"अरु क्षेत्रबारे टिप्पडी नगरौं...प्रखर वक्ता, आध्यातमिक साधक एवम् शक्तीका केन्द्र आदरणिय हजुरबुवा शुक्रराज शर्माले टिकट पाए पश्चात क्षेत्र नं ३ कास्कीमा नेपाली काग्रेँसको प्रभुत्व फेरि पनि फर्किने निश्चित प्राय छ। पोखराका फाट देखी माछापुच्छ्रे-अन्नपूर्णका काखमा रहेका दुर्गम वस्तिहरुमा उहाँको जनलहर प्रस्ट छ। ४६ साल पश्चात १७ वर्ष सम्म कास्की काग्रेंसलाई कुशल नेतृत्व दिनु चानचुने कुरा थिएन। मजबुत संगठन...युद्धका सिपाही जस्ता कार्यकर्ता अनि कास्कीको केन्द्रिय राजनितिमा पहुच अदभूत थियो। नेतृत्वको संकृण सोच अनि शुक्रराज बुवाको विस्तार हुदै गरेको राष्ट्रिय छवि संग डराएर नियतवश पार्टी भित्र भूमिका विहिन सम्म बनाउने खेल भए।महाभारतमा युधिश्ठिरले शकुनीका जाली पाशा स्विकारे। त्यस्तै शुक्रराज बुवाले पनि सबै कुरा बुझ्दा बुझ्दै पनि ति स्विकार गर्नु भयो। राजनितिको धर्म नै त्यहि थियो। मेलमिलाप र सहमती नै राजनैतिक धर्म हो। हाम्रा लागि नेपाली काग्रेंस एउटा राजनैतिक संगठन मात्र होला। तर शुक्रराज बुवाको लागि नेपाली काग्रेंस एउटा संगठन मात्र होइन यो त उहाँको जिवन हो। अझ कास्कीका गाँउघरमा पञ्चायतको अधेरा दिनहरुमा क्रान्तीको विगुल फुक्ने देखी राजाको प्रतिगमनमा पोखराको चोकहरुमा आन्दोलनको नेतृत्व लिनु उहाँको नियति रहयो। अवसरवादी कम्युनिष्टहरुको "अप्रत्यासित" तालमेलले लोकतन्त्र नै खतरामा परेको यस विषम घडीमा उहाँको उम्मेदवारीले नेपाली काग्रेँसका कर्मठ एवम् संघर्ष़शिल कार्यकर्तालाई धेरै नै उत्साहित तुलाएको छ।"यसैगरी प्रदेशिक सदस्याका लागि नेपाली काङ्ग्रेसको तर्फ वाट कास्की क्षेत्र नं ३ सभा सदस्य क : शारदा पौडेल , ख : शिकन्दर गुरुङ ( भोज बहादुर ) मनोनीत हुनुभएको छ।
प्रदेश नं ४,कास्की क्षेत्र नं ३ संघिय संम्द्सद क्षेत्रीय संरचना निम्न अनुसार छ।
देशमा प्रप्त संविधानको संस्थागत गर्न,लोकतन्त्रको रक्षाको निम्ति र देश एवंम प्रदेश नं ४ को समृद्धिको निम्ति समग्र नेपालि प्रजातान्त्रिक मन र काङ्ग्रेस जनहरुलाई
क्षेत्र नं ३ क अन्तर्गत माछापुच्छ्रे गाउपालिका,पो.ले.म.न.पा वडा नं १,२,३,१८,१९ र २५ समावेश छ्न।
क्षेत्र नं ३.ख अन्तर्गत अन्नपूर्ण गाउपालिका,पो.ले.म.ना.पा वडा नं ५,६,२२,२३ र २४ समावेश छ्न।
देशमा प्रप्त संविधानको संस्थागत गर्न,लोकतन्त्रको रक्षाको निम्ति र देश एवंम प्रदेश नं ४ को समृद्धिको निम्ति समग्र नेपालि प्रजातान्त्रिक मन र काङ्ग्रेस जनहरुलाई
लाई आफ्नो अमुल्य मत रुख चिन्न मा मतदान गरि नेपाली काङ्ग्रेसका उमेदवार लाई अत्याधिक बहुमतको साथ विजय गर्न सहयोग गरिदिन हुन अनुरोध गर्दछौं ।
जय नेपाल।
#पोखरा लेखनाथ महानगरपालिका वडा नं २३ परिवार।
No comments:
Post a Comment