Tuesday, September 18, 2018

संविधान दिवस तेस्रो वर्षको सुभकामना।

संविधान साधन हो साध्य होईन! समय अनुसार संविधान संसोधन हुदै देशमा शान्ति स्थायीत्व र संवृद्धि कायम रहनुपर्छ ।

नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान घोषणाको तेस्रो वर्षको उपलक्ष्यमा सबै देशभक्त नेपालिहरुमा सुभकामना।

आगामी दिनमा देसमा राजनैतिक स्थिरता,जनतामा दिगो सुख सान्ती र समृद्धिको प्रत्याभूति गर्नुको साथै तिब्र गतिमा देश विकासको बाटो तर्फ आरोहण गरोस।
आज हामिलो संविधान दिवस मनाउदै गर्दा संविधान जारी गर्न नेतृत्व एवंम सफल हुनुभएका संविधानका पिता नेपाली काङ्ग्रेसका आदर्स पुरुष स्वर्गीय सुशील कोईरला प्रती श्रद्धासुमन ब्यक्त गर्दै, संविधानलाई सम्मान एवंम कार्यन्यन गर्न सम्पुर्ण मानुभाव एवंम प्रतिनिधि तथा पदाधिकारी लाई अपिल गर्दछौ। संविधानको समयसापेक्षित संशोधन हुनु र संविधानको अवलम्बन गर्नु हरेक नागरिकको कर्तव्य र दायित्व भएकाले हरेक गतिविधिमा संविधानको पालना गर्न नितान्त आवस्यक छ। तेस्रो संविधान दिवसको सुभकामना ।।
#जय नेपाल।
नेपाली काङ्ग्रेस पोखरालेखनाथ वडा नं २३

संविधानका पिता एवंम नेपाली काङ्ग्रेसका आदर्श नेता स्वर्गीय सुशील कोईराला ।

संविधान दिवस तेस्रो वर्षको सुभकामना।

संविधान साधन हो साध्य होईन! समय अनुसार संविधान संसोधन हुदै देशमा शान्ति स्थायीत्व र संवृद्धि कायम रहनुपर्छ ।

नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान घोषणाको तेस्रो वर्षको उपलक्ष्यमा सबै देशभक्त नेपालिहरुमा सुभकामना।

आगामी दिनमा देसमा राजनैतिक स्थिरता,जनतामा दिगो सुख सान्ती र समृद्धिको प्रत्याभूति गर्नुको साथै तिब्र गतिमा देश विकासको बाटो तर्फ आरोहण गरोस।
आज हामिलो संविधान दिवस मनाउदै गर्दा संविधान जारी गर्न नेतृत्व एवंम सफल हुनुभएका संविधानका पिता नेपाली काङ्ग्रेसका आदर्स पुरुष स्वर्गीय सुशील कोईरला प्रती श्रद्धासुमन ब्यक्त गर्दै, संविधानलाई सम्मान एवंम कार्यन्यन गर्न सम्पुर्ण मानुभाव एवंम प्रतिनिधि तथा पदाधिकारी लाई अपिल गर्दछौ। संविधानको समयसापेक्षित संशोधन हुनु र संविधानको अवलम्बन गर्नु हरेक नागरिकको कर्तव्य र दायित्व भएकाले हरेक गतिविधिमा संविधानको पालना गर्न नितान्त आवस्यक छ। तेस्रो संविधान दिवसको सुभकामना ।।
#जय नेपाल।
नेपाली काङ्ग्रेस पोखरालेखनाथ वडा नं 23

संविधानका पिता एवंम नेपाली काङ्ग्रेसका आदर्श नेता स्वर्गीय सुशील कोईराला ।

पोखराको घाँटीछिना – पञ्चासे केबलकार निर्माण हुने।

पोखरा महानगरपालिका २३ घाँटिछिनाबाट केबुलकार
निर्माण हुने भएको छ । पञ्चाँसे टुर्स एन्ड ट्राभल कम्पनी र आरकेडी रियल स्टेड कम्पनीले ८.५ किलोमिटर लामो केबलकार सञ्चालन हुने भएको छ । केबुलकार योजनाको निमार्ण कार्य सुरु गर्न सभे भईरहेको छ ।

आयोजनाको अनुमानित खर्च ७ अर्ब रहेको छ । ४ वर्षभित्रमा आयोजना सम्पन्न गर्ने कम्पनीले लक्ष लिएको छ । पञ्चाँसे टुर्स एन्ड ट्राभल र आरकेडी रियल स्टेड कम्पनीका चेयर मेन रामचन्द्र शर्माले गन्थन डटकमलाई जानकारी दिए । उनले केबुलकारमा ८० वटा पोल हुने बताए ।

केबुलकार सञ्चालन सँगसँगै गाउँको पर्यटन प्रबद्र्धनलागि विभिन्न आयोजना पनि रहेको शर्माले बताए । पञ्चासे लेकभन्दा तल लिजमा जग्गा लिएर वाटर फन्ट, स्थानीय हस्तकला बिक्रि केन्द्र, हेरिटेज प्लाजा, रिसोर्ट, होमस्टे,

टिनएजर्सका लागि प्रेम पार्क, फुट ट्र्याक, एकैचोटी २ हजारले ड्रिङ्क्स गर्न मिल्ने क्षमताको अल्कोहल जोन,

पँञ्चासे मन्दिरको जिर्णोद्धार लगायतका योजना रहेको उनले सुनाए ।

देशका साना व्यवसायीलाई लक्षित गरेर आयोजना सञ्चालन गर्न लागेको उनले बताए । ‘स्वदेशि लगानीकर्तालाई

प्रोत्साहन गर्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘विदेशि लगानी बिना नै योजना पुरा गछौं ।’

स्रोत: गंथन_डटकम।

Wednesday, September 12, 2018

बी.पी.का उत्तराधिकारीहरु धर्मको नाममा अलमलिनु हुँदैन

प्रदिप गिरि


बी.पी.कोइरालाको देहान्त भएको झण्डै ८ वर्षपछि नेपाली कांग्रेसको नेतृत्वमा गणेशमानसिंहको आँगनबाट कम्युनिष्टहरुसँग मिलेर आन्दोलन सुरु भयो र नेपालमा प्रजातन्त्रको पुर्नबहाली भयो।

तर, नेपालमा लेनिन, स्टालिन वा माओेको पालाका कम्युनिष्ट छैनन््। अहिले उनीहरु एक ढिक्का भएर बसेता पनि हामीले राजनीतिक र कार्यनीतिका दृष्टिकोेणले कम्युनिष्टहरुसँग व्यवहार गर्दै जानु पर्ने अवस्था छ अहिले पनि छ र भोलि पनि गर्दै जानु पर्ने अवस्था फेरि आउँछ।

पार्टीभित्र द्धन्द्ध र संघर्ष हुन्छ। कोहि व्यक्ति कहाँ उभिएको हुन्छ, कोहि कहाँ उभिएको हुन्छ। त्यस क्रममा तिम्रो कुरा गल्ती छ, तिम्रो तर्कमा आधार छैनन् भन्न सकिन्छ। आज हाम्रोे प्रमुख राजनीतिक शत्रु कम्युनिष्ट हो। कहि होइन हाम्रो प्रमुख शत्रु मधेसवादी दल हो अथवा त्यो पनि होइन राप्रपा हो भन्ने कुरा पनि आउन सक्छ। तर, यो कुरा बी.पी.ले भन्नु भएको थियो, त्यो सुवर्णले भन्नु भएको थियो भन्नु एकप्रकारको कठमुल्लापन हो। आफ्नो अनुभवमा आधारित भएर काम गर्नुकोे सट्टा शास्त्र पल्टाएर गरेजस्तो हुन्छ।

अर्को, नेपाली राजनीतिमा बारम्बार उठिरहने विषय हिन्दु धर्मको बारेमा हो। हिन्दु धर्मका शिलशिलामा त्यस समय तपाइहरु धेरैलाई त्यो नाम थाहा छैन होला प्रेमकुमारी पन्त भन्ने एकजना पत्रकार हुनुहुन्थ्यो। उहाँको विक्ली मिरर भन्ने चर्चित पत्रिकामा बी.पी.ले स्पष्टसँग भन्नु भएको छ ‘राजाले हिन्दुधर्म भन्नु झेला हो।’

२००७ सालको अन्तरिम संविधानमा हेर्यो भने पनि हिन्दु धर्म उल्लेख थिएन। राजा महेन्द्रले विस्तारै चोरबाटोबाट घुमाउँदै २०१९ सालमा धर्मलाई संविधानमा घुसाए। तत्कालिन अवस्थामा उनले हिन्दुत्व घुसाउनुको मुख्य उद्देश्य सोझै हिन्दुस्तानको नेहरु परिवारलाई रिझाउनका लागि थियो।

अहिलेको परिस्थिति बदलिएर गएको छ। अहिले पनि हिन्दुत्वको कुरा छ। आज बाबुराम भट्टराइको वक्तव्यमार्फत रहस्योद्घाटन भएको छ। हिँजो (शनिबार) एक मञ्चमा भन्नु भयो रे, ‘हामीलाई हिन्दु राज्य राख्न भारतले दबाब दिएको थियो। त्यो दबाब नमानेको कारण नाकाबन्दी भयो।’ कसैले दबाब दिन सक्छ। तर, यसरी नेपाललाई हिन्दु राज्य राख्न भारत, चीन अथवा अमेरिकाले त के तीनवटै महादेश आएर दबाब दिन्छन् भने पनि हामीले यो सिद्धान्तत गलत हो भन्न सक्नु पर्दछ।

यहाँ दबाब दिनेहरुले आफ्नै देशमा गरेर देखाउन न त। भारतमै यत्रो ठूलो हिन्दुवादी पार्टी छ भने किन धर्म निरपेक्ष भनिराख्नु पर्यो? भारतलाई नै हिन्दु राज्य बनाएर देखाए भयो नि। त्यसैले हाम्रा नेता, प्रधानमन्त्री वा भावी प्रधानमन्त्रीका आकांक्षीहरुले उनीहरुलाई आफ्नै मुलुकमा गरेर देखाए भयो नि भन्न सक्नु पर्दछ।

मध्ययुगीन समयमा क्याथोलिक र प्रोटस्टेन्टबीच भयंकर झगडा थियो। क्याथोलिकका सर्वेसर्वा रोमका पोप थिए। इसाई धर्मको तीनवटा विभेद छ। एउटा अर्थोडक्स चर्च जुन रसिया, ग्रीस र टर्कीमा थियो, अर्को प्रोटेस्टन्ट जर्मनीमा प्रमुख थिए भने क्याथोलिक्स फ्रान्समा। उनीहरुबीच वर्षौँ लडाई भयो। पछि फ्रान्सका क्याथोलिक्स चर्चका सर्वेसर्वा र राजा नाबालिक भएकोसमय प्रशासकीय प्रमुख कार्डिनल रिसुलले एक प्रोटेस्टन्ट राजाको मद्दत लिएर अर्को क्याथोलिक्स बाटो समाए। वेस्टफेलियाको सन्धी भयो। त्योे सन्धीमा धर्मका नाउँमा, जातका नाउँमा, रक्त सम्बन्धका नाउँमा परिभाषित राज्यमा अर्को राज्यले हात हाल्न पाउँदैन भन्ने मान्यता स्थापित गरियो। त्यसैले अहिले एउटा हिन्दु राज्यले अर्कोलाई हिन्दु राज्य बनाउछु भनि हस्तक्षेप गर्न पाउँछ? यो १७ औं शताब्दि अघि सामूहिकीकरणको विश्वव्यापी मान्यता थियो।

सबैभन्दा ठूलो आधुनिक युगका चर्चित लेखक हेनरी किसिंजरको ‘द न्यू वल्ड अर्डर’ भन्ने पुस्तक छ जुन कार्डिनल रिसुललाई सम्मान गर्दै सुरु गरेका छन्। उनी भन्छन्ः जबदेखि वेस्टफेलियाको ट्रिटीले नेशन÷स्टेटको अवधारणा बनायो त्यसपछि हाम्रो डेमोक्रेसी सुरु भयो। अर्थात धर्मका आधारमा आधुनिक राज्य बन्न सक्दैन। धर्मका नाउँमा राज्य बनाउँ भन्ने महावीर कोहि छन् भने उनीहरुले पहिले आफ्नै देशमा बनाएर देखाउनु अनिमात्र नेपाललाई उपदेश दिउन। जुन देशले धर्मको आधारमा राज्य बनाएका छन् त्यी विस्तारै समाप्त हुँदै गएका छन्। प्रश्न यो धर्म र अधर्मको होइन, मुख्यतय राज्य के का आधारमा बन्छ भन्ने हो। राज्य सिन्द्धान्तका आधारमा बन्ने हो। त्यसैले नेपाली कांग्रेसले यसमा अलमलिनु हुँदैन र कांग्रेसले राज्यका सिद्धान्तलाई लिएर अघि बढ्नु पर्छ।

अहिले सबैभन्दा ठूलोे खतरा नेपालमा नागरिक स्वतन्त्रतामा छ। यो खतरा अहिले नै आयो भन्ने होइन तर, कानुन र विधानको सिद्धान्त के हो भने, तपाई कहाँ उभिनु भएको छ भन्ने कुरा प्रमुख होइन, तपाईको वर्तमान कदमले कता संकेत गर्दैछ भन्ने महत्वपूर्ण होे। अहिले म तपाईअघि उभिएको छु केहि बिगार गरेको छैन। तर, हल्का भुकम्प आयो भने म तपाइहरुतिर हानिन्छु पछाडि जान्न। आज वर्तमान सरकार जहाँ उभिए को छ त्यसका बारेमा बी.पी भएको भए के भन्नु हुन्थ्यो?

यसबीचमा प्रधानन्यायाधीश लगायतका विभिन्न विषयमा थुप्रै कुरा भए। ब्रिटिस शासनले भारतमा अदालतको प्रारम्भ गरेको दिनदेखि कहिल्यै पनि त्यहाँको वरियताक्रम मिचिएको थिएन। पहिलो पटक १९७३ मेइ महिनामा ३ नम्बरमा रहेका ए एन रायलाई इन्दिरा गान्धीले प्रधानन्यायाधीश नियुक्त गरिन। त्यसपछि उनीभन्दा माथिल्लो वरियतामा रहेका दुई न्यायाधीशले राजीनामा दिए। त्यस समय जपप्रकाश नारायणले विरोध गर्दै वक्तव्यमा ए एन रायलाई प्रधानन्यायाधीश बनाएर इन्दिरा गान्धी कहाँ उभिएकी छिन् होइन, कता हेदैछिन् भन्न प्रश्न गरेका थिए। त्यसको ठिक २५ महिनापछि सन १८७५ जुनमा भारतमा इर्मजेन्सी लाग्यो।

आज जसरी सरकार अघि बढिरहेको छ यहाँ समाजवाद र क्रान्तिका कुरा छोडिदिनुहोस्, सबैभन्दा ज्यादा चासो र चिन्ताको विषय भनेको के नागरिक अधिकार सुरक्षित रहला? भन्ने गम्भिर प्रश्न उठेकोछ। अहिले नेपाली कांग्रेस र आफूलाई बी.पी. कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान र महेन्द्रनारायणका अनुयायी हुँ भन्ने र उनीहरुलाई सम्झिने मानिसले उहाँहरुले के बोल्नु भएको थियोे भनि शास्त्रमा खोज्ने होइन र छैन। वर्तमान सरकारका अधिनायकवादी रवैयाहरुको खिलाफमा एक जुट भएर साथ दिने सबैलाई साथ लिएर यो प्रवृत्तिलाई औल्याएर भन्नु परेको छ। चाहे माइतीघर मण्डलाको प्रकरण होस् वा विदेश यात्रा गर्न लागेको कुलप्रसाद कोइरालालाई फर्काएको प्रसंग होस्, यसविरुद्ध बोल्नु पर्दछ। अब माले एमालेको सरकारले कोेइराला थर भएकोलाई फर्काएको होला भनेको त कम्युनिष्ट युवा लेनिन विष्टलाई पनि फर्काएछ। बी.पी.को सिंगो जीवन हेर्नु भयो भने उहाँले जहिले पनि व्यक्तिगत स्वतन्त्रतालाई महत्व दिनु भएको छ। त्यसैले जो स्वतन्त्रता, समानताको पक्षधर छन् र बन्दुकको विपक्षमा उभिएका छन् उनीहरुले सोच्नु पर्छ कि स्वतन्त्रताको पक्षधरसँग हतियार हुन्छ कि हुँदैन अथवा राजासँग घाँटी जोडिन्छ कि जोडिदैन, आरक्षण आउँछ कि आउँदैन?

मानवजाति स्वतन्त्रबाट स्वतन्त्रतर हुने यात्रामा छ। झनझन समान हुने यात्रामा छ। त्यस यात्राका क्रममा कसले के भन्यो भन्ने नसोचौँ। एउटा प्रसंग सम्झिन चाहन्छु। जब योगेन्द्रमान शेरचन जेल परे त्यतिबेला उनी बडोे प्रसन्न भएको कुरा उनले आफ्नो डायरीमा लेख्नु भएको छ। । ठूला ठूला अन्तर्राष्ट्रिय ख्यातीप्राप्त नेतासँग सँगै जेलमा बस्न पाएको छ। जेलमा कति नै बसौँला र? ९/१० वर्षपछि त छुटिएला नि। त्यसपछि जेलमा बसेर प्राप्त गरेको सारा ज्ञान र जानकारी विश्वविद्यालयबाट सोधपत्र तयारीमा आउनेका लागि पनि उपयोगी हुन सक्छ। तर, उहाँलाई जेलमा पुगेपछि थाहा भयो कि हाम्रा नेतालाई त चुनाव गराउने र आफू मन्त्री हुने बाहेक केहि पनि आउँदो रहेनछ। योगेन्द्रमानको यो निराशा पनि गलत थियो।

कुनै पनि नेताले तपाईलाई ठाउँमै त कहाँ पुर्याउन सक्छ? त्यसैले मैले भनेको छुः ‘रहवर राह मुसाफिरको दिखा देता है, मन्जिल पर पहुँचाए जरुरी तो नही।’ शेरचनजीको निराशामा पनि आशा थियो जसको कारण उनी लड्दा लड्दै शहिद हुनु भयो।

हात्तीको कथा भन्दा बी.पी.को राजनीतिक, सामाजिक, आर्थिक नीति, गान्धीवादी विचार जस्ता प्रत्येक कुरामा सकारात्मक र नकारात्मक कुरा खोज्न सकिन्छ। जब बेलायतमा चर्चिल प्रधानमन्त्रीबाट हटे फुर्सदको समयमा थियो। पुनः प्रधानमन्त्री भइहाल्ने अवस्था पनि थिएन (अहिले हाम्रो शेरबहादुर र रामचन्द्रजीलाई जस्तै)। उनले त्यो फुर्सदको समयमा पेन्टिङ बनाउन थाले। उनलाई के सुर चल्यो कुन्नि त्यो पेन्टिङमा के के नराम्रो छ टिप्पणी गर्नुहोेस भनि पार्टी कार्यालयको गेटमा लगेर छाडिदिएछन्। एउटा आयो नाक खराब, अर्कोले के खराब अर्कोले के भन्ने गरेपछि वाक्क भएका चर्चिलले पेन्टिङ नै गर्दिन भनेछन्। त्यहि बेला एक बृद्धाले भनिछन्, कुन कुन नराम्रो होइन कुन कुन राम्रो भयो भन न भनेपछि सबैले राम्रो भन्न थालेछन्। त्यसैले बी.पी.को कुरा गर्दा राम्रो नराम्रो भन्दा पनि उहाँले गरेको त्याग, तपस्या र संघर्ष मात्रै हेर्नु परेको छ।

बी.पी.ले कहिल्यैपनि आफ्नो स्वार्थका लागि काम गरेनन्। अत्यन्त अप्ठ्यारोमा परेर सकिन लागेको पार्टीलाई पनि हिन्दुस्तानबाट नेपाल ल्याउनु भयो। कुन घडिमा बी.पी.ले के भन्नु भयो त्यो समाउने होइन। आजको उपलब्धी बी.पी.ले तयार पारेको जगमा प्राप्त भएको हो। यो उपलब्धीले पुगेको छैन। हामी धेरै अगाडि बढ्नु परेको छ। यसरी अघि बढ्ने क्रममा अतितलाई कोट्याएर हुदैन।

बी.पी.ले हरेक नेपालीको अलिकति जग्गा, एउटा दुहुनोे गाई होस् भनेको कुरा अहिले जस्ताको तस्तै गर्छु भनेर हुँदैन। त्यसको मर्म के थियो भने गाउँमा अर्धवेरोजगारी छ। मानिससँग काम छैन, पिउने पानीका लागि घण्टौँ हिड्नु पर्छ भन्ने हो। श्राद्धमा विरालोे बाँधेकोे जस्तो गर्नु हुँदैन।
आजको देश, काल, परिस्थिति अनुसार हामीले नेपाललाई नयाँ युगमा पुर्याउनु परेको छ। धेरै थरीका मान्छेले बी.पी.को नाउँ भँजाएर नेपाली कांग्रेसलाई बद्नाम गर्न थालेको हुँदा आखिरमा एउटा कुरा भनि टुंग्याउन चाहन्छु।

अहिले नेपालमा विकासको कुरा भइरहेको छ। ठूला ठूला विकासको कुरा। तपाईहरुलाई थाहा छ विकासको कुनै पनि मोडल विना कर्जा आउँदैन र सफल हुँदैन। कर्जाकै कारण आज श्रीलंका डेब्ट ट्रयापमा परेको छ। चीनसँग अहिले भयंकर ज्यादा पैसा छ। उसले जो कोहिलाई ऋण दिन खोजीरहेको छ। विश्वका ८ वटा देशहरु उसका करिया भएका छन्। नेपाल पनि त्यहि बाटोमा जाँदैछ। त्यतिबेला बी.पी.ले भन्नु भएको थियो हामी विदेशी प्रविधि भन्दा पनि ज्यादा आफ्नो श्रमको उपयोग गर्नु पर्छ। हामीले बी.पी.को त्यो कुरा सुनेनौँ। हामीले हाम्रो श्रमको उपयोग गर्ने अवस्थामा गाई, भैंसी अथवा कृषिको उपयोग पनि गर्नु पर्ने हुन सक्थ्यो। त्यसलाई हामीले पक्रेर नेपालको गाउँ गाउँमा रोजगारीका अवसरको श्रृजना गर्नु पर्ने थियो। आज झण्डै ५० लाखको संख्यामा विदेशीएका युवालाई स्वदेश फर्काउने कुरा बी.पी.को एक एक पंक्तिमा थियो। त्यहि शिलशिलामा उहाँले भन्नु भयो कि हामीले अमेरिकाको विकासको मोडल लिएर हुँदैन।

त्यसैले बी.पी.लाई सम्झिदा उहाँका दुइवटा कुराः एउटा उहाँले कानुनको शासन र नागरिक स्वतन्त्रताका लागि गरेको लडाई, हिन्दुस्तानमा इन्दिरा गान्धीले लगाएको इर्मजेन्सीभित्र बस्नु भन्दा राजाको जेलमा बस्न उहाँले गरेको निर्णयलाई सम्झिउँ। अर्को उहाँले अघि सारेकोे विकासको मोडल जुन चीन र अमेरिकाको प्रविधिमा चल्ने हवाइजहाज थिएन, बरु कुटिर उद्योग थियो। रोजगारीलाई प्राथमिकता दिने खालको विषय थियो। अरु कुरा पक्रेर हुँदैन। बी.पी.को जीवन ज्वलन्त त्यागको जीवन थियो। उहाँले कहिल्यै पनि आफ्नो घरवार जोड्नु भएन। भाइको घरमा जीवन विताउनु भयो। जुन घरमा उहाँ बस्नु भयो, त्यसलाई हामी कोइराला निवास भन्छौँ, त्यसको महिमा गर्न उहाँ चुक्नु भएन। उहाँको सादा जीवन उच्च विचार थियो। उहाँका बलिदान र उत्सर्गलाई ध्यानमा राखेर हामी आज यो अवस्थामा उभिएका छौँ। आज बी.पी. हुनु भएको भए उहाँले भन्नु हुने थियो होला, ‘स्यावास तिमीहरु आज मेरो योग्य उत्तराधिकारी भएछौँ, यतिले पुगेन अगाडि बढ।’

अहिले पनि हामी अगाडि बढ्नका लागि मधेसको प्रश्न जीउँदैछ। जसले त्यति ठूलो मूल्य चुकाएर संविधान संशोधनको प्रयास गर्यो उसैलाई अहिले पनि आफूलाई मधेसवादी भन्ने पार्टीहरुले कांग्रेस मधेस विरोधी भन्दैछन्। कुनै पनि सवालमा हामी अरु भन्दा कम छैनौँ। के कति कारणले हामी मधेसको चुनावमा पछि पर्यौँ त्यसमा विश्लेषण हुन सक्छ। तर, हामी कोहि भन्दा कम छैनौ भन्ने कुरा बी.पी.का रचनामा पनि भेट्न सकिन्छँ। बी.पी.ले १५ सालमा बनाएको मन्त्रिमण्डल हेरे हुन्छ। अन्त्यमा बी.पी.लाई सम्झने क्रममा एउटा शेर सम्झिन चाहन्छुः जमाने भरका कोही इस कदर अपना हो न जाए कि अपनी जीन्दगी आपसे बेगाना हो जाए।

याे पनि हेर्नुहाेस्ः

बी.पी. कोइरालालार्इ कुनै अन्धाको हात्ती जस्तो नबनाउँ

बी.पी. भन्नुहुन्थ्याेः जनताले चाँहदैनन् भने राजाले सरक्क गद्दि छोड्नु पर्छ

(बी.पी. कोइरालाको १०५औ जयन्तीको अवसरमा नेपाली कांग्रस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेसका  विश्लेषक एवं नेता प्रदिप गिरिद्धारा व्यक्त विचारको  सम्पादित अंश)

12/09/2018, 07: 47: 51 मा प्रकाशित
331 पटक पढीएको

थप समाचार

बिचार

बी.पी.का उत्तराधिकारीहरु धर्मको नाममा अलमलिनु हुँदैन

बी.पी.कोइरालाको देहान्त भएको झण्डै ८ वर्षपछि नेपाली कांग्रेसको नेतृत्वमा गणेशमानसिंहको आँगनबाट कम्युनिष्टहरुसँग मिलेर आन्दोलन सुरु भयो र नेपालमा प्रजातन्त्रको पुर्नबहाली भयो। तर, नेपालमा लेनिन, स्टालिन वा माओेको पालाका कम्युनिष्ट छैनन््। अहिले उनीहरु एक ढिक्का भएर बसेता पनि हामीले राजनीतिक र कार्यनीतिका दृष्टिकोेणले कम्युनिष्टहरुसँग व्यवहार गर्दै जानु पर्ने अवस्था छ अहिले पनि छ र भोलि पनि […]

बी.पी. भन्नुहुन्थ्याेः जनताले चाँहदैनन् भने राजाले सरक्क गद्दि छोड्नु पर्छ

बी.पी. कोइरालालार्इ कुनै अन्धाको हात्ती जस्तो नबनाउँ

बीपी महेन्द्र सम्वन्ध

अन्तर्वार्ता

विधान र सांगठनिक संरचनामा परिमार्जन का‌ंग्रेस पुनर्याैवनकाे प्रमुख सर्त: निधि

नेपाली कांग्रेसमा महाधिवेशन सम्पन्न भएको करिब २६ महिनापछि सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा क्रमशः विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र प्रकाशशरण महतलाई चयन गरेका छन्। पार्टीभित्र सहमतिको प्रयास विफल भएपछि देउवाको प्रस्तावलाई निर्वाचित केन्द्रीय सदस्यहरुको बहुमतले अनुमोदन गर्‍यो। असन्तुष्ट पक्षले पदाधिकारी पदपूर्तिको विषयमा भागवण्डा नमिलेपछि विधानको विषय उठाएर विरोध जनाएका छन्। नवनियुक्त उपसभापति निधिले […]

रामचन्द्र दाइले आवेशमा आएर बोल्नु भयोः महामन्त्री कोइराला

लोकप्रिय

बी.पी. भन्नुहुन्थ्याेः जनताले चाँहदैनन् भने राजाले सरक्क गद्दि छोड्नु पर्छ

बी.पी.को जीवन संघर्षपूर्ण र विकट थियो। त्यो संघर्षपूण जीवनकाक्रममा उहाँले अनेकौँ पटक अनेकौँ किसिमका रणनीति र कार्यनीति अंगिकार गर्नु भएको थियो। उहाँले अपनाएको कार्यनीति र रणनीतिमा अन्तरविरोध देखिन्छ। त्यसमा अनेकौँ ठाउँमा आजको मितिमा हेर्दा कमिकमजोरी पनि देखिन्छन् र नभएको पनि होइन। त्यी कमीकमजारीको म मात्रै भुक्तभोगी छैन, त्यसमा मेरा मित्र पौडेलजी पनि भुक्तभोगी हुनुहुन्छ, शेरबहादुर […]

बिपीको १०५औँ जन्मजयन्ती मनाइँदै

राजतन्त्र र हिन्दु राष्ट्र छाडेका नेताहरु भन्छन्ः बी.पी.को लाइन कांग्रेसले छाडेको छैन




Tuesday, September 11, 2018

बी.पी. कोइरालालार्इ कुनै अन्धाको हात्ती जस्तो नबनाउँ।

प्रदिप गिरि

भक्तपुर कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले बोल्ने क्रममा अर्को थापाको नाम लिनुभयोः कमल थापा। दुर्लभ थापाले भन्नु भयोः आज कमल थापा पनि बी.पी. कोइरालाको नाम लिँदैछन्। दुर्लभले कमलको नाम लिने कुराको शिलशिलामा एउटा शेर याद आयो। इधर तू है, उधर तु है, अगल यह बीचमै क्या है? महज एक नाम है वो भि कहिँ धोेका न होेजाए।

महापुरुषहरुको अन्तिममा नाम मात्रै बाँकी रहन्छ। सबैले बी.पी. कोइराला, बी. पी. कोइराला, गान्धी, गान्धी, माओ, लेनिन भन्छन् तर, अन्त्यमा बी.पीको नाउँमा पनि धोका भएको छ, पुष्पलाल, लेनिन र माओको नाउँमा पनि धोका भएको छ। यस अवस्थामा दुर्लभ थापाले चिन्ता गर्न पर्दैन। आफूँ बाहेक कुनै थापाको माया नगरे हुन्छ। उनीहरु अन्त्यमा वेनकाब भएर जान्छन्।

मलाई नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले बी.पी.का बारेमा आज तपाईले बोल्नु पर्यो भन्दा मैले धेरै कुरा सोचेँ। यहाँ रामचन्द्रजी, गोपालमानजी हुनुहुन्छ, म छु। उमेरका कारणले अरु साथीहरुको तुलनामा हामी अलि पुरानै भयौँ।

बी.पी.का सामाजिक, आर्थिक, सांस्कृतिक, साहित्यीक अथवा राजनीतिक विषयमध्ये कुन कुरालाई जोड दिएर बोल्ने भन्ने कुराको विचार गर्दा मलाई एकाएक लाग्यो कि, समय बलबान हुन्छ। समयले धेरै कुरा गर्छ र गराउँदछ।

बी.पी. कोइरालाको राजनीतिक व्यक्तित्व हेर्नुभयो भने, उहाँले सर्वप्रथम २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाको लगत्तै युगवाणीमा एउटा लेख लेख्नु भएको छ। लेख थियो ‘हाम्रो ध्येय’ अर्थात त्यतिबेलाको समयमा नेपाली राष्ट्रिय कांग्रेसको ध्येय। त्यस लेखमा उहाँले लेख्नु भएको थियोः हामी अहिंसावादी हौँ। हामी समन्वयवादी हौँ। हामी मिलिजुली जान चाहन्छौँ। हामीले गान्धीबाट सिकेका छौँ। के सिकेका छौँ भन्दा श्री ५ श्री ५ कै ठाउँमा रहने, श्री ३ श्री ३ कै ठाउँमा रहने तर, जनताबाट छानिएको प्रतिनिधि सभालाई प्रशासनको काम सुम्पिने।

हामीलाई श्री ५ महाराजधिराजले भत्ता खाएकोमा, उपाधि धारण गरेकोमा केहि आपत्ति छैन। श्री ३ पनि थान्कोमा बसे हुन्छ। तर, दैनिक शासन प्रशासनको अधिकार भने जनतालाई नै दिनु पर्छ। जनउत्तरदायी शासनमा मात्रै प्रजातन्त्र सफल हुन्छ। तर, त्यसको ३ वर्ष नबित्दै उहाँले सशस्त्र क्रान्तीको नेतृत्व गर्नु भयो। सशस्त्र क्रान्तीको नेतृत्व पनि कुन बेलामा गर्नु भयो भने, जतिबेला नेपाली कांग्रेसको पार्टी सभापति मातृकाप्रसाद कोइराला हुनु हुन्थ्यो। नातामा उहाँ बी.पी.का दाजु हुनु हुन्थ्यो तर, उहाँ गान्धीवादी हुनुहुन्थ्यो। साबरमती आश्रममा उहाँको शिक्षा दिक्षा भएको थियो। मातृकाबाबुलाई सर्वोच्च अधिकार सम्पन्न पार्टी सभापति बनाइएको थियो। नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसबीचको एकीकरणका क्रममा समन्वयकारी भूमिकामा मातृकाबाबु हुनुहुन्थ्यो।

सुवर्णजीका संस्मरणमा पनि पढ्न पाइन्छ र अरुले पनि यो कुरा लेखेका छन्। सुवर्णजीले बी.पी.लाई भन्नुभयोः बी.पी मैले राणालाई चिनेको छु। मेरा दाजुभाइलाई चिनेको छु। यो अहिंश्रक आन्दोलन गरेर मोहन शम्शेर मान्नेवाला छैनन्। हिंश्रक आन्दोलनको तयारी गर्नु पर्छ। उता सभापति, तपाइका दाजु गान्धीवादी मातृका यो हुँदै हुँदैन भन्नु हुन्छ। बी.पी.ले त्यस्तो अवस्थामा भित्रभित्रै सशस्त्र संघर्षको तयारी गर्नु भयो। अन्त्यमा तत्कालिन परिस्थितिमा नेपाली कांग्रेसले सफलता प्राप्त गर्यो।

अहिंश्रकको संघर्ष गर्नु पर्छ भनेर युगवाणीमा लेख लेख्ने बी.पी कोइराला, अहिंसक संर्घष गर्छु भनेर राणाशाहीमा नेपाल आएर मोहन शम्शेरलाई भेट्न खोज्ने, जसले पहिलो पटक विराटनगर जुटमिलमा सत्याग्रह गर्ने जतिबेला पद्मशम्शेर श्री ३ थिए, दोस्रो पटक मोहन शम्शेरको पालामा खतरा छ भन्ने थाहा पाउँदा पाउँदै किसुनजी र उहाँ आउनु भएको थियो। उहाँले चिठी लेख्नु भएको छ र त्यो प्रकासित भएको पनि छ। त्यसमा उहाँले लेख्नु भएका छ कि, म श्री ३ महाराज मोहन शम्शेरलाई भेट्न आउँदा सुरक्षित छैन। म उहाँलाई भेटेर भन्न चाहन्छु कि थोरै अधिकार दिए पुग्छ। तर, उहाँ थुनामा पर्नु भयो, अनसन बस्नु भयो र झण्डै झण्डै ज्यान गएको अवस्था थियो। अन्त्यमा उहाँ छुटेर गएपछि सशस्त्र क्रान्तिको तयारी गर्नु भयो।

पछि उहाँ गृहमन्त्री हुनु भयो। २००८ सालमा सत्ताबाट बाहिरिएपछि नेपाली कांग्रेस झण्डै ८ वर्षका लागि बाहिर रह्यो। त्यो बीचमा सत्यग्रह भएनकी, जुलुस भएनकी, विद्रोह भएन? सबै कुराहरु भए। अन्त्यमा २०१५ सालको आम चुनाव भयो र कांग्रेसले अभूतपूर्व सफलता प्राप्त गर्यो। र बी.पी. प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्नु भयोे। प्रधानमन्त्री भएर उहाँको कार्यकाल धेरैै दृष्टिले सफल रह्यो।

सबैभन्दा ज्यादा मन्त्रिमण्डलमा आफैले मितव्ययीताको उदाहरण पेश गरेर पहिले स्वयं आफ्नो तलब घटाउने निर्णय गर्नु भयो। यो सुन्दा सानो कुरा लाग्न सक्छ तर, हाम्रो सरकार वा हाम्रो पार्टीका नेताले यो प्रतिकात्मक कुरा जुन पाँच सय तलब घटाएर खासै ठूलो फरक पर्ने थिएन तर, देश बनाउने योजना लिएको प्रधानमन्त्रीले म एक हजार रुपैया छोड्छु भन्दा अनिमात्र किसानलाई भन्न सक्नु हुन्छ तपाई १० रुपैयाँ छोड्नुहोस्। आफू केहि पनि नछोड्ने र जनतालाई मात्रै छोेड भन्ने? यो चल्दैन भनि बी.पी.ले देखाएर भन्नु भयो कि म स्वयं आफ्नो तलब र आम्दानीमा कटौती गरिदिन्छु। त्यतिभएपछि जनतालाई भन्ने हक लाग्छ। अन्यथा अरुलाई भन्ने नैतिक अधिकार हुँदैन।

अहिले यद्यपि यो व्यक्तिगत प्रसंग जस्तो होला, वर्तमान प्रधानमन्त्रीको उपचारमा मात्र करोडौँ रुपैयाँ खर्च भएको समाचार बाहिर आइरहेको छ। प्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्रीको उपचारमा राज्यको करोडौँ रुपैयाँ खर्च भयो भने जनताले तपाईसँग माग्दा दिन्न कसरी भन्ने? हो नेपाली जनताको अवस्था के छ भने उपचार गर्नु पर्यो भने आफ्नो घरमा भएको खसी, बाख्रा, खेत बेचेर उपचार गर्नु पर्दछ।

बी.पी.ले यी कुरा बुझेपनि उनको सरकार १७ महिना पनि टिकेन। बी.पी. जेल पर्नु भयो, जेलमा पनि उहाले अनसन बस्नु पर्यो। उता सुवर्णजीको नेतृत्वमा सशस्त्र विद्रोह भयो। उहाँको नेतृत्वमा सशस्त्र विद्रोह हुँदा यो नबिर्सिउँ कि दुर्गानन्दा झाले राजा महेन्द्रमाथि बम प्रहार गरेका थिए। दुर्गानन्द झाको गतिविधिलाई पार्टीको इतिहासमा कसरी हेरिन्छ र लेखिन्छ म भन्न सक्दिन। तर, दुर्गानन्द झाले नेपाली कांग्रेसको कार्यकर्ताकोे रुपमा त्यो काम गरेका थिए भन्ने कुरा विर्सनु हुँदैन।

आज बी.पी.ले राजा र मेरो घाँटी जोडिएको छ भन्नु भएको थियो भनि दुर्लभ थापाकै थर भएका केहि व्यक्तिहरुले भन्छन भने हामीले उनीहरुलाई सम्झाउन सक्नु पर्दछ। हाम्रो पार्टीले समयचक्र वा संघर्षको हरेक स्वरुप स्वीकार गरेको छ।

तपाईहरुलाई थाहा छ, बी.पी बाहिर जानु भयो र झण्डै एक वर्ष उहाँले प्रतिक्षा गर्नु भयो। सुवर्ण शम्शेरले राजा महेन्द्रलाई संवैधानिक निकासको आशा राखेर भक्तिपूर्ण सहयोगको प्रस्ताव राख्नु भएको थियो। तर, राजा महेन्द्रले त्यो स्वीकार गरेनन्। त्यसपछि बी.पी. कोइरालाको नेतृत्वमा ओखलढुंगा काण्ड भयो।

ओखलढुंगा काण्ड हुँदा कतिपय आतकंवादी कार्य पनि भए। तपाई हामीले सुनेका र जानका केशव कोइराला, लिलानाथ दाहाल, ठगी दाहाल, गोकर्ण विष्टदेखि राम र लक्ष्मण जो नेबिसंघका उपसभापति थिए, उनीहरु सबै उक्त काण्डमा शहिद भए। त्यो बी.पी. कोइरालाको नेतृत्वमा गरिएको काण्ड थियो।

पछि धेरै कारणले भारत सरकारको रवैया देखेर बी.पी.का समकक्षी साथीहरु जयप्रकाश नारायण, चन्द्रशेखर जस्ता नेतालाई इन्दिरा गान्धीले जेलमा हालेको देखेर, भारतमा कानुनको शासन समेत समाप्त भएको देखेर, भारत र सोभियत युनियन दक्षिण एशियामा महत्वाकांक्षी भएको देखेर बी.पी. कोइराला मेलमिलापको नीति लिएर नेपाल फर्किनु भयो। राष्ट्रिय मेलमिलापको नीति लिएर फर्किदा कहिल्यै पनि कुनै पनि किसिमले उहाँले प्रजातान्त्रिक जीवन मूल्यसँग सम्झौता गर्नु भएन।

आज ‘महर्षि वो नाम हैँ जो कहि धोका हो नजाए’ भनेजस्तै विभिन्न राजनीतिक पार्टीहरु राप्रपादेखि माओवादी नेता समेतले म पो सच्चा बी.पी.को उत्तराधिकारी हुँ भन्न थालेका छन्। ओहो हतियारबन्द क्रान्ति हामीले मात्र गरेका हौँ र कांग्रेसले पनि गर्यो भनेर एक पटक कुनै वक्तव्यमा अध्यक्ष प्रचण्डजीले भन्नु भएको थियो। एमालेका नेताहरुले पनि भन्नु भएको छ। हामीले पनि बन्दुक उठाएका थियौँ। सुन्दरीजलमा बी.पी.को स्मारकस्थलमा गएर ओेहो म पो बी.पी.को उत्तराधिकारी हुँ भने। अतिशय वामपन्थीले पनि बी.पींको नाउँ लिए, अतिशय दक्षिणपन्थीले पनि बी.पी.को नाउँ लिए।

बी.पी.ले त राजासँग घाँटी जोडाउने कुरा गर्नु भएको थियो, त्यसैले उहाँको उत्तराधिकारी मै हुँ भनेर एउटा थापाले भन्ने, होइन बी.पी.ले त हतियार उठाएर राजनीति गर्नु भएको थियो त्यसैले उहाँको वास्तविक उत्तराधिकारी मै हुँ भनेर अर्को थापाले भन्ने (यहाँ थापा थर थपिदिएँ) यो इतिहासमा पहिलो पटक भएको होइन।

यो अन्धाले हात्ती छामेर हात्तीकोबारेमा आफ्नो अनुभवमा हात्ती कस्तो भनेजस्तै हो। समग्रमा बी.पी. कोइरालालाई हेर्ने अध्यायको प्रारम्भ आज नेपाली कांग्रेसले गर्नु पर्छ।

नेपाली कांग्रेस र नेपालको पुर्नउत्थानका लागि र बढ्दै गएको अधिनायकवादी अराजक प्रवृत्तिका लागि अत्यन्त आवश्यक भएको छ।
समग्रमा बी.पी.को व्यक्तित्वलाई कसरी हेर्ने र विचारलाई कसरी हेर्न भन्ने कुरा हामीले स्पष्ट हुन आवश्यक छ।

माक्र्सवादको सिद्धान्त के हो भन्यो भने यसले भौतिकवादमा विश्वास गर्छ। माक्र्संवादले वर्ग संघर्षमा विश्वास गर्छ। माकर्सवादले मजदूर वर्गको तानाशाहीमा विश्वास गर्छ। माक्र्सवादले मजदूर वर्गको तानाशाहीको प्रतिनिधित्व गर्न पार्टीको तानाशाहमा विश्वास गर्छ। तर, समानताका सिद्धान्त के हुन? स्वतन्त्रताका सिद्धान्त के हुन, लोकतन्त्रका सिद्धान्त के हुन? यी कुनैपनि कुरा एक दिनमा घटेका एउटै घटना होइनन्। आज फलानो मुलुक स्वतन्त्र भयो भन्ने हुँदैन। स्वतन्त्रता हुँदै जाने, गर्दै जाने र विकसित हुँदै जाने प्रक्रिया हो।

सात सालको क्रान्तिमा बी.पी. कोइरालाले जे गर्नु भयो त्यतिबेलाकै स्वतन्त्रताका लागि गर्नु भयो। राजासँग सम्झौता गरेर एउटा संविधान दिन गरियो। अन्तरिम संविधान लिएर भनियो कि ढिलो चाँडो नेपालमा संविधानसभाको चुनाव हुन्छ।

तर, त्यतिबेला नेपाल पूर्ण स्वतन्त्र भएको थिएन। आज पनि नेपाल पूर्ण स्वतन्त्र भएको छैन। आज सबै नेपालीको गास, वास र कपासको समस्याको समाधान हुने, सबै स्वतन्त्रतापूर्वक बोलन पाउने भयबाट नडराउने, विभेदबाट नडराउने नेपाल जबसम्म बन्दैन। त्यसैले स्वतन्त्रता एक अत्यन्त लामो यात्रा हो।

प्रजातन्त्र एउटा अत्यन्त लामो यात्रा हो। यो कुनै रुग्ण सिद्धान्त होइन। स्वतन्त्रबाट स्वतन्त्रतर हुँदै जाने प्रक्रिया हो। त्यसक्रममा हामीले बी.पीको लामो जीवन हेर्यौँ भने झण्डै ४० वर्षको राजनीतिक जीवन नेपालमा बित्यो। त्यो भन्दा पहिले हिन्दुस्तानमा केहि वर्ष कार्यरत हुनु हुन्थ्यो। हिन्दुस्तानको समयसहित झण्डै ५० वर्षको सक्रिय जीवन देखिन्छ। त्यो सक्रिय जीवनमा उहाँले अनेकन किसिमका जीत र हार हाँसिल गर्नु भयो। यी सबै जीत या हारको एउटै लक्ष्य थियो नेपाली जनतालाई अथवा मानव जातिलाई मात्र बडिभन्दा बडि संमृद्ध र स्वतन्त्र कसरी बनाउने?

कुनै पुच्छर पक्रेर सात सालमा बी.पीले अनसन गर्नु भएको थियो त्यसैले अनसन नै प्रजातन्त्र हो, सात सालमा हतियार बन्द क्रान्ति गर्नु भएको थियो त्यसैले हतियार बन्द क्रान्ति नै प्रजातन्त्र हो। बी.पी.का पालामा कम्युनिष्टसँग एकता भएको थिएन त्यसैले कम्युनिष्टसँग एकता गर्नु बी.पी. विरोधी हो। बी.पी.का पालामा आरक्षण थिएन आरक्षण गर्ने कांग्रेस बी.पी. विरोधी हुन्। यो धर्म निरपेक्षता यिनीहरुले गरे तर, बी.पी भएको भए गर्नु हुँदैनथ्यो भन्ने जुन प्रश्नहरु आइरहेका छन् त्यी सानै स्वरमा भएपनि हामीभित्रै पनि उठेका छन्। बाहिर अलि ठूलो स्वरमा उठिरहेको छ। त्यसले बी.पी.वा भट्टराइको मात्र अर्थ नबुझेको होइन त्यसले सबैभन्दा ज्यादा प्रजातन्त्रको अर्थ बुझेको छैन।

क्रमश…

(बी.पी. कोइरालाको १०५औ जयन्तीको अवसरमा नेपाली कांग्रस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेसका विचार विश्लेषक एवं नेता प्रदिप गिरिद्धारा व्यक्त विचारको अंश)

10/09/2018, 06: 06: 32 मा प्रकाशित
13193 पटक पढीएको

थप समाचार

बी.पी. भन्नुहुन्थ्याेः जनताले चाँहदैनन् भने राजाले सरक्क गद्दि छोड्नु पर्छ

बिचार

बी.पी. भन्नुहुन्थ्याेः जनताले चाँहदैनन् भने राजाले सरक्क गद्दि छोड्नु पर्छ

बी.पी.को जीवन संघर्षपूर्ण र विकट थियो। त्यो संघर्षपूण जीवनकाक्रममा उहाँले अनेकौँ पटक अनेकौँ किसिमका रणनीति र कार्यनीति अंगिकार गर्नु भएको थियो। उहाँले अपनाएको कार्यनीति र रणनीतिमा अन्तरविरोध देखिन्छ। त्यसमा अनेकौँ ठाउँमा आजको मितिमा हेर्दा कमिकमजोरी पनि देखिन्छन् र नभएको पनि होइन। त्यी कमीकमजारीको म मात्रै भुक्तभोगी छैन, त्यसमा मेरा मित्र पौडेलजी पनि भुक्तभोगी हुनुहुन्छ, शेरबहादुर […]

बी.पी. कोइरालालार्इ कुनै अन्धाको हात्ती जस्तो नबनाउँ

बीपी महेन्द्र सम्वन्ध

हेक्का रहाेस्, सरकारलाई अधिनायकवादी पथमा जान दिँदैनौं

राजतन्त्र र हिन्दु राष्ट्र छाडेका नेताहरु भन्छन्ः बी.पी.को लाइन कांग्रेसले छाडेको छैन