Friday, September 22, 2017

नेपाली काङ्ग्रेस पो.ले.म.न.पा वाडा नं २३ मा विजयी दसमी तथा दिपावली २०७४ सुभाकामना आदनप्रदान कार्यक्रम सम्पन्न।

"राष्ट्रिय प्रजातन्त्र समाजवाद र समृद्द समाजको परिकल्पना हाम्रो आदर्श।।"

यहि मिति २०७४ असोज ५ गते विहिवारका दिन युवा कार्यक्रताहरुको आह्वानमा एवंम   इकाई कोषाध्यक्ष युवा नेतृत्व श्री सुर्य प्रसाद भण्डारिको संयोजकत्वमा नजिकिदै गरेको हिन्दुहरुको माहान चाड विजय दशमी सुभ दिपावली एवंम छ्ट पर्वको उपलक्ष्यमा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम सञ्चालन सकृय युवा नेता उपेद्रराज पराजुलिले गर्नुभएको थियो। कार्यक्रमको प्रमुख आकर्षक ब्याक्तित्व पुर्व राज्य मन्त्री एवंम वडा नं २३ काङ्ग्रेसका उमेदवार माधव गुरुङग हुनुहुन्थियो। कार्यक्रमा पोखरा लेखनाथ महानगर नेपाली काङ्ग्रेसका प्रत्यासी मेयर उपमेयर उमेदवार रामकुवार र सरस्वती गुरुङ्गको उपस्थिति थियो । कार्यक्रममा विभिन्न राजनीतिक तह र तत्कामा बस्नुभएका नेपाली काङ्ग्रेसका युवा साथिको उपस्थितिले कार्यक्रम थप रोचक भएको थियो। कार्यक्रम मा स्थानिय निर्वाचनमा काङ्ग्रेसबाट विजयी वडा नं २३ प्रतिनिधिलाई बधाई एवंम सफल कार्यकालको सुभकामना समेत दिएका थिए। मन्तव्य दिनुहुने अधिकांश समाजका अगुवाहरुले काङ्ग्रेस भित्रको विचलित भावनालाई सहिद हरुको योगदान त्याग र वलिदानबाट जन्मिएको काङ्ग्रेसमा काङ्ग्रेसको नीति सिद्धान्त र आदर्शलाई अनुसरण गर्दा काङ्ग्रेस बलियो र समाज समृद्धिको सिखर तर्फ आरोहण गर्न सफल हुने बताउनुभएको थियो।

Wednesday, September 20, 2017

क्षेत्र नं २ कास्कीमा ,प्रदेशिक सांसद संम्भावित उमेदवारिको रुपमा विजयराज आचार्य चर्चामा।


क्षेत्र नं २ कास्कीमा ,प्रदेशिक सांसद संम्भावित उमेदवारिको रुपमा विजयराज आचार्य चर्चामा।

क्षेत्र नं २ कास्की ,प्रदेशिक सांसद सबैभन्दा बलियो उमेदवारिको रुपमा विजयराज आचार्यको संभावना बलियो ।


आसन्न प्रदेश सभा चुनावमा कास्की जिल्ला क्षेत्र न २ को प्रदेश क्षेत्र न १को लागि मिलनसार, कर्तव्यनिष्ठ, लगनशिल, निष्ठावान, क्षमतावान एवम् समाजसेवी व्यक्तित्व नेपाली काँग्रेस कास्की क्षेत्र नँ ३ का सभापति एवम् विभिन्न संघ संस्थामा आवद्ध भई समाज सेवामा परिचालन गर्नु भएका आदरणीय विकासप्रेमी तथा मध्यमार्गी जनमानसलाई समेटन सक्ने क्षमतावान व्यक्तित्व दाजु विजयराज आचार्य लाइ आसन्न प्रदेश सभाचुनावमा नेपाली काग्रेसका तर्फ बाट उम्मेदवारी पाएमा सो क्षेत्रलाई नेपाल र विश्वको नमुना क्षेत्र बनाउन सक्ने दुरदर्शी क्षमता र साहसलाई बुझेर नै लोकतन्त्रवादी जनाताको मन जित्ने गरी नेपाली काग्रेसको तर्फबाट क्षेत्रको बलियो सम्भावित उम्मेदबारका रुपमा वँहालाई पार्टिले सुझबुझका साथ अघि सारेमा सो क्षेत्रको दिगोविकासमा वलियो आधार हुनेमा पक्का छ । 
जय नेपाल 

Monday, September 18, 2017

संविधान दिवस दोश्रो वर्षको सुभकामना।

संविधान साधन हो साध्य होईन! समय अनुसार संविधान संसोधन हुदै देशमा शान्ति स्थायीत्व र संवृद्धि कायम रहनुपर्छ ।

नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान घोषणाको दोस्रो बर्षको उपलक्ष्यमा सबै देशभक्त नेपालिहरुमा सुभकामना।

आगामी दिनमा देसमा राजनैतिक स्थिरता,जनतामा दिगो सुख सान्ती र समृद्धिको प्रत्याभूति गर्नुको साथै तिब्र गतिमा देश विकासको बाटो तर्फ आरोहण गरोस।
आज हामिलो संविधान दिवस मनाउदै गर्दा संविधान जारी गर्न नेतृत्व एवंम सफल हुनुभएका संविधानका पिता नेपाली काङ्ग्रेसका आदर्स पुरुष स्वर्गीय सुशील कोईरला प्रती श्रद्धासुमन ब्यक्त गर्दै, संविधानलाई सम्मान एवंम कार्यन्यन गर्न सम्पुर्ण मानुभाव एवंम प्रतिनिधि तथा पदाधिकारी लाई अपिल गर्दछौ। संविधानको समयसापेक्षित संशोधन हुनु र संविधानको अवलम्बन गर्नु हरेक नागरिकको कर्तव्य र दायित्व भएकाले हरेक गतिविधिमा संविधानको पालना गर्न नितान्त आवस्यक छ। दोश्रो संविधान दिवसको सुभकामना ।।
#जय नेपाल।
नेपाली काङ्ग्रेस पोखरालेखनाथ वडा नं 23

संविधानका पिता एवंम नेपाली काङ्ग्रेसका आदर्श नेता स्वर्गीय सुशील कोईराला ।

Sunday, September 17, 2017

मेरो मुलुक र भ्रष्टाचार बिमल कोईरलाको विश्लेषण 'रजगज' ।

साहित्य/विविध

‘रजगज’ पढेपछि...

भ्रष्टाचार हाम्रो मुलुकको महारोग हो तर भ्रष्टाचार नियन्त्रणमा लागेकाहरूले खेल्ने गरेको दाउपेच पनि हाम्रो मुलुकमा भ्रष्टाचारभन्दा कम कहालीलाग्दो छैन ।

विमल कोइराला, काठमाडौं

भाद्र ३१, २०७४-हरिबहादुर थापा नेपालको शासन व्यवस्था, भ्रष्टाचार र प्रशासनिक संस्कृतिमा कलम चलाइरहने सिद्धहस्त नाम हो । मैले छापाहरूमा उनका थुप्रै रचनाहरू पढेको छु । नेपालको शासन व्यवस्था इमान र निष्ठामा चलोस्, जनताले सास्ती खेप्नु नपरोस् र लोकतन्त्रको लाभांश सबै जनताले निर्बाध रूपमा पाउन् भन्ने मान्यता राख्ने लेखकले नयाँ पुस्तक ‘रजगज’ प्रकाशन गरेका छन् । पुस्तक पढिसकेपछि म एकपटक बेस्सरी रन्थनिएँ । हुन त पहिले निस्किएका पुस्तकहरू पनि उत्तिकै रोचक र सूचनामूलक नै थिए । ‘रजगज’ मा भने लेखक अझ माझिएको पाएँ । रजगज प्रामाणिक पुलिन्दा जस्तो छ— शासन व्यवस्था र हाम्रा सार्वजनिक संस्थाहरूको । जतिसुकै स्रोतसाधन र सम्भावना भए पनि भ्रष्टाचारले मुलुकलाई खोक्रो बनाउँछ, सामाजिक बाना च्यातिन्छ र सभ्यतामाथि नै प्रहार गर्छ । नाइजेरिया र सियरालिओनजस्ता मुलुकहरूले भोगेको नियति त्यही हो र हामी पनि वर्षौंदेखि त्यही संक्रमणको सिकार हुँदै आएका छौं । अहिले आधारभूत सेवाका क्षेत्रहरूमा, रोजगार, सरुवा–बढुवा, ठेक्कापट्टा र न्याय प्रणालीमा देखिएका विकृतिहरू भ्रष्टाचारकै उपज हुन् भन्न संकोच मान्नु पर्दैन । यिनै वास्तविकताहरूको सांगोपांगो अध्ययनको प्रामाणिक दस्तावेज हो— ‘रजगज’ । 

भ्रष्टाचार विकासको एक्लो बाधक हो जसले विधिको शासनको धज्जी उडाउँछ र सेवाप्रवाहमा संलग्न सबै सार्वजनिक संस्थाहरूलाई निकम्मा बनाउँछ । भ्रष्टाचार पहिला मौलाउँछ पछि फैलिँदै जान्छ र त्यसपछि समाजमा जरा गाडेर संस्थागत हुँदै जान्छ । व्यक्तिगत तवरमा हुने यो संक्रमणले छोटै अवधिमा महामारीको रूप लिन्छ । नेपाल निर्माण भएदेखि शाहवंशीय राजाहरू र राणाकालीन शासन व्यवस्थाले बीजारोपण गरी हुर्काएको परम्परा पञ्चायत हुँदै बहुदलकाल र लोकतान्त्रिक गणतन्त्रका कति वेगिलो भई प्रसारण भयो भन्ने विवरण लेखकले चोटिलो रूपमा पेस गरेका छन् । लेखकले इतिहासका घटना–परिघटनाहरू पनि प्रमाणसहित उल्लेख गरेकाले अनुसन्धानमा उनको रुचि प्रस्ट देखिएको छ । 

सन् २००४ को अप्रिलमा डेनियल कफम्यानले विश्वव्यापी भ्रष्टाचार एक हजार अर्ब डलर भएको उल्लेख गरेका थिए । अहिले १३ वर्षमा यो रकममा बढोत्तरी नै भएको होला । शक्तिको दुरुपयोग गरी निजी फाइदाका निम्ति गर्ने कामको मात्रा बढेकाले भ्रष्ट मुलुकहरूमा कुल गार्हस्थ्य उत्पादनको ठूलै हिस्सा भ्रष्टाचारमा गएको देखिन्छ । भ्रष्टाचारबाट प्रताडित मुलुकहरूमा जनतामा वैधानिक आकांक्षा पूरा नहुँदा देखा पर्ने कुण्ठा र निराशा सहजै देखिन्छ । हाम्रो मुलुक नै यसको राम्रो उदाहरण हो । भ्रष्टाचारलाई मूल समस्या नठान्ने मुलुकहरूमा गरिबी र विषमताको समस्या सम्बोधन गर्न गाह्रो पर्छ । दिगो विकास र उच्च आर्थिक वृद्धि पनि हासिल हुँदैन । हाम्रो मुलुकमा विकासको गति कमजोर हुनुमा विनियोजित स्रोतसाधन ठीक ठाउँमा नपुग्नु र अत्यधिक चुहावट हुनु हो । लेखक हरिबहादुर थापाले धक नमानी खुलस्त भ्रष्टाचारको छविभित्र पाठकसामु राखेका छन् । आगे पाठककै जिम्मा । 

नौ विषयहरूमा लेखिएको रजगजका सबै विषयहरू भिन्नाभिन्नै प्रसंगमा लेखिएका भ्रष्टाचार र सत्ता दुरुपयोगका ज्वलन्त उदाहरण हुन् । अवसर पाउँदा गरिने भ्रष्टाचारभन्दा पुस्तकमा ‘सिस्टमेटिक’ भ्रष्टाचारको वर्णन गरिएकाले कसरी हाम्रा संस्था र प्रक्रियाहरू ध्वस्त बनाइए भन्ने कुरा छर्लंग हुन्छ । सत्ताको दुरुपयोग गरी शक्ति बढाउने बदलाको भावले गठित शाही आयोगदेखि सत्ता टिकाउन राज्य कोषको प्रयोग गरी सांसद खरिद–बिक्री र उपचारको बहानामा बैंकक पठाइएका घटनासमेत यसमा समेटिएका छन् । दरबारियाहरू शीर्षक राखिएको प्रबन्धमा राजाले सबै दलहरूलाई समन्वय गरी असल शासन व्यवस्था दिनुपर्नेमा राजसंस्था नै तटस्थ नरही बदलाको भावले प्रेरित रही दलहरूमा फाटो ल्याउने र आफूले मन नपराएकाहरूमाथि कारबाहीको त्रास देखाएको सजीव वर्णन लेखकले रोचक ढंगले प्रस्तुत गरेका छन् । शक्ति हत्याएर सर्वेसर्वा हुने लोभमा गैरसंवैधानिक संस्थाहरू खडा गरी ठूलै कालखण्ड षड्यन्त्रमा व्यतीत भएको यथार्थ छवि चित्र यस खण्डमा छ । जनताको विश्वास राजसंस्थाप्रति क्षय हुँदै जानुमा यिनै षड्यन्त्रहरूको भूमिका रहेको देखिन्छ । राष्ट्रिय ढुकुटी दोहन गरी निजी फाइदा लिन पनि उपयुक्त समय रोजेको र तात्कालिक मन्त्रिपरिषद्लाई गोटी बनाउन खोजेको घटनालाई लेखकले जस्ताको तस्तै वर्णन गरेका छन् लेखकले । 

सत्तासीन दलकै सदस्यहरू गुट उपगुट सिर्जना गरी एकअर्कालाई सिध्याउने खेलमा लागेको विषय ‘जाँचबुझको कर्मकाण्ड’ मा लेखकले सटीक रूपमा वर्णन गरेका छन् । सार्वजनिक संस्थाहरूप्रति अत्याचार बढाउने काम संस्थाहरू राजनीतिकरण गरिएबाट भयो । कर्मचारीतन्त्रमा तल्लो तहमा ट्रेड युनियन र उपल्लो तहमा भागबन्डा गरियो । प्रहरी प्रशासनको पनि कित्ताकाट गरियो । हुँदाहुँदा अदालत पनि राजनीतिको सिकार हुन पुग्यो । त्यति हुँदा पनि सन्तुष्टि मिलेन र एकले अर्कोलाई सिध्याउने तानाबाना बुनियो । त्यसकै उपज अख्तियारको ऐन र सम्पत्ति जाँचबुझ आयोग थियो । त्यस बेलाको कथा यस पंक्तिकारलाई पनि धेरथोर थाहा छ तर थापाले कसरी तुरूपको पत्ताको रूपमा यी संस्थागत औजारहरू कसका निम्ति प्रयोग गरिए भन्ने कुराको सिलसिलेवार प्रस्तुति दिएका छन् । यो औधि रोचक र सूचनामूलक छ । उच्चस्तरीय सम्पत्ति जाँचबुझ न्यायिक आयोगको प्रतिवेदन अख्तियारका १/२ जना र तात्कालिक मन्त्री रमेशनाथ पाण्डेबाहेक कसैले हेर्न पाएको छैन । मुखपृष्ठ र मोटाइ (प्रतिवेदन) देख्ने अरू १/२ जना होलान् । प्रतिवेदन गोप्य राखिनुले र किस्ताबन्दीमा कारबाही अघि बढाइनुले नियत छर्लंग हुन्छ । भ्रष्टाचार हाम्रो मुलुकको महारोग हो तर भ्रष्टाचार नियन्त्रणमा लागेकाहरूले खेल्ने गरेको दाउपेच पनि हाम्रो मुलुकमा भ्रष्टाचारभन्दा कम कहालीलाग्दो छैन । 

‘भ्रष्टाचारको मुहान र भ्रष्टाचारी मन्त्रीहरू’ भन्ने शीर्षकमा नीतिगत भ्रष्टाचारको कहालीलाग्दो तस्बिर छ । कसरी नियामक संस्था छल्न आफ्नै अधिकार क्षेत्रभित्रको विषय मन्त्रिपरिषद्मा निर्णयका लागि पठाइन्छ— सिफारिसकर्ताको के कस्ता स्वार्थहरूले निर्णय प्रभावित हुन्छन् भन्ने विषयहरूलाई उदाहरणसहित लखेकले वर्णन गरेका छन् । आफू पदमा नरहँदा पनि सरकारी सुविधा निरन्तर भोग्दै आएका मन्त्रीले फिर्ता गर्नुपरे गाडी त्रिशूलीमा बगाइदिन्छु भन्नेसम्मको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले शासन व्यवस्थामा सुधार सम्भव छैन भन्ने निराश विद्यार्थीहरूलाई थप निराश बनाएको छ । अमूक व्यक्ति वा फर्मलाई ठेक्का दिने विषय वा समयमा नियमित काम नगरी म्याद नघाउने र पछि अपर्झट खरिद गर्न स्वीकृति दिने विषय भ्रष्टाचार गर्ने कुत्सित मनसायले प्रेरित मुद्दा हुन् । यस्ता नीतिगत भ्रष्टाचारहरू अहिले नियमित हुने गरेका छन् जसको लामै फेहरिस्त लेखकले प्रमाणसहित राखेका छन् । त्यसो त भ्रष्टाचार बहुदलीय वा लोकतान्त्रिक गणतन्त्र आएपछि मात्र विस्तार भएको होइन, हाम्रो मुलुक पञ्चायत व्यवस्थाभरि भ्रष्टाचारका रोचक काण्डहरूले भरिएको थियो । दरबार वा शाही परिवारसँग मिलेर गरिने एक खालको भ्रष्टाचार हुन्थ्यो भने अर्कोथरी भ्रष्टाचार मन्त्रीहरू र कर्मचारी तहबाट हुन्थ्यो । त्यस बेला पनि भ्रष्टाचार संरक्षित नै हुन्थ्यो र एक–अर्का पोल खोलाखोलमा उद्यत हुन्थे ।

अहिले भएको भ्रष्टाचार पञ्चायतकालीन बेथितिको विस्तारित रूप हो भन्न सकिन्छ । पञ्चायतकालमा धेरै विषय गोप्य रहने, सञ्चारमाध्यमको सरकारी सूचनामा पहुँच नहुने र प्रकाशनमा ल्याउनेलाई व्यक्तिगत थ्रेट हुने हुँदा भ्रष्टाचारका सूचना सीमित रूपमा बाहिर आए । लेखकले बडो मिहिनेत गरेर पञ्चायतकालीन भ्रष्टाचारको खोतलखातल पारेका छन् । फ्रेड गेजले ‘नेपालमा राष्ट्रियता र राष्ट्रिय एकता’ भन्ने पुस्तकमा तल्लो तहमा निम्नस्तरीय कर्मचारीहरूबाट नेपालको शासन व्यवस्था प्रताडित भएको उल्लेख गरेका छन् । हरिबहादुर थापाले उल्लेख गरेका दृष्टान्तहरू पनि सबै तहको भ्रष्टाचारलाई समेट्ने गरी आएका छन् । अर्थलोलुप कर्मचारीतन्त्र कसरी व्यक्तिगत लाभका निम्ति नियम कानुनको अपव्याख्या गर्छ भन्नेदेखि लिएर आफ्नो सुविधामा मात्रै कसरी मरिहत्ते गर्छ भन्ने प्रमाणसहित व्याख्या गरिएको छ । हाम्रो मुलुकमा कुनै–कुनै संस्थामै संरचनागत अनियमितता हुने गरेको पाइएको छ । नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण र रकम कारोबार हुने सरकारी संस्थाहरूको इतिहास हेर्ने हो भने यिनै संस्थाका कार्यकारी प्रमुखहरू अनियमितताको फन्दामा परेको देखिएको छ । विकास (पुँजीगत) खर्च कम हुनु र गरिएको खर्चले पनि गुणस्तरीय काम नहुनुका पछाडि पनि भ्रष्टाचारजन्य मानसिकता रहेको देखिन्छ । लेखकले विभिन्न उपशीर्षकहरू राखेर शासन व्यवस्था कसरी गुणात्मक क्षयतर्फ जाँदैछ भन्ने केही उदाहरण दिएका छन् । साँच्चै भन्ने हो भने ‘रजगज’ भ्रष्टाचारको देशान्तरीय अध्ययन गरिएको अहिलेसम्मको एउटा गतिलो दस्ताबेज हो । 

भ्रष्टाचार हाम्रो मुलुकको सामाजिक–सांस्कृतिक र राजनीतिक विकासको एक मात्र बाधक हो । शासन व्यवस्था क्षय हुँदै जान र सरकार–जनताबीच संवाद पातलो बनाउने पनि भ्रष्टाचारले नै हो । सेनाको गुणस्तर खस्कँदै जानु र सेवा नपाउनुको कारण पनि भ्रष्टाचार हो । न्याय सर्वसुलभ नहुनु, बेरोजगारी बढ्नु, दुर्घटना बढ्नु, विभेद बढ्नु र गरिबी बढ्नु पनि भ्रष्टाचारजन्य विकृति हुन् । समाजले भ्रष्टाचारले सिर्जना गर्ने विकृति सेन्सर नगर्ने (बरु उल्टो अनुमोदन गर्ने) नहुँदा एकथरी बडो बेमनासिब ढंगले रजगज गरी बसेका छन् र निरीह जनताले तिनकै खप्की र सास्ती भोग्नुपरेको छ । जबसम्म यी अवैध रजगज गर्नेहरूको अस्तित्व समाप्त हुँदैन, समाज स्वस्थ रूपले अघि बढ्न सक्तैन । लोकतन्त्रको मुख्य मान्यता स्थापित गर्न, गरिब जनतासम्म लोकतन्त्रको लाभांश पुर्‍याउन र न्यायपूर्ण सामाजिक–आर्थिक थिति बसाउन नयाँ रजगज गर्नेहरू नजन्मिउन्— पुराना रजगज गर्नेहरूको न्यायिक टुंगो लागोस् भन्ने लेखक हरिबहादुर थापाको मनसायसँग पुस्तक पढिसकेपछि आमपाठक सहमत हुन्छन् भन्ने मेरो विश्वास छ । समग्रमा रजगज पठनीय र संग्रहणीय पुस्तक हो र यो पुस्तक निर्माणमा लाग्नुहुने लेखक हरिबहादुर थापालाई मेरो बधाई ।

प्रकाशित: भाद्र ३१, २०७४

कान्तिपुरसाहित्य/विविधविमल कोइराला

Friday, September 15, 2017

क्षेत्र नं १ स्याङ्जामा ,प्रदेशिक सांसद संम्भावित उमेदवारिको रुपमा अजित क्षेत्री चर्चामा।

स्थानिय निर्वाचनको अन्तिम चरण अर्थात प्रदेश दुईको निर्वाचनको अन्तिम तयारी  हुँदै गर्दा भदै १४
बुधबार बसेको मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा दुई चरणमा निर्वाचन गर्ने (प्रतिनिधि सभा र प्रदेश सभा) गरी दोस्रो चरणको निर्वाचन मिति मंसिर २१ गतेलाई तोकेको थियो। 

मंसिर २१ गते दोस्रो चरणको निर्वाचन मितिलाई मध्यनजर गर्दै संभावित उम्मेद्बारीको होडबाजी बड्दो देखिन्छ। यसै क्रममा प्रदेश नं ४ क्षेत्र नं १ स्याङ्जामा भने नेपाली काङ्ग्रेस बाट प्रदेशिक सांसदको उमेदवारिमा संम्भावित उमेदवारको रुपमा नेपाल बिधार्थी संघ स्याङ्जा जिल्ला सभापती अजित क्षेत्रीको नाम सामाजिक सञ्जाल फेसबुकमा उनका समर्थकहरुले व्यापक चर्चामा रहेको देखिन्छ। उनि लामो समय देखि नेपाली काङ्ग्रेस र काङ्ग्रेसको भात्री संस्था नेपाल बिद्यार्थी संघ स्याङ्जा जिल्ला सभापतिको रुपमा कार्यरत छ्न।


उपयुक्त युवा उमेदवारको रुपमा समर्थन गर्दै जनपृय स्व.वि.यु सदस्य रञ्जता रेग्मी ।
उपयुक्त उमेदवारिको रुपमा समर्थन गर्दै ने.वि.संघ विद्यार्थी नेता जनक लाल तिमिल्सिना ।।