्द्दले हामी करिव ६४ वर्ष खर्च गरेउ अत: क्रान्तिको लागि लगानी गरिसक्यौ,र उक्त क्रान्तिले वोकेको जन अपेक्षा पनि दिन प्रतिदिन वढ्दो छ। वि.पि कोइरालाले देखेको प्र समाजवाद, क. मदन भण्डारीको जनताको वहुदलिय जनवादको समाजवाद होस या माअओवादिको प्रचण्ड पथको वहुदलिय समाजवाद किन नहोस

समाज र राष्ट्रले समाजवादको लाभांश प्राप्त गर्नु पर्न समयमा तिनै क्रान्तिको व्याजले पार्टीहरु सास फेरिरहेको परिस्थिति हाम्रो लागि दुर्भाग्यको विषय हो।


आजका वामपन्थी अभियन्ता कम्निष्ट विचार धारका अभियनता प्रचण्डले हाम्रो कम्निष्टको धर्म त क्रीस्चियन हो हिन्दु धर्म त सामान्तिहरुको हो भन्ने अभिव्यक्ति होस या प्रदेश ३ का उपसभामुख राधिका तामाङसहित तामाङ अगुवाको टोलीले गाईको मासु काटेर खान पाउने कानून बनाउमा माओवादी केन्द्रबाट गृहमन्त्री बनेका रामबहादुर थापा बादलले राधिका तामाङसहित तामाङ अगुवाको टोलीको प्रस्ताव कानून प्रतिबद्धता जनाएका विषय आपत्ति जनक छ।  नेपालको परिवेशमा ८०% हिन्दु वाहुल्यता भएको देशमा,गाईको माहात्मयताको विषयमा आज विज्ञानले प्रमाणित गरिसकेको अवस्थामा,राष्ट्रिय जनवार गाई भएको देशमा, साम्प्रदायिकता भड्काउना,जातिय,धार्मिक दोन्द निम्ताउने खालका विखण्डनकारि अभिव्यक्ति जनभावना विपरीत छ। यसमा अप्रत्यक्ष रुपमा अन्तरास्ट्रिय संघ संगठनहरुको मिडियामा देखिने विवादास्पद अभिव्यक्ति,चासोले पनि हस्तक्षप रहेको आभास हुन्छ। जन विस्वासको प्रतिनिधित्व सांसदले गरेको निर्णय जन अपेक्षा विपरित छ। हिजो राजाको तानाशाही प्रवृतिका कारण आज यो देशमा राजाको श्रीपेच अट्न दिएनौ आज संघिय समाजवादको लाभांश वाड्ने ढ्ङ्गले देश विकासमा कसरत गर्नु पर्न समयमा जनताले विस्वाश गररेर आफ्नो प्रतिनिधित्व गर्न पठाएको पात्रले पुन विखण्डनकारी सोच लिएर पुन तानाशाही श्रीपेच लगाउन खोज्छ भने यस्को हिसाब किताब जनताले अवस्यय गर्नछ्न।

-विवेक पराजुलि।                                                    (ने.वि.संघ पो.ले.म.नपा २३ , सचिव।)           अध्यापन:स्नातक तह प्रथम वर्ष , व्यवस्थापन                                     संकाय।  (पृथ्वीनारायण                                                     क्याम्पस,भिमकालिपाटन पोखरा)                सम्पर्क नं : ९८१७१०७७०७


“राष्ट्रियता विनाको समाजवादको कुनै तुक अर्थ छैन।”

व्यक्तिगत स्वतन्त्रताको निम्ति जन्मिएको प्रजातन्त्र व्यक्तिगत स्वर्थको भावना परिस्क्रीत बन्दा यसबाट थिग्रीएको समाजवादको अर्थले संम्भवत कुनै मुल्य समेट्दैन।आजको परिवेशलाई निहाल्दा करिब ६८ वर्ष लगानी गरेको प्रजातन्त्र भित्रै राष्ट्रियता मिश्रति हुनुपर्छ अर्थात प्रजातन्त्रको लगानिमा सावाँको भुमिका राष्ट्रियताको हुन्छ।यसर्थ पनि राष्ट्रियता विना प्रजातन्त्रलाई निहाल्न सकिन्न र राष्ट्रियता र प्रजातन्त्र विहिन समाजवादको विकल्प परिस्थितिले स्विकार्दैन।तसर्थ आजको समयले मागेको समाजवाद राष्ट्रियता र प्रजातन्त्र विचको पुल बनेर उभ्याईनु पर्न समानान्तर समाजवाद हो।                          #जय_नेपाल !!                                   #विवेक_पराजुली ।

उपसभामुख राधिका तामाङको माग पुरा हुने- गाई काट्न पाउने कानुन ल्याउने तयारीमा सरकार
।प्रचण्डले भने, हिन्दु धर्म सामन्तहरुको हो, कम्युनिस्टको धर्म क्रिस्चियन हो (भिडियो सहित)
।

नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य पुर्व स्वास्थ्य मन्त्री लोकप्रीय युवा नेता गगन कुमार थापा `गाईकाट्ने प्रस्ताव” विरुद्द :

गाई काट्ने प्रस्ताब् पारित भएको दिन नेपालमा साम्प्रदायिक युद्दको शुरूवात हुने निस्चित ! तल्लो स्तरको सोच भएकाहरुलाई राष्ट्र चलाउनको लागि चुनेर पठाउनु नै हाम्रो गल्ती हो ! 

जबसम्म जात, जाती, सम्प्रदाय भन्दा माथी उठेर नेतृत्वले सोच्न सक्दैन तबसम्म राष्ट्र समृद्दी तर्फ उन्मुख हुदैन ! 
नम्वर ३ को उपसभामुख राधिका तामाग़ँ को पछिल्लो अभिव्यक्ती बाटै पुष्टि हुन्छ यिनिहरुको सोच कुन हदसम्म तल छ भन्ने ! गाईलाई यो देशको सम्विधानले राष्ट्रिय जनावर भनेर घोषित गरेको छ ।
गाईको महात्म्यको विषयमा आज विज्ञानले प्रमाणित गरिसकेको अवस्थामा समेत गाईलाई राष्ट्रिय जनावर राखेको देशमा जन्मिएकोमा गर्व गर्नुपर्नेमा गाई काटेर खानपाउनु पर्दछ भनेर वकालत गर्नु नै यिनिहरूको अल्पबुद्दीको परिचय हो ! विश्वको कुन चाही देशमा राष्ट्रिय जनावरलाई खुल्ले आम काट्ने अनुमती दिएको छ? खाने पिउने बाहेकको फरक सोच नभएका अल्पबुद्दीहरु सम्सदमा पुगेर पनि खाने पिउने भन्दा फरक कुरा सोच्न सकिरहेका छैनन् ! गाईको विषयमा यस्तो प्रस्ताब ल्याउनेलाई पकडेर कारबाही गर्न सक्ने हिम्मत ओली सरकारले राख्न सक्नु पर्दछ । हैन सक्दैन भने हात उठाओस् कहा कसलाई के गर्नुपर्दछ त्यो गर्न सक्ने क्षमता हामी सग नि छ ! यी हात ताली बजाउन र भात खान मात्र दिएका हैनन् हामीलाई ! आफ्नो माटो, आफ्नो स्वाभिमान, आफ्नो राष्ट्र र आफ्नो राष्ट्रियताको रक्षा गर्न हामीले मज्जैले जानेको छ ! यति मात्र नभएर यिनलाई जनताले चुनेर पठाएको राष्ट्र विकासको रेखा खिच्नलाई हो कि वाईहात कुरा गरेर साम्प्रदायिकतालाई भड्काउन लाई हो? गाईलाई काट्नु पर्दछ भन्ने १०% होलान् तर गाईको रक्षा गर्नु पर्दछ भन्ने ९०% छन् ! सेन्टिमेन्टमा बगेर सरकारले भोट बैङ्कको लागि यदि कुखुरा काटे झै गरेर गाईलाई चोक चोकमा काट्ने अनुमती दिईनै हाल्यो भनेपनि त्यसले समाजमा कति भयावह परिस्थिती निम्त्याउन सक्छ यसको विषयमा कसैले सोचेको छ कि छैन? १० भोटको लागि ९० भोट को अपमान गर अनि हेर कसलाई कहा पुर्याउनु पर्दछ त्यसको निष्कर्ष जनता आफैले निकाल्नेछन !     आदि

 #जय_नेपाल।  

@gagan_Thapa.

Thursday, January 18, 2018

ने.का पो.ले.म.नपा वडा नं २३ सभापति लाई जन्मदिनको सुभकामना !!

नेपाली काङ्ग्रेसका युवा नेता नेपाली काङ्ग्रेस पोखरा लेखनाथ महा नगरपालिका वडा नं २३ सभापति,मिलनसार व्यक्तित्व आदरणीय रामकाजी गुरुङ्ग ज्युलाई आज माघ ५ गते परेको ५३औं जन्म दिनको सुखद अवसरमा सु-स्वास्थ्य,दिर्घायु एवंम उत्तरोत्तर प्रगति साथै दिगो सफलताको अशेष अशेष सुभकामना व्यक्त गर्दछौं। जय नेपाल !!
                         प्राथी:
ने.का पो.ले.म.नपा वडा नं २३ कार्यकमिटी।
ने.वि.संघ पो.ले.म.नपा वडा नं २३ कार्यकमिटी।