"राष्ट्रिय प्रजातन्त्र समाजवाद र समृद्द समाजको परिकल्पना हाम्रो आदर्श।।"
यहि मिति २०७४ असोज ५ गते विहिवारका दिन युवा कार्यक्रताहरुको आह्वानमा एवंम इकाई कोषाध्यक्ष युवा नेतृत्व श्री सुर्य प्रसाद भण्डारिको संयोजकत्वमा नजिकिदै गरेको हिन्दुहरुको माहान चाड विजय दशमी सुभ दिपावली एवंम छ्ट पर्वको उपलक्ष्यमा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम सञ्चालन सकृय युवा नेता उपेद्रराज पराजुलिले गर्नुभएको थियो। कार्यक्रमको प्रमुख आकर्षक ब्याक्तित्व पुर्व राज्य मन्त्री एवंम वडा नं २३ काङ्ग्रेसका उमेदवार माधव गुरुङग हुनुहुन्थियो। कार्यक्रमा पोखरा लेखनाथ महानगर नेपाली काङ्ग्रेसका प्रत्यासी मेयर उपमेयर उमेदवार रामकुवार र सरस्वती गुरुङ्गको उपस्थिति थियो । कार्यक्रममा विभिन्न राजनीतिक तह र तत्कामा बस्नुभएका नेपाली काङ्ग्रेसका युवा साथिको उपस्थितिले कार्यक्रम थप रोचक भएको थियो। कार्यक्रम मा स्थानिय निर्वाचनमा काङ्ग्रेसबाट विजयी वडा नं २३ प्रतिनिधिलाई बधाई एवंम सफल कार्यकालको सुभकामना समेत दिएका थिए। मन्तव्य दिनुहुने अधिकांश समाजका अगुवाहरुले काङ्ग्रेस भित्रको विचलित भावनालाई सहिद हरुको योगदान त्याग र वलिदानबाट जन्मिएको काङ्ग्रेसमा काङ्ग्रेसको नीति सिद्धान्त र आदर्शलाई अनुसरण गर्दा काङ्ग्रेस बलियो र समाज समृद्धिको सिखर तर्फ आरोहण गर्न सफल हुने बताउनुभएको थियो।
No comments:
Post a Comment