Sunday, August 6, 2017

नेपाली काङ्ग्रेसको भुमिकालाई प्रष्ट पार्दै गणेश राज सुवेदी।

नेपाल तरुण दल पर्वतका सकृय प्रतिनिधि एवंम नेपाल बिद्यार्थी संघ विन्धुवासिनी संस्कृत विधालयका विधार्थी नेता गणेशराज सुवेदीले स्थानिय निर्वाचन २०७४ मा भरतपुर महनगरपालिकामा भएको पुन मतदान र देवि ज्ञावलिको हार प्रती सामाजिक सञ्जालमा  देखिएको टीकाटिप्पणी र आलोचना लाई नेपाली काङ्ग्रेसको विगत देखि वर्तामान भुमिका संक्षिप्त रुपमा स्पष्ट पार्दै आफ्नो सामाजिक सञ्जाल फेसबुक अकाउन्ट
`गणेश राज सुवेदी (Ganesh मा लेख्नुहुन्छ……………

" सशस्त्र द्वन्द गरेको माओवादी पार्टीलाई शान्ति प्रक्रियामा
ल्यायो कांग्रेसले
जनताबाट पराजित हुनुभएका क.माधब कुमार नेपाल लाई गिरीजा बाबुले
मुलुकको प्रधानमन्त्री बनाउनु भो (प्रचण्ड सरकार
ढलेपछी )
अहिले भरतपुर महानगरपालीकामा माओवादीसंग गरेको
चुनावी तालमेल
आखिर यो कस्का लागी "जनता जनार्दन हुन " जनताकै
लागी
कांग्रेसले धेरै गुन लगाएको छ एमाले, माओवादी प्रति यो आखिर जनताकै
लागी त्यसैले कांग्रेस यो मुलुकको अभिभावक हो अन्तमा सबै दल
मिली जनताको हितमा काम गरिनु पर्छ!
#जय_नेपाल।"

अवस्य पनि नेपाली काङ्ग्रेसको स्थापना काल देखि वर्तमान परिस्थिति सम्म आई पुग्दा माहान पुरुषहरुको त्याग र वलिदानलाई आत्मसाथ गर्दै उहाँ हरुले सिकाएको प्रजातन्त्रको वहुदलिए मत संग्रहको  परिभाषा "प्रजातन्त्र भनेको बहुमतको शासन मात्रै होइन,बहुमतको शासन हुदाहुदै पनि बाहिर रहेकाको र सहभागी रहेकाको संम्भावनाको ढोका खोल्नु हो।अल्पमतको कदर गर्नु हो। कदर मात्रै होइन उनिहरुलाई भोलि शासन गर्न सक्छौ है भनेर प्रत्याभुती दिनु हो।" भन्ने तथयलाई मार्गदर्शन गर्दै दायित्व र जिम्मेवारी बोकेको काङ्ग्रेस पार्टिले सबै दलहरुलाई सहकार्य गरि देशलाई समृद्धिको गन्तव्य तर्फ लैजान कर्तब्यबोध गृहकार्यको आजको आवस्यकता हो।

No comments:

Post a Comment