Monday, November 27, 2017

कास्की काङ्ग्रेस क्षेत्र नं ३ घरदैलो कार्यक्रम एवंम चुनावी आम सभा।।

मंसिर १२ गते मंगलबार 
आदरणीय न्यायप्रेमी आमबुबा दाजुभाइ तथा दिदिबहिनी एवंम तमाम जुझारु युवा मित्रहरु यहि मंसिर २१ गते आसन्न हुन गहिरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचन लाई मध्यनजर गर्दै नेपाली काङ्ग्रेस कास्की क्षेत्र नं ३ प्रजातान्त्रिक योद्धा,विकासप्रेमी नेतृत्व र निष्टवान हस्ती प्रतिनिधि सभा उमेद्वार `सुक्रराज शर्मा´ र कास्की क्षेत्र नं ३ (ख) प्रदेश सभा उमेदवार `भोजवाहदुर गुरुङ्ग(सिकन्दर)´ भोलि मिति २०७४ मंसिर १२ गते मंगलवार विविध प्रतिबद्धता र दृढ संकल्पको साथ वडा नं २३ मा आगमनको साथै मंसिर १३ गते ने.का कास्किले आयोजना गरेको बृहत चुनावीआम सभामा सम्पुर्ण प्रजातान्त्रिक मन र काङ्ग्रेस जन उपस्थितिको निमन्त्रणा स्विकार गर्दै कार्यक्रममा सारिक भैदिनुको साथै मंसिर २१ गते निर्वाचनमा तपाइको अमुल्य मत रुख चिन्हमा मतदान गरि अत्याधिक बहुमतको साथ विजय गराइदिनुहुन बिनम्र अनुरोध गर्दछौं।
#जय_नेपाल।
@नेपाली काङ्ग्रेस पो.ले.म.नपा वडा नं २३,प्रचारप्रसार समिती।
@ने.वि.संघ पो.ले.म.नपा वडा नं २३।

(घरदैलो कार्यक्रम)
मिति:२०७४मंसिर १२ गते,मंगलबार
स्थान:ठुलाखेत,समय:विहान ८ बजे।
.
(चुनावी आम सभा।)
मिति:२०७४ मंसिर १३ गते,बुधवार
स्थान:अमरसिंह चौर,पोखरा।
समय:विहान ११ बजे।
#जय_नेपाल।

Wednesday, November 15, 2017

नेपाली काङ्ग्रेस लाई नै भोट किन ??

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनले मुलुक तातेको छ। यसै सन्दर्भमा आफ्नो पार्टीलाई नै किन मतदान भन्ने विषयमा हामीले विभिन्न दलका शीर्ष नेताहरूलाई सोधेका थियौं, ७ मिनेट भित्र भन्नुहोस्- तपाईँको पार्टीलाई किन मत दिने? यस अन्तर्गत आज कांग्रेस नेता प्रदीप गिरिको जवाफ -नेपाली कांग्रेसलाई किन मतदान ?

भिडियो को लागि लिङ्क किल्क गर्नुहोस।।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनले मुलुक तातेको छ। यसै सन्दर्भमा आफ्नो पार्टीलाई नै किन मतदान भन्ने विषयमा हामीले विभिन्न दलका शीर्ष नेताहरूलाई सोधेका थियौं, ७ मिनेट भित्र भन्नुहोस्- तपाईँको पार्टीलाई किन मत दिने? यस अन्तर्गत आज कांग्रेस नेता प्रदीप गिरिको जवाफ -नेपाली कांग्रेसलाई किन मतदान ?

मैले नै कांग्रेसमा ठट्टा चलाएको छु। त्यस समयमा तीन प्रकारका नागरिकता दिइन्थ्यो। एउटा वंशजको आधारमा, जन्मकृत र अंगिकृत नागरिकता। मेरो हिसाबमा भन्ने हो भने म वंशजका आधारमा नागरिक हो। मेरा पिता कांग्रेसका जिल्ला सचिव हुनुहुन्थ्यो। मेरा काकाहरू पनि कांग्रेसका सदस्य हुनुहुन्थ्यो। म स्वयम् पनि विधिवत् रूपले कांग्रेसमा लागेको ५० वर्षभन्दा बढी भइसकेको छ।

यसबीच वंशजका रूपले हुनु पर्ने जुन एउटा अन्धविश्वास मलाई कांग्रेसप्रति कहिले पनि भएन। कांग्रेस पार्टीमा रहँदा पनि मैले कांग्रेसका नेताहरुसँग वरिष्ठ नेताहरू र सर्वमान्य नेताहरू मात्र होइन् कांग्रेसका विचारधाराहरूप्रति पनि अनेकौं पटक  शंका गरेको छु। शंका मात्र होइन् मतभेदसमेत देखाएको छु। मतभेद मात्र किन भन्ने संविधान संशोधनको एउटा प्रसंगमा त मैले पार्टी नेतृत्व नटेरिकन संविधान सभाको बहिष्कार गर्ने कृत्य गरेको छु।

तैपनि म काग्रेसमा नै किन छु त? यसैसँग टाँसिएर किन बसेको छु त? के त्यस्तो कुरा छ जुन अरू पार्टीमा छैन्?

यो प्रश्नको उत्तर म दिनको लागि बसेको होइन। यस प्रश्नले सधैं म आफैंलाई घचघचाउँछ।

मुलुकमा यत्रा पार्टी छन्। पद नै चाहिएको भए आफ्नै पार्टी बनाए भयो। आफैं अध्यक्ष भएर कतिपय नेताले पार्टी खोलेका छन्। तर मैले कहिले कुनै पदका लागि पार्टी भित्र र पार्टी बाहिर कुनै कुरा गरेको छैन।

तैपनि मेरो निष्ठा कांग्रेसमा छ। किन?

किनकी, कांग्रेस पार्टीले धेरै राम्रो गर्‍यो। धेरै ठूलो उपलब्धि गर्‍यो। मुलुकका समस्या समाधान गर्ने कार्यमा प्रतिवद्ध भएर यो गर्‍यो, त्यो गर्‍यो भन्ने धेरै निस्केलान्। म त्यो भन्दिनँ। त्यसमा केही मेरो मतभेद पनि छन्, ती मतभेद मैले धेरैचोटि व्यक्त पनि गरेको छु।

एउटा कारण म कांग्रेसमा छु। मुख्य एउटा कुरा, त्यसपछि दोस्रो कुरा।

कुनै राजनीतिक पार्टीमा लाग्नु भनेको त्यस पार्टीको जीवन दर्शन मूल्यमान्यता, विश्वदृष्टिलाई हेरर लाग्नु हो। कांग्रेस पार्टीमा तात्कालिक, व्यक्ति धेरै छिरेका छन्। मभन्दा त्यसको जानकार अरु मान्छे छैनन् होला। तर पनि कांग्रेसको आधारभूत संरचना छ, आधारभुत विचारधारा छ, त्योसँग म पूर्ण सहमत छु। त्यति सहमत म अन्य कुनै पनि पार्टीसँग छैन्। मुलुकभित्र पनि छैन। मुलुकबाहिर पनि छैन।

त्यो दर्शन के हो त?

सामान्य भाषामा यसलाई लोकतान्त्रिक समाजवाद भनिन्छ। बेलायतमा लोकतान्त्रिक समाजवादको केही भिन्न प्रयोग भएको छ, फिलिपिन्समा अर्कै प्रभाव छ। जर्मनीमा एक समय मार्क्सवादी प्रभाव थियो। नेपालमा विपी कोइरालाले व्याख्या गरेको र भारतमा जयप्रकाश लुइयाले प्रतिपादन गरेको लोकतान्त्रिक समाजवादमा गान्धीको समाजवादको केन्द्रीय चिन्तन छ। एसियाका हामी लोकतान्त्रिक समाजवादीले मार्क्सकको विश्लेषण लिएका छौं। र गान्धीको मुल्य बहुत, गान्धीको चिन्तन, गान्धीको नैतिकतालाई लगाउनका लागि सैद्धान्तिक र व्यवहारिक प्रयोग गरेका छौं।  गान्धीका चिन्तन पनि उदारवादबाट आएका छन्। हामी स्वतन्त्रतालाई प्रमुख कुरा मान्दछौं। हामी कुनै गुरूवादलाई मान्दैनौं।

प्रजातन्त्रको अत्यन्त मूल्यमान्यता के हो भने मुलुकको सबभन्दा शक्तिशाली व्यक्ति राष्ट्रपति वा प्रधानमन्त्री को, कहाँ छ वा पार्टीको महासचिवलाई पनि आम निवार्चनमा एक भोट गर्न दिइन्छ। मुलुकको सबभन्दा निमुखा, निर्धन व्यक्तिलाई पनि एक भोट गर्न दिइन्छ। हामी कहाँ एकदिन नागपूजा हुन्छ, एकदिन कुकुरपूजा हुन्छ, पाचँ वर्ष नै सही प्रजातन्त्रको सिद्धान्तले त्यस दिन भने प्रधानमन्त्री, राष्ट्रपतिलाई घरदैलोमा गएर नमस्कार,नमस्कार भन्ने बनाउँछ। यो त माओवादीले पनि गर्छ, यो त एमालेले पनि गर्छ, तपाईले भन्न सक्नुहुन्छ। यो एकदम जटिल कुरा छ, यो एकदम सुक्ष्म कुरा छ। माओवादी, एमालेहरूले व्यावहारिक रूपमा विकल्प नभएकोले हामीले यसमा आएको भन्छौं।

संसदमा उहाँहरुले बोलेको कुरा पनि त्यहीँ छ। हिजोका माले, एमाले, आजका माओवादी यही उपयोगका वस्तु बनेका छन्। तर यसको अर्थ उहाँहरु बदलिनु भयो भन्नेचाहिँ होइन। स्वराजनीतिले गर्दा भूमण्डलीकरणले गर्दा बदलाव आएको हो र त्यो बदलाव राजनीतिक स्तरमा छ, कार्यनैतिक स्तरमा छ, रणनीतिक स्तरमा छ। सैद्धान्तिक स्तरमा छ।

नेपालमा झट्ट हेर्दा दुई वटा दार्शनिक परिपाटी छ। एउटाले ब्रह्मलाई मान्छ, एउटाले निमार्णलाई। राजनीतिक गतिविधिमा कहाँको कुरा कहाँ पुग्छ। मानवजाति शब्द भएको दिनदेखि केही आधारभूत सभ्यतामा, आधारभुत कुराहरूमा आधार बिना लडिरहेको हुन्छ। त्यो लडेको के हो?

बुद्धले के भन्छन् भने, अप्प दिपो भवः आफ्नो बाटो आफैँ हेर आफ्नो बाटो आफैँलाई देखाऊ। कुनै सत्य अन्तिम सत्य छैन्, सत्यमा पुग्ने कुनै बाटो छैन्। बुद्ध दर्शनलाई अघि बढाएका कृष्णमुर्तिले भनेका थिए, ‘सत्य कहाँ पुग्दा कुनै बनाएको बाटो छैन्, त्यसैले सत्यको कुनै गुरु छैन्।’

कृष्णमुर्तिलाई विश्व गुरुको दर्जा दिइएको थियो, मैत्रीयको दर्जा दिइएको थियो। त्यो अस्वीकार गरी उनले भने, ‘कोही कसैको गुरु हुन सक्दैन। कोही कसैले लगाएको वादमा लाग्न सक्दैन्। मार्क्सवाद, लेनिनवाद, माओवाद, प्रचन्डपथ लगायतका आधारमा पनि स्वतन्त्रता, दीर्घायू, अक्षुण र स्वस्थ रहन सक्दैन्।’ स्वतन्त्रतालाई स्वस्थ राख्नका लागि त भन्दा म जान्ने भन्नु हुँदैन्, तलाईँ मार्कसवादको बारेमा केही थाहा छैन्, मलाई सबै कुरा थाहा छ भन्न पाइँदैन्। तैले प्रचन्डपथ बुझेको छैनस्, मैले बुझेको छु भन्न पाइँदैन।

नेपाली कांग्रेस खुला, उन्मुक्त र समाजले विश्वास गर्ने पार्टी हो। उन्मुक्त विचारधारालाई विश्वास गर्ने पार्टी हो। यो पार्टीले मलाई आफ्नो वाक स्वतन्त्रतासहित इज्जतसँग बस्न दिएको छ, अराजक हुनेसम्म अधिकार दिएको छ, त्यो अन्य पार्टीमा छैन्। एउटा बाबुरामजस्तो मान्छेलाई माओवादीमा अटाउन गाह्रो पर्‍यो। माओवादीमा मात्र होइन तथाकथित् वाम गठबन्धनमा समेत अटाउन गाह्रो पर्‍यो। तर बाबुरामको प्रसंगमा अत्यन्त ज्यादा अग्रगामी भूमिका मैले गर्दागर्दै मलाई नेपाली काग्रेंसले सिंगो राजनीतिक जीवनमा एउटा प्रश्नसमेत गरेको छैन्।

पार्टीमा धेरै स्पस्टिकरण सोधिन्छन्, धेरै कुरामा सोधिन्छन्, भ्रष्टचार गरेको भनेर सोधिन्छ, अनुशासनको कुरामा सोधिन्छ, व्यवहारको बारेमा सोधिन्छ, धेरै कुरामा सोधिन्छ। तर व्यक्तिगत स्वतन्त्रताको अभिव्यक्ति गर्दा नेपाली कांग्रेसले कसैलाई पनि सोधेको छैन्, स्पष्टिकरण मागेको छैन्। त्यसको प्रमाण म हुँ।

मभन्दा आफू खुसी बोल्ने आफू खुसी लेख्ने कुनै पनि अर्को व्यक्ति छैन्। तर पार्टीको मप्रति सहिष्णु दृष्टिकोण छ। सहिष्णु मात्र होइन आदरपूर्ण दृष्टिकोण राखेको छ। पार्टीले मलाई हरेक महाधिवेशनमा केन्द्रीय सदस्यमा स–सम्मान जिताएको छ।

यसलाई गर्व गरेको भन्नुहोला, मेरा मतदाता रिसाउँलान भन्नु होला। मैले मेरा मतदातासँग कांग्रेस पार्टीको महाधिवेशनमा भोटसम्म माग्न परेको छैन्। त्यसैले यो विल्कुलै बेग्लै खालको पार्टी हो। मलाई लाग्छ, यो दक्षिण एसियामा नै नेपाली कांग्रेसजस्तो स्वस्थ्य परम्परामा हुर्किएको अर्को पार्टी छैन्।

भारतीय राजनीतिको कांग्रेस हेर्नुहोस्, इन्दिरा गान्धीपछि, राजिव, राजिवपछि सोनिया। हरेक चार वर्षमा हामी विधिवत् महाधिवेशन गर्दै जान्छौं। यसपटक शेरबहादुर छानिनु भयो, अर्को पटक अरु कोही नै हुन सक्छन्। मेरो एकदम निश्चिन्त विचार छ, मैले भारतीय काग्रेंस पार्टीको अध्ययन गरेको छु, त्यहाँको विकृति देखेको छु। जनता पार्टीलाई नजिकबाट चिनेको छु, त्यहाँका अधिकांश नेता मेरा मित्र छन्। नेपाली कांग्रेस जतिको पार्टी नेपालमा मात्रै होइन्, दक्षिण एसियामा नै छैन्।

नेपाली भाषामा एउटा कथन छ, प्रसिद्ध उपन्यासकार गुरू रूद्रराज पाण्डेले रूपमतीको भूमिकामा लेखेका छन्, ‘अंगारसँग दाँजेर कालो गोरो हुँदैन, बरफसँग दाजेर सेतो कालो हुँदैन रे। भएका राजनीतिक दलहरूमा नेपाली कांग्रेस एक मात्र श्रेष्ठ पार्टी हो भनेर भन्दिनँ। सबै पार्टीमा विकृति छन्, पार्टी व्यवस्था यस्तै हुँदैरहेछ। विगत १२ वर्षमा नेपाली पार्टीको व्यवस्थामा झन खराबी देखिएको छ। यस व्यवस्थालाई विद्वान डेनिस लेखकले भनेका छन्, ‘यहाँ त प्रजातन्त्र आयो भनेको त दलतन्त्र पो आएछ।

नेपालमा दलीयतन्त्रका कारण धेरै नराम्रो सुन्नु परेको छ। जति पनि विश्वविद्यालय, अस्पताल, कलेजहरू बाँडिएका छन्, हुदाँहुदाँ भोलि पर्सिदेखि थाना र कचरी पनि बाँड्ने बेला आइसकेको छ। त्यही भएर पार्टी राम्रो छ म भन्दिनँ, थुप्रै खराबी छन् यसका। यो खराबी त तपाईँहरूले बाहिरबाट देख्नुभएको होला, मैले भित्रबाट अध्ययन गर्ने मौका पाएको छु।

बाहिर र भित्रको वृतान्त, निसंकोच र वस्तुनिष्ठ अध्ययन गरेकाले भन्छु नेपालमा भएका अन्य पार्टीभन्दा कम खराब नेपाली कांग्रेस हो। त्यो कम खराबी नेपाली कांग्रेसमा म एउटा खराबी व्यक्ति भए पनि विगत ५० वर्षदेखि स–सम्मान बस्न पाएको छु। त्यसैले आदरणीय मतदाताहरुसँग म नेपाली कांग्रेसका लागि भोट माग्दछु।

Thursday, November 9, 2017

विश्वमोहन दाईको खुल्ला पत्र कम्निष्ट लाई।

प्रिय मित्र सागर दुलाल जी नमस्कार, 
सागरजी म पोखरा लेखनाथ महानगरपालिका वडा ३० पावरहाउस वादलचोक निवासी सामान्य तपाई जस्तै मध्यम वर्गिय नागरीक हुँ । नेपालका हरेक ऐतिहासिक परिवर्तनहरु र तपाई जस्ता नागरिकलाई निरंकुसतावाट मुक्ति दिलाउन नेतृत्वदायी भुमिका प्रदान गर्ने कांग्रेस पार्टी रहेको देशको नागरिक हुनुमा मलाई गर्व छ । किनकी बिदेशी ब्यक्ति र क्रुरताका पर्याय वनेका माओ लेलिन र स्टालिनका तस्वीरमा माल्यार्पण गर्ने साम्यवादी सोचवाट विकसित भएको वामपन्थी विचारधारामा भन्दा नेपालको माटो र धर्तीमा जन्मेर नेपाल र नेपालीको उन्नती र प्रगतिका लागि मरणोपरान्त सम्म आफ्नो जिवन वलिदानी दिने वि.पि. कोईराला, सुवर्ण शम्शेर, गणेशमान सिहं, कृष्ण प्रसाद भट्टराई, गिरीजा प्रसाद कोइराला, शुशिल कोइराला, महेन्द्रनारायण निधि जस्ता गौरवमय इतिहास बोकेका पुस्ताले सिञ्चित गरी हुर्काई वढाएको पार्टी हो नेपाली काँग्रेस । नकी यो २०२८ सालमा सामन्तीको ट्याग लगाएर झापा शनिश्चरेका धमदत्र्त ढकाल लगायत १८ जनाको व्यक्ती हत्या गर्ने झापा आन्दोलनको नेतृत्व गर्ने के.पी ओलीको पार्टी । त्यति मात्र होइनकी झापा आन्दोलनमा धर्मदत्त ढकालका दुधे नाती जसलाई कोर्कावाट झिकेर सामान्तीको छोरा÷नाती सामन्तीनै हुन्छन् भनी मारिएको थियो । त्यसैले लमजुङ्गका शिक्षक मुक्ती प्रसाद अधिकारी, चितवन भण्डारा गाडी भित्र ८ वर्षे वालिकालाई जिउँदै जलाउने, चितवनकै वाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरि माओवादीले गरेको जघन्य अपराध र एमाले विचमा के भिन्नता रहयो र ? 
तपाईले नेपाली कांग्रेसका केन्द्रिय सदस्य युवा नेता प्रदिप पौडेल ज्यू ले ने.क.पा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री आदरणिय केपी शर्मा ओली ज्यूलाई प्रेषित गर्नुभएको खुल्ला पत्रको प्रतिउत्तर फेसबुकमा पोष्ट गरेको हेर्ने र पढ्ने सु–अवसर मिल्यो । हजुरको प्रतिउत्तरको पनि जवाफ स्वयंम प्रदिप पौडेल ज्यूले नै दिदा सान्दर्भिक हुन्थ्यो होला । तर हजुरको पत्र पढेपछि मलाई पनि केही लेख्ने प्रेरणा जागेर आयो । 
प्रिय मित्र सागर जी, तपाईले प्रारम्भमा नै २५ वर्ष वागडोर सम्हालेर शेर बहादुर देउवा मार्फत कांगे्रसले राजालाई लोकतन्त्र बुझाएको भन्ने गम्भिर आरोप लगाउनु भएको रहेछ । ने.का.को बहुमतको सरकार गठन भएको वि.स. २०४८ साल वाट राजाले “कु” गरेको २०५९ साल विच जम्मा १३ वर्ष हुन्छ । र त्यस विचमा एमालेको ९ महिने शासन र सुर्य व. थापा र लोकेन्द्र ब. चन्द को सरकारका समय वाहेकको समय जम्मा ९ वर्ष हुन आउछ । तपाईले २५ वर्ष भन्नु भएको छ जुन सरासर गलत छ वा तपाईमा गणित शिक्षाको अभाव प्रष्ट देखियो । साथै ने.का. जसले राणा शासन निरङकुश पञ्चायति व्यवस्थाका विरुद्ध पटक पटक नेतृत्वदायीै आन्दोलनन गरयो । यसै पाटीका नेता ४ दशक भन्दा वढि समय जेल र निर्वासनमा रहनु प¥यो । त्यहि पार्टीका नेताले लोकतन्त्रलाई राजा समक्ष सुम्पे भन्ने आरोप मिथ्या र कपोकल्पित भन्दा अरु केही हुनै सक्दैन् हो स्वभाविक रुपमा त्यति वेला राजाको वोलवाला थियो र उनले जे चाहन्थे त्यही हुन्थ्यो । संयोगले शेर व. देउवा प्रधानमन्त्री थिए त्यती वेला । यसलाई अतिरञ्जित किसिमवाट दुष्प्रचार गर्ने तपाईको एकल प्रयास झुठो हो भन्ने कुरा २०७० सालको संविधान सभाको निर्वाचनमा ने.का. ले प्राप्त गरेको जनमतवाट प्रमाणित भै सकेको छ । र अहिले भैरहेको स्थानिय निकायको दोस्रो चरणको निर्वाचन पछि अझ बढि सत्य सावित हुने कुरामा कुनै सन्देहः छैन । राजालाई दान, भेटी चडाएर राजाको “कु” लाई अनुमोदन गर्ने र प्रतिगमन आधा सच्चियो भनेर सरकारमा जाने माधव कुमार नेपाल र उनकोे पाटीले नै लोकतन्त्र राजामा सुम्पने वातावरणमा वल पु¥याएको थियो कि थिएन ? २०६२÷६३ को जनआन्दोलनको मार्फत २४० वर्षे राजतन्त्रको अन्त्य गर्ने पार्टी र त्यस पार्टीका कार्यकर्ता र नेतालाई लोकतन्त्र राजदरवारमा हस्तान्तरण गरेको भनि लगाएको आरोपमा नै गम्भिर खोट देखिन्छ । किनकी राजतन्त्रको अन्त्यको ऐतिहासिक आन्दोलनको नेतृत्व कांगे्रसलेनै गरेको थियो । के यो यथार्थलाई तपाई स्वीकार गर्न सक्नुहुन्न ? तपाईको लेख धेरै पुर्वाग्राही र कुटिल रहेको प्रष्ट देखिन्छ । मैले विदेशवाट फोनमा घर परिवारलाई रुखमा भोट हाल्नु भने भन्नु भयो तर प्रत्येक शब्द शब्दमा कांग्रेस प्रति एकांकी र मनगणन्ते शैलिवाट कमजोर मात्र देखाउनुले के संकेत गर्दछ भने तपाईको राजनैतिक आस्था एमाले प्रति तर कांग्रेस वनेर स्थानिय निकायको दोस्रो निर्वाचनको मुखमा कांग्रेसलाई नै दोषी ठहराएर ने.का. पार्टी प्रति वितृष्णा पैदा गर्ने कुटिलता घाम जस्तै छर्लङग छ । होईन तपाई साच्चिकै कांगे्रस हो भन पाटीले यति विघ्न कमि कमजारी गरेको जान्दा जान्दै घरपरिवारलाई रुखमा नै मतदान गर्नु भन्नुले तपाई विवेकहिन मानिस हो भन्ने प्रमाणित गर्दछ । 
प्रदिप जि ले खुल्ला पत्रमा धेरै विषयहरुको उठान गर्नुभएको थियो । तर कतिपय विषयको उत्तर दिन नसक्नु तर्पाईको पत्रको कमजोरी देखियो । प्रदिप जि ले पत्रमा एमाले पटक पटक सरकारमा गएको भन्नु भएको थियो । उहांले पनि मदन भण्डारीको धर्मपत्नि रक्षामन्त्री हुदै हाल राष्ट्रपति समेत भएको कुरा लेख्न छुटाउनु भएको थियो । यसलाई पनि स्मरण गराउदै तपाईसंग प्रश्न सोध्न चाहन्छु कि किन आज २५ वर्ष पुग्दा पनि मदन भण्डारीको हत्यारा एमालेले पत्ता लगाउन सकेन ? के मदन भण्डारी र बृद्ध भत्ता एमालेको चुनावी पुजि मात्र हो ? जुन निर्वाचनको समयमा मात्र उठाउनुपर्ने ? यसैको व्याजमा एमाले पार्टी कतिन्जेल टिकीरहने हो । 
सागर जी, तपाईले अहिलेको सरकारलाई बदनाम सरकार भन्नुभयो । जुन सरकारले २० वर्ष सम्म हुन नसकेको स्थानिय निकायको निर्वाचन गरायो । ओलीको पालामा रहेको ०.७९ प्रतिशतको आर्थिक बृद्धिदरलाई वढाएर ७ प्रतिशतको हाराहारी पु¥यायो । संविधान संसोधन मार्फत आधा जनसंङख्याको प्रतिनिधित्व गर्ने मधेसी समुदायलाई राष्ट्रिय राजनितिको मुल धारमा ल्याउने प्रयास ग¥योे । यस्तो सरकार असक्षम हुने भए तपाईको परिभाषामा कस्तो सरकार हुने हो सक्षमताको ? केपी ओली जस्तो व्यत्तित्व भएको नेताले ने.का. जस्तो पार्टीलाई क्षुद्र र अशिष्ट शव्द प्रयोग गरिएको अभिव्यत्तिलाई तपाईले विभिन्न विशेषणवाट चोख्याउने जुन प्रयास गर्नु भएको छ । यसको जति निन्दा गरे पनि कमि हुन्छ । एउटा कमजोरीे लुकाउन अर्काको कमजोरीको खोजि गर्नु भनेको निच विश्लेषणको पराकाष्ठ भन्दा अरु केही हुनै सक्दैन । आखिर कमजोरी जसले जहांवाट गरे पनि कमजोरी नै हुन्छ त्यो । तपाईले एउटै देशमा रहेका मधेशीहरुलाई संविधान विरोधी भनेर जुन निष्कृष्ट उपमाको तक्मा भिराईदिनुभयो । यसले पछि तपाई पछुताउनु भन्दा बाहेक केही हुदैन । किनकी मधेशमा बस्ने मधेशी पनि पहाडीया भन्दा कम राष्ट्रवादी छैनन् । हैन भने सुस्तामा मिचिएका जग्गा र कन्चनपुर साथै तराईमा भारतले मिचेको सिमानाको विरुद्ध कुन पहाडियाले प्रत्यक्ष रुपमा मुकाविला गरेका छन् ? गरेका छन् त तराईमा वस्ने नेपालीले नै गरेका छन् । सागर जि तपाईले केपी ओलीलाई गालि गरेर कांग्रेसको साख फर्कदैन भन्नु भएको छ । हो कसैले कसैलाई गालि गरेर कसैको साख फर्कदैन भन्ने जान्ने तपाईले केपी ओली ले पनि ने.का. लाई यो पार्टी कसरी एमालेको पछि पछि आयो र अझै पनि कांग्रेस भन्ने पाटी रहेछ भन्ने अपमान गर्दैमा एमालेको पनि साख माथि जान सक्दैन भन्नेमा हेक्का राख्नुपर्ने होईन र ? 
तपाईले ने.का. को पार्टी कार्यलयमा विपिको तस्विर निकालेर मोहन वैद्यको राखे हुन्छ भन्नु भएको रहेछ । ने.का. आजसम्म वि .पि. कै तस्विर फ्याक्ने अवस्थामा पुगेको छैन । वि.पि कांग्रेसका मात्र हैनन देशकै सम्पत्ति र पुंजि हुन् । तर कुनै वेला एमालेले आफ्नो पार्टी कार्यालय वल्खुवाट माक्र्स लेनिन र माओको तस्विर हटाएर अमेरिकी राजदुतको स्वागत गरेको विषय विर्सनु भयो ? आफ्नो आङगमा भैसी हिडेको नदेख्ने अर्काको आङगमा जुम्रा हिडेको देख्ने उखान सायद तपाई जस्ता मा लागु हुन्छ होला ।
सागर जि तपाईले प्रदिप जि लाई ओलीको कामले लघुताभास भयो भन्ने गम्भिर आरोप लगाउनुभयो । तर यस्तो होईन । ने.का.का पालामा सरकारले लिएको खुल्ला अर्थनिती वैङ्क, स्कुल, संञ्चार , स्वास्थ्य क्षेत्र आदिलाई निजि क्षेत्रलाई लगानी गर्ने वातावरण सिर्जना गरेको विषयमा उहांलाई गर्व भयो होला । आज नेपालीका छोराछोरीहरु अन्र्तराष्ट्रिय स्तर मा प्रतिष्पर्धी वन्ने अवसर सिर्जना गर्नु, सुट टाई लगाएर चिटिक्क पर्दै बैंङकिङ क्षेत्रमा काम गर्ने वातावरण सिर्जना गर्नु, आज तपाईहरुका हात हातमा मोवाईल, टोल टोलमा स्वास्थ्य चौकीको व्यवस्थाको जगमा उठेको विकासवाट सारा नेपाली प्रेरित भएको देखेर प्रदिप जि मा आत्मगौरव बढेको हुनुपर्छ । विश्व बैंङको प्रतिवेदनमा नेपालको आज सम्मको शासन अवधि मध्ये २०४८ देखि २०५१ सम्मको समयलाई उत्कृष्ट भनी प्रतिवेदन दिनुले पनि देशको विकासमा कांग्रेसको त्यो वेलाको सरकारको कार्यकाल स्वर्णिम भएको प्रमाणित गर्दछ । 
एमालेको पहाड जोडिदा मधेश अखण्ड हुने र मधेश मात्रको क्षेत्रलाई प्रदेश वनाउदा मधेश टुक्रिन्छ भन्ने सोच नै आतिवादी र विखण्डनकारी सोच हो भन्ने लाग्छ । अहिले मुलतः पुरानो नाम र स्वरुप मात्र परिवर्तन गर्न खोजिएको मात्र हो तर यसलाई किन ज्यादै अतिरञ्जित किसिमवाट प्रचार गरेको छ एमालेले ? २०१८ सालमा राजा महे्न्द्रले १४ अञ्चल ७५ जिल्लाको निर्माण गर्दा हिमाल पहाड संग नजाेिडएका २२ जिल्ला, त्यसै गरी लुम्विनी, राप्ति, , नारायणि, भेरी अञ्चल पनि त सवै भारत संग मात्र जोडिदा के भयो र अव के हुन्छ ? मधेश र पहाडमा वितृष्णा सृजना गरेर मधेशीलाई पृथकतावादी सोचको विकास गराउने वातावरणको सिर्जना कसले गरीरहेको छ ? सागर जि निसंकोच भनिदिए हुन्छ एमाले ले र एमाले भित्र पनि के.पी ओली ले । ताक परे तिवारी नत्र गोतामे भने झै २०२८ सालमा भान्साभित्र खाना खादै गर्दा टाउको निहुराएको अवस्थामा ढोका बाट झ्याप्पै भित्र पसीे टाउको छ्प्काएर राजनिति सुुरु गरेका के.पी ओली, अनि २०४८ सालमा काग्रेस को एकमना सरकारका विरुद्ध काठमाडौ का रेलिङ भाच्ने एमाले साथै ४०३ मेगावाटको अरुण तेस्रो परियोजना बनाउन नदिन विश्व बैँक लाई पत्रचार गर्ने एमाले के राष्ट्रवादी हो ? यसका वारेमा किन खुल्ला पत्रमा उच्चारण समेत गर्न सक्नुभएन ? २०४५ सालमा भारतले नेपाललाई नाकावन्दी लगाउदा ने.का.का नेता कृष्ण प्रसाद भट्ठराई ले वार्ता गरी नाकावन्दी खुलाएको विषयलाई पत्रमा नखुलाई केवल सुशिल कोइरालाको पालामा भएकोे नाकावन्दीको मात्र वकालत गर्नुले तपाईमा कती पुर्वागा्रही भावना रहेछ भन्ने प्रमाणित हुन्छ । २००७ सालको राणा शासनको अन्त्य, विर्ता उन्मुलन, राजारजौटा उन्मुलन, २०४६ को ऐतिहासीक पञ्चायत विरुद्धको आन्दोलन, २०६२।६३ को जन आन्दोलन का साथ साथै २४० वर्षिय राजसंस्थाको अन्त र ६० वर्ष देखी नेपाली जनताले आफ्ना जन प्रतिनिधि मार्फत आफ्नो संविधान आफै निर्माण गर्ने चाहाना स्वरुप गठित भएको संविधान सभा मा एमालेका माधव कुमार नेपाल र झलनाथ खनाल ले नेतृत्व लिदाँ पनि पुरा गर्न नसकेको काम ने.का.का तत्कालिन सभापति शुशिल कोइराला मार्फत संम्पन्न भएको ऐतिहासिक उपलब्धी तपाईको खुल्ला पत्रमा लेख्न लाज लाग्यो हैन ? 
सागर जी पछिल्लो नाकावन्दी को यो विषयलाई पनि हामिले राम्रो सँग वुभ्नु पर्दछ । संविधान जारी गरेपछि सहमति अनुसार सरकार छोड्न पर्ने थियो र त्यति वेलामा नै मधेशवादी दलले संविधानमा आफ्ना हक अधिकारहरु पर्याप्त नभएको भनि आन्दोलन गरे । भारतले अघोषित रुपमा सिमामा नाकावन्दी ग¥यो सुरक्षाको कारण देखाई । तर अहिले विगत सम्झदा धिक्कार लाग्छ सागरजी । त्यती बेला शुशिल कोइरालाको नेतृत्वमा रहेको सरकारले त्यो असहजतालाई सहजता तर्फ उन्मुख गराउने प्रयास गर्दा गर्दै त्यस्तो विषम परिस्थितीमा पनि देश राष्ट्रका सामु एक भएर उभिनु पर्ने घडीमा एमालेले एक मिनेट पनि सत्तामा बस्न नदिइकन राजिनामा दिन वाध्य वनाएको हो की हैन ? उतिवेला एकछिन पनि सरकारमा बस्न नदिने एमालेले अहिले प्रचण्डले राजिनामा दिदा गलत भयो भन्नुको पछाडि के रहस्य छ ? तपाई जस्तो विश्लेषकले बुझ्नु नै हुन्छ होला ? के तपाईको शब्दमा भन्ने हो भने त्यो नाकावन्दी केपी ओलीले नै खुलाएका हुन त ? पटक्कै होईन दूलालजी । किनकी त्यो नाकावन्दी लगाउनुको प्रमुख उदेश्य मधेशवादी दलका माग पूरा गराउने भन्ने थियो । सुशिल कोईरालाको नेतृत्वको सरकारले जाँदा जाँदै संविधान सभामा संविधान संसोधनको प्रस्ताव दर्ता गराएर सत्ता छोडेको थियो । र त्यसको बलमा नाकावन्दी खुलेको कुरा तपाई जस्तो सचेत नागरिकले विर्सनु हुदैनथ्यो । तर जस गयो कसलाई के पि ओलीलाई । ,जसरी ने.का.को सरकारले २०४८ सालमा सरकारी जिर्ण उद्योग र कम्पनीहरु लाई निजिकरणमा लैजाने निति लियो । शिक्षा स्वास्थ्य सडक विजुली संञ्चारमा उल्लेख्य काम गरेको थियो र देशको आर्थिक वृदिदर र राजश्वमा वृदि भइरहेको थियो । त्यसै समयमा ने.का.का केही ३६ से सांसदका कारणले वहुमतको सरकार ढल्यो र देशमा मध्यावधी निर्वाचन भयो । ने. का. को आन्तरिक कलहको फाइदा लिदै एमाले संसदमा ठुलो दल बन्नु वाहेक काग्रेस भन्दा अगाडी आउन सकेको छैन् । र अल्पमतको सरकार बनाउने सौभाग्य पायो । त्यति वेलाको एमाले सरकारले वृद्ध भत्ता बाडेर लोकप्रियता हांसिल गर्यो । यो सत्य विषय हो । तर त्यो वाहेक एमालेले अरु के त्यस्ता अविष्मरणिय काम गर्यो देश र जनताका लागि ? देशका ज्येष्ठ नागरिकको सम्मान र सुरक्षा दिनु राज्यको दायित्व हो तर के एमाले त्यही एउटा नारामा कतिन्जेल राजनिति गरिरहने हो ? एउटा राजनैतिक दल निश्चित सिद्धान्त र आदर्शमा चल्नुपर्छ ।तर आज २० वर्षसम्म पनि एउटै वृद्ध भत्ताको मात्र नारा रगटेर कतिञ्जेल कांग्रेससंग प्रतिष्पर्धा गरीरहने होे एमाले ले ? त्यस्तो कार्यक्रम पक्कै पनि ने.का.को सरकारले गर्न सक्थ्यो तर कांग्रेसले अल्पकालिन भन्दा पनि दिर्घकालिन सोचलाइ मुल मन्त्रको रुपमा लियो । ने.का.को सरकार हुदा पटकपटक अर्थमन्त्री बनेका रामशरण महत विश्व समुदायले स्विकार गरेको एउटा अन्तराष्ट्रिय संस्थाको सर्वेक्षण र मतका अनुसार विश्वकै सफल अर्थमन्त्रीमा छनौट हुनु भयो । जसले ने.का.को आर्थिक निति विश्वकै उत्कृष्ट थियो भन्ने प्रमाणित गर्दैन र ? तपाइ जस्ता विद्रोही भावना भएका विश्लेषकले यस सत्यलाइ पनि स्विकार गर्न सक्नुहुदैन होला । तपाईको लेखमा कम सत्यता र यथार्थता वढी काल्पनिक र मनगणन्ते विषयहरु समावेस भएको पाईन्छ । 
तपाइले म विदेशी भुमीमा आउनु पर्यो भन्ने गुनासो पनि कागे्रससँगै जोड्रेर गर्नु भएछ । ने.का.को सरकारले कक्षा १० सम्म निशुल्क शिक्षा प्रदान गर्ने निति लियो । अहिले स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्मा पनि धेरै महङ्गा उपचारहरुलाई निः शुल्क गराउदै जानु भएको छ । 
मानिसको जिवनमा शिक्षा र स्वास्थ्य निशुल्क भएपछि किन विदेश जानु परयो दुलाल जि । आजसम्म मैले नेपालमा जनता भोकमरी लागेर मरेको सुनेको छैन । दुई गास खानलाई नेपाली धर्ती नै पर्याप्त छ । नेपाल कृषी प्रधान देश हो । नेपालका वाझा जमिन छाडेर धेरै पैसा कमाउने लोभमा तपाई विदेशिनुमा ने.का.को के दोष हुन्छ र ? तपाईको उमेर र शिक्षा मैले थाहा पाउन सकिन के भारतियले नेपालमा चना चटपट वेच्न हुने, जुत्ता चप्पल बटुलेर गुजारा टार्न हुने , वाटोमा अलकत्रा तताएर काम गर्न हुने अनि तपाई नेपालमै वसेर ति काम गर्न नहुने ? किनकी तपाईलाई लाज लाग्यो हैन् विश्व समुदाय एउटै आगन जस्तो भयो । जो जहा गएर पनि काम गर्दा केही हुदैन । आफ्नै योग्यता र क्षमता अनुसारको काम गर्ने हो । ने.का. ले प्रदान गरेको निः शुल्क शिक्षा नलिई तपाई गुच्चा खेल्नु भयो की , गुदेलि खेलाएर हिड्नुभयो त्यो वेला ? अनि तपाई अवसरको सदुपयोग नगर्ने कांग्रेसलाई मात्र दोष दिने ? रेडियो, टिभी, र पत्रपत्रिकामा सुन्न र देख्न सकिन्छ की डिग्री पढेकाले जागिर छोडेर खेतिपातीमा लागेर वर्षकै लाखौं कमाए भन्ने सुनिन्छ । अनि तपाई नेपालमा वसेर भैसी चराएर दुध वेच्दा सानो वन्नुहुन्छ ? तपाई आफै भैसी चराउनु भन्दा उँटको हली हुनमा गर्व गर्नुहुन्छ भने यसमा ने.का.को के दोष छ र ? 
दुलाल जि ले भरतपुरमा मत पत्र च्यातेको विषयमा मौनताको कुरा उठाउनु भो । के ने.का. जस्तो पार्टीले मतपत्र च्यातेको विषयमा संवैधानिक अंगका रुपमा रहेको निर्वाचन आयोगको कार्य क्षेत्रमा नाङगो हस्तक्षप गर्न सुहाउछ ? के पुन ः मतगणनाको माग गरीदिएमा ने.का. राम्रो हुने र पुनः निर्वाचन भए तपाईको नजरमा कांग्रेस नराम्रो हुने हो ? तपाईको वुझाईमा कांग्रेसले के गर्दा राम्रो हुने र के गर्दा नराम्रो हुने हो ? पत्रमा प्रष्ट झल्किएन सागर जि ? २०५४ सालमा वागगलुङको अमलाचौरमा एमालेले गरेको ताण्डव तपाईका लागि राम्रै होला हैन ? २०५१ सालको मध्यावधी निर्वाचनमा रामेछाप क्षेत्र न. १ मा एमालेका देव शंकर पौडेल पराजित हुने अवस्थामा एमालेका प्रतिनिधीले मत गणना स्थलमानै १९ वटा मत पत्र मुखमा राखी चपाएर निलीदिएपछी पुन मतदान हुदा नेपाली कांग्रेसका उमेद्वार लक्ष्मण प्रसाद घिमिरेलाई ११ मतले हराईएको त्यो कालो नजिरले अहिले तपाईलाई भतभती पोलेकै होला । तपाईले भरतपुरमा मतपत्र माओवादीले च्यातेको भन्नुभयो । के तपाई मतपत्र गणना गर्दा भित्रै हुनुहुन्थ्यो ? अनि कसरी भन्नुभयो ठोकेर माओवादीले मत पत्र च्यातेको । यसवाट के भन्न सकिन्छ भने तपाई एमाले पार्टी को हनुमान हो भन्ने प्रमाणित हुन्छ । धैर्य गर्नुस दुलाल जि निर्वाचन आयोगले छानविन समिति गठन गरेको छ ,। त्यसपछि थाहा भै हाल्छ के हो भन्ने ? तर वाहिरवाट सरसर्ती हेर्दा ४००० मतको अन्तर हुदा त माओवादीले मतपत्र च्यात्न परेन तर मतान्तर ७०० को वरीपरि हुदा र कांग्रेसको गढ मानिएको वडा नं २० गणना गर्न वाकी हुदा किन माओवादीलाई मतपत्र च्यात्नुपर्ने आवश्यकता परयो ? मतान्तर क्रमश साघुरिदै जादा को परिणाम त होईन यो ? त्यसैले सवैका आ आफ्ना तर्क हुन्छन् त्यसैले निर्वाचन अयोगको निर्णय कुरौ भनेको ।
तपाईले चीन संगको पारवहन सन्धिमा कांग्रेसलाई किन टाउको दुख्यो ? भन्नु भएको रहेछ । यस विषयमा कांग्रेसलाई टाउको दुखेको छैन सागर जी गर्व महसुस गरेको छ । किनकी ने.का. रहेको सरकारका प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण र संसदमा उक्त सन्धिका विषयमा स्वयमं प्रचण्डले प्रतिवद्धता व्यक्तगरीसकेका छन् । तपाईले संसदमा प्रचण्डले वोलेको रेकर्ड खोजेर सुन्न सक्नुहुन्छ । किन यस्तो विषयमा भ्रमको खेती गर्ने प्रयास गरीरहनु भएको छ ? 
तपाईले केपी ओलीको लोकप्रियता वढेको कुरा गर्नुभएछ । सोझा जनतालाई तत्काल हुदै नहुने शब्द जालमा राखेर लिएको लोकप्रियता क्षणिक हुन्छ भन्ने पनि बुझ्नुभएको होला । जसरी माओवादिकोे फुस्रा नाराले २०६४ सालको चुनावमा जनता झुक्एि र त्यसको परिणाम ६ वर्ष पछि २०७० सालमा देखियो । अहिलेको एमाले पनि त्यस्तै हो दुलाल जि । पछिल्लो उदाहरणको रुपमा भारतको आम आदमी पाटीलाई लिन सकिन्छ ।
मान्नुस त दुलाल जि तपाई वाटोमा विरामी भएर छटपटाई रहेको वेलामा तपाई लाई ५ तोलाको हार लगाई दिउ कि अस्पताल पु¥याई दिउँ भन्दा के रोज्नुहुन्छ ? पक्कै अस्पताल । अस्पतालवाट निको भए पछि तपाईले कमाउनु होला अनि ५ तोलाको हार मात्र हैन वंगला बनाउनुहोला, कार चड्नु होला अनि मोज मस्तिमा रमाउनुहोला, हो त्यस्तै हो केपी ओलीको अहिलेको बोली ।
चरम लोडसेडिङको समय र जनता ग्यास नपाएर भौतारी रहेको वेलामा, पेट्रोल नपाएर तड्पिएको वेलामा घरघरमा ग्यासको पाईप , हावा वाट विजुली र पानी जहाजका कुरा हावा र वेतुकको हुन्छ की हुदैन ? आज नहुने कुरा वोलि दिने पछि २०÷३० वर्ष पछि यही नारा कसैले उठाएमा आज भन्दा २०÷३० वर्ष अगाडी केपि ओलिले भनेका थिए भनेर अहिले पनि र पछि पनि नारा बनाईरहने हो एमालेले ? यसलाई तपाईले भिजन भन्नुहोला तर वर्तमान नेपालको सन्दर्भमा धेरैले हावा कुरा भन्दा हुन् । 
त्यसो भए त चन्द्रमामा जाने हो मंगल ग्रहमा धान फलाउने हो भने त भै हाल्यो नि । पछिका पुस्ताले यो पनि गर्लान नि भोलि भोलि । जस्तै २०० वर्ष अगाडी विल्भर राईट र ओलविर राईटले जहाजको परिकलपना गरे जस्तो । तर यस्ता हावा कुरा कांग्रेसले गर्दैन र गर्न पनि सुहाउदैन किनकी नेपाली कांग्रेस जे गर्छ त्यही बोल्छ र जे गर्न सक्छ त्यही मात्र बोल्छ ।
तपाई अहिलेको प्रथम चरणको निर्वाचन परिणाम देखेर निकै हौसे जस्तो लाग्यो । केपी ओली र एमालेका कार्यकर्ताहरु पनि हौसेका जस्ता देखिन्छन् । तर वास्तविकता त्यस्तो छैन दुलाल जी । २०५४ सालको स्थानिय निकायको निर्वाचनमा ६५ प्रतिशत स्थानिय निकाय एमालेले जितेको थियो र कांग्रेस जम्मा ३० प्रतिशत स्थानमा । तर अहिले एमाले ४१ प्रतिशत र कांग्रेसले ३८ प्रतिशत स्थानमा जित हात परेको छ । वा १.५ प्रतिशत जनमत मात्र एमालेको पक्षमा बढि देखिएको छ । तपाईले पत्रमा उल्लेख गरेका कमी कमजोरीहरुका वावजुद पनि । चुनाव कुन क्षेत्रमा भयो र कुन क्षेत्रमा हुदै छ भन्ने कुराले पाटीलाई अन्तिम परिणाम आइन्जेल ठुलो र सानो वनाउछ । अहिले नै दोस्रो चरणको निर्वाचन नहुदै कांग्रेस पराजित भैहाल्यो भन्ने ओली र तपाईको मुल्याङकन निकै सतही रहेको पाईन्छ । ७४४ स्थानिय निकाय मध्ये जम्मा २८३ स्थानमा निर्वाचन सम्पन्न भयो र अझै ४६१ स्थानमा निर्वाचन हुनै वाकी छ । वाकी रहेको तराई क्षेत्र जुन ने.का.को भोट बैंकको रुपमा मानिन्छ । दुलाल जि निर्वाचन पछि ने.का. पहिलो दल हुने सम्भावना प्रचुर छ किनकी सवै निर्वाचनका इतिहासहरु र आज सम्मका निर्वाचनमा ने.का.ले तराई मधेश वाट प्राप्त गरेको जनमत केलाउदा । हुनत अन्तिम फैसला गर्ने त जनता जनार्दन नै हुन् । यदी दोस्रो चरणको निर्वाचन पछि कांग्रेस ठुलो दल भयो भने के हुन्छ एमाले ?
पहिलो चरणमा २० सिटले कांग्रेस पछि पर्दा केपी ओलीले कांग्रेस कुम कुम सम्म आयो भनि रहदा र यदी कांग्रेस ३०÷३५ सिटले एमाले भन्दा बढि भयो भने उहाकै शब्द सापटी लिदा के एमालेलाई कुरकुच्चा सम्म आयो भन्ने देउवाले ? अहं होइन हामी यसको पनि विरोध गर्दछौ । कांग्रेसले कदापी त्यस्तो भन्दैन र भन्न पनि हुदैन किनकी लोकतन्त्रमा हारजित स्वभाविक प्रकृया हो भन्ने कांग्रेस र कांग्रेसका नेताले राम्रो संग बुझेका छन् । र इतिहासमा दुई तिहाई ल्याएको पार्टी र पटक पटक वहुमत हांसिल गरेको पार्टीले २०६४ को प्रचण्ड र अहिलेको जस्तो के.पी ओली वनेन किनकी वि.पि. कोइरालाले देश विकासका लागी वलियो प्रतिपक्ष चाहिन्छ भन्नु हुन्थ्यो । 
सागर जी तपाईले २५ वर्षमा ने.का. सरकारमा धेरै बस्यो भन्नुभयो ।त्यो पक्कै सत्य कुरा हो तर दिनको हिसावले ने.का. एमाले भन्दा धेरै सरकारमा रह्यो होला । तर एमाले पनि त्यतिनै समय सरकारमा रहेकोछ तर एमालेले देशलाई दुरगामी उपलब्धी हुने के त्यस्तो राष्ट्रिय महत्वको काम गरेको छ ? तर इमान्दारिका साथ भन्नु पर्दछ माओवादीका वावुराम भट्राई छोटो समय सरकारमा रहदा पनि केही राष्ट्रिय गौरवका आयोजनाहरु अगाडी वढाएका थिए । जुन भोलिको देश निर्माणका लागि कोशेढुङ्गा सावित हुनेछन् ।
हो तपाईले भनेका केही कुराहरु यथाथ र सत्य छन् नेपाली कांग्रेसले आफ्नो कार्यशैली र व्यवहारमा सुधार गरी आफुलाई अझ वढि लोकतान्त्रिक बनाउनु पनि तड्कारो आवश्यकता छ । तर यसको अर्थ तपाई र के.पी. ओलीले भने जस्तो कांग्रेस सिद्धिएको र पछि परेको छैन । कांग्रेस दुवो जस्तो पार्टी हो जसलाई जसले जति उखलेर फाल्ने प्रयास गर्दछ त्यति नै मौलाएर झन झागिंएर आउछ । जसरी विगतमा राणा,राजा माओवादी र वर्तमानमा एमालेले सिध्याउन कुटिल चाल चालिरहेको छ । एउटा कम्मलले जाडो जादैन भने जस्तै एउटै निर्वाचनलाई आधार लिएर विश्लेषण गरीयो भने ठुलो भुल हुनेछ सागर जी । कांग्रेस प्रतिको तपाईको पुरै नकारात्मक सोचमा परिवर्तन गर्न‘ु पर्ने आवश्यकता मैले महसुस गरे । मेरो स्वभाव वा आग्रहलाई तपाईले कसरी लिनुहुनेछ त्योे तपाईको व्यक्तिगत विषय हो । हवस अहिलेलाई मेरो कलम बन्द गरें ।

तपाईको हितैषी मित्र
विश्व मोहन पौडेल 
पोखरा लेखनाथ महानगरपालिका वडा न. ३० पावरहाउस वादलचोक कास्की

June 26 at 12:13pm 

Monday, November 6, 2017

प्रतिनिधि र प्रदेश सभा निर्वाचन नजिकिदै गर्दा पो.ले.म.न.पा वडा नं २३ मा ने.वि.संघ गठन हुने।

तमाम काङ्ग्रेस प्रेमी युवा साथै विधार्थी साथिहरुलाई एकीकृत र विचलित काङ्ग्रेसको वर्तमान अवस्था लाई सुराजनिति रुपमा विकास गर्दै  संगठनात्मक र भावनात्मक रुपमा विस्तार गर्नुको साथै मंसिरमा हुन गहिरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तरक्रिया,प्रचारप्रसार एवंम युवा सहभागीता बढाउने  मुल उदेश्यका साथ यहि मिति २०७४ कात्तिक २५ गते शनिवार नेपाली काङ्ग्रेसको भातृ संगठन ने.वि.संघ पो.ले.म.न.पा वडा नं २३ गठन गर्नु पर्न नितान्त आवस्यक रहेको हुनाले यहि सन्देश/निमन्त्रणा लाई नै आधार मानि सम्पुर्ण वडा नं २३ वासी प्रजातान्त्रिक मन एवंम अग्रजहरुले आफुलाईनै आयोजकको रुपमा स्वीकार गरि विधिवत रुपमा कार्यक्रम समापन गरि आफ्नो कर्तव्य र जिम्मेवारि बोध गरिदिनुहुन विनम्र अनुरोध गर्द्छु।
#जय_नेपाल।
स्थान : ठुलाखेत भवन।
मिति: २०७४ कात्तिक २५ गते शनिबार
समय : विहान ७ बजे।
सम्पर्क नं : 9817107707,9824177239

Sunday, November 5, 2017

नेपाली कांग्रेस कास्की क्षेत्र नं तिन प्रतिनीध र प्रदेश सभा उमेद्वारमा सुक्रराज शर्मा,क. शारदा पौडेल,ख.शिकन्दर गुरुङ ।

यहि मंगसिर १० र २१ गते हुन गहिरहेको प्रदेश र प्रतिनिधि तहको निर्वाचनमा नेपालि कांग्रेसको तर्फबाट प्रदेश नं ४ कास्की जिल्ला क्षेत्र नं ३ को प्रतिनिधि सभा उमेद्द्वारको रुपमा विकाश प्रेमी निष्ठावान नेता सुक्रराज शर्मा मनोनीत हुनुभएको छ l सामाजीक फेसबुकमा उहाको भूमिका प्रष्ट पार्दै विशाल पौडेल लेख्नुहुन्छl
"अरु क्षेत्रबारे टिप्पडी नगरौं...प्रखर वक्ता, आध्यातमिक साधक एवम् शक्तीका केन्द्र आदरणिय हजुरबुवा शुक्रराज शर्माले टिकट पाए पश्चात क्षेत्र नं ३ कास्कीमा नेपाली काग्रेँसको प्रभुत्व फेरि पनि फर्किने निश्चित प्राय छ। पोखराका फाट देखी माछापुच्छ्रे-अन्नपूर्णका काखमा रहेका दुर्गम वस्तिहरुमा उहाँको जनलहर प्रस्ट छ। ४६ साल पश्चात १७ वर्ष सम्म कास्की काग्रेंसलाई कुशल नेतृत्व दिनु चानचुने कुरा थिएन। मजबुत संगठन...युद्धका सिपाही जस्ता कार्यकर्ता अनि कास्कीको केन्द्रिय राजनितिमा पहुच अदभूत थियो। नेतृत्वको संकृण सोच अनि शुक्रराज बुवाको विस्तार हुदै गरेको राष्ट्रिय छवि संग डराएर नियतवश पार्टी भित्र भूमिका विहिन सम्म बनाउने खेल भए।महाभारतमा युधिश्ठिरले शकुनीका जाली पाशा स्विकारे। त्यस्तै शुक्रराज बुवाले पनि सबै कुरा बुझ्दा बुझ्दै पनि ति स्विकार गर्नु भयो। राजनितिको धर्म नै त्यहि थियो। मेलमिलाप र सहमती नै राजनैतिक धर्म हो। हाम्रा लागि नेपाली काग्रेंस एउटा राजनैतिक संगठन मात्र होला। तर शुक्रराज बुवाको लागि नेपाली काग्रेंस एउटा संगठन मात्र होइन यो त उहाँको जिवन हो। अझ कास्कीका गाँउघरमा पञ्चायतको अधेरा दिनहरुमा क्रान्तीको विगुल फुक्ने देखी राजाको प्रतिगमनमा पोखराको चोकहरुमा आन्दोलनको नेतृत्व लिनु उहाँको नियति रहयो। अवसरवादी कम्युनिष्टहरुको "अप्रत्यासित" तालमेलले लोकतन्त्र नै खतरामा परेको यस विषम घडीमा उहाँको उम्मेदवारीले नेपाली काग्रेँसका कर्मठ एवम् संघर्ष़शिल कार्यकर्तालाई धेरै नै उत्साहित तुलाएको छ।"
यसैगरी  प्रदेशिक सदस्याका लागि नेपाली काङ्ग्रेसको तर्फ वाट कास्की क्षेत्र नं ३ सभा सदस्य क : शारदा पौडेल , ख : शिकन्दर गुरुङ ( भोज बहादुर ) मनोनीत हुनुभएको छ।

प्रदेश नं ४,कास्की क्षेत्र नं ३ संघिय संम्द्सद क्षेत्रीय संरचना निम्न अनुसार छ।
क्षेत्र नं ३ क अन्तर्गत माछापुच्छ्रे गाउपालिका,पो.ले.म.न.पा वडा नं १,२,३,१८,१९ र २५ समावेश छ्न।
क्षेत्र नं ३.ख अन्तर्गत अन्नपूर्ण गाउपालिका,पो.ले.म.ना.पा वडा नं ५,६,२२,२३ र २४ समावेश छ्न।


देशमा प्रप्त संविधानको संस्थागत गर्न,लोकतन्त्रको रक्षाको निम्ति र देश एवंम प्रदेश नं ४ को समृद्धिको निम्ति समग्र नेपालि प्रजातान्त्रिक मन र काङ्ग्रेस जनहरुलाई 
लाई आफ्नो अमुल्य मत रुख चिन्न मा मतदान गरि नेपाली काङ्ग्रेसका उमेदवार लाई अत्याधिक बहुमतको साथ विजय गर्न सहयोग गरिदिन हुन अनुरोध गर्दछौं । जय नेपाल।
#पोखरा लेखनाथ महानगरपालिका वडा नं २३ परिवार।