Showing posts with label जय नेपाल।. Show all posts
Showing posts with label जय नेपाल।. Show all posts

Friday, July 21, 2017

वि.पि स्मृति दिवसको संझनमा हार्दिक श्रद्धासुमन।

"नेपाली काङ्ग्रेसका संस्थापक,प्रजातान्त्रिक आन्दोलनका नेतृत्वकर्ता नेपाली
राजनीतिका परिवर्तनका सम्वाहक महामानव,तथा
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री,ज
ननायक शिखर पुरुष  स्व.विश्वेश्वरप्रसाद कोइराला ज्युको आज
परेको ३६औ स्मृति दिवसको अवसरमा हार्दिक
श्रद्दासुमन अर्पण गर्न गर्दछौ!!!!!!"
.
.
राजामाथि बम प्रहार गरेको, विमान अपहरण गरेको
र ओखलढुंगा कब्जाका लागि सैन्य कारबाही
चलाएको अभियोगमा बीपीमाथि
राजकाजसम्बन्धी ८ वटा मुद्दा थिए । हरेक मुद्दाका
लागि मृत्युदण्ड भोग्न मानसिक रूपमा तयार थिए
उनी ।
मेलमिलापको नीति अंगीकार गर्ने टुंगोमा पुगेपछि
बीपीले एक दिन बिहानै बनारसस्थित निवासको
छतमा उभिएरै भाइ गिरिजाप्रसादसँग कुरा गरे ‘मुलुक
संकटमा छ । हाम्रो राष्ट्र रहन्छ कि रहँदैन । मैले
नेपाल फर्कने निर्णय गरें ।’गिरिजाप्रसादले भने, ‘हुँदैन,
सान्दाइ जानु हुँदैन मारिदिन्छन् ।’
बीपी नेपाल फर्कने कुराले आफ्ना पतिलाई मृत्युदण्ड
वा जेलमै सडाएर मार्न सक्ने त्रासका कारण
राजनीतिमा खासै नराख्ने सुशीला कोइराला
तनावमा थिइन् । कांग्रेस महामन्त्री तथा बीपी
पुत्र
शशांक सम्झन्छन् ‘बीपीलाई मारिदिन्छन्,
झुन्डाइदिन्छन् भनेर परिवारमा रुवावासी नै चलेको
थियो ।’ बीपीकै भनाइमा ‘परिवारका अरू सदस्य र
शुभचिन्तक पनि व्याकुल र आफैंमा हराएजस्ता थिए ।’
यता काठमाडौंमा गणेशमान पत्नी मंगलादेवी पनि
बाबुलाई जस्तोसुकै सजाय हुन सक्छ, सहनुको विकल्प
छैन भनेर छोराछोरीलाई सम्झाउँदै थिइन् । गणेशमान
पुत्र प्रकाशमानसिंह भन्छन्, ‘आमा भन्ने गर्नुहुन्थ्यो,
राजनीतिमा लाग्ने मानिसले जस्तोसुकै
परिस्थितिको सामना गर्न सक्नुपर्छ । मन बलियो
बनाऊ ।’
राष्ट्रिय एकता तथा मेलमिलापको नीतिका साथ
बीपी नेपाल फर्किने मिति तय भयो । २०३३ साल पुस
१६ गते । उता आस र त्रास देखाएर उनलाई भारतमै
रोक्ने दिल्लीको रणनीति थियो । भारतीय
रक्षामन्त्री जगजीवन रामले नेपाल पुग्नेबित्तिकै
तपाईंलाई फाँसीमा भुन्डाउन सक्छन्, नजानुस् भन्ने
प्रधानमन्त्री इन्दिरा गान्धीको सन्देश टेलिफोन
मार्फत बीपीलाई सुनाए । इन्दिराको छलछाम र
जालझेलबाट अपमानित महसुस गरेका बीपीे
निर्णयमा पुनर्विर्चार गर्न तयार त भएनन् नै,
रक्षामन्त्री रामलाई भेट्नसमेत अस्वीकार गरे ।
बीपीलाई देखाएर राजालाई तर्साउने, अनि
राजासँग मिलेर बीपीलाई कमजोर बनाउने अनि
आफ्नो स्वार्थ पूरा गर्ने भारतको रणनीति थियो ।
२०३३ साल पुस १६ गते आफ्ना गणेशमान, शैलजा
आचार्य, रामबाबु प्रसाई, खुमबहादुर खड्का र
नीलाम्बर पन्थीका साथ बीपी
स्वदेश फर्किए ।
खड्का भन्छन्, ‘बीपीको अनुहारमा चिन्ता कहिल्यै
झल्किँदैनथ्यो । सधैं हंसमुख चेहरा । तर
गणेशमानजीकोमा अलि–अलि थाहा हुन्थ्यो ।’
काठमाडौं विमानस्थलमा अवतरण गर्नासाथ सबै
यात्रु ओरालेर विमानलाई सीधै रनवे नजिक
बनाइएको अस्थायी टेन्टसम्म पुर्याइयो । छ जनालाई
केही बेर त्यही टेन्टमा राखियो ।
अनि बीपी र गणेशमानलाई सोझै सुन्दरीजल
पुर्याइयो । सुन्दरीजल त्यही बन्दीगृह हो
जहाँ २०१७
साल पुस १ को शाही ‘कु’ पछि बीपी र
गणेशमानले
लगातार आठ वर्ष बिताएका थिए ।
त्यस दिन बुवा गणेशमानलाई लिन विमानस्थलको
ट्राफिक कन्ट्रोल रुमसम्मै पुगेका प्रकाशमान भन्छन्,
‘भेट्न त के देख्नसमेत पाएनौं । कहाँ लगे, के गरे थाहै भएन
।’
दरबारले सोध्न भनेर पहिल्यै थमाएका प्रश्नको सूची
बोकेर अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठत्यसै दिन
सुन्दरीजल पुगे । अनि बीपीको बयान रेकर्ड
गरी सीधै
पोखरामा रहेका राजा वीरेन्द्रकहाँ पठाइदिए । ८५
वर्षीय श्रेष्ठले लेखकलाई सुनाए, ‘एउटा प्रश्न मलाई
अझै याद छ । विमान अपहरणबाट लिएको तीस लाख
भारतीय रुपैयाँ कहाँ खर्च गर्नुभयो, बीपी बाबु ?
भनेर
सोध्दा उहाँले भन्नुभएको थियो– जनताको पैसा
जनताले खर्च गरे अञ्चलाधीश ।’
दुवै नेतालाई कडा सैनिक निगरानीमा राखिएको
थियो, परिवारजन र आफन्तलाई समेत भेट्न नदिएर ।
अर्कोतर्फ सूर्यबहादुर थापासहित केही पञ्चले
बीपीलाई फाँसी दिनुपर्छ भन्ने अभियान उचालेका
थिए । बीपीले भनेका छन्, ‘राजा र
हामीबीचको
सहमतिप्रति एउटा तत्त्व सशंकित छ, त्यो हो भारत
।’ फेरि सुन्दरीजल पुस्तकमा बीपी लेख्छन्,
‘थापा
प्रधानमन्त्री हुँदा र त्यसपछि पनि धेरै समय भारतका
एजेन्ट थिए ।’
आफूहरूमाथिका गम्भीर अभियोग प्रतिवाद गर्ने
विषयमा दुवै नेतासुन्दरीजल बन्दीगृहभित्र छलफल
गरिरहेका हुन्थे । बीपीले भनेका छन्, ‘हदैसम्मको
खराब स्थिति आयो भने भविष्यका लागि हाम्रो
भनाइको एउटा प्रामाणिक अभिलेख हुनेछ । र,
भविष्यको प्रजातान्त्रिक लडाइँको धागो समात्न
यो पथप्रदर्शक र प्रेरणा दिने राजनीतिक दस्तावेज
हुनेछ ।’
बन्दीगृहको बाहिरको सूचनाबाट दुवै पूर्णत: अलग
थिए । यता दरबार बीपीको मुद्दा हेर्ने
न्यायाधीशको खोजीमा थियो । काठमाडांैमा
रहेका प्राय: न्यायाधीशले मुद्दा हेर्न रुचि
नदेखाएपछि नारायणी अञ्चलका न्यायाधीश
जनकमान श्रेष्ठलाई हटौंडाबाट रातारात
काठमाडांै झिकाइयो ।
न्यायाधीश श्रेष्ठ (काठमाडौंका प्रथम मेयर) भन्छन्,
‘अञ्चलाधीश नन्दबहादुर मल्लले भने, तपाईंलाई
तत्काल काठमाडांै पठाउनू भन्ने गृहमन्त्रीको आदेश छ
।’ तर खबर ल्याउने प्रहरी अधिकारीलाई श्रेष्ठले
भनिदिए, ‘म स्वतन्त्र न्यायपालिकाको न्यायाधीश
हुँ । गृहमन्त्री त के प्रधानमन्त्रीले भने पनि जान्नँ ।
मलाई मेरै प्रधानन्यायाधीशको आदेश चाहिन्छ ।’
त्यही राति प्रधानन्यायाधीश नयनबहादुर
खत्रीको
आकाशवाणी आइहाल्यो । अनि राति ११ बजे नै उनी
काठमाडांैका लागि हानिए । भोलिपल्टै उनलाई
मुद्दा हेर्ने जिम्मेवारी दिई सिंहदरबारस्थित पुतली
बगैंचामा विशेष अदालत खडा गरियो ।
बीपीकै आह्वानमा भएको सशस्त्र क्रान्तिसँग
जोडिएका मुद्दामा क्याप्टेन यज्ञबहादुर थापा र
भीमनारायण श्रेष्ठलाई सर्वोच्च अदालतले
मृत्युदण्डको सजाय सुनाइसकेको थियो । र, त्यही
मुद्दामा बीपी र गणेशमानले खटाएको थापाको
बयान थियो । न्यायाधीश श्रेष्ठले लेखकलाई सुनाए,
‘बीपीलाई मृत्युदण्ड हुने निश्चितजस्तै थियो । बयान
र मिसिल पनि त्यसै गरी ठिक्क पारेर राखिएको
रहेछ ।’
सुनुवाइ सुरु नहुँदै २०३३ सालको मध्यचैततिर बीपी र
गणेशमानलाई अदालतले मृत्युदण्डको सजाय
सुनाइसकेको खबरले सनसनी फैलियो । बीपीकै
सहोदर
भाइ गिरिजाप्रसाद कोइरालाले पत्रकार सम्मेलन
मार्फत यस्तो जानकारी दिएका थिए ।
संसारभरबाट बीपीको रिहाइका लागि दबाब बढ्न
थाल्यो ।
त्यसपछि मात्र सरकारी वकिलको टोली
बीपीको
बयानका लागि सुन्दरीजल पुग्यो । तर बीपीले
आफ्ना वकिलको अनुपस्थितिमा बयान दिन इन्कार
गरे । अनि गणेशराज शर्मा, कृष्णप्रसाद भण्डारी र
कुसुम श्रेष्ठले उनको कानुनी प्रतिरक्षा गर्ने टुंगो
लाग्यो ।
२०३४ वैशाख १४ गतेदेखि तीन सातासम्म विशेष
अदालतमा चलेको बयानका क्रममा बीपीले आफ्नो
संलग्नता नरहे पनि पार्टी सभापतिको हैसियतले
कांग्रेसका नाममा भएका सबै घटनाको नैतिक
जिम्मेवारी लिने बताए ।
बीपीको स्वास्थ्य बिगिँ्रदै थियो । उपचारमा
संलग्न डा. मृगेन्द्रराज पाण्डे बिरामीको मनोबल
घट्छ भनेर बीपीलाई उनको रोग बताउँदैनथे ।
डा. पाण्डेको हाउभाउबाट बीपीलाई चाहिँ
आफ्नो मुटु ठीक छैन कि भन्ने लागिसकेको थियो ।
यस्तैमा एक दिन उनको देब्रे आँखाको १५ मिनेटसम्म
दृष्टि गुम्यो । दुई महिनामा उनलाई यस्तो लक्षण
देखिएको यो तेस्रोपटक थियो ।
यस्तैमा एक दिन बीपीलाई थुनामा राखिएको
प्रहरी तालिम केन्द्रको सुरक्षा पहरा हट्यो ।
क्षणभरमै आईजीपीका साथ जनरल शेरबहादुर मल्ल
देखा परे । जनरल मल्लले भने, ‘अहिलेको अवस्थामा
राजा र तपाईंका बीच भेट हुनु दुवैको हितमा छैन ।
तपाईंको कुनै सन्देश छ भने मलाई भन्दा हुन्छ ।’
बीपीले मल्लसँग भने, ‘म राजाबाहेक अरू कसैसँग सन्देश
पठाउँदिनँ । सत्तामा त्यस्ता निहित तत्त्व र विदेशी
शक्ति पनि छन्, जो हाम्राबीच कुनै समझदारी
चाहँदैनन् । हामीलाई विभाजित राखिराख्न
चाहन्छन् । मलाई थाहा छ राजाको वरिपरिका
मानिसमध्ये धेरैले आफ्नो दुनो सोझिने हो भने देशलाई
धोका दिन बेर लगाउँदैनन् ।’
जनरल मल्ल बाहिरिएपछि मात्र शिविरको पहरा
फर्कियो ।
उता शाही चिकित्सक डा.पाण्डे बीपीलाई
थुनामा राख्ने राजालाई सत्य सूचना दिएरमन
हलुङ्गो बनाउन चाहन्थे । लामो प्रयासपछि २०३४
साल जेठ २५ गते बेलुकी डा. पाण्डेले राजाको
दर्शनभेट पाए । त्यस दिन उनलाई राजाले सधैं भेट्ने
गरेको भन्दा छुट्टै बैठक कक्षमा राखियो । ४०
वर्षअघिको त्यो क्षण सम्भिँmदै डा. पाण्डे भन्छन्,
‘प्रमुख सचिव रञ्जनराज खनाल, एडीसी र म मात्र
छौं । सरकारबाट हुकुम भयो ल भन डाक्टर के भएको
बीपीलाई । मैले भने अवस्था क्रिटिकल छ । तत्काल
उपचार भएन भने जुनसुकै बेला उनलाई प्यारालाइसिस
हुन सक्छ ।’ राजाले उनलाई प्रश्नको पर्रा छोडे—
तिमी कसरी भन्न सक्छौ ? तिमीसँग के सामान
थियो र ? तिमी कति प्रतिशत ‘स्योर’ छौ । डा.
पाण्डे सम्झिन्छन्, ‘मैले भने सरकार ९८ प्रतिशत ।
राजाबाट फेरि हुकुम भयो तिमीलाई कति विश्वास
छ । मैले भनें ९८ प्रतिशत ।’
राजा वीरेन्द्रको आदेशमा बीपीलाई दरबार ल्याउन
प्रमुख सचिव रञ्जनराज खनाल आफंै प्रहरी तालिम
केन्द्रतर्फ हुइँकिए । खनालले लेखकसँग भनेका छन्, ‘म
पुग्दा बीपी तयारी अवस्थामा थिए । सायद
एडीसी मार्फत पहिले नै खबर पुगेको हुनुपर्छ । मेरै
मोटरमा उनलाई दरबार ल्याए ।’
डा. पाण्डे सम्झिन्छन्, ‘मौलपोस सुरुवालमा मख्ख
पर्दै दरबार आएका बीपीले मलाई देखेर भन्नुभयो—
अहो डाक्टर साप तपाईं पनि !’ राजाले बीपीको
रोगबारे बताइदिन राजाको आदेशपछि डा. पाण्डेले
भने, ‘तपाईंको...छ । जुनसुकै बेला प्यारालाइज हुन
सक्छ ।’
राजाले भने, ‘बीपी तिम्रो स्वास्थ्य निकै खराब
रहेछ ? डा. पाण्डेको कुरा सुनिहाल्यौ । ‘सरकार
मेरो स्वास्थ्यभन्दा देशको स्वास्थ्य झन् खराब छ,’
बीपीले राजनीतिक कुरा गर्ने मनसाय राखे । यो
बुझेर राजाले भने, ‘तिमीलाई स्वास्थ्यको कुरा गर्न
बोलाएको हो । पहिले स्वास्थ्यलाभ गरेर आऊ, अनि
कुरा गरौंला । राजासँग एक घण्टा कुरा गरेर बीपी
प्रसन्न मुद्रामा बाहिरिए ।’
मध्यरातमा बीपी राजाको आदेशमा उपचारका
लागि रिहा भए । ‘उपचार कहाँ गराउन उचित हुन्छ,
निर्णय उनैलाई गर्न दिनू । प्रधानमन्त्रीलाई यसबारे
जानकारी गराउनू ।’ राजाको आदेश स्मरण गर्दै
पाण्डे भन्छन्, ‘बीपी बाहिरिँदा रातको १२
बजिसकेको थियो ।’
बीपीको रिहाइपछि डा. पाण्डेसँग क्रुद्ध
प्रधानमन्त्री तुलसी गिरीले भोलिपल्ट उनलाई
सिंहदरबार बोलाएर धम्क्याए, ‘राजालाई चाहिने,
नचाहिने कुरा लगाएर राजनीति गर्ने । ख्याल गर्नू,
बीपीलाई तपाईंले भनेकै रोग देखिएन भने ।
बीपीकै
ठाउँ पठाइदिन्छु ।’ शाही चिकित्सक पाण्डेले
बीपीको राजनीतिक उचाइतर्फ संकेत गर्दै जवाफ
दिए, ‘डाक्टरसाप त्यो ठाउँमा तपाईं त कहिल्यै
पुग्नुहुन्न भने मेरो त कुरै नगरौं ।’
उता, राजा र बीपीबीच के सहमति भयो भनेर
दिल्लीलाई रिपोर्टिङ गर्न नपाउँदा भारतीय
दूतावासमा छटपटी सुरु भयो । डा. पाण्डे सुनाउँछन्,
‘राजदूत फोनमा भन्न थाले— डाक्टरसाप मेरो
स्वास्थ्य जाँच गरिदिनुपर्यो, हर्ट एट्याक नै
होलाजस्तो छ ।’ यसपछि डा. पाण्डे झनै डराए,
प्रधानमन्त्री गिरीले थुन्ने थम्की दिएकै थिए ।
‘राजदूतलाई भेट्यो भने त झन् भारतीय एजेन्टकै
बिल्ला लाइदिने पो हुन् कि ? म अर्कै डाक्टरलाई
देखाउन सल्लाह दिएर उम्किएँ,’ उनी भन्छन् ।
स्वास्थ्यलाभ गरी बीपी स्वदेश फर्किने समय
पारेर
पटनामा नेपाली कांग्रेसको सम्मेलन बोलाइयो ।
२०१७ सालपछि कांग्रेसीहरूको त्यो नै पहिलो ठूलो
जमघट थियो । पहिलो संसद्का सभामुख कृष्णप्रसाद
भट्टराईलाई बीपीले कार्यबाहक सभापतिको
जिम्मेवारी दिए । कांग्रेस नेता केबी गुरुङ भन्छन्,
‘नेपाल फर्किने बेला पटनामा बीपीको व्यापक
सम्मान भयो । सोसलिस्टहरूले बीपी नेपाल नजाऊ
हामी तिमीलाई प्रधानमन्त्री बनाएर पठाइदिन्छौं
भनेका थिए । बीपीले भन्नुभयो— तिमीहरूले
बनाएर
पठाइदिएको प्रधानमन्त्री तिमीहरूको हुन्छ,
नेपालको हुँदैन ।’ २०३४ कात्तिक २३ गते नेपाल
फर्किएका बीपीलाई गिरफ्तार गरी
सीधै विशेष
अदालतमा हाजिर गराइयो ।
राजा र बीपी मिल्ने डरले कट्टरपन्थी
पञ्चहरूको
सातो गएको थियो । उनीहरू जुनसुकै मूल्यमा
मेलमिलाप भाँड्न चाहन्थे । केही समयको
अन्तरालपछि उपचारको सिलसिलामा बीपी पुन:
अमेरिका गए । यता २०३५ माघ २६ गते क्याप्टेन
थापालाई कमला नदी किनारमा र श्रेष्ठलाई
कोसीमा गोली हानी मारियो । राजाबाट
गम्भीर धोका भयो भनेर प्रजातन्त्रवादीहरू सशंकित
थिए ।
अमेरिकाबाट फर्किने बेला बीपीको बिदाइमा
पटना विमानस्थलमै पुगेका चन्द्रशेखर र कपूरी ठाकुर
(विहारका मुख्यमन्त्री) सहितका नेताले भनेका थिए,
‘बीपी तिमी यहीं बस । नेपाल
नजाऊ । हामी बहुदल
घोषणा गराइदिन्छौं । बीपीले भने— तिमीहरूले
घोषणा गरेको बहुदल तिमीहरूको हुन्छ हाम्रो हुँदैन ।’
आशंका र संशयका बीच पुन: राजा र बीपीको भेट
भयो । राजासँगको त्यो वार्तालापबारे बीपीले
कांग्रेस नेता केबी गुरुङले सुनाएका थिए, ‘बीपी यु
नो, युआर टकिङ विथ द किङ अफ द कन्ट्री ।’
जवाफमा बीपीले भनेछन्, ‘अफकोर्स, योर
मेजेस्टी इज
अल्सो टकिङ विथ पिपुल्स रिप्रजेन्टेटिभ ।’
बीपी र राजा जुधाएर आफ्नो स्वार्थ पूरा गर्ने
दाउमा विदेशी र स्वार्थी पञ्चहरू लागेकै थिए । यस्तै
अन्योलका चलिरहँदा राजतन्त्रको अन्त्य गरी
बीपीलाई नेपालको पहिलो राष्ट्रपति हुने
वातावरण बनाइदिने प्रस्ताव लिएर कोही व्यक्ति
जयबागेश्वरीस्थित उनको निवासमै पुग्यो ।
विश्वासिलो भएका कारण बनारसदेखि नै कांग्रेस
नेता बलदेव मजगैयासँग बीपी भन्नै नहुनेबाहेक सबै
विषयमा खुलेर कुरा गर्थे ।’
पूर्वमन्त्री मजगैया भन्छन्, ‘यो कुरा कसैलाई सेयर
गरेको थिइनँ । बीपीले आफूलाई राष्ट्रपति बनाइदिने
प्रस्ताव आएको सुनाएपछि मैले सोधें— सान्दाजु त्यो
व्यक्ति नेपाली, भारतीय वा अमेरिकी हो कि
अरूनै
कोही हो । उहाँले भन्नुभयो— तीमध्ये कोही
पनि
होइन । मैले दुईपटक त्यो मानिसबारेमा बुझ्न खोजें, तर
उहाँले बताउनुभएन । बीपीसँग थप सोध्ने आँट त्यो
बेला ममा आएन ।’
प्रस्ताव लिएर आउने मानिसलाई बीपीले भनेछन्,
‘यति ठूलो निर्णय गर्नुअघि साथीहरूसँग छलफल गर्न
मलाई कम्तीमा ४८ घण्टा चाहिन्छ ।’
त्यो बेला बीपीले दरबारलाई गुन लाए भन्ने हल्ला
व्यापक चलेको थियो । शशांक भन्छन्, ‘सायद
राजासँग कुनै प्रकारले बीपीको संवाद भएको हुनुपर्छ
।’
संयोग नै भनौं । बीपीलाई राष्ट्रपति बनाइदिने
प्रस्ताव आएको ४८ घण्टाभित्रै जनमतसंग्रह घोषणा
भयो । अनि राष्ट्रवादी छविका प्रधानमन्त्री
कीर्तिनिधि विष्टलाई राजीनामा गराइयो र
भारत निकट मानिएका सूर्यबहादुर थापा
प्रधानमन्त्री बने ।
जनमतसंग्रह घोषणालगत्तै गणतन्त्रको प्रस्ताव गर्ने
उही व्यक्तिले बीपीलाई सोध्यो, ‘के निर्णय
गर्नुभयो त बीपी ।’ बीपी उसलाई
भने, ‘जनमतसंग्रह
घोषणा भयो अब हामी चुनावमै जान्छौं ।’
कांग्रेस नेता मजगैया भन्छन्, ‘त्यही बेला मैले
बीपीसँग
सोधेको थिएँ । तपाईं जननिर्वाचित प्रधानमन्त्री
हुनुहुन्थ्यो । राजाले प्रजातन्त्र समाप्त पारे । संसद्
भंग गरे । बिनापुर्जी तपाईंलाई ८ वर्ष थुनियो, ८ वटा
राजकाज लगाइयो । यस्तो राजालाई किन
राख्नुपर्यो सान्दाइ ।’ बीपीसँगको वार्तालाप
स्मरण गर्दै मजगैया भन्छन्, ‘राजसंस्थालाई चुट्कीको
भरमा फाल्न सक्नेले उसैले बनाएको मानिसलाई
फाल्न कति समय लगाउला ? हाम्रो देशको
राजनीतिक स्थिरता के होला ?’ त्यो सुनेर मजगैयाले
भनेछन्, ‘त्यसो भए सान्दाइ त्यति बेलै राजसंस्था
फालेर गणतन्त्रमा हामी जान्नौं किन भन्नुभएन त ?
मेरो चेहरातर्फ एकोहोरो हेर्दै बीपीले भन्नुभयो— मैले
हुन्न भनेको भए उसले अर्को पात्र खोज्न सक्थ्यो ।
त्यो त झन् मुलुकको हितमा हुने थिएन ।’
(पत्रकार जगत नेपालको निर्माणाधीन डकुमेन्ट्री
‘बीपीको राजद्रोह’ बाट)

Friday, May 5, 2017

गगन थापा राजनीतिम लाग्नुको कारण।

नेपाली काङ्ग्रेसका लोकप्रिय युवा नेता एवम्  वर्तमान स्वास्थ्य मन्त्री "गगन थापा" राजनीतिमा लाग्नुको कारण।
note:
म किन लागें राजनीतिमा ?

May 14, 2015 at 12:12pm

२०३३ साल फाल्गुण ४ गते काठमाडौंको एक निम्नमध्यम बर्गीय परिवारमा जन्मिएको हुँ । बुबा सरकारी जागीरे हुनुहुन्थ्यो अनि पेशाले इन्जिनियर । मेरो पुर्ख्यैाली घर सोलुखुम्बुदेखिनै परिवारका थुप्रै सदस्य प्रजातान्त्रिक आन्दोलमा लाग्नुभएको रहेछ । सेनामा कार्यरत भएपनि हजुरबुबाले कांग्रेसको आन्दोलनलाई सहयोग पुर्‍याउनुभएको थियो । कांग्रेसका कार्यकर्तालाई बस्ने र खाने बन्दोबस्त मिलाई दिएवापत चार महिनाभन्दा बढी समय जेल बस्नुपरेको थियो । पछि प्रधानपञ्च हुँदासम्म नै त्यो क्रम जारी रहेको थियो । म सानै छँदा पनि काठमाडौंको मेरो घरमा प्रजातान्त्रिक आन्दोलनमा होमिएका थुप्रै अग्रजहरु आउनुहुन्थ्यो । उहाँहरुको सुत्ने व्यवस्था प्रायजसो मै सुत्ने कोठामा मिलाइएको हुन्थ्यो । पाहुनाहरु रातीसम्म राजनीतिका गफ गर्दै बस्नुहुन्थ्यो ।त्यो राजनीतिक गफ मेरो बाल मस्तिष्कमा गहिरो छाप बनेर बसेको थियो । हाम्रो हजुरबुबा, काका, बुबाहरु सबै कांग्रेस समर्थक हुनुहुन्छ र उहाँहरु पनि आन्दोलनमा सहभागी हुनुहुन्छ भन्ने बुझ्न पाहुनासंग हुने उहाँहरुको गफबाट सजिलो भएको थियो । त्यसैगरी मेरो कान्छो काका चाहीं कम्युनिष्ट आन्दोलमा सक्रिय हुनुहुन्थ्यो । उहाँ पनि हामीसँगै बस्नुहुन्थ्यो । र, परिवर्तनका कुरा गरिरहनुहुन्थ्यो । उहाँको परिवर्तन प्रेमी कुरा अनि पाहुना र अन्य सदस्यका प्रजातान्त्रीक कुरा दुवैले मलाई परिवर्तनको एजेण्डा र फरकपन दिन सकिने गरी स्वतन्त्रताको आन्दोलनमा होमिन उत्प्रेरित गर्‍यो ।

Youth Leader Gagan Thapa

२०४६ सालको जनआन्दोलन हुँदा म सिद्धार्थ बनस्थली स्कुलमा पढ्थें । प्राइभेट स्कूल भएकाले त्यही राजनीतिक गतिविधि हुदैंन थियो । तर, पनि आन्दोलनको पूर्वसन्ध्यामा विस्तारै छलफल र बैठकहरु हुन थाले । र, त्यस्ता गतिविधीहरुमा पनि मेरो रुची राम्रै थियो । त्यसमाथि मेरो सक्रियता २०४६ को जनआनदोलनमा पनि भएको थियो । एसएलसी पास भएपछि म आएस्सी पढ्न अस्कल क्याम्पस भर्ना हुँदा राजनितिक गतिविधीहरुलाई प्रत्यक्षरुपमा नियाल्ने मौका पाए । राजनीतिक दलका विद्यार्थी भातृ संगठनका कृयाकलापलाई मैले मज्जैले बुझ्न पाए । पछि त्रिचन्द्रमा विएस्सी पढदै गर्दा मेरो मन भित्र एउटा बहस उब्जियो । अब्बल विद्यार्थीहरु राजनीतिमा लाग्नु हुन्छ वा हुदैन ? के विद्यार्थी राजनीति गर्न क्याम्पसमा दशौ बर्ष विताएर उमेरको तीन दशक कटाउनै पर्छ र ? तर होइन, उत्तर पनि आफ्नै चेतनाले निकाले । र तत्कालिन रुपमा एउटा भिन्नै विचार लिएर कठोर निर्णय गरेर म स्ववियू निर्वाचनमा उम्मेद्धवार बनेँ अनि नेविसंघबाट स्ववियु सदस्य जिते पनि ।

मेरा यी सवै गतिविधी परिवारले चाहेको भन्दा फरक थिए । मेरा दौतरीहरुमा त्यस बेला रहेको अमेरिका, अष्ट्रेलिया जाने विचार भन्दा म अलग भएँ । त्यसैले केही समय मलाई परिवारमा समेत असहज भयो । परिवार मलाई डाक्टर वा इन्जिनियर भएको हेर्न चाहन्थ्यो । उनीहरुको यो चाहनामा मैले तुषारापात गरिदिएको कसरी चित्त बुझ्थ्यो र ? फेरी त्यस बेला कम्पिटिसन टु एक्जीटू अथवा विदेशीन प्रतिष्पर्धा हुन्थ्यो । को पहिले अमेरिका पुग्ने ? कसले पहिला भिषा पायो ? तर यी सबै प्रश्नहरुसंग मेरो सम्बन्ध विस्तारै हराउदै गयो । पछि राजनितिमा थप सक्रिय हुदै गएँ । विज्ञानको विद्यार्थी त्यसमा पनि पढाइमा अब्बल क्षमता भएकाहरुको त्यसताकाको ट्रेनमा मैले ब्रेक लगाएर नयाँ बाटो रोजेको थिएँ । त्यो आफैमा प्रगतिशिल र परिवर्तनकारी पाइला थियो जस्तो लाग्छ मलाई । किनभने मैले त्यसबेला विज्ञानको विद्यार्थीहरुको टे्रन तोडेको थिएँ । यसैक्रममा मैले त्रिचनद्रमा स्ववियु सदस्य, स्ववियु सभापति हुदै नेविसंघको केन्दि्रय समितीसम्म पुगेँ र पछि महामन्त्रीसम्म बनेँ ।

अरु सबै साथीहरुले खोज्ने उत्तर भन्दा मेरो प्रश्नहरु अलि फरक हुन्थे । नेविसंघमा काम गर्दै गर्दा पनि अन्य साथीहरुले भन्दा मैले भिन्न तवरले सोच्थेँ । साथीहरु संगठन चलाउन को संग कति माग्ने भन्नेबारे सोच्थे भने म कसरी विद्यार्थी संगठनलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्नेतर्फ लागें । म तत्कालिन घटनाक्रमहरुलाई फरक ढंगले हेर्थें, साथीभाई र बौद्धिक जनमानससंग छलफलमा बस्थेँ र कार्यपत्रहरु लेख्ने गर्थें । यस्तै गर्दा राजाको माघ १९ को कु भयो । र त्यसपछि राजनीतिक आन्दोलनको शुरुवात भयो । त्यसैक्रममा अन्य विद्याथी संगठनका साथीहरु, नागरिक समाजका अगुवाहरु र विभिन्न राजनीतिक दलका नेता तथा समाजका प्रभुत्व व्यक्तित्वहरुसंग मेरो सम्बन्ध विस्तार हुदै गयो । उहाँहरुको विचार जान्ने-बुझ्ने मौका पनि प्रसस्तै पाइयो । उहाँहरुसंगको संगतले मलाई अझै परिपक्क र परिवर्तनशिल बनायो । समयको क्रमलाई समात्न सिकायो । पछि राजनितिक आन्दोलन सफल भएपछि माओवादी साथीहरु पनि शान्तिपूर्ण राजनितिमा आउनुभयो । उहाँहरुसंगको हिमचिमले पनि मलाई धेरै कुरा सिकायो । विज्ञानको विद्यार्थी भएकोले पनि होला, मलाई हरेक प्रश्नको तर्कसंगत उत्तर चाहिन्थ्यो । यी सवैको संगत र अध्ययनबाट मैले सिकेको भनेको परिवर्तन र स्वतन्त्रता हो । यी दुवै आजको नेपालका परिपुरक हुन् । यद्धपि मैले सबै कुरा जानीसकेँ भन्ने होइन ।

२०५८ जेठ १९ मा भएको वीरेन्द्रको वंशनाश राजा ज्ञानेन्द्रको २०५९ असोज १८ को कदम आदीले मलाई विक्षप्त बनाएको थियो । साच्चै भन्ने हो भने यी घटनाहरु मेरो जीवनका टर्निङ्ग प्वाइनटहरु हुन ।

सायद म राजनीतिमा नलागेको भए डाक्टर इन्जिनियर हुन्थे होला अथवा मेरा परिवारका अन्य सदस्य झै विदेशमा रहदै यहाँका नेताहरुलाई गाली गर्दै बस्थे होला । मेरा साथीहरु विदेशमा धेरै छन् । म पनि उनीहरु जस्तै अनलाईनमा केही लेख्थे होला, ब्लगीङ गर्थे होला अनि नेताहरुलाई गाली गर्थे होला । तर, त्यो समाधान भने होइन । पोखरीको डिलमा बसेर पानी फोहोर भएछ भन्नुको म कुनै अर्थ देख्दिन । फोहर देख्नेले पोखरीमै हाम फालेर फोहोर सफा गर्न सक्नु पर्छ भन्ने मेरो मान्यता हो । फेरी राजनीतिमा लागेका सबै खराब नै छन् भन्ने पनि होइन । त्यहाँभित्रका राम्रा पक्षलाई लिएर कमजोरीको सुधार गर्न सक्नुनै अहिलेको आवश्यकता हो ।

यसो भन्दै गर्दा विदेशिनु गलत हो भन्ने अर्थ लगाएको होइन । हो, विदेश जानुपर्छ । त्यहाँको विकास र त्यहाँ भएको ज्ञान सिक्नुपर्छ तर त्यो ज्ञान र सिकेका कुरालाई आˆनो देशमा उपयोग गर्न पनि सक्नुपर्छ । सधैभरि बिदेश बसेर आफ्नो व्यक्तिगत जीवनको भविष्य मात्र सोच्ने अनि यहाँका नेतालाई गाली गर्ने टे्रनमा म कुनै तुक र दम देख्दिन । विदेशमा सिकेका शिपलाई राष्ट्र विकासमा उपयोग गर्न सकिन्न भने त्यसको कुनै अर्थ छैन । म आब्हान गर्न चाहान्छु, आउनुहोस नयाँ जोश- जागर बोकेर, नयाँ सिप र क्षमता लिएर अनि यो पुस्तालाई विस्थापित गरेर देशको नेतृत्व लिनुहोस । यसमा तपाई हामी र पुरै राष्ट्रको भलो लुकेको छ ।

तर यसको अर्थ व्यक्तिगत जीवन, आर्थिक जीवन समाप्त पार्नुस भन्न खोजेको होईन, म पनि एउटा कृषक हुँ । केही साथीहरुसंग मिलेर कृषि पेशामा तल्लीन छु । खेती किसानी र बाख्रापालन गरिरहेको छु । तपाई पनि यस्तै व्यवस्थापकीय क्षमता अभिबृद्धि गरेर जान सक्नुहुन्छ भन्ने मलाई लाग्छ । मात्र मेरो आग्रह के हो भने, हामीलाई विस्थापित गर्ने गरि तयार हुनुहोस र हामीलाई विस्थापित गर्न आउनुहोस् ।

देशको तत्कालिन कार्यदिशा भनेको शान्ति, संविधान र परिवर्तन हुनुपर्छ । सिद्धान्त सबैका आ-आफ्नै होलान् । तर कार्यदिशा यिनै हुनुपर्छ । अवको समय यिनै कार्यदिशा प्राप्तीको लागि खर्चिनेछु । प्राप्त भइसकेका उपलव्धी जोगाउनु हाम्रो अगाडी चुनौती छ । हाम्रा अग्रजहरु समस्या खोज्न सक्षम भए तर समाधान दिन सकेनन् । आन्दोलन सफल बनाए, तर आन्दोलन पछिको व्यवस्थापनमा चुके । ध्वस्त भएको राज्य व्यवस्तालाई फेरी चुस्त पार्न चुके ।

त्यसैले नयाँ व्यवस्थापकिय क्षमतावान् अझ भने समाजका अब्बल दर्जाका प्रतिभावान् पुस्ताको राजनितिमा निकै ठूलो खाँचो छ । म सबै युवाहरुलाई फेरी पनि हामीलाई विस्थापित गर्ने गरि राजनितिमा आउनुहोस भन्ने आग्रह गर्दछु ।

तर एउटा कुरा लुकाउनु हुदैन । राजनीति भनेको पाउने र कमाउने व्यवसाय होइन । यद्धपी कत्तिले यसलाई यही रुपमा बुझेका पनि होलान । तर यहाँ आइपुगेपछि धेरै कुरा त्याग गर्न सक्नुपर्छ । राजनीति त्यागको मुआब्जा खोज्ने ठाउँ होइन । मैले पनि राजनीतिमा लागेर धेरै गुमाएको छु । सवैभन्दा महत्वपूर्ण कुरा त मैले आफ्नो व्यक्तिगत जीवन गुमाएकोछु । सधै संगठन, सधै गोष्ठी सधै बैठक भन्दा भन्दै आफ्नो पारिवारीक जीवन कहाँ पुग्छ आफैलाई थाहा हुँदैन । यसको कारण समय व्यवस्थापनामा मेरो कमजोरी भएकोले पनि हुन सक्छ । त्यस्तै समयकै कारण धेरै पुस्तक पढ्न पाएको छैन । इच्छा हुँदा हुँदै पनि पढ्न नपाउँदा साह्रै दुःख लाग्छ । राजनितिले मलाई गरेको अपगुण यिनै हुन । तर मैले यसो भनेर राजनीतिमा आउन खोजेका नयाँ पिढीलाई हतोत्तसाहीत पार्न खोजको होइन ।

मैले भन्न खोजेको के हो भने, हामी हाम्रो पुस्तासम्म आइपुग्दा पनि समय व्यवस्थापन गर्न चाहिने सिपमा अपूर्ण छौं । यो सवालमा हामी चुकेका छौं । तपाई नयाँ साथीहरु समयको कुशल व्यवस्थापन गर्न सक्ने सिप बोकेर आउनुहोस् । यही मुख्य सिप तपाइको उर्जा बनेर जीवनमा सहयोगी बन्ने पक्का छ । म पचास कटेपछि सक्रिय राजनीतिबाट सायद थाक्छु होला, त्यसपछि पालो तपाईहरुको हो । आफुमा सिक्ने क्रममा कुनै बन्देज नलगाउनु होला । परिवर्तनशील मुद्दामा समाधान सहितका प्रश्न बोकेर आउनुहोस् अनि नेपाललाई सही नेतृत्व गर्नुहोस् भन्ने मेरो युवाहरुलाई आग्रह रहन्छ ।

अन्त्यमा, म युवाहरुलाई के भन्न चाहन्छु भने समाज बदल्ने चाहना राख्नु हुन्छ भने किनारा बसेर आलोचना मात्रै नगर्नुहोस् । राजनितीको मुलधारमा केहि समयको लागि भएपनि आउनुहोस् । अहिले हामी राजतन्त्रात्मक युगको अन्त्य गरेर नयां गणतान्त्रिक युगमा प्रवेश गरेका छौं । त्यसकारण गणतन्त्रलाई संस्थागत गर्दै स्वाधीन र समृद्ध राष्ट्र बनाउन क्षमतावान र सक्षम युवाहरुको भुमिका आवश्यक मात्र होइन अपरिहार्य बनेको छ । यो दल या उ दल भन्ने छैन, आफ्नो आस्थाको दलमा प्रवेश गरेर ती दल भित्रका पुराना खिइएका मक्किएका परिपाटीलाई परिवर्तन गर्नुहोस् । हाम्रो पुस्ताको सानो त्यागले एउटा सिंगो देशको भविष्य, हाम्रो सन्तन्तिको भविष्य उज्ज्वल हुन्छ भने हामीले अहिलेदेखि नै त्यसको शुरुवात किन नगर्ने ?

समयबोध मासिकबाट साभार