Monday, February 11, 2019

कांग्रेसमा भावी नेतृत्वको विवाद छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका जेल जीवन र लोकतन्त्र प्रवचनलाई कांग्रेस नेता डा. मीनेन्द्र रिजाल जिम्बाबेका रोबर्ट मुगावेसँग दाँज्छन्। जेल-नेल जीवनयुक्त नेता मुगावेजस्ता नेताको महत्तवाकांक्षी ओलीमा रहेको जिकिर रिजालको छ। हुन त, दुई कम्युनिस्ट पार्टीलाई एक बनाएर निर्वाचन प्रणालीबाट शासन हातमा लिन सफल ओलीको लोकप्रियता राम्रो थियो। अर्थशास्त्रमा विद्यावारिधि सांसद रिजाल संसद् भवनमा ओलीका कडा आलोचकका रूपमा चिनिन्छन्। उनै डा. रिजालसँग अन्नपूर्ण पोस्ट्का चन्द्रशेखर अधिकारीले सरकारको एक वर्ष, प्रतिपक्ष भूमिका र कांग्रेसको तयारीलगायतका विषयमा रहेर गरेको कुराकानीको सम्पादित अंश :

सरकारको एक वर्षलाई प्रमुख प्रतिपक्ष दल कांग्रेसले कसरी मूल्यांकन गरेको छ ?

सरकारले गति लिन सकेन । सरकार आत्मरतिमा रमेको छ । मतदाताले जुन विश्वासका साथ मत दिए, सरकार त्यसको अपमान गर्दैछ । यसको मुख्य जड राज्य सञ्चालनको नेतृत्वमा देखिएको छ । मुख्य समस्या प्रधानमन्त्रीको मानसिकतामा हो । यो मैले मात्र होइन, धेरैले भन्ने गरेका छन्। दलभित्रैबाट पनि प्रधानमन्त्रीको विरोध हुन थालेको छ। बाहिरबाट पनि धेरै आलोचना भइरहेको छ तर त्यसलाई सरकारले सुने झैं गरेको छैन ।

प्रधानमन्त्री त प्रतिपक्ष को छ, कता छ भन्दै कांग्रेसलाई होच्याउने गरिरहनुभएको छ । उहाँले कांग्रेस पनि यो देशमा छ र समेत भन्नुभयो । तर आफूले के गर्ने भन्नेतर्फ उहाँको ध्यान गएको छैन। सरकारमा एउटा प्रतिस्पर्धा चलेको छ- कसले धेरै डिङ हाँक्ने अर्थात् गफ दिन सक्ने । त्यसमा उहाँका मन्त्रीहरू तँछाडमछाड गरिरहका छन्। कामको प्राथमिकताको सूची तय गर्नेतर्फ ध्यान दिनसमेत उनीहरूले भ्याएका छैनन्, गफको चक्करमा परेर । अध्ययनको विषय त परै रह्यो । यही हावामा महल बनाउने गरी सरकार चलेको पाएको छु एक वर्षलाई । मैले यसलाई जनताको मतको अपमानका रूपमा लिएको छु ।

यहाँले केही तथ्यपरक अध्ययन गरेर भन्नुभएको हो कि यसै प्रतिपक्षी आँखाबाट सरकारमाथि आरोप लगाउनुभएको ?

तपाईं आफैं भन्नुहोस्- सरकारले कहाँ के काम गरेको छ ? काम गरेको हो भने कहाँ कति काम भएको छ ? राष्ट्रपतिलाई डेढ अर्बको हेलिकोप्टर, १८ करोडको गाडी, प्रहरी प्रशिक्षण हटाएर कम्पाउन्ड विस्तार, राजकीय अतिथिका लागि १४ पाहुना गृह। त्यतिले नपुगेर बालुवाटारमा पनि ठूला भवन बनाउने तयारीमा सरकार लागेको छ, यसलाई उपलब्धि मान्न सकिन्न । ओलीजीले प्रधानमन्त्री भएको समयमा एक वर्षमा भकाभक काम गरेको र त्यसमा कार्यकारी प्रमुख रहने व्यवस्था गर्दै समृद्धिको सन्देश दिन खोज्नुभएको छ ।

 विदेश भ्रमणमा पनि दौडिरहने र त्यही स्तरको पाहुना नेपालमा पनि आउने हुनाले अतिथि राख्ने पिरले यति धेरै भवन बनाउन लागेको भन्न थालिएको छ । यस्तो सोचले मुलुकको आर्थिक स्थिति उँभो लाग्दैन । सरकारले मुलुकको आर्थिक अवस्था नियाल्न सक्नुपर्छ । विकासको प्राथमिकता के हो राख्न सक्नुपर्छ । विकास खर्चमा खासै उन्नति देखिँदैन । मैले पढेको अर्थतन्त्रमा यस्तो विकासको संकेत देख्दिनँ । अतिथि राख्ने पिरको सम्बोधन होइन, जनतालाई दिने सुविधालाई सरकारले सम्बोधन गर्ने हो । पहिलेजस्तो सरकार होइन यो । उहाँलाई छेकथुन हुने कुनै स्थान छैन ।

 उहाँ जे पनि गर्न सक्नुहुन्छ, तर गरिरहनुभएको छैन । यसको कारण हो- आफैंलाई ब्रह्मज्ञानी देख्नु । यो मैले दिएको उपमा होइन, उहाँकै दलका नेताहरूले ओलीलाई ब्रह्मज्ञानी अर्थात्् सबै आफैंले देखेको मात्र सत्य भन्ने नेताका रूपमा चित्रण गरेका छन्। उहाँ आमनागरिकका रूपमा नरहेको अवस्था छ ।

मुलुक थप संकटमा जाँदैछ भन्ने संकेत यो एक वर्षले देखाएको हो त ?

यही शैलीमा परिवर्तन आएन भने अन्तिम सत्य त्यही हो । मुलुक थप संकटमा धकेलिँदैछ । दुईतिहाइको सरकारबाट पनि जनताले विकास र समृद्धिको गफ मात्र पाउँछन्् भने मुलुकमा हिटलरजस्ता शासक जन्मिनेछ । वा जसले शासन गरिरहेको छ, उही हिटलरका रूपमा अघि बढ््नेछ । सरकारका गतिविधि हेर्दा त्यस्तै परिदृश्य देखिँदै छ । फ्रान्सको राज्यक्रान्तिका म्याक्सिमीलाई फ्रास्वाँ रब्सपियरसँग दाँज्ने गर्छु म । रब्सपियरमा आफू मात्र ठीक र उनका अवरोधकहरू सबै दण्डित भए । आफूलाई सत्य र न्यायको अन्तिम प्रतिविम्बका रूपमा स्मरण गरेर उनी अघि बढे । आसेपासेले उनलाई देवत्वकरण गरे । असहमत हुनेलाई दुस्मन भन्न थालियो र त्यही आरोपमा आमसंहार भयो । भयको राज उत्पन्न गरियो ।

 पछि त्यही राजमा उनले मृत्युदण्ड पाए। यो उदाहरण कम्युनिस्ट नेतृत्वले भुल्न हुँदैन । हुन त प्रधानमन्त्रीले म जेलनेल खाएर लोकतन्त्रका लागि लडेको भन्नुभएको छ । जेलनेल खाएर आएका जिम्बाबेका रोबर्टले पनि शासन गरेका थिए । यस्तै उदाहरणबाट ओली सरकार अघि बढेको देख्छु । सचेत हुनुपर्छ- विगतको संघर्षबाट मात्र नेतृत्व सफल हुँदैन । सूर्यले पृथ्वीलाई घुम्छ कि पृथ्वीले सूर्यलाई भन्ने प्रश्नमा सूर्यले पृथ्वीलाई घुम्छ, म त्यो पृथ्वी हुँ भन्ने भ्रम सरकारको नेतृत्वमा रहेको छ । अन्यबाट गलत होला तर मेरो वाक्य अन्तिम हो र मबाट गल्ती हुँदैन भन्ने भ्रममा उहाँ हुनुहुन्छ । उहाँले भ्रमबाट बिउँझन आवश्यक छ ।

यहाँले सरकार पूर्ण असफलतातर्फ उन्मुख मात्र होइन, एकांगी भएर अघि बढेको भन्न खोज्नुभएको जस्तो छ नि ?

मैले भन्नै पर्दैन । सरकारले गरेको कार्य हेर्नुहोस् न । निर्मला पन्त हत्याको विषय के भइरहेको छ ? सरकारमा सहभागीहरूले यसमा कत्ति पनि रिग्रेट अनुभव गरेका छैनन्। ३३ किलो सुनकाण्ड कहाँ पुग्यो ? यसमा प्रधानमन्त्री मात्र होइन, मन्त्रीसम्मले आत्मालोचना गरेका छैनन्। वाइड बडी काण्ड हेर्नुस्। यस्ता विषयमा सरकारले आत्मग्लानि गरेको छैन । प्रतिपक्षसमेत राख्नुपर्ने संसदीय अभ्यासमा प्रतिपक्षलाई जानकारीसमेत नदिई नियुक्ति सिफारिस गरिएको छ । सरकार स्वेच्छाचारी बन्दै गएको छ ।

कतिपय नियुक्तिमा सीधै पार्टीले हस्तक्षेप गरेको छ । लोकतान्त्रिक विधिमा राज्यका सबै अंग रहन्छन् र विपक्षी दलका नेताको पनि स्थान हुन्छ । यसो भनिरहँदा विपक्षी दलका मानिसले नियुक्ति पाउने वा भाग खोज्ने भन्ने होइन, विधिको विषय उठाएको हुँ । सञ्चारकर्मीमाथि थिचोमिचो हुन थालेको देख्छु । सेल्फ सेन्सर भन्न थालेको छु । एउटा कम्युनिस्ट विचारधाराको नेतृत्वदायी भूमिका हुन थालेको छ । त्यो विचारधाराबाट बाहिर जानै नहुने व्यवहार देखिन थालेको छ ।

सरकाले विश्वका कम्युनिस्ट विचारधारासँग आफ्नो ऐक्यबद्धता देखाउन थालेको छ भन्न खोज्नुभएको हो ?

त्यही धङधङीमा सरकार अघि बढेको छ । सरकार विचारका आधारमा सम्बन्ध स्थापना र अनावश्यक बखेडासमेत झिक्न थालेको छ । लामो समयदेखि नेपालको विकासमा सहयोगी भूमिका निर्वाह गर्दै आएका विदेशीहरूले एक स्थानमा बसेर आफ्नो सुझाव राख्न नपाउँदै सरकार प्रतिक्रियात्मक भएको छ । यस हिसाबले त स्वाभाविक रूपमा मुलुक दुर्घटनामा जाने देखिन्छ । कांग्रेस चाहन्छ- मुलुक दुर्घटनामा नजाओस्, समृद्धिको बाटोमा अघि बढोस्। यही गति या शैलीमा सरकार अघि बढेमा त्यसलाई कांग्रेस टुलुटुलु हेरेर बस्दैन ।

सरकारले विकासको प्राथमिकताभन्दा पनि विचारधारा लाद्ने प्रयास गरिरहेको छ भन्न खोज्नुभएको हो ?

सरकार यतिबेला रेल र पानीजहाजको डिङ हाँकिरहेको छ । ठूलाठूला गफ मात्र दिइरहेको छ । पुरानै जगमा सम्पन्न हुन लागेका केही काम देखाउन र आफूलाई महान् बनाउनतिर लागेको छ। विकासलाई तल्लो तहसम्म लैजाने र प्रदेशलाई कुन प्रकारको अधिकार दिने र काममा सहभागी गराउने भन्ने गम्भीरता सरकारमा कत्ति पनि देखिन्न । काठमाडौंबाहिर त सरकार नै भेटिँदैन । किन काम गरिरहेका छैनन्? यो आश्चर्यजनक विषय हो ।

प्रधानमन्त्री र उनका मत्रिपरिषद्का सदस्यले आत्मरञ्जनाका लागि जे भने पनि हामीले त्यही पत्याइदिनुपर्ने ? ओली सरकारले खोलेको पानीजहाजको अड्डामा गएर सामान पठाउने र पानीजहाज चढ््ने टिकट किन्नुपर्ने होला हामीले । कामको थालनीसमेत नभएको विषय उठाउँदा खिसी गरेर बोल्ने भन्दै ओलीले आफ्नै दलका नेतालाई सँगै हिन्द महासागरमा जाने निम्तोसमेत दिन भ्याए । यस्ता डिङ कहिलेसम्म चल्छ ?

रेलको प्राथमिकता पहिलो पूर्व-पश्चिम नै हो । सरकारले भूगोल, खर्च र आफ्नो ढुकुटीको अध्ययन गर्न सक्नुपर्छ । उत्तर-दक्षिण जोड््ने एउटा राम्रो सडक छैन, तर रेलको सपना बाँडिन्छ, यसलाई के भन्ने ? चीनले आफ्नो तर्फबाट सीमामा ठूला हाइ वे ल्याइसकेको छ । हामीले पनि त्यहाँ जोड््ने हाइ वे बनाउन किन नखोज्ने ? उत्पादन हेरेर खर्च पनि घटाउनुपर्ने हो, तर अनावश्यक स्थानमा खर्च गर्दै अलमलिएका छौं। भ्रमको खेती गरेका छौं । हामीले त विद्युत्, जडिबुटी, हल्का सामान, प्रविधि, सर्भिस विदेश निर्यात गर्ने हो । त्यसमा हामी स्पष्ट भएर पर्यटन क्षेत्रको विकासमा पनि लाग्नुपर्छ । फलफूल, मासु आयात गर्नुको सट्टा त्यसमा नयाँ खानपिनको प्रवृत्ति अघि बढेको छ । त्यसलाई ध्यान दिएर अघि बढ्न आवश्यक होला । हामीले आफूलाई आवश्यक पर्ने खाद्यान्न उत्पादनमा जोड दिने र आएको

रेमिट्यान्स उत्पादन क्षेत्रमा लगाउन अभिप्रेरित गर्नुपर्ने हो । यसमा नयाँ योजना ल्याएमा संसद् भवनमा बसेर हामीले पनि सरकारको वाहवाही गर्न पाउँछौं ।

उहाँको सोच राम्रो तर उहाँको घेराले समस्या निम्त्याएको भनिन्छ । यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

उहाँ लामो समय राजनीतिमा लागेको व्यक्ति । उहाँको अघिल्लो कार्यकालमा देखिएको छविको कारणले जनताले हामीलाई विश्वास नगरी उहाँलाई पाँच वर्षका लागि प्रधानमन्त्रीका रूपमा चुनेका हुन् । कस्ता मानिसको बीचमा प्रधानमन्त्री रहने गर्छन्, त्यो उहाँले सोच्ने विषय हो । आफ्नो घेरालाई ध्यान दिन नसक्नेले मुलुकलाई कसरी सम्हाल्छ भन्ने तर्क पनि उत्तिकै रहन्छ । मैले सुनेअनुसार उहाँको घेरामा रहेकाहरूले प्रधानमन्त्रीलाई जवाफसमेत फर्काउन सक्दैनन्् र जुन विषयमा पनि रफु भरेर राम्रो भनिरहन्छन् । यो नेपाली जनताको विवेकमाथि अपमान हो ।

हावाको महल बनाएर बस्नु विवेकमाथिको अपमान हो । यस्तो अपमानले उहाँ मात्र होइन, पार्टीले नै मूल्य चुकाउनुपर्छ । भर्खरभर्खर पार्टी मिलेको छ । समायोजन प्रक्रिया पनि टुंगिएको छैन । दाहाल र झलनाथ खनाललाई बहस गर्न नसक्ने बनाइएको छ । झलनाथलाई सार्वजनिक रूपमा अपमान गरिएको छ । प्रधानमन्त्रीलाई खुसी पारेमा आफ्नो उन्नति हुने अवस्थामा उनीहरू रहेका छन् । प्रधानमन्त्री सपनाको संसारमा छन् र नेताहरू प्रधानमन्त्री खुसी पारी उन्नति हुने पथमा छन्् ।

कूटनीतिक सम्बन्ध पनि समस्यामा परेको देखिन्छ नि ?

परराष्ट्र नीति हाम्रो राष्ट्रिय स्वार्थमा निर्देशित हुन आवश्यक छ । तर उहाँहरू दुनियाँका कम्युनिस्ट देशहरूका पक्षमा दरिलो आवाज उठाउनुपर्छ भन्नेतिर लाग्नुभएको छ । त्यसरी चीनसमेत बोल्दैन । चीनबाट यस्ता विषय सिके हुन्छ हाम्रा कम्युनिस्टले । चीन कहाँ पुगिसक्यो। उसले जसरी राष्ट्रिय स्वार्थबाट निर्देशित भएर हामी पनि अघि बढ््नुपर्छ। भारतको पनि त्यही हो । इन्डो सोभियत जडमा थियो । त्यही जडबाट निस्केर भारत पनि अग्रसर भइरहेको छ । हामीले यी दुई देशको नेतृत्वबाट सिक्न आवश्यक छ । दुवै देश उदाउँदै छन्। तर पाँचबर्से शासनको टाँचा लागेको ओली सरकारले आधार तय गर्न आवश्यक छ, तर आधार खस्किँदै गएको छ । ओली सरकार राम्रो नीति बनाएको सम्झन्छ, तर शीतल निवास र बालुवाटारमा कस्तो महल बन्यो भनेर जनताले सम्झने छैनन्् ।

यहाँले यसो भनिरहँदा संसद्मा प्रतिपक्ष भूमिका नै कमजोर रहेकाले सरकार आफ्नो ढंगले अघि बढेको आम धारणा बाहिर छ नि ?

म यो सुन्दा आफैं अचम्ममा पर्ने गरेको छु । एकातर्फ हाम्रो भूमिका भएन भन्ने छ । अनि कांग्रेस अझ बढी सक्रिय भएर आलोचना दृष्टिकोणबाट अघि बढ््न सकेन पनि भन्ने गरिन्छ । फेरि आलोचना कांग्रेस आर्थत्् प्रमुख प्रतिपक्षतर्फ नै सोझिन्छ । आमसञ्चार र प्रतिपक्ष उही स्थानमा उभिने हो । सकारात्मक पक्षलाई धन्यवाद दिँदै नकारात्मक पक्षमा आलोचक हुँदै सरकारको खबरदारी गर्ने नै हो । त्यो सडक आन्दोलन र उनीहरूकै पदचाप पछ््याउनुपर्ने भन्ने होइन ।

सञ्चारमाध्यम होस् या यहाँहरूलाई मत दिने जनताले संसदीय दलको नेताको धारणा संसद््मा खोजेका होलान््, जुन मधुरो सुनिएको छ नि ?

हाम्र्रो नेतृत्वले बोल्दै नबोलेको भन्ने कुरा म मान्दिनँ । नेतृत्व नबोले पनि हाम्रो पुस्ता बोलिरहेको छ । नेतृत्वको विषयमा हामी नै बहस गरिरहेका छौं । हामीले विषयअनुसार आफ्नो धारणा राखिरहेका छौं । छाया सरकारसमेत बनाएर विषयगत रूपमा प्रस्तुत हुने हाम्रो तयारी छ । विषय त

हामीले उठाइरहेका छौं । यसलाई एकतर्फी रूपमा आशंकाको दृष्टिले मात्र हेर्न हुँदैन ।

अब प्रतिपक्षभित्रै रहेको समस्यातर्फ जाऔं । कांग्रेसभित्र पनि त विवाद रहेकाले प्रतिपक्ष नदेखेका त होइनन् ?

त्यो दृष्टिबाट हेर्नुहुन्न । तर कांग्रेस विवादरहित छ भन्न खोजेको होइन । लोकतान्त्रिक दलमा नेतृत्वको रस्साकस्सी चल्छ नै । महासमिति बैठकपछि विवाद भएको विषय सतहमा हेर्दा दुइटा मात्र देखिन्छ । केन्द्रीय सदस्य सांसदहरू तलदेखि निर्वाचन लडेर आउने कि नआउने भन्ने विषय हो । सभापति र वरिष्ठ नेताले नि हुन्छ भन्नुभयो । समानुपातिक प्रणालीमा पटकपटक एउटै मानिस उठ््न भएन भन्ने विषय आयो । यही दुई विषयमा मानेका हुनाले विधानलाई परिमार्जन गर्नुपर्छ भन्ने धारणा हो । महासमितिको म्यान्डेट पनि त्यही हो । तर अहिले आएर केन्द्रीय समिति सदस्यका साथीहरू यो हुन्न भन्नेमा हुनुहुन्छ । यसमै अडेर काम भएको हो । अन्य प्रतिवेदनमा बहस छैन । यसमा नै बहस हो । भोलिको पार्टी सभापति को हुने भन्ने विषयले यसलाई प्रभावित पारेको देखिन्छ । सीमित मानिसको बीचमा कसरी ल्याएर गर्न सकिन्छ भन्नेमै रहेको छ । कांग्रेसको संगठन बढाउनेतर्फ ध्यान गएको छैन । सीमित मानिसमा कसरी प्रभाव बनाउने भन्नेमै रहेको छ । विवादित नहुनुपर्ने नै हो । कांग्रेस ठूलो बनाउनेतर्फ ध्यान दिनुपर्ने ।

आफूले चाहेको व्यक्ति छान्नकै लागि यस्तो भएको र महाधिवेशन समयमै गराउने पहलले पनि यस्तो भएको भनिन्छ नि ?

सभापतिलाई दबाब छ जस्तो लाग्छ । बाहिर जे भनिए पनि भित्र दबाब पक्कै होला । सभापतिसँग सांसद संख्या धेरै भएकाले त्यहाँबाट दबाब भएको हो । वरिष्ठ नेतालाई मैले आमरूपमा व्यक्त भएको धारणा बोक्दा राम्रो होला भन्ने होला । कसको प्रस्ताव विस्तारित हुन्छ । महाधिवेशनमा जाँदा परिस्थिति सहज हुन्छ । यही कारणले कांग्रेसभित्र विवाद रहनु भनेको तलदेखि माथिसम्म निर्वाचन प्रक्रियामा जाने विषय नै हो । महाधिवेशनअगाडि गर्ने सम्भावना छैन । अगाडि गर्दा एक वर्ष त लागिहाल्छ ।

सभापतिले नगर्ने भनिसक्नुभएको छ । देशभरि कार्यकारीविहीन छ । ६७४३ वटा निकाय, ७५३ गाउँपालिका नगरपालिका, सात प्रदेश र दुई जिल्ला कार्यकारीविहीन छन् कांग्रेसका । संक्रमणकालीन व्यवस्थाले अहिले भएकै प्रक्रियाले अघि बढाउने नै हो । एक वर्षमा गर्ने विषय त लाग्छ नै । कार्यकारी नबनाई भएन । सभापतिले विधानले पाएको सुविधाअनुसार थप्ने भन्नुभएको छ, तर कत्तिको गम्भीर भएर गरिन्छ, अहिल्यै थाहा भएन ।

अब पनि पुरानै पुस्ताले सक्छ होला त कांग्रेस हाँक्न ?

शेरबहादुर देउवा र रामचन्द्र पौडेल एउटा समयमा पुगिसक्नुभएको छ । अब उहाँहरूले पार्टीलाई अभिभावकत्व दिनुपर्छ । क्रियाशील राजनीति अब हुँदैन भन्ने बुझेर समयलाई स्वीकार गर्नुपर्छ । हामी पार्टीलाई नीतिगत रूपमा निर्देशन दिन सक्छांै भनेर उहाँहरू प्रत्यक्ष नरहेर बस्दा ठीक होला । पार्टीमा अग्ला नेताहरूको व्यवस्थापन कसरी गर्ने र विधान परिमार्जन गरेर टुंग्याउने भन्ने विषय पनि बाँकी नै छ । अब हामी ४६ प्रतिशत मत रहेकासँग मैदानमा उत्रनुपर्नेछ । आगामी चार वर्षपछि हामीले मैदानमा उत्रँदा विगतको ३६ प्रतिशत मत र जित्नेको ४६ सम्झेर त्यसमा सफल हुने गरी योजना बनाउन सक्नुपर्छ । हाम्रा नेताहरूले ठूलो योगदान गर्नुभएको छ । त्यही योगदानको हिसाबमा मात्र पनि हामी रहनुभएन । धेरै ऊर्जावान्् व्यक्तिलाई पार्टी नेतृत्व दिएर अघि बढेमा धेरै राम्रो हुनेछ । शीर्ष नेताहरूले नयाँ भूमिका स्वीकार गरेर अघि बढ््न सक्नुपर्छ । नयाँ नेतृत्व पनि उहाँहरूलाई सम्मान गर्दै अघि बढ््नुपर्छ ।

स्रोत: अन्नपूर्ण पोष्ट माघ २९ गते मंगलबार २०७५।

Wednesday, October 24, 2018

जनप्रीय स्ववियु सचिबलाई जन्मदिनको सुभकामना।

कात्तिक ८ गते।
जनप्रीय स्ववियु सचिव,नेपाली काङ्ग्रेस ३३ का सभापति मिलनसार, सहयोगी, इमानदार एवंम कुशल संगठक धुर्वराज अधिकारी ज्युको आज  कात्तिक ८ गते परेको जन्मदिनको सुखद अवसरमा सु-स्वास्थ्य,दिर्घायु एवंम उत्तरोत्तर प्रगति साथै राजनीति जीवन यात्राको दिगो सफलताको अशेष अशेष सुभकामना व्यक्त गर्दछौं।
पुनश्च: जन्म दिनको सुभकामना धुर्व ज्यु।😀💕💕😀
Best wishes for a joyous day Wish you a happy birthday :)
#जय_नेपाल !!!

जनप्रीय स्ववियु सचिव लाई जन्म दिनको सुभकामना।

कात्तिक ८ गते।
जनप्रीय स्ववियु सचिव,नेपाली काङ्ग्रेस ३३ का सभापति मिलनसार, सहयोगी, इमानदार एवंम कुशल संगठक धुर्वराज अधिकारी ज्युको आज  कात्तिक ८ गते परेको जन्मदिनको सुखद अवसरमा सु-स्वास्थ्य,दिर्घायु एवंम उत्तरोत्तर प्रगति साथै राजनीति जीवन यात्राको दिगो सफलताको अशेष अशेष सुभकामना व्यक्त गर्दछौं।
पुनश्च: जन्म दिनको सुभकामना धुर्व ज्यु।😀💕💕😀
Best wishes for a joyous day Wish you a happy birthday :)
#जय_नेपाल !!!

जनप्रीय स्ववियु सचिवलाई जन्म दिनको सुभकामना।

कात्तिक ८ गते।
जनप्रीय स्ववियु सचिव,नेपाली काङ्ग्रेस ३३ का सभापति मिलनसार, सहयोगी, इमानदार एवंम कुशल संगठक धुर्वराज अधिकारी ज्युको आज  कात्तिक ८ गते परेको जन्मदिनको सुखद अवसरमा सु-स्वास्थ्य,दिर्घायु एवंम उत्तरोत्तर प्रगति साथै राजनीति जीवन यात्राको दिगो सफलताको अशेष अशेष सुभकामना व्यक्त गर्दछौं।
पुनश्च: जन्म दिनको सुभकामना धुर्व ज्यु।😀💕💕😀
Best wishes for a joyous day Wish you a happy birthday :)
#जय_नेपाल !!!

Saturday, October 13, 2018

नेपाली काङ्ग्रेस पो.म.न.पा वाडा नं २३ मा विजयी दसमी तथा दिपावली २०७५ सुभाकामना आदनप्रदान कार्यक्रम सम्पन्न।

"राष्ट्रिय प्रजातन्त्र समाजवाद र समृद्द समाजको परिकल्पना हाम्रो आदर्श।।"

यहि मिति २०७५ असोज २७ गते शनिबार दिन युवा कार्यक्रताहरुको आह्वानमा एवंम इकाई सभापतिको नेतृत्वमा रामकाजी गुरुङको संयोजकत्वमा नजिकिदै गरेको हिन्दुहरुको माहान चाड विजय दशमी सुभ दिपावली, नेपाल संवत् एवंम छ्ट पर्व २०७५ को उपलक्ष्यमा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम सञ्चालन ने.वि.संघ पोखरा महानगरपालिका वडा नं २३ सचिव विवेक पराजुलिले गर्नुभएको थियो भने कार्यक्रम समापन इकाई सभापति रामकाजी गुरुङ्गले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख आकर्षक ब्याक्तित्व नेपाली काङ्ग्रेस माहासमिती सदस्य एवंम प्रतिनिधि सभा निर्वाचन कास्की क्षेत्र नं २ (क) प्रत्यासी काङ्ग्रेसका उमेदवार गुरु बराल हुनुहुन्थियो।

पोखरा महानगर वडा नं २३ ठुलाखेत भवनमा सञ्चालित उक्त कार्यक्रममा विभिन्न राजनीतिक तह र तत्कामा बस्नुभएका नेपाली काङ्ग्रेसका युवा साथिको उपस्थितिले कार्यक्रम थप रोचक भएको थियो। 
बिपि कोइरालाको तस्बिरमा अतिथि गुरु बराल,विष्णुप्रसाद पराजुली,रामकाजी गुरुङ्ग र अग्रज सोभा देवि पौडेलले माल्यार्पण गरेर सञ्चालन गरिएको
उक्त कार्यक्रममा मन्तव्य क्रमश पर्वतराज भण्डारी,जीवन पौडेल,अर्जुन पराजुली,जीवन भण्डारी,मोतिलाल पराजुली,उपेन्द्र पराजुली,सुमित पराजुली,राजिव वास्तोला,मातृका पराजुली,इन्दिरा लामिछाने,जिवनाथ लामिछाने,रन बहादुर गुरुङ्ग,धन बहादुर गुरुङ्ग,सन्तोष पौडेल,लक्ष्मी पौडेल,देवेन्द्र बिक्रम साही,विष्णुप्रसाद पराजुलीरामकाजी गुरुङ्गले सुभकामना दिनुभएको थियो।

मन्तव्य दिनुहुने अधिकांश समाजका अगुवाहरुले काङ्ग्रेस भित्रको विचलित भावनालाई सहिद हरुको योगदान त्याग र वलिदानबाट जन्मिएको काङ्ग्रेसमा काङ्ग्रेसको नीति सिद्धान्त र आदर्शलाई अनुसरण गर्दा काङ्ग्रेस बलियो र समाज समृद्धिको सिखर तर्फ आरोहण गर्न सफल हुने बताउनुभएको थियो। निर्मला पन्तको बलात्कार पश्चात् हत्यागरिएको घटनामा शक्ति अगाडि लुकाईएको सत्यको परिदिर्शय प्रती घोर भत्सना गर्दै न्यायिक माग समेत उक्त इकाईकि महिला संजाल संयोजक इन्दिरा लामिछानेले गर्नुभएको थियो।

पोखरा माहानगरपालिका वडा नं २३ का अभिभावक तारनाथ भण्डारी,लक्ष्मीप्रसाद भण्डारि र नेपाल किशान संघ कास्किका सभापतिको मातृसोक प्रती दु:ख व्यक्त गर्दै, भावपुर्ण श्रद्दासुमन व्यक्त गर्दै उहाँहरुको योगदानको कदर र उच्च सम्मानको साथ छिट्टै काङ्ग्रेस पुनर्जागरण अभियान अन्तर्गत सदस्य वितरणमा अभियानमा अगाडि बड्ने बताउनुभएको थियो।

देशकै प्रमुख प्रतिनिधि पात्र र दुई तिहाई बहुमतको सत्तापक्षय प्रमुखको संसदिय विधि र न्यायिक स्वतन्त्रताको आवाज सांघुराउने गैरराजनीतिक,गौरजिम्मेवार व्यवाहार र धारणा प्रती चिन्ता व्यक्ता गर्दै पहिलो संविधान सभा विघटनले अर्वौ रुपैया राज्यको ढुकुटी रित्तिएको र यसबाट पाठ सिक्दै सहमती सहकार्य बाट संघिय संविधान कार्यनयन गर्न एकजुट हुनुको बिकल्प नरहेको बताउदै समृद्धिको यात्रामा राष्ट्रियता र प्रजातन्त्रमा पर्न जुनकुनै आचप्रती नेपाली काङ्ग्रेस सधै प्रतिकार गर्न चेतावनी दिदै सरकार जिम्मेवार बन्न आग्रह समेत अतिथिहरुले गर्नुभएको थियो।
हिन्दुहरुको महान चाड बडा दसैंको सुभकामना व्यक्त गर्दै देशमा शान्ती समृद्धि र राजनीति अस्थिरताको कामना गर्दै नेपालिहरुमा हर्ष र खुसिको एकाधिकारित्वको नव दुर्गा भवानिको कल्याणको कामना गर्दै उमङ्ग जनक उपस्थितिमा कार्यक्रमको समापन भएको थियो।

केही तस्बिरहरु:


Tuesday, September 18, 2018

संविधान दिवस तेस्रो वर्षको सुभकामना।

संविधान साधन हो साध्य होईन! समय अनुसार संविधान संसोधन हुदै देशमा शान्ति स्थायीत्व र संवृद्धि कायम रहनुपर्छ ।

नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान घोषणाको तेस्रो वर्षको उपलक्ष्यमा सबै देशभक्त नेपालिहरुमा सुभकामना।

आगामी दिनमा देसमा राजनैतिक स्थिरता,जनतामा दिगो सुख सान्ती र समृद्धिको प्रत्याभूति गर्नुको साथै तिब्र गतिमा देश विकासको बाटो तर्फ आरोहण गरोस।
आज हामिलो संविधान दिवस मनाउदै गर्दा संविधान जारी गर्न नेतृत्व एवंम सफल हुनुभएका संविधानका पिता नेपाली काङ्ग्रेसका आदर्स पुरुष स्वर्गीय सुशील कोईरला प्रती श्रद्धासुमन ब्यक्त गर्दै, संविधानलाई सम्मान एवंम कार्यन्यन गर्न सम्पुर्ण मानुभाव एवंम प्रतिनिधि तथा पदाधिकारी लाई अपिल गर्दछौ। संविधानको समयसापेक्षित संशोधन हुनु र संविधानको अवलम्बन गर्नु हरेक नागरिकको कर्तव्य र दायित्व भएकाले हरेक गतिविधिमा संविधानको पालना गर्न नितान्त आवस्यक छ। तेस्रो संविधान दिवसको सुभकामना ।।
#जय नेपाल।
नेपाली काङ्ग्रेस पोखरालेखनाथ वडा नं २३

संविधानका पिता एवंम नेपाली काङ्ग्रेसका आदर्श नेता स्वर्गीय सुशील कोईराला ।

संविधान दिवस तेस्रो वर्षको सुभकामना।

संविधान साधन हो साध्य होईन! समय अनुसार संविधान संसोधन हुदै देशमा शान्ति स्थायीत्व र संवृद्धि कायम रहनुपर्छ ।

नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान घोषणाको तेस्रो वर्षको उपलक्ष्यमा सबै देशभक्त नेपालिहरुमा सुभकामना।

आगामी दिनमा देसमा राजनैतिक स्थिरता,जनतामा दिगो सुख सान्ती र समृद्धिको प्रत्याभूति गर्नुको साथै तिब्र गतिमा देश विकासको बाटो तर्फ आरोहण गरोस।
आज हामिलो संविधान दिवस मनाउदै गर्दा संविधान जारी गर्न नेतृत्व एवंम सफल हुनुभएका संविधानका पिता नेपाली काङ्ग्रेसका आदर्स पुरुष स्वर्गीय सुशील कोईरला प्रती श्रद्धासुमन ब्यक्त गर्दै, संविधानलाई सम्मान एवंम कार्यन्यन गर्न सम्पुर्ण मानुभाव एवंम प्रतिनिधि तथा पदाधिकारी लाई अपिल गर्दछौ। संविधानको समयसापेक्षित संशोधन हुनु र संविधानको अवलम्बन गर्नु हरेक नागरिकको कर्तव्य र दायित्व भएकाले हरेक गतिविधिमा संविधानको पालना गर्न नितान्त आवस्यक छ। तेस्रो संविधान दिवसको सुभकामना ।।
#जय नेपाल।
नेपाली काङ्ग्रेस पोखरालेखनाथ वडा नं 23

संविधानका पिता एवंम नेपाली काङ्ग्रेसका आदर्श नेता स्वर्गीय सुशील कोईराला ।