Wednesday, October 24, 2018

जनप्रीय स्ववियु सचिबलाई जन्मदिनको सुभकामना।

कात्तिक ८ गते।
जनप्रीय स्ववियु सचिव,नेपाली काङ्ग्रेस ३३ का सभापति मिलनसार, सहयोगी, इमानदार एवंम कुशल संगठक धुर्वराज अधिकारी ज्युको आज  कात्तिक ८ गते परेको जन्मदिनको सुखद अवसरमा सु-स्वास्थ्य,दिर्घायु एवंम उत्तरोत्तर प्रगति साथै राजनीति जीवन यात्राको दिगो सफलताको अशेष अशेष सुभकामना व्यक्त गर्दछौं।
पुनश्च: जन्म दिनको सुभकामना धुर्व ज्यु।😀💕💕😀
Best wishes for a joyous day Wish you a happy birthday :)
#जय_नेपाल !!!

जनप्रीय स्ववियु सचिव लाई जन्म दिनको सुभकामना।

कात्तिक ८ गते।
जनप्रीय स्ववियु सचिव,नेपाली काङ्ग्रेस ३३ का सभापति मिलनसार, सहयोगी, इमानदार एवंम कुशल संगठक धुर्वराज अधिकारी ज्युको आज  कात्तिक ८ गते परेको जन्मदिनको सुखद अवसरमा सु-स्वास्थ्य,दिर्घायु एवंम उत्तरोत्तर प्रगति साथै राजनीति जीवन यात्राको दिगो सफलताको अशेष अशेष सुभकामना व्यक्त गर्दछौं।
पुनश्च: जन्म दिनको सुभकामना धुर्व ज्यु।😀💕💕😀
Best wishes for a joyous day Wish you a happy birthday :)
#जय_नेपाल !!!

जनप्रीय स्ववियु सचिवलाई जन्म दिनको सुभकामना।

कात्तिक ८ गते।
जनप्रीय स्ववियु सचिव,नेपाली काङ्ग्रेस ३३ का सभापति मिलनसार, सहयोगी, इमानदार एवंम कुशल संगठक धुर्वराज अधिकारी ज्युको आज  कात्तिक ८ गते परेको जन्मदिनको सुखद अवसरमा सु-स्वास्थ्य,दिर्घायु एवंम उत्तरोत्तर प्रगति साथै राजनीति जीवन यात्राको दिगो सफलताको अशेष अशेष सुभकामना व्यक्त गर्दछौं।
पुनश्च: जन्म दिनको सुभकामना धुर्व ज्यु।😀💕💕😀
Best wishes for a joyous day Wish you a happy birthday :)
#जय_नेपाल !!!

Saturday, October 13, 2018

नेपाली काङ्ग्रेस पो.म.न.पा वाडा नं २३ मा विजयी दसमी तथा दिपावली २०७५ सुभाकामना आदनप्रदान कार्यक्रम सम्पन्न।

"राष्ट्रिय प्रजातन्त्र समाजवाद र समृद्द समाजको परिकल्पना हाम्रो आदर्श।।"

यहि मिति २०७५ असोज २७ गते शनिबार दिन युवा कार्यक्रताहरुको आह्वानमा एवंम इकाई सभापतिको नेतृत्वमा रामकाजी गुरुङको संयोजकत्वमा नजिकिदै गरेको हिन्दुहरुको माहान चाड विजय दशमी सुभ दिपावली, नेपाल संवत् एवंम छ्ट पर्व २०७५ को उपलक्ष्यमा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम सञ्चालन ने.वि.संघ पोखरा महानगरपालिका वडा नं २३ सचिव विवेक पराजुलिले गर्नुभएको थियो भने कार्यक्रम समापन इकाई सभापति रामकाजी गुरुङ्गले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख आकर्षक ब्याक्तित्व नेपाली काङ्ग्रेस माहासमिती सदस्य एवंम प्रतिनिधि सभा निर्वाचन कास्की क्षेत्र नं २ (क) प्रत्यासी काङ्ग्रेसका उमेदवार गुरु बराल हुनुहुन्थियो।

पोखरा महानगर वडा नं २३ ठुलाखेत भवनमा सञ्चालित उक्त कार्यक्रममा विभिन्न राजनीतिक तह र तत्कामा बस्नुभएका नेपाली काङ्ग्रेसका युवा साथिको उपस्थितिले कार्यक्रम थप रोचक भएको थियो। 
बिपि कोइरालाको तस्बिरमा अतिथि गुरु बराल,विष्णुप्रसाद पराजुली,रामकाजी गुरुङ्ग र अग्रज सोभा देवि पौडेलले माल्यार्पण गरेर सञ्चालन गरिएको
उक्त कार्यक्रममा मन्तव्य क्रमश पर्वतराज भण्डारी,जीवन पौडेल,अर्जुन पराजुली,जीवन भण्डारी,मोतिलाल पराजुली,उपेन्द्र पराजुली,सुमित पराजुली,राजिव वास्तोला,मातृका पराजुली,इन्दिरा लामिछाने,जिवनाथ लामिछाने,रन बहादुर गुरुङ्ग,धन बहादुर गुरुङ्ग,सन्तोष पौडेल,लक्ष्मी पौडेल,देवेन्द्र बिक्रम साही,विष्णुप्रसाद पराजुलीरामकाजी गुरुङ्गले सुभकामना दिनुभएको थियो।

मन्तव्य दिनुहुने अधिकांश समाजका अगुवाहरुले काङ्ग्रेस भित्रको विचलित भावनालाई सहिद हरुको योगदान त्याग र वलिदानबाट जन्मिएको काङ्ग्रेसमा काङ्ग्रेसको नीति सिद्धान्त र आदर्शलाई अनुसरण गर्दा काङ्ग्रेस बलियो र समाज समृद्धिको सिखर तर्फ आरोहण गर्न सफल हुने बताउनुभएको थियो। निर्मला पन्तको बलात्कार पश्चात् हत्यागरिएको घटनामा शक्ति अगाडि लुकाईएको सत्यको परिदिर्शय प्रती घोर भत्सना गर्दै न्यायिक माग समेत उक्त इकाईकि महिला संजाल संयोजक इन्दिरा लामिछानेले गर्नुभएको थियो।

पोखरा माहानगरपालिका वडा नं २३ का अभिभावक तारनाथ भण्डारी,लक्ष्मीप्रसाद भण्डारि र नेपाल किशान संघ कास्किका सभापतिको मातृसोक प्रती दु:ख व्यक्त गर्दै, भावपुर्ण श्रद्दासुमन व्यक्त गर्दै उहाँहरुको योगदानको कदर र उच्च सम्मानको साथ छिट्टै काङ्ग्रेस पुनर्जागरण अभियान अन्तर्गत सदस्य वितरणमा अभियानमा अगाडि बड्ने बताउनुभएको थियो।

देशकै प्रमुख प्रतिनिधि पात्र र दुई तिहाई बहुमतको सत्तापक्षय प्रमुखको संसदिय विधि र न्यायिक स्वतन्त्रताको आवाज सांघुराउने गैरराजनीतिक,गौरजिम्मेवार व्यवाहार र धारणा प्रती चिन्ता व्यक्ता गर्दै पहिलो संविधान सभा विघटनले अर्वौ रुपैया राज्यको ढुकुटी रित्तिएको र यसबाट पाठ सिक्दै सहमती सहकार्य बाट संघिय संविधान कार्यनयन गर्न एकजुट हुनुको बिकल्प नरहेको बताउदै समृद्धिको यात्रामा राष्ट्रियता र प्रजातन्त्रमा पर्न जुनकुनै आचप्रती नेपाली काङ्ग्रेस सधै प्रतिकार गर्न चेतावनी दिदै सरकार जिम्मेवार बन्न आग्रह समेत अतिथिहरुले गर्नुभएको थियो।
हिन्दुहरुको महान चाड बडा दसैंको सुभकामना व्यक्त गर्दै देशमा शान्ती समृद्धि र राजनीति अस्थिरताको कामना गर्दै नेपालिहरुमा हर्ष र खुसिको एकाधिकारित्वको नव दुर्गा भवानिको कल्याणको कामना गर्दै उमङ्ग जनक उपस्थितिमा कार्यक्रमको समापन भएको थियो।

केही तस्बिरहरु:


Tuesday, September 18, 2018

संविधान दिवस तेस्रो वर्षको सुभकामना।

संविधान साधन हो साध्य होईन! समय अनुसार संविधान संसोधन हुदै देशमा शान्ति स्थायीत्व र संवृद्धि कायम रहनुपर्छ ।

नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान घोषणाको तेस्रो वर्षको उपलक्ष्यमा सबै देशभक्त नेपालिहरुमा सुभकामना।

आगामी दिनमा देसमा राजनैतिक स्थिरता,जनतामा दिगो सुख सान्ती र समृद्धिको प्रत्याभूति गर्नुको साथै तिब्र गतिमा देश विकासको बाटो तर्फ आरोहण गरोस।
आज हामिलो संविधान दिवस मनाउदै गर्दा संविधान जारी गर्न नेतृत्व एवंम सफल हुनुभएका संविधानका पिता नेपाली काङ्ग्रेसका आदर्स पुरुष स्वर्गीय सुशील कोईरला प्रती श्रद्धासुमन ब्यक्त गर्दै, संविधानलाई सम्मान एवंम कार्यन्यन गर्न सम्पुर्ण मानुभाव एवंम प्रतिनिधि तथा पदाधिकारी लाई अपिल गर्दछौ। संविधानको समयसापेक्षित संशोधन हुनु र संविधानको अवलम्बन गर्नु हरेक नागरिकको कर्तव्य र दायित्व भएकाले हरेक गतिविधिमा संविधानको पालना गर्न नितान्त आवस्यक छ। तेस्रो संविधान दिवसको सुभकामना ।।
#जय नेपाल।
नेपाली काङ्ग्रेस पोखरालेखनाथ वडा नं २३

संविधानका पिता एवंम नेपाली काङ्ग्रेसका आदर्श नेता स्वर्गीय सुशील कोईराला ।

संविधान दिवस तेस्रो वर्षको सुभकामना।

संविधान साधन हो साध्य होईन! समय अनुसार संविधान संसोधन हुदै देशमा शान्ति स्थायीत्व र संवृद्धि कायम रहनुपर्छ ।

नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान घोषणाको तेस्रो वर्षको उपलक्ष्यमा सबै देशभक्त नेपालिहरुमा सुभकामना।

आगामी दिनमा देसमा राजनैतिक स्थिरता,जनतामा दिगो सुख सान्ती र समृद्धिको प्रत्याभूति गर्नुको साथै तिब्र गतिमा देश विकासको बाटो तर्फ आरोहण गरोस।
आज हामिलो संविधान दिवस मनाउदै गर्दा संविधान जारी गर्न नेतृत्व एवंम सफल हुनुभएका संविधानका पिता नेपाली काङ्ग्रेसका आदर्स पुरुष स्वर्गीय सुशील कोईरला प्रती श्रद्धासुमन ब्यक्त गर्दै, संविधानलाई सम्मान एवंम कार्यन्यन गर्न सम्पुर्ण मानुभाव एवंम प्रतिनिधि तथा पदाधिकारी लाई अपिल गर्दछौ। संविधानको समयसापेक्षित संशोधन हुनु र संविधानको अवलम्बन गर्नु हरेक नागरिकको कर्तव्य र दायित्व भएकाले हरेक गतिविधिमा संविधानको पालना गर्न नितान्त आवस्यक छ। तेस्रो संविधान दिवसको सुभकामना ।।
#जय नेपाल।
नेपाली काङ्ग्रेस पोखरालेखनाथ वडा नं 23

संविधानका पिता एवंम नेपाली काङ्ग्रेसका आदर्श नेता स्वर्गीय सुशील कोईराला ।

पोखराको घाँटीछिना – पञ्चासे केबलकार निर्माण हुने।

पोखरा महानगरपालिका २३ घाँटिछिनाबाट केबुलकार
निर्माण हुने भएको छ । पञ्चाँसे टुर्स एन्ड ट्राभल कम्पनी र आरकेडी रियल स्टेड कम्पनीले ८.५ किलोमिटर लामो केबलकार सञ्चालन हुने भएको छ । केबुलकार योजनाको निमार्ण कार्य सुरु गर्न सभे भईरहेको छ ।

आयोजनाको अनुमानित खर्च ७ अर्ब रहेको छ । ४ वर्षभित्रमा आयोजना सम्पन्न गर्ने कम्पनीले लक्ष लिएको छ । पञ्चाँसे टुर्स एन्ड ट्राभल र आरकेडी रियल स्टेड कम्पनीका चेयर मेन रामचन्द्र शर्माले गन्थन डटकमलाई जानकारी दिए । उनले केबुलकारमा ८० वटा पोल हुने बताए ।

केबुलकार सञ्चालन सँगसँगै गाउँको पर्यटन प्रबद्र्धनलागि विभिन्न आयोजना पनि रहेको शर्माले बताए । पञ्चासे लेकभन्दा तल लिजमा जग्गा लिएर वाटर फन्ट, स्थानीय हस्तकला बिक्रि केन्द्र, हेरिटेज प्लाजा, रिसोर्ट, होमस्टे,

टिनएजर्सका लागि प्रेम पार्क, फुट ट्र्याक, एकैचोटी २ हजारले ड्रिङ्क्स गर्न मिल्ने क्षमताको अल्कोहल जोन,

पँञ्चासे मन्दिरको जिर्णोद्धार लगायतका योजना रहेको उनले सुनाए ।

देशका साना व्यवसायीलाई लक्षित गरेर आयोजना सञ्चालन गर्न लागेको उनले बताए । ‘स्वदेशि लगानीकर्तालाई

प्रोत्साहन गर्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘विदेशि लगानी बिना नै योजना पुरा गछौं ।’

स्रोत: गंथन_डटकम।

Wednesday, September 12, 2018

बी.पी.का उत्तराधिकारीहरु धर्मको नाममा अलमलिनु हुँदैन

प्रदिप गिरि


बी.पी.कोइरालाको देहान्त भएको झण्डै ८ वर्षपछि नेपाली कांग्रेसको नेतृत्वमा गणेशमानसिंहको आँगनबाट कम्युनिष्टहरुसँग मिलेर आन्दोलन सुरु भयो र नेपालमा प्रजातन्त्रको पुर्नबहाली भयो।

तर, नेपालमा लेनिन, स्टालिन वा माओेको पालाका कम्युनिष्ट छैनन््। अहिले उनीहरु एक ढिक्का भएर बसेता पनि हामीले राजनीतिक र कार्यनीतिका दृष्टिकोेणले कम्युनिष्टहरुसँग व्यवहार गर्दै जानु पर्ने अवस्था छ अहिले पनि छ र भोलि पनि गर्दै जानु पर्ने अवस्था फेरि आउँछ।

पार्टीभित्र द्धन्द्ध र संघर्ष हुन्छ। कोहि व्यक्ति कहाँ उभिएको हुन्छ, कोहि कहाँ उभिएको हुन्छ। त्यस क्रममा तिम्रो कुरा गल्ती छ, तिम्रो तर्कमा आधार छैनन् भन्न सकिन्छ। आज हाम्रोे प्रमुख राजनीतिक शत्रु कम्युनिष्ट हो। कहि होइन हाम्रो प्रमुख शत्रु मधेसवादी दल हो अथवा त्यो पनि होइन राप्रपा हो भन्ने कुरा पनि आउन सक्छ। तर, यो कुरा बी.पी.ले भन्नु भएको थियो, त्यो सुवर्णले भन्नु भएको थियो भन्नु एकप्रकारको कठमुल्लापन हो। आफ्नो अनुभवमा आधारित भएर काम गर्नुकोे सट्टा शास्त्र पल्टाएर गरेजस्तो हुन्छ।

अर्को, नेपाली राजनीतिमा बारम्बार उठिरहने विषय हिन्दु धर्मको बारेमा हो। हिन्दु धर्मका शिलशिलामा त्यस समय तपाइहरु धेरैलाई त्यो नाम थाहा छैन होला प्रेमकुमारी पन्त भन्ने एकजना पत्रकार हुनुहुन्थ्यो। उहाँको विक्ली मिरर भन्ने चर्चित पत्रिकामा बी.पी.ले स्पष्टसँग भन्नु भएको छ ‘राजाले हिन्दुधर्म भन्नु झेला हो।’

२००७ सालको अन्तरिम संविधानमा हेर्यो भने पनि हिन्दु धर्म उल्लेख थिएन। राजा महेन्द्रले विस्तारै चोरबाटोबाट घुमाउँदै २०१९ सालमा धर्मलाई संविधानमा घुसाए। तत्कालिन अवस्थामा उनले हिन्दुत्व घुसाउनुको मुख्य उद्देश्य सोझै हिन्दुस्तानको नेहरु परिवारलाई रिझाउनका लागि थियो।

अहिलेको परिस्थिति बदलिएर गएको छ। अहिले पनि हिन्दुत्वको कुरा छ। आज बाबुराम भट्टराइको वक्तव्यमार्फत रहस्योद्घाटन भएको छ। हिँजो (शनिबार) एक मञ्चमा भन्नु भयो रे, ‘हामीलाई हिन्दु राज्य राख्न भारतले दबाब दिएको थियो। त्यो दबाब नमानेको कारण नाकाबन्दी भयो।’ कसैले दबाब दिन सक्छ। तर, यसरी नेपाललाई हिन्दु राज्य राख्न भारत, चीन अथवा अमेरिकाले त के तीनवटै महादेश आएर दबाब दिन्छन् भने पनि हामीले यो सिद्धान्तत गलत हो भन्न सक्नु पर्दछ।

यहाँ दबाब दिनेहरुले आफ्नै देशमा गरेर देखाउन न त। भारतमै यत्रो ठूलो हिन्दुवादी पार्टी छ भने किन धर्म निरपेक्ष भनिराख्नु पर्यो? भारतलाई नै हिन्दु राज्य बनाएर देखाए भयो नि। त्यसैले हाम्रा नेता, प्रधानमन्त्री वा भावी प्रधानमन्त्रीका आकांक्षीहरुले उनीहरुलाई आफ्नै मुलुकमा गरेर देखाए भयो नि भन्न सक्नु पर्दछ।

मध्ययुगीन समयमा क्याथोलिक र प्रोटस्टेन्टबीच भयंकर झगडा थियो। क्याथोलिकका सर्वेसर्वा रोमका पोप थिए। इसाई धर्मको तीनवटा विभेद छ। एउटा अर्थोडक्स चर्च जुन रसिया, ग्रीस र टर्कीमा थियो, अर्को प्रोटेस्टन्ट जर्मनीमा प्रमुख थिए भने क्याथोलिक्स फ्रान्समा। उनीहरुबीच वर्षौँ लडाई भयो। पछि फ्रान्सका क्याथोलिक्स चर्चका सर्वेसर्वा र राजा नाबालिक भएकोसमय प्रशासकीय प्रमुख कार्डिनल रिसुलले एक प्रोटेस्टन्ट राजाको मद्दत लिएर अर्को क्याथोलिक्स बाटो समाए। वेस्टफेलियाको सन्धी भयो। त्योे सन्धीमा धर्मका नाउँमा, जातका नाउँमा, रक्त सम्बन्धका नाउँमा परिभाषित राज्यमा अर्को राज्यले हात हाल्न पाउँदैन भन्ने मान्यता स्थापित गरियो। त्यसैले अहिले एउटा हिन्दु राज्यले अर्कोलाई हिन्दु राज्य बनाउछु भनि हस्तक्षेप गर्न पाउँछ? यो १७ औं शताब्दि अघि सामूहिकीकरणको विश्वव्यापी मान्यता थियो।

सबैभन्दा ठूलो आधुनिक युगका चर्चित लेखक हेनरी किसिंजरको ‘द न्यू वल्ड अर्डर’ भन्ने पुस्तक छ जुन कार्डिनल रिसुललाई सम्मान गर्दै सुरु गरेका छन्। उनी भन्छन्ः जबदेखि वेस्टफेलियाको ट्रिटीले नेशन÷स्टेटको अवधारणा बनायो त्यसपछि हाम्रो डेमोक्रेसी सुरु भयो। अर्थात धर्मका आधारमा आधुनिक राज्य बन्न सक्दैन। धर्मका नाउँमा राज्य बनाउँ भन्ने महावीर कोहि छन् भने उनीहरुले पहिले आफ्नै देशमा बनाएर देखाउनु अनिमात्र नेपाललाई उपदेश दिउन। जुन देशले धर्मको आधारमा राज्य बनाएका छन् त्यी विस्तारै समाप्त हुँदै गएका छन्। प्रश्न यो धर्म र अधर्मको होइन, मुख्यतय राज्य के का आधारमा बन्छ भन्ने हो। राज्य सिन्द्धान्तका आधारमा बन्ने हो। त्यसैले नेपाली कांग्रेसले यसमा अलमलिनु हुँदैन र कांग्रेसले राज्यका सिद्धान्तलाई लिएर अघि बढ्नु पर्छ।

अहिले सबैभन्दा ठूलोे खतरा नेपालमा नागरिक स्वतन्त्रतामा छ। यो खतरा अहिले नै आयो भन्ने होइन तर, कानुन र विधानको सिद्धान्त के हो भने, तपाई कहाँ उभिनु भएको छ भन्ने कुरा प्रमुख होइन, तपाईको वर्तमान कदमले कता संकेत गर्दैछ भन्ने महत्वपूर्ण होे। अहिले म तपाईअघि उभिएको छु केहि बिगार गरेको छैन। तर, हल्का भुकम्प आयो भने म तपाइहरुतिर हानिन्छु पछाडि जान्न। आज वर्तमान सरकार जहाँ उभिए को छ त्यसका बारेमा बी.पी भएको भए के भन्नु हुन्थ्यो?

यसबीचमा प्रधानन्यायाधीश लगायतका विभिन्न विषयमा थुप्रै कुरा भए। ब्रिटिस शासनले भारतमा अदालतको प्रारम्भ गरेको दिनदेखि कहिल्यै पनि त्यहाँको वरियताक्रम मिचिएको थिएन। पहिलो पटक १९७३ मेइ महिनामा ३ नम्बरमा रहेका ए एन रायलाई इन्दिरा गान्धीले प्रधानन्यायाधीश नियुक्त गरिन। त्यसपछि उनीभन्दा माथिल्लो वरियतामा रहेका दुई न्यायाधीशले राजीनामा दिए। त्यस समय जपप्रकाश नारायणले विरोध गर्दै वक्तव्यमा ए एन रायलाई प्रधानन्यायाधीश बनाएर इन्दिरा गान्धी कहाँ उभिएकी छिन् होइन, कता हेदैछिन् भन्न प्रश्न गरेका थिए। त्यसको ठिक २५ महिनापछि सन १८७५ जुनमा भारतमा इर्मजेन्सी लाग्यो।

आज जसरी सरकार अघि बढिरहेको छ यहाँ समाजवाद र क्रान्तिका कुरा छोडिदिनुहोस्, सबैभन्दा ज्यादा चासो र चिन्ताको विषय भनेको के नागरिक अधिकार सुरक्षित रहला? भन्ने गम्भिर प्रश्न उठेकोछ। अहिले नेपाली कांग्रेस र आफूलाई बी.पी. कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान र महेन्द्रनारायणका अनुयायी हुँ भन्ने र उनीहरुलाई सम्झिने मानिसले उहाँहरुले के बोल्नु भएको थियोे भनि शास्त्रमा खोज्ने होइन र छैन। वर्तमान सरकारका अधिनायकवादी रवैयाहरुको खिलाफमा एक जुट भएर साथ दिने सबैलाई साथ लिएर यो प्रवृत्तिलाई औल्याएर भन्नु परेको छ। चाहे माइतीघर मण्डलाको प्रकरण होस् वा विदेश यात्रा गर्न लागेको कुलप्रसाद कोइरालालाई फर्काएको प्रसंग होस्, यसविरुद्ध बोल्नु पर्दछ। अब माले एमालेको सरकारले कोेइराला थर भएकोलाई फर्काएको होला भनेको त कम्युनिष्ट युवा लेनिन विष्टलाई पनि फर्काएछ। बी.पी.को सिंगो जीवन हेर्नु भयो भने उहाँले जहिले पनि व्यक्तिगत स्वतन्त्रतालाई महत्व दिनु भएको छ। त्यसैले जो स्वतन्त्रता, समानताको पक्षधर छन् र बन्दुकको विपक्षमा उभिएका छन् उनीहरुले सोच्नु पर्छ कि स्वतन्त्रताको पक्षधरसँग हतियार हुन्छ कि हुँदैन अथवा राजासँग घाँटी जोडिन्छ कि जोडिदैन, आरक्षण आउँछ कि आउँदैन?

मानवजाति स्वतन्त्रबाट स्वतन्त्रतर हुने यात्रामा छ। झनझन समान हुने यात्रामा छ। त्यस यात्राका क्रममा कसले के भन्यो भन्ने नसोचौँ। एउटा प्रसंग सम्झिन चाहन्छु। जब योगेन्द्रमान शेरचन जेल परे त्यतिबेला उनी बडोे प्रसन्न भएको कुरा उनले आफ्नो डायरीमा लेख्नु भएको छ। । ठूला ठूला अन्तर्राष्ट्रिय ख्यातीप्राप्त नेतासँग सँगै जेलमा बस्न पाएको छ। जेलमा कति नै बसौँला र? ९/१० वर्षपछि त छुटिएला नि। त्यसपछि जेलमा बसेर प्राप्त गरेको सारा ज्ञान र जानकारी विश्वविद्यालयबाट सोधपत्र तयारीमा आउनेका लागि पनि उपयोगी हुन सक्छ। तर, उहाँलाई जेलमा पुगेपछि थाहा भयो कि हाम्रा नेतालाई त चुनाव गराउने र आफू मन्त्री हुने बाहेक केहि पनि आउँदो रहेनछ। योगेन्द्रमानको यो निराशा पनि गलत थियो।

कुनै पनि नेताले तपाईलाई ठाउँमै त कहाँ पुर्याउन सक्छ? त्यसैले मैले भनेको छुः ‘रहवर राह मुसाफिरको दिखा देता है, मन्जिल पर पहुँचाए जरुरी तो नही।’ शेरचनजीको निराशामा पनि आशा थियो जसको कारण उनी लड्दा लड्दै शहिद हुनु भयो।

हात्तीको कथा भन्दा बी.पी.को राजनीतिक, सामाजिक, आर्थिक नीति, गान्धीवादी विचार जस्ता प्रत्येक कुरामा सकारात्मक र नकारात्मक कुरा खोज्न सकिन्छ। जब बेलायतमा चर्चिल प्रधानमन्त्रीबाट हटे फुर्सदको समयमा थियो। पुनः प्रधानमन्त्री भइहाल्ने अवस्था पनि थिएन (अहिले हाम्रो शेरबहादुर र रामचन्द्रजीलाई जस्तै)। उनले त्यो फुर्सदको समयमा पेन्टिङ बनाउन थाले। उनलाई के सुर चल्यो कुन्नि त्यो पेन्टिङमा के के नराम्रो छ टिप्पणी गर्नुहोेस भनि पार्टी कार्यालयको गेटमा लगेर छाडिदिएछन्। एउटा आयो नाक खराब, अर्कोले के खराब अर्कोले के भन्ने गरेपछि वाक्क भएका चर्चिलले पेन्टिङ नै गर्दिन भनेछन्। त्यहि बेला एक बृद्धाले भनिछन्, कुन कुन नराम्रो होइन कुन कुन राम्रो भयो भन न भनेपछि सबैले राम्रो भन्न थालेछन्। त्यसैले बी.पी.को कुरा गर्दा राम्रो नराम्रो भन्दा पनि उहाँले गरेको त्याग, तपस्या र संघर्ष मात्रै हेर्नु परेको छ।

बी.पी.ले कहिल्यैपनि आफ्नो स्वार्थका लागि काम गरेनन्। अत्यन्त अप्ठ्यारोमा परेर सकिन लागेको पार्टीलाई पनि हिन्दुस्तानबाट नेपाल ल्याउनु भयो। कुन घडिमा बी.पी.ले के भन्नु भयो त्यो समाउने होइन। आजको उपलब्धी बी.पी.ले तयार पारेको जगमा प्राप्त भएको हो। यो उपलब्धीले पुगेको छैन। हामी धेरै अगाडि बढ्नु परेको छ। यसरी अघि बढ्ने क्रममा अतितलाई कोट्याएर हुदैन।

बी.पी.ले हरेक नेपालीको अलिकति जग्गा, एउटा दुहुनोे गाई होस् भनेको कुरा अहिले जस्ताको तस्तै गर्छु भनेर हुँदैन। त्यसको मर्म के थियो भने गाउँमा अर्धवेरोजगारी छ। मानिससँग काम छैन, पिउने पानीका लागि घण्टौँ हिड्नु पर्छ भन्ने हो। श्राद्धमा विरालोे बाँधेकोे जस्तो गर्नु हुँदैन।
आजको देश, काल, परिस्थिति अनुसार हामीले नेपाललाई नयाँ युगमा पुर्याउनु परेको छ। धेरै थरीका मान्छेले बी.पी.को नाउँ भँजाएर नेपाली कांग्रेसलाई बद्नाम गर्न थालेको हुँदा आखिरमा एउटा कुरा भनि टुंग्याउन चाहन्छु।

अहिले नेपालमा विकासको कुरा भइरहेको छ। ठूला ठूला विकासको कुरा। तपाईहरुलाई थाहा छ विकासको कुनै पनि मोडल विना कर्जा आउँदैन र सफल हुँदैन। कर्जाकै कारण आज श्रीलंका डेब्ट ट्रयापमा परेको छ। चीनसँग अहिले भयंकर ज्यादा पैसा छ। उसले जो कोहिलाई ऋण दिन खोजीरहेको छ। विश्वका ८ वटा देशहरु उसका करिया भएका छन्। नेपाल पनि त्यहि बाटोमा जाँदैछ। त्यतिबेला बी.पी.ले भन्नु भएको थियो हामी विदेशी प्रविधि भन्दा पनि ज्यादा आफ्नो श्रमको उपयोग गर्नु पर्छ। हामीले बी.पी.को त्यो कुरा सुनेनौँ। हामीले हाम्रो श्रमको उपयोग गर्ने अवस्थामा गाई, भैंसी अथवा कृषिको उपयोग पनि गर्नु पर्ने हुन सक्थ्यो। त्यसलाई हामीले पक्रेर नेपालको गाउँ गाउँमा रोजगारीका अवसरको श्रृजना गर्नु पर्ने थियो। आज झण्डै ५० लाखको संख्यामा विदेशीएका युवालाई स्वदेश फर्काउने कुरा बी.पी.को एक एक पंक्तिमा थियो। त्यहि शिलशिलामा उहाँले भन्नु भयो कि हामीले अमेरिकाको विकासको मोडल लिएर हुँदैन।

त्यसैले बी.पी.लाई सम्झिदा उहाँका दुइवटा कुराः एउटा उहाँले कानुनको शासन र नागरिक स्वतन्त्रताका लागि गरेको लडाई, हिन्दुस्तानमा इन्दिरा गान्धीले लगाएको इर्मजेन्सीभित्र बस्नु भन्दा राजाको जेलमा बस्न उहाँले गरेको निर्णयलाई सम्झिउँ। अर्को उहाँले अघि सारेकोे विकासको मोडल जुन चीन र अमेरिकाको प्रविधिमा चल्ने हवाइजहाज थिएन, बरु कुटिर उद्योग थियो। रोजगारीलाई प्राथमिकता दिने खालको विषय थियो। अरु कुरा पक्रेर हुँदैन। बी.पी.को जीवन ज्वलन्त त्यागको जीवन थियो। उहाँले कहिल्यै पनि आफ्नो घरवार जोड्नु भएन। भाइको घरमा जीवन विताउनु भयो। जुन घरमा उहाँ बस्नु भयो, त्यसलाई हामी कोइराला निवास भन्छौँ, त्यसको महिमा गर्न उहाँ चुक्नु भएन। उहाँको सादा जीवन उच्च विचार थियो। उहाँका बलिदान र उत्सर्गलाई ध्यानमा राखेर हामी आज यो अवस्थामा उभिएका छौँ। आज बी.पी. हुनु भएको भए उहाँले भन्नु हुने थियो होला, ‘स्यावास तिमीहरु आज मेरो योग्य उत्तराधिकारी भएछौँ, यतिले पुगेन अगाडि बढ।’

अहिले पनि हामी अगाडि बढ्नका लागि मधेसको प्रश्न जीउँदैछ। जसले त्यति ठूलो मूल्य चुकाएर संविधान संशोधनको प्रयास गर्यो उसैलाई अहिले पनि आफूलाई मधेसवादी भन्ने पार्टीहरुले कांग्रेस मधेस विरोधी भन्दैछन्। कुनै पनि सवालमा हामी अरु भन्दा कम छैनौँ। के कति कारणले हामी मधेसको चुनावमा पछि पर्यौँ त्यसमा विश्लेषण हुन सक्छ। तर, हामी कोहि भन्दा कम छैनौ भन्ने कुरा बी.पी.का रचनामा पनि भेट्न सकिन्छँ। बी.पी.ले १५ सालमा बनाएको मन्त्रिमण्डल हेरे हुन्छ। अन्त्यमा बी.पी.लाई सम्झने क्रममा एउटा शेर सम्झिन चाहन्छुः जमाने भरका कोही इस कदर अपना हो न जाए कि अपनी जीन्दगी आपसे बेगाना हो जाए।

याे पनि हेर्नुहाेस्ः

बी.पी. कोइरालालार्इ कुनै अन्धाको हात्ती जस्तो नबनाउँ

बी.पी. भन्नुहुन्थ्याेः जनताले चाँहदैनन् भने राजाले सरक्क गद्दि छोड्नु पर्छ

(बी.पी. कोइरालाको १०५औ जयन्तीको अवसरमा नेपाली कांग्रस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेसका  विश्लेषक एवं नेता प्रदिप गिरिद्धारा व्यक्त विचारको  सम्पादित अंश)

12/09/2018, 07: 47: 51 मा प्रकाशित
331 पटक पढीएको

थप समाचार

बिचार

बी.पी.का उत्तराधिकारीहरु धर्मको नाममा अलमलिनु हुँदैन

बी.पी.कोइरालाको देहान्त भएको झण्डै ८ वर्षपछि नेपाली कांग्रेसको नेतृत्वमा गणेशमानसिंहको आँगनबाट कम्युनिष्टहरुसँग मिलेर आन्दोलन सुरु भयो र नेपालमा प्रजातन्त्रको पुर्नबहाली भयो। तर, नेपालमा लेनिन, स्टालिन वा माओेको पालाका कम्युनिष्ट छैनन््। अहिले उनीहरु एक ढिक्का भएर बसेता पनि हामीले राजनीतिक र कार्यनीतिका दृष्टिकोेणले कम्युनिष्टहरुसँग व्यवहार गर्दै जानु पर्ने अवस्था छ अहिले पनि छ र भोलि पनि […]

बी.पी. भन्नुहुन्थ्याेः जनताले चाँहदैनन् भने राजाले सरक्क गद्दि छोड्नु पर्छ

बी.पी. कोइरालालार्इ कुनै अन्धाको हात्ती जस्तो नबनाउँ

बीपी महेन्द्र सम्वन्ध

अन्तर्वार्ता

विधान र सांगठनिक संरचनामा परिमार्जन का‌ंग्रेस पुनर्याैवनकाे प्रमुख सर्त: निधि

नेपाली कांग्रेसमा महाधिवेशन सम्पन्न भएको करिब २६ महिनापछि सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा क्रमशः विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र प्रकाशशरण महतलाई चयन गरेका छन्। पार्टीभित्र सहमतिको प्रयास विफल भएपछि देउवाको प्रस्तावलाई निर्वाचित केन्द्रीय सदस्यहरुको बहुमतले अनुमोदन गर्‍यो। असन्तुष्ट पक्षले पदाधिकारी पदपूर्तिको विषयमा भागवण्डा नमिलेपछि विधानको विषय उठाएर विरोध जनाएका छन्। नवनियुक्त उपसभापति निधिले […]

रामचन्द्र दाइले आवेशमा आएर बोल्नु भयोः महामन्त्री कोइराला

लोकप्रिय

बी.पी. भन्नुहुन्थ्याेः जनताले चाँहदैनन् भने राजाले सरक्क गद्दि छोड्नु पर्छ

बी.पी.को जीवन संघर्षपूर्ण र विकट थियो। त्यो संघर्षपूण जीवनकाक्रममा उहाँले अनेकौँ पटक अनेकौँ किसिमका रणनीति र कार्यनीति अंगिकार गर्नु भएको थियो। उहाँले अपनाएको कार्यनीति र रणनीतिमा अन्तरविरोध देखिन्छ। त्यसमा अनेकौँ ठाउँमा आजको मितिमा हेर्दा कमिकमजोरी पनि देखिन्छन् र नभएको पनि होइन। त्यी कमीकमजारीको म मात्रै भुक्तभोगी छैन, त्यसमा मेरा मित्र पौडेलजी पनि भुक्तभोगी हुनुहुन्छ, शेरबहादुर […]

बिपीको १०५औँ जन्मजयन्ती मनाइँदै

राजतन्त्र र हिन्दु राष्ट्र छाडेका नेताहरु भन्छन्ः बी.पी.को लाइन कांग्रेसले छाडेको छैन




Tuesday, September 11, 2018

बी.पी. कोइरालालार्इ कुनै अन्धाको हात्ती जस्तो नबनाउँ।

प्रदिप गिरि

भक्तपुर कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले बोल्ने क्रममा अर्को थापाको नाम लिनुभयोः कमल थापा। दुर्लभ थापाले भन्नु भयोः आज कमल थापा पनि बी.पी. कोइरालाको नाम लिँदैछन्। दुर्लभले कमलको नाम लिने कुराको शिलशिलामा एउटा शेर याद आयो। इधर तू है, उधर तु है, अगल यह बीचमै क्या है? महज एक नाम है वो भि कहिँ धोेका न होेजाए।

महापुरुषहरुको अन्तिममा नाम मात्रै बाँकी रहन्छ। सबैले बी.पी. कोइराला, बी. पी. कोइराला, गान्धी, गान्धी, माओ, लेनिन भन्छन् तर, अन्त्यमा बी.पीको नाउँमा पनि धोका भएको छ, पुष्पलाल, लेनिन र माओको नाउँमा पनि धोका भएको छ। यस अवस्थामा दुर्लभ थापाले चिन्ता गर्न पर्दैन। आफूँ बाहेक कुनै थापाको माया नगरे हुन्छ। उनीहरु अन्त्यमा वेनकाब भएर जान्छन्।

मलाई नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले बी.पी.का बारेमा आज तपाईले बोल्नु पर्यो भन्दा मैले धेरै कुरा सोचेँ। यहाँ रामचन्द्रजी, गोपालमानजी हुनुहुन्छ, म छु। उमेरका कारणले अरु साथीहरुको तुलनामा हामी अलि पुरानै भयौँ।

बी.पी.का सामाजिक, आर्थिक, सांस्कृतिक, साहित्यीक अथवा राजनीतिक विषयमध्ये कुन कुरालाई जोड दिएर बोल्ने भन्ने कुराको विचार गर्दा मलाई एकाएक लाग्यो कि, समय बलबान हुन्छ। समयले धेरै कुरा गर्छ र गराउँदछ।

बी.पी. कोइरालाको राजनीतिक व्यक्तित्व हेर्नुभयो भने, उहाँले सर्वप्रथम २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाको लगत्तै युगवाणीमा एउटा लेख लेख्नु भएको छ। लेख थियो ‘हाम्रो ध्येय’ अर्थात त्यतिबेलाको समयमा नेपाली राष्ट्रिय कांग्रेसको ध्येय। त्यस लेखमा उहाँले लेख्नु भएको थियोः हामी अहिंसावादी हौँ। हामी समन्वयवादी हौँ। हामी मिलिजुली जान चाहन्छौँ। हामीले गान्धीबाट सिकेका छौँ। के सिकेका छौँ भन्दा श्री ५ श्री ५ कै ठाउँमा रहने, श्री ३ श्री ३ कै ठाउँमा रहने तर, जनताबाट छानिएको प्रतिनिधि सभालाई प्रशासनको काम सुम्पिने।

हामीलाई श्री ५ महाराजधिराजले भत्ता खाएकोमा, उपाधि धारण गरेकोमा केहि आपत्ति छैन। श्री ३ पनि थान्कोमा बसे हुन्छ। तर, दैनिक शासन प्रशासनको अधिकार भने जनतालाई नै दिनु पर्छ। जनउत्तरदायी शासनमा मात्रै प्रजातन्त्र सफल हुन्छ। तर, त्यसको ३ वर्ष नबित्दै उहाँले सशस्त्र क्रान्तीको नेतृत्व गर्नु भयो। सशस्त्र क्रान्तीको नेतृत्व पनि कुन बेलामा गर्नु भयो भने, जतिबेला नेपाली कांग्रेसको पार्टी सभापति मातृकाप्रसाद कोइराला हुनु हुन्थ्यो। नातामा उहाँ बी.पी.का दाजु हुनु हुन्थ्यो तर, उहाँ गान्धीवादी हुनुहुन्थ्यो। साबरमती आश्रममा उहाँको शिक्षा दिक्षा भएको थियो। मातृकाबाबुलाई सर्वोच्च अधिकार सम्पन्न पार्टी सभापति बनाइएको थियो। नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसबीचको एकीकरणका क्रममा समन्वयकारी भूमिकामा मातृकाबाबु हुनुहुन्थ्यो।

सुवर्णजीका संस्मरणमा पनि पढ्न पाइन्छ र अरुले पनि यो कुरा लेखेका छन्। सुवर्णजीले बी.पी.लाई भन्नुभयोः बी.पी मैले राणालाई चिनेको छु। मेरा दाजुभाइलाई चिनेको छु। यो अहिंश्रक आन्दोलन गरेर मोहन शम्शेर मान्नेवाला छैनन्। हिंश्रक आन्दोलनको तयारी गर्नु पर्छ। उता सभापति, तपाइका दाजु गान्धीवादी मातृका यो हुँदै हुँदैन भन्नु हुन्छ। बी.पी.ले त्यस्तो अवस्थामा भित्रभित्रै सशस्त्र संघर्षको तयारी गर्नु भयो। अन्त्यमा तत्कालिन परिस्थितिमा नेपाली कांग्रेसले सफलता प्राप्त गर्यो।

अहिंश्रकको संघर्ष गर्नु पर्छ भनेर युगवाणीमा लेख लेख्ने बी.पी कोइराला, अहिंसक संर्घष गर्छु भनेर राणाशाहीमा नेपाल आएर मोहन शम्शेरलाई भेट्न खोज्ने, जसले पहिलो पटक विराटनगर जुटमिलमा सत्याग्रह गर्ने जतिबेला पद्मशम्शेर श्री ३ थिए, दोस्रो पटक मोहन शम्शेरको पालामा खतरा छ भन्ने थाहा पाउँदा पाउँदै किसुनजी र उहाँ आउनु भएको थियो। उहाँले चिठी लेख्नु भएको छ र त्यो प्रकासित भएको पनि छ। त्यसमा उहाँले लेख्नु भएका छ कि, म श्री ३ महाराज मोहन शम्शेरलाई भेट्न आउँदा सुरक्षित छैन। म उहाँलाई भेटेर भन्न चाहन्छु कि थोरै अधिकार दिए पुग्छ। तर, उहाँ थुनामा पर्नु भयो, अनसन बस्नु भयो र झण्डै झण्डै ज्यान गएको अवस्था थियो। अन्त्यमा उहाँ छुटेर गएपछि सशस्त्र क्रान्तिको तयारी गर्नु भयो।

पछि उहाँ गृहमन्त्री हुनु भयो। २००८ सालमा सत्ताबाट बाहिरिएपछि नेपाली कांग्रेस झण्डै ८ वर्षका लागि बाहिर रह्यो। त्यो बीचमा सत्यग्रह भएनकी, जुलुस भएनकी, विद्रोह भएन? सबै कुराहरु भए। अन्त्यमा २०१५ सालको आम चुनाव भयो र कांग्रेसले अभूतपूर्व सफलता प्राप्त गर्यो। र बी.पी. प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्नु भयोे। प्रधानमन्त्री भएर उहाँको कार्यकाल धेरैै दृष्टिले सफल रह्यो।

सबैभन्दा ज्यादा मन्त्रिमण्डलमा आफैले मितव्ययीताको उदाहरण पेश गरेर पहिले स्वयं आफ्नो तलब घटाउने निर्णय गर्नु भयो। यो सुन्दा सानो कुरा लाग्न सक्छ तर, हाम्रो सरकार वा हाम्रो पार्टीका नेताले यो प्रतिकात्मक कुरा जुन पाँच सय तलब घटाएर खासै ठूलो फरक पर्ने थिएन तर, देश बनाउने योजना लिएको प्रधानमन्त्रीले म एक हजार रुपैया छोड्छु भन्दा अनिमात्र किसानलाई भन्न सक्नु हुन्छ तपाई १० रुपैयाँ छोड्नुहोस्। आफू केहि पनि नछोड्ने र जनतालाई मात्रै छोेड भन्ने? यो चल्दैन भनि बी.पी.ले देखाएर भन्नु भयो कि म स्वयं आफ्नो तलब र आम्दानीमा कटौती गरिदिन्छु। त्यतिभएपछि जनतालाई भन्ने हक लाग्छ। अन्यथा अरुलाई भन्ने नैतिक अधिकार हुँदैन।

अहिले यद्यपि यो व्यक्तिगत प्रसंग जस्तो होला, वर्तमान प्रधानमन्त्रीको उपचारमा मात्र करोडौँ रुपैयाँ खर्च भएको समाचार बाहिर आइरहेको छ। प्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्रीको उपचारमा राज्यको करोडौँ रुपैयाँ खर्च भयो भने जनताले तपाईसँग माग्दा दिन्न कसरी भन्ने? हो नेपाली जनताको अवस्था के छ भने उपचार गर्नु पर्यो भने आफ्नो घरमा भएको खसी, बाख्रा, खेत बेचेर उपचार गर्नु पर्दछ।

बी.पी.ले यी कुरा बुझेपनि उनको सरकार १७ महिना पनि टिकेन। बी.पी. जेल पर्नु भयो, जेलमा पनि उहाले अनसन बस्नु पर्यो। उता सुवर्णजीको नेतृत्वमा सशस्त्र विद्रोह भयो। उहाँको नेतृत्वमा सशस्त्र विद्रोह हुँदा यो नबिर्सिउँ कि दुर्गानन्दा झाले राजा महेन्द्रमाथि बम प्रहार गरेका थिए। दुर्गानन्द झाको गतिविधिलाई पार्टीको इतिहासमा कसरी हेरिन्छ र लेखिन्छ म भन्न सक्दिन। तर, दुर्गानन्द झाले नेपाली कांग्रेसको कार्यकर्ताकोे रुपमा त्यो काम गरेका थिए भन्ने कुरा विर्सनु हुँदैन।

आज बी.पी.ले राजा र मेरो घाँटी जोडिएको छ भन्नु भएको थियो भनि दुर्लभ थापाकै थर भएका केहि व्यक्तिहरुले भन्छन भने हामीले उनीहरुलाई सम्झाउन सक्नु पर्दछ। हाम्रो पार्टीले समयचक्र वा संघर्षको हरेक स्वरुप स्वीकार गरेको छ।

तपाईहरुलाई थाहा छ, बी.पी बाहिर जानु भयो र झण्डै एक वर्ष उहाँले प्रतिक्षा गर्नु भयो। सुवर्ण शम्शेरले राजा महेन्द्रलाई संवैधानिक निकासको आशा राखेर भक्तिपूर्ण सहयोगको प्रस्ताव राख्नु भएको थियो। तर, राजा महेन्द्रले त्यो स्वीकार गरेनन्। त्यसपछि बी.पी. कोइरालाको नेतृत्वमा ओखलढुंगा काण्ड भयो।

ओखलढुंगा काण्ड हुँदा कतिपय आतकंवादी कार्य पनि भए। तपाई हामीले सुनेका र जानका केशव कोइराला, लिलानाथ दाहाल, ठगी दाहाल, गोकर्ण विष्टदेखि राम र लक्ष्मण जो नेबिसंघका उपसभापति थिए, उनीहरु सबै उक्त काण्डमा शहिद भए। त्यो बी.पी. कोइरालाको नेतृत्वमा गरिएको काण्ड थियो।

पछि धेरै कारणले भारत सरकारको रवैया देखेर बी.पी.का समकक्षी साथीहरु जयप्रकाश नारायण, चन्द्रशेखर जस्ता नेतालाई इन्दिरा गान्धीले जेलमा हालेको देखेर, भारतमा कानुनको शासन समेत समाप्त भएको देखेर, भारत र सोभियत युनियन दक्षिण एशियामा महत्वाकांक्षी भएको देखेर बी.पी. कोइराला मेलमिलापको नीति लिएर नेपाल फर्किनु भयो। राष्ट्रिय मेलमिलापको नीति लिएर फर्किदा कहिल्यै पनि कुनै पनि किसिमले उहाँले प्रजातान्त्रिक जीवन मूल्यसँग सम्झौता गर्नु भएन।

आज ‘महर्षि वो नाम हैँ जो कहि धोका हो नजाए’ भनेजस्तै विभिन्न राजनीतिक पार्टीहरु राप्रपादेखि माओवादी नेता समेतले म पो सच्चा बी.पी.को उत्तराधिकारी हुँ भन्न थालेका छन्। ओहो हतियारबन्द क्रान्ति हामीले मात्र गरेका हौँ र कांग्रेसले पनि गर्यो भनेर एक पटक कुनै वक्तव्यमा अध्यक्ष प्रचण्डजीले भन्नु भएको थियो। एमालेका नेताहरुले पनि भन्नु भएको छ। हामीले पनि बन्दुक उठाएका थियौँ। सुन्दरीजलमा बी.पी.को स्मारकस्थलमा गएर ओेहो म पो बी.पी.को उत्तराधिकारी हुँ भने। अतिशय वामपन्थीले पनि बी.पींको नाउँ लिए, अतिशय दक्षिणपन्थीले पनि बी.पी.को नाउँ लिए।

बी.पी.ले त राजासँग घाँटी जोडाउने कुरा गर्नु भएको थियो, त्यसैले उहाँको उत्तराधिकारी मै हुँ भनेर एउटा थापाले भन्ने, होइन बी.पी.ले त हतियार उठाएर राजनीति गर्नु भएको थियो त्यसैले उहाँको वास्तविक उत्तराधिकारी मै हुँ भनेर अर्को थापाले भन्ने (यहाँ थापा थर थपिदिएँ) यो इतिहासमा पहिलो पटक भएको होइन।

यो अन्धाले हात्ती छामेर हात्तीकोबारेमा आफ्नो अनुभवमा हात्ती कस्तो भनेजस्तै हो। समग्रमा बी.पी. कोइरालालाई हेर्ने अध्यायको प्रारम्भ आज नेपाली कांग्रेसले गर्नु पर्छ।

नेपाली कांग्रेस र नेपालको पुर्नउत्थानका लागि र बढ्दै गएको अधिनायकवादी अराजक प्रवृत्तिका लागि अत्यन्त आवश्यक भएको छ।
समग्रमा बी.पी.को व्यक्तित्वलाई कसरी हेर्ने र विचारलाई कसरी हेर्न भन्ने कुरा हामीले स्पष्ट हुन आवश्यक छ।

माक्र्सवादको सिद्धान्त के हो भन्यो भने यसले भौतिकवादमा विश्वास गर्छ। माक्र्संवादले वर्ग संघर्षमा विश्वास गर्छ। माकर्सवादले मजदूर वर्गको तानाशाहीमा विश्वास गर्छ। माक्र्सवादले मजदूर वर्गको तानाशाहीको प्रतिनिधित्व गर्न पार्टीको तानाशाहमा विश्वास गर्छ। तर, समानताका सिद्धान्त के हुन? स्वतन्त्रताका सिद्धान्त के हुन, लोकतन्त्रका सिद्धान्त के हुन? यी कुनैपनि कुरा एक दिनमा घटेका एउटै घटना होइनन्। आज फलानो मुलुक स्वतन्त्र भयो भन्ने हुँदैन। स्वतन्त्रता हुँदै जाने, गर्दै जाने र विकसित हुँदै जाने प्रक्रिया हो।

सात सालको क्रान्तिमा बी.पी. कोइरालाले जे गर्नु भयो त्यतिबेलाकै स्वतन्त्रताका लागि गर्नु भयो। राजासँग सम्झौता गरेर एउटा संविधान दिन गरियो। अन्तरिम संविधान लिएर भनियो कि ढिलो चाँडो नेपालमा संविधानसभाको चुनाव हुन्छ।

तर, त्यतिबेला नेपाल पूर्ण स्वतन्त्र भएको थिएन। आज पनि नेपाल पूर्ण स्वतन्त्र भएको छैन। आज सबै नेपालीको गास, वास र कपासको समस्याको समाधान हुने, सबै स्वतन्त्रतापूर्वक बोलन पाउने भयबाट नडराउने, विभेदबाट नडराउने नेपाल जबसम्म बन्दैन। त्यसैले स्वतन्त्रता एक अत्यन्त लामो यात्रा हो।

प्रजातन्त्र एउटा अत्यन्त लामो यात्रा हो। यो कुनै रुग्ण सिद्धान्त होइन। स्वतन्त्रबाट स्वतन्त्रतर हुँदै जाने प्रक्रिया हो। त्यसक्रममा हामीले बी.पीको लामो जीवन हेर्यौँ भने झण्डै ४० वर्षको राजनीतिक जीवन नेपालमा बित्यो। त्यो भन्दा पहिले हिन्दुस्तानमा केहि वर्ष कार्यरत हुनु हुन्थ्यो। हिन्दुस्तानको समयसहित झण्डै ५० वर्षको सक्रिय जीवन देखिन्छ। त्यो सक्रिय जीवनमा उहाँले अनेकन किसिमका जीत र हार हाँसिल गर्नु भयो। यी सबै जीत या हारको एउटै लक्ष्य थियो नेपाली जनतालाई अथवा मानव जातिलाई मात्र बडिभन्दा बडि संमृद्ध र स्वतन्त्र कसरी बनाउने?

कुनै पुच्छर पक्रेर सात सालमा बी.पीले अनसन गर्नु भएको थियो त्यसैले अनसन नै प्रजातन्त्र हो, सात सालमा हतियार बन्द क्रान्ति गर्नु भएको थियो त्यसैले हतियार बन्द क्रान्ति नै प्रजातन्त्र हो। बी.पी.का पालामा कम्युनिष्टसँग एकता भएको थिएन त्यसैले कम्युनिष्टसँग एकता गर्नु बी.पी. विरोधी हो। बी.पी.का पालामा आरक्षण थिएन आरक्षण गर्ने कांग्रेस बी.पी. विरोधी हुन्। यो धर्म निरपेक्षता यिनीहरुले गरे तर, बी.पी भएको भए गर्नु हुँदैनथ्यो भन्ने जुन प्रश्नहरु आइरहेका छन् त्यी सानै स्वरमा भएपनि हामीभित्रै पनि उठेका छन्। बाहिर अलि ठूलो स्वरमा उठिरहेको छ। त्यसले बी.पी.वा भट्टराइको मात्र अर्थ नबुझेको होइन त्यसले सबैभन्दा ज्यादा प्रजातन्त्रको अर्थ बुझेको छैन।

क्रमश…

(बी.पी. कोइरालाको १०५औ जयन्तीको अवसरमा नेपाली कांग्रस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेसका विचार विश्लेषक एवं नेता प्रदिप गिरिद्धारा व्यक्त विचारको अंश)

10/09/2018, 06: 06: 32 मा प्रकाशित
13193 पटक पढीएको

थप समाचार

बी.पी. भन्नुहुन्थ्याेः जनताले चाँहदैनन् भने राजाले सरक्क गद्दि छोड्नु पर्छ

बिचार

बी.पी. भन्नुहुन्थ्याेः जनताले चाँहदैनन् भने राजाले सरक्क गद्दि छोड्नु पर्छ

बी.पी.को जीवन संघर्षपूर्ण र विकट थियो। त्यो संघर्षपूण जीवनकाक्रममा उहाँले अनेकौँ पटक अनेकौँ किसिमका रणनीति र कार्यनीति अंगिकार गर्नु भएको थियो। उहाँले अपनाएको कार्यनीति र रणनीतिमा अन्तरविरोध देखिन्छ। त्यसमा अनेकौँ ठाउँमा आजको मितिमा हेर्दा कमिकमजोरी पनि देखिन्छन् र नभएको पनि होइन। त्यी कमीकमजारीको म मात्रै भुक्तभोगी छैन, त्यसमा मेरा मित्र पौडेलजी पनि भुक्तभोगी हुनुहुन्छ, शेरबहादुर […]

बी.पी. कोइरालालार्इ कुनै अन्धाको हात्ती जस्तो नबनाउँ

बीपी महेन्द्र सम्वन्ध

हेक्का रहाेस्, सरकारलाई अधिनायकवादी पथमा जान दिँदैनौं

राजतन्त्र र हिन्दु राष्ट्र छाडेका नेताहरु भन्छन्ः बी.पी.को लाइन कांग्रेसले छाडेको छैन

Tuesday, July 24, 2018

कास्की काङ्ग्रेस क्षेत्रीय सदस्य र ने.वि.संघ क्षेत्रीय अध्यक्ष नियुक्त भएकोमा हार्दिक बधाई !!!

साउन,०८ गते,मंगलबार ०७५।
नेपाली काङ्ग्रेस कास्की क्षेत्र नं ३ को क्षेत्रीय सदस्यमा लक्ष्मी प्रसाद पौडेल र ने.वि.संघ कास्की क्षेत्र नं ३ को क्षेत्रीय अध्यक्ष सुमित पराजुली मनोनित हुनु भएको छ। साउन ८ गते पोखरा लेखनाथ महा-नगरपालिका वडा नं २३ले ठुलाखेत भवनमा आयोजना गरेको `वर्तमान समस्य विकल्पको वाटो र प्रजातन्त्र स्फुर्त राख्न भावी राणनितिक योजनाको वारे समसामयिक वहस र अन्तरक्रियात्मक कार्यक्रममा´ नेपाली काङ्ग्रेस कास्किका सभापति कृष्ण के.सि ज्यु,नेपाल किसान संघ कास्कीका सभापति भेषराज पराजुली,कास्कि क्षेत्र नं ३ सभापति पोषनाथ शर्मा,वडा नं २३ निर्वाचित प्रतिनिधिहरु साथै वाडाका प्रजातान्त्रिक योद्धा अग्रज वुद्दिजिवीहरु उपस्थित उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस कास्की सभापति कृष्ण के.सि र क्षेत्रीय सभापति पोषनाथ शर्मा द्वार नव नियुक्त ने.वि.संघ सभापति सुमित पराजुली र नेपाली काङ्ग्रेस क्षेत्रीय सदस्य लक्ष्मी प्रसाद पौडेल लाई अविर र पुष्प गुच्छाको साथ वधाई दिदै स्वागत गर्नु भएको थियो। मनोनित दुवै जोस होस र सोचले भरिपूर्ण समाज रुपान्तरणका सम्भावक जुझारु युवा नेतृत्वकर्ताहरुमा सफल कार्यकालको साथै संगठनिक काम, कर्तव्य, अधिकार,मर्म, दायित्व र जिम्मेवारीलाई ध्यानमा राखी सुसंगठन गतिशीलताको लागी दिगो सफलताको सुभकामना व्यक्त गर्दछौ।
#जय_नेपाल !!!

Friday, July 13, 2018

पुजिवादको चार ढोका !!!

मार्क्सवादी सिद्धान्तकार फ्रेडरिक जेम्सनले सन् १९९४ मा भनेका थिए, ‘पुँजीवादको अन्त्यको कल्पना गर्नुभन्दा संसारकै अन्त्यको कल्पना गर्नुचाहिँ सजिलो छ।’ जेम्सनले भन्न खोजेको कुरा के थियो भने पुँजीवादमाथि त्यसको वैकल्पिक अर्थव्यवस्थाले विजय हासिल गर्ने सम्भावना अत्यन्त कम थियो। पृथ्वीमै वातावरणीय प्रलय आउनुचाहिँ बढी सम्भव थियो। यो कठोर तर स्पष्ट दृष्टिकोणलाई द्विमासिक जर्नल ‘न्यु लेफ्ट रिभ्यु’ का पेरी एन्डरसन र सांस्कृतिक सिद्धान्तकार मार्क फिसरले पनि अपनाएका थिए, जसलाई ‘पुँजीवादी यथार्थवाद’ भनेर चिनिन्छ।

पछिल्ला वर्षमा विभिन्न लेखकले पुँजीवादको वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्दै आएका छन्। सन् २०१५ मा प्रकाशित पाउल मेसनको ‘पोस्ट क्यापिटलिज्म’ र निक सार्निचेक तथा एलेक्स विलियम्सको ‘इन्भेन्टिङ द फ्युचर’ दुवै पुस्तकले उस्तै विषय उठान गरेका छन्। उनीहरूका अनुसार प्रविधिको उन्नतिले धेरैजसो कामलाई अनावश्यक बनाइदिनेछ र मानिसलाई वास्तविक स्वतन्त्रताको खोजी तथा उपभोगका लागि मुक्त गरिदिनेछ। मानिसले आफ्नो जीविकाचाहिँ राज्यले प्रदान गर्ने सार्वभौमिक आधारभूत आयबाट चलाउने गर्छन्।

आरोन बस्तानीको आगामी पुस्तक ‘फुल्ली अटोमेटेड लक्जरी कम्युनिज्म’ पनि यही धारको हुनेछ। ‘अहिले भविष्यबोध नहुने हो भने के वास्तवमा इतिहासको सुरुवात नै भएको थिएन त ? ’ पुस्तकले प्रश्न गर्नेछ।

अमेरिकी मानवशास्त्री तथा कामविरोधी घोषणापत्र ‘बुलसिट जब्स’ (२०१८) का लेखक डेविड ग्रेवरसँग मैले अन्तर्वार्ता लिएको थिएँ। उनको तर्क थियो, ५० वर्षभित्र ‘निश्चय नै हामीसँग पुँजीवादभन्दा अलग व्यवस्था हुनेछ।’ तर उनले एउटा सर्त राखेका थिए, ‘त्यो व्यवस्था पुँजीवादभन्दा खराब व्यवस्था पनि हुन सक्छ।’

हालै ‘द फ्युचर स्टार्ट्स हेयर’ नामक प्रदर्शनीमा जाँदा मैले एउटा पुस्तक फेला पारें। त्यो पुस्तकले पनि कलात्मक रूपले पुँजीवादको विकल्पबारे चर्चा गर्दछ। ज्याकोबिन म्यागेजिनका एक सम्पादक पिटर फ्रेजले आफ्नो पुस्तक ‘फोर फ्युचर’ (२०१६) मा मुक्ति र शोषणको विकल्पमा वैकल्पिक दृष्टिकोणहरू प्रस्तुत गरेका छन्। अन्य लेखकजस्तै उनको अनुमान पनि प्रविधिले मानवीय श्रमलाई लुप्तप्रायः बनाइदिन्छ भन्ने छ। साथै उनले एउटा महत्वपूर्ण धारणा पनि राखेका छन्। ‘स्वचालनबाट कसलाई फाइदा हुन्छ, कसलाई नोक्सान पर्छ भन्ने निर्णय रोबोटले होइन, त्यसका मालिकले गर्नेछन्,’ उनी भन्छन्। वर्गीय असमानता र मानवीय अस्तित्वमै चुनौती दिने जलवायु परिवर्तन दुवै घटनाले एउटै संकेत गर्छन् : प्रविधिको विकासले हामीलाई युटोपियन समाजसम्म नपुर्‍याउन सक्छ। फ्रेजको पुस्तक भविष्यवाणी होइन, न त कल्पना नै हो। यो त ‘समाज वैज्ञानिक आख्यान’ हो। अर्थात् यो ‘भविष्यमा हाम्रो राजनीतिक संघर्ष चल्ने अनेकौं विविध सम्भावनायुक्त स्थान खोजी गर्ने’ प्रयास हो।

प्रविधिले हामीलाई काम गर्नुनपर्ने र अहिलेजस्तो कार्बन उत्सर्जन नहुने अवस्थामा पुर्‍याइसकेको हुनेछ। त्यस्तो समाजमा परम्परागत वर्ग विभाजन पनि समाप्त भइसकेको हुनेछ।


यस्ता सम्भावनामध्ये पहिलो परिदृश्य हो, साम्यवाद। अर्थात् यसमा समानता र हरेक वस्तुको प्रचुरता हुने गर्छ। प्रविधिले हामीलाई काम गर्न नपर्ने र अहिलेजस्तो कार्बन उत्सर्जन नहुने अवस्थामा पुर्‍याइसकेको हुनेछ। त्यस्तो समाजमा परम्परागत वर्ग विभाजन पनि समाप्त भइसकेको हुनेछ। तथापि पद तथा प्रतिष्ठाको श्रेणी विभाजन भने जारी रहन सक्ने फ्रेजले सचेत गराएका छन्। उनी सन् २००३ मा प्रकाशित कोरी डक्ट्रोको उपन्यास ‘डाउन एन्ड आउट इन द म्याजिक किङडम’ लाई उधृत गर्छन्। सो उपन्यासमा यस्तो स्थानको चर्चा गरिएको छ, ‘जहाँ सबैभन्दा धेरै पैसा भएकाले विवाद समाधान गर्दैनन्। बरु सबैभन्दा उच्च सामाजिक हैसियत प्राप्त गर्न सक्ने व्यक्ति निर्णायक बन्छन्।’ नागरिकलाई उनीहरूको व्यवहारअनुसार श्रेणीबद्ध गर्ने चीनको वर्तमान ‘सोसल क्रेडिट सिस्टम’ र पश्चिमको सामाजिक सञ्जालमा देखिएको लाइक र रिट्विटको अत्याचारी शासनले यही भविष्यको झल्को दिन्छ। यही जुन महिनामा मात्र करिब चार सय चिनियाँलाई ‘बेइमानी’ गरेको आधारमा विमान तथा रेल चढ्नबाट रोक लगाइएको छ।

दोस्रो परिदृश्य वर्तमान व्यवस्थाको सबैभन्दा निकट छ। त्यो हो, श्रेणी र प्रचुरता रहेको ‘भाडाप्रथा’। त्यस्तो व्यवस्थामा वस्तु उत्पादनको माध्यमबाट पुँजीको सञ्चय गरिँदैन बरु भाडा उठाएर चलाइन्छ। यस्तो व्यवस्थाको भौतिक अवस्था विलासी साम्यवादको जस्तै भए पनि नयाँ प्रविधि र प्याटेन्टमाथि सीमित सम्भ्रान्तको एकाधिकार कायम हुन्छ। ‘बहुमत मानिसमाथि केही शक्तिशाली मानिसको अधिकार कायम हुनाले’ त्यसबेलासम्म मानव श्रम रहिरहने फ्रेजको निष्कर्ष छ।

जलवायु परिवर्तन समाधानको सन्दर्भमा भाडाप्रथाको अनुमान गरिएको हो, तर जलवायु परिवर्तनको समस्या समाधान गर्न सकिएन र आजको जस्तै वातावरणको दोहन जारी रहे मानव जातिले दुईवटा सम्भावित भविष्यको सामना गनुपर्ने फ्रेजको आकलन छ। एउटा हो– समाजवाद। यस्ताखाले समाजवादमा समानता त हुन्छ, सँगसँगै अभाव पनि। त्यो अवस्थामा पारिस्थितिक प्रणाली बर्बाद भएको हुन्छ। त्यसैले राज्यले पूर्वाधारको पूरै कायापलट गर्नेछ। जोखिम र प्रतिफल दुवैको समान वितरण हुनेछ। श्रमको मात्रा अत्यन्त कम हुनेछ तर उपभोग पनि सीमित हुनेछ। विलासी साम्यवाद होइन दिगो समाजवादको मार्ग अपनाइनेछ।

दिगो समाजवाद नभएमा अर्को विकल्प हुनेछ बर्बर विनाशवाद। जहाँ श्रेणी र अभावको साम्राज्य चल्नेछ र अनावश्यक ठानिएकालाई समाप्त गर्ने उपाय खोजिन्छ। वातावरणीय प्रलयको सम्मुखमा उभिएको बेला धनाढ्य वर्ग स्रोत र साधनमाथि एकाधिकार कायम गर्न खोज्नेछ। त्यसैले मानवजातिको ठूलो हिस्सा सीमान्तकृत हुन पुग्नेछ। फ्रेजका अनुसार स्वचालित यन्त्रबाट उत्पादन हुन थालेपछि यसले ठूलो संख्यामा मानिसलाई बेरोजगार बनाउनेछ। सम्भ्रान्त शासकका आँखामा ती बेरोजगार मानिस फाल्तु हुनेछन्। तिनलाई बेवास्ता गर्नु वा जेल हाल्नुभन्दा सजिलै गरी किन सखाप नपारिदिने ? मानवताको इतिहास र वर्तमान दुवैलाई हेर्दा यस्तो सम्भावना नकार्न सकिन्न। मानवविहीन ड्रोन र ज्यानमारा रोबोट उपलब्ध हुनाले भविष्यमा गराइने नरसंहार अझ सहज हुनेछ। सम्भ्रान्त शासकले टाढै बसेर आम बेरोजगार मानिसको सफाया गराउन सक्नेछन्। कतिपयलाई त यसको आवश्यकता पनि पर्दैन।

यीमध्ये कुन भविष्य यथार्थमा परिणत हुने हो, त्यो अन्ततः मानवीय प्रवृत्तिमै निर्भर हुनेमा फ्रेजको जोड छ। सबै खालको नियतिवादलाई सुधार्ने गतिलो अवधारणा हो– ‘फोर फ्युचर’। परिस्थितिमाथि आफ्नो नियन्त्रण नभए पनि मानिसहरूले आफ्नो इतिहास बनाउने क्रमलाई निरन्तरता दिनेछन्।

– लेखक तथा पत्रकार इटन बेलायती म्यागेजिन 'न्यु स्टेट्सम्यान' का राजनीतिक सम्पादक हुन्।  यो लेख न्यु स्टेट्सम्यानबाट अनुवाद गरिएको हो।

Thursday, July 12, 2018

झड्किलो पुजिवाद - प्रदिप गिरि।

विकासका नाममा धान्नै नसकिने ऋण लिएर ठुल्ठूला सडक, भीमकाय रेल्वे, हवाईजहाज र पानीजहाज चलाएर हामी झड्केलो पुँजीवादलाई भित्र्याउन सक्छौँ । तर, त्यो पुँजीवादले गरिबी रेखाको छेउछाउमा बाँचिरहेका मानिसलाई भने कुनै राहत दिन सक्दैन ।

 

नयाँ पत्रिकाको असार २१ को अंकमा झलक सुवेदीको एउटा विचारोत्तेजक लेख छापिएको छ । लेखको कुट–शीर्षक छ, ‘एउटा मृत पोखरी र छायादेवी ।’

लेखमा मुख्यतः नेपाल–संस्कृतिको प्रसंगलाई कोट्याइएको छ । कमलपोखरीको अतिक्रमणलाई केन्द्रमा राखेर संस्कृति–विमर्श गरिएको छ । नेपालमा रहेको सांस्कृतिक सम्पदा, विभेद, जीवनशैली र धरोहरलाई जोगाउनेतर्फ ध्यान आकृष्ट गरिएको छ । यसरी नेपालको मौलिकतालाई साँचेको खण्डमा पर्यटकको आकर्षण बढ्छ । त्यसले अन्ततः आर्थिक दृष्टिले रोजगारी र समृद्धिलाई समेत सहयोग पु-याउँछ । फेरि झलकजीको गुनासो छ, ‘तर नेपाली समाजले आफ्नो सांस्कृतिक मौलिकतालाई चिन्न सकेको छैन । माल पाएर चाल नपाएको जस्तो भएको छ । आजको नेपाल विद्युतीय रेल, मेट्रो चढ्ने सपना र कमलपोखरी मासेर नाफाखोरीका निमित्त मल्टी कम्प्लेक्स बनाउने होडमा व्यस्त–मस्त छन् । यो गलत हिँडाइ हो । हामी उल्टो बाटो हिँड्दै छौं । यसलाई रोकौँ ।’

झलक सुवेदीको निष्कर्ष सटिक छ । हामी निश्चय उल्टो बाटो हिँड्दै छौँ । तर, यस चेतावनीको एउटा कमजोर पक्ष छ । बढिसे बढी पैसा कमाउने लक्ष्य राख्ने नै हो भने तथाकथित आधुनिकीकरणको अन्धवेगलाई शिथिल मात्र पनि बनाउन सकिन्छ त ? तर, यो प्रश्न अहिले रहोस् ।

वर्तमान मनोदशा

कृष्णप्रसाद भट्टराई प्रजातान्त्रिक आन्दोलनको अग्रपंक्तिमा हुनुहुन्थ्यो । उहाँलाई कतिपयले ‘सन्तनेता’ पनि भन्थे । आमराजनीतिज्ञभन्दा उहाँको रहन–सहन सादगीपूर्ण थियो । त्यसैले उहाँले सन्तनेताको उपाधि प्राप्त गर्नुभएको थियो । उहाँको भोगविलासमा तमक–झमकको खास लालसा थिएन ।

तर पनि चुनाव लड्दा उहाँले भनेरै छोड्नुभयो, ‘म नेपाललाई सिंगापुर बनाइदिन्छु ।’ कृष्णप्रसाद भट्टराईले वर्षौं कारावासमा बसेर राष्ट्र चिन्तन अवश्य पनि गर्नुभएको थियो । तर, पनि नेपाललाई सिंगापुर बनाउन सकिन्छ कि सकिँदैन अथवा बनाउन उचित हुन्छ कि हुँदैन भन्नेतर्फ अध्ययन गर्न भ्याउनुभएको रहेनछ भन्नैपर्छ ।

व्यक्तिगत दृष्टिले मैले कृष्णप्रसाद भट्टराईलाई भन्दा बढी अर्को नेपालीलाई आदर गर्न सकेको छैन । तर, नेपाललाई सिंगापुर बनाउने सपना हास्यास्पद मात्र होइन, हानिकारकसमेत छ भन्ने आज पनि लागिरहेको छ ।

त्यसपछि गणतान्त्रिक नेपालमा माओवादीका अध्यक्ष प्रचण्डको उदय भयो । प्रचण्डलाई त अझ सिंगापुर भनेर पनि पुगेन । प्रचण्डले हाकाहाकी भन्नुभयो, ‘नेपाललाई म स्विट्जरल्यान्ड बनाउँछु ।’ अहिले आएर प्रधानमन्त्री केपी ओलीले किसुनजी र प्रचण्ड दुवैलाई उछिनेर नेपालको भविष्यको अत्यन्त रंगीन, रोचक र झकाझकको तस्बिर पेस गर्नुभएको छ । त्यस पृष्ठभूमिमा झलक सुवेदीको चेतावनी छ, ‘हामी उल्टो बाटो हिँड्दै छौँ, यसलाई रोकौँ ।’

तर यो यात्रा आज सुरु भएको होइन । यो बाटो ओली वा प्रचण्डले मात्र पनि रोजेको होइन । विश्वमा अहिले प्रचलित आधुनिकीकरणलाई सबैथरीका राष्ट्रिय राज्यले आफ्नो एक मात्र लक्ष्यका रूपमा लिएका छन् ।

उच्चबाट उच्चत्तर प्रविधिमा जाने, उच्चत्तर जीवनस्तर बढाउँदै लैजाने, धनीभन्दा धनी हुने र भौतिक सम्पदा मात्र एक मात्र धनको कसौटी हुने वर्तमान मनोदशा मानौँ निर्विकल्प छ । विश्वमा देखिएको यो दौड, यो होड र यो उन्मादबाट नेपाल अछुतो नरहनु आश्चर्यजनक छैन ।

पुँजीवादको उदयका साथ यो मनोदशा झन्–झन् बलियो भएको हो । सञ्चार क्रान्तिले यस मनोदशालाई मनोरोगको रूप दिन सफल भएको छ । होइन भने तथाकथित आधुनिक जीवनको लालसा पुँजीवादको जन्मका साथ भएको थियो ।

पुँजीवाद र समाजवाद

पुँजीवाद कहिले उदय भएको हो भन्नेबारे विद्वान्हरूको भिन्न मत छ । तर, ०१५ सालमा बिपी कोइरालाले जननिर्वाचित सरकार बनाउँदाताका पुँजीवाद एक विश्व व्यवस्थाको रूपमा प्रतिष्ठित भइसकेको थियो । तर, आधुनिकीकरणको यो अन्धवेग आइपुगेको थिएन ।

प्रधानमन्त्री बिपी कोइरालाले ०१५ सालमा गर्नुभएका र गर्न खोज्नुभएका काम अहिले पनि चर्चाको विषय बनेका छन् । तर, एउटा कुरा भन्नैपर्छ, तत्कालीन बिपी कोइरालाले मुलुकलाई ओली र प्रचण्डकै बाटोमा हिँड्न आँटेको देखेको भए कदाचित हस्तक्षेप गर्नु हुँदैनथ्यो । उहाँ पनि भन्नुहुन्थ्यो, ‘पुँजीवादले भौतिक सम्पन्नता ल्याउँछ । त्यसै सम्पन्नतामा टेकेर समाजवादले आर्थिक समस्या हल गर्छ ।’

 

बिपी कोइरालाले आफ्नो आखिरी वर्षमा भन्नुभएको थियो– फराकिलो र चिल्लो सडक, ठुल्ठूला उद्योग, विशाल एयरपोेर्ट खडा गरेर नेपालीलाई सुखी बनाउन सकिँदैन । हामीले नेपाललाई युरोप र अमेरिकाको विकासको मोडलमा लैजान सक्दैनौँ ।


 

भारतीय समाजवादी आन्दोलनका सिद्धान्तकार अशोक मेहता उहाँका निजी मित्र थिए । जवाहरलाल नेहरू उहाँको युगका आदर्श थिए । जवाहरलाल र अशोक मेहताले संयुक्त रूपमा भारतको विकासलाई पुँजीवादी बाटोमा लैजान आँटेका थिए । एउटा मान्यता थियो, पुँजीवाद परिपक्व नहुँदासम्म समाजवाद आउँदै–आउँदैन ।

अहिले ओली वा प्रचण्डले समाजवादको त्यही तस्बिर राखेका छन् । पहिले पुँजीवाद आओस्, रेल, हवाईजहाज, पानीजहाज आओस्, त्यसपछि समाजवाद आइहाल्छ नि भन्ने उहाँहरूले पनि सोचेको हुनुपर्छ । दुर्भाग्यवश यो उहाँहरूको सोच मात्र होइन ।

लगभग यस्तै सोचमा तेस्रो विश्वका अधिकांश मुलुक छन् । यस्ता सोचमा उत्साहित रहेका केही राष्ट्रिय राज्यहरू विदेशी ऋणको पञ्जामा परेर छट्पटाइरहेका छन्, यो अर्कै कुरो हो । यस प्रवृत्तिले देश र देशका बीचमा गरिबीको खाडल बढाइरहेको छ । मुलुकभित्र गरिब र धनीको विभेद झन्–झन् फराकिलो बनाएको छ । पर्यावरण संकटको कुरा गर्नैपरेन । धरती माता आफ्ना सन्तानलाई थेग्न, धान्न नसक्ने मोडमा पुगेकी छिन् ।

०१५ सालको बिपी कोइराला र आफ्नो आखिरी वर्षका बिपी कोइरालामा भने आकाश–जमिनको फरक देखिन्छ । बिपी कोइरालाले आफ्नो आखिरी वर्षमा भन्नुभएको थियो, ‘फराकिलो र चिल्लो सडक, ठुल्ठूला उद्योग, विशाल एयरपोेर्टहरू खडा गरेर नेपालीलाई सुखी बनाउन सकिँदैन ।

हामीले नेपाललाई युरोप र अमेरिकाको विकासको मोडलमा लैजान सक्दैनौँ ।’ बिपीले आफ्नो जीवनकालमा वैकल्पिक मोडलतर्फ औँल्याउनुसम्म त भयो । त्यस गन्तव्यमा पु-याउने उमेर, स्वास्थ्य र परिस्थितिले उहाँलाई साथ दिएन । बहुदलीय व्यवस्था पुनस्र्थापनापछि उहाँको नाम मन्त्रजप गर्ने कांग्रेसले उहाँको बाटोमा हिँड्न खोज्दै खोजेन ।

विकासको वर्तमान स्वरूप

बिपी कोइराला पेसेवर अर्थशास्त्री हुनुहुन्नथ्यो । उहाँलाई जननेताका रूपमा जनताको धुकधुकी थाहा थियो । जनताका पिरमर्कालाई ध्यानमा राखेर उहाँले कतिपय कुरा औँल्याउनुभयो । उहाँ स्पष्ट हुनुहुन्थ्यो– ‘पहिले गाउँका मानिसले रोजगार पाउनुपर्छ ।

एक कचौरा दूध खान पाउनुपर्छ । अनि गरे पनि भड्किलो विकासका कुरा गरौँला । जनता ठुल्ठूला एयरबस र चिल्ला गाडीमा चढ्दैनन् । पहिले उनीहरूको गाँस, वास र कपासको समस्या हल हुनुपर्छ । शिक्षा र स्वास्थ्य सर्वसुलभ हुनुपर्छ ।’

बिपीले यस्तो सोच प्रस्तुति गर्दा इ. एफ. सुमाखरको नाम लिनुभएको थियो । सुमाखरले एक अर्थशास्त्रीका रूपमा यी कुरा लेखेका थिए । खासमा यो विचारधाराको उदय त औतारी लामा (?) मोहनदास करमचन्द गान्धीले गर्न थालेका थिए ।

तर, मोहनदासको नाम लिनु पनि आवश्यक छैन । सुमाखरको पनि नाम लिने काम छैन । बिपी कोइरालालाई बिर्से पनि हुन्छ । तर, समकालीन विश्वमा एउटा वैकल्पिक सोच सुस्तरी अगाडि बढ्दै छ । विकासको वर्तमान स्वरूप आत्मघाती छ ।

विकासका नाममा धान्नै नसकिने ऋण लिएर ठुल्ठूला सडक, भीमकाय रेल्वे, हवाईजहाज र पानीजहाज चलाएर, ठुल्ठूला मल्टिकम्प्लेक्स बिल्डिङ बनाएर हामी झड्केलो पुँजीवादलाई भित्र्याउन सक्छौँ । तर, त्यस पुँजीवादले गरिबी रेखाको छेउछाउमा बाँचिरहेका मानिसलाई भने कुनै राहत दिन सक्दैन । रोजगार कम भएर जान्छ ।

मौलिक संस्कृति मासिन्छ । मानवीय जीवनमूल्य र विविधता नष्ट हुन्छ । कुनै राष्ट्रिय राज्यले समृद्धि दर बढेको तथ्यांक देखाउँदैमा जनता सम्पन्न छ भन्न सकिँदैन । सुखको त कुरै नगरौँ । झट्ट सुन्दा यो अर्थशास्त्रको गम्भीर विषय जस्तो लाग्छ । तर, यस विषयमा सार्थक विमर्श नहुनु समकालीन नेपालको दुर्भाग्य हो । झलक सुवेदीको लेखले त्यस विमर्शको आवश्यकताततर्फ संकेत गरेको छ ।