Friday, August 18, 2017

नेपाली राजनीतिको नवीन कथ्य ।

दुई–तीन महिना अघिको कुरा हो, प्रसिद्ध म्याग्सेसे पुरस्कार विजेता डा.सन्दुक रुइत विश्वका सयजना दूरदर्शी नेतृत्वदायी समूहमा छानिए । क्यानाडामा रहेको ‘अल्बर्ट आइन्स्टाइन फाउन्डेसन’ले मनोनीत  गरेको सय जनाको समूहमा नेपालबाट उनी छानिएका हुन् । 

अर्को रोचक कुरा, सय वर्षअघि आइन्स्टाइनले कल्पना गरेको ‘ग्राभिटेसनल वेभ’लाई सय वर्षपछि वैज्ञानिकहरूले वैज्ञानिक रूपमै पुष्टि गरे । विज्ञानको क्षेत्रमा भएको यस्तो ‘ब्रेक थ्रु’ गर्ने वैज्ञानिक टोलीमा एकजना नेपाली सदस्य पनि थिए– अमेरिकाको ओरिगन युनिभर्सिटीका सुदर्शन कार्की । विश्व स्तरमा आफ्नो सफलताको कथा बुनेका माथिका प्रतिभाशाली व्यक्तित्वहरूले बोकेको नेपालको हरियो राहदानीको कथा भने बेग्लै छ ।

माथिका उदाहरण जस्तै निजी सफलताको कथा बोकेका धेरै नेपाली हुनुहुन्छ होला । तर नेपाल र हरियो राहदानीको चिनारी विश्वमा कस्तो छ भन्ने कुरा हामी धेरैलाई थाहा छ । गत वर्षको असोजमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई हङकङ विमानस्थलमा एक घन्टा थुनियो । हङकङ विमानस्थलको हिरासतमा रहेकै बेला भट्टराईको प्रतिक्रिया थियो– म जस्तो मान्छेलाई त हरियो राहदानीमा यस्तो हुन्छ भने साधारण मान्छेलाई कस्तो होला ? 

बितेको चैत महिनामा फ्लाइ दुबईको विमान खराब मौसमको कारणले मध्यरातमा रद्द भयो । सम्पूर्ण विदेशी यात्रुहरूलाई पाँचतारे होटलमा एक–एकवटा कोठा दिएर राखियो । तर नेपाली यात्रुहरूलाई निकै तल्लो स्तरको होटलको एउटै कोठामा छ जनासम्मलाई खाँदेर राखियो । प्रमाणित इतिहासको १६ सय वर्ष व्यतित गरेको स्वतन्त्र नेपाल र स्वतन्त्र नेपालीको चिनारी किन यस्तो भयो ?

राष्ट्रिय अपमान, असमानता र हीनताबोधको राहदानी बोकेर अन्तर्राष्ट्रिय श्रम बजारमा हिंडेका नेपाली हुन् वा अन्तर्राष्ट्रिय प्रतिभा हासिल गरेका नेपाली– झन्डै सय वर्षअघि जापानीहरूले रचना गरेको प्रसिद्ध ‘सांघाई मिथ’ अर्थात ‘चाइनिज र कुकुरलाई भित्र पस्न मनाही छ’ भन्ने कुख्यात उक्तिलाई उल्टाउँदै चीन आज विश्वकै समृद्ध मुलुकमा उक्लियो भने हामी विश्वमा अपमानित नेपाली बनेर चिनिएका छौं । मुलुकको यस्तो दुरावस्था हुनुमा हाम्रो राजनीतिक प्रणालीले सही दिशा समात्न नसकेर हो भन्ने कुरामा कुनै द्विविधा छैन । किनभने कस्तो राजनीतिक प्रणाली अपनाउने भन्ने कुराले नै कस्तो राज्य बनाउने भन्ने विषयको निर्धारण गर्छ । राजनीतिक उद्देश्य पूरा गर्नु भनेको पार्टी बनाउनु, चुनाव जित्नु र सरकार बनाउनुमात्र होइन, त्यसभन्दा बढी जनाकांक्षाको सम्बोधन हो । जनाकांक्षाको सम्बोधनको अभावमा राजनीतिक प्रणाली औपचारिक बन्दै जान्छ र राजनीतिले नागरिक विश्वास गुमाउँछ । अहिले हामीले भोगेको समस्या यही हो । समस्याको सही समाधान खोज्ने हो भने हामीले नेपाली राजनीतिमा नयाँ कथ्य (न्यारेटिभ) को सिर्जना गर्नुपर्छ ।

नवीन कथ्यको आधार
जति ठूलो क्रान्ति हुन्छ, त्यति नै ठूलो नागरिक अपेक्षा पनि हुन्छ । जब लोकतन्त्रले उक्त नागरिक अपेक्षाको भुक्तानी भ्रान्तिमार्फत दिन्छ, तब लोकतन्त्रको श्रेष्ठता मात्र भाषणमा खुम्चिन्छ । त्यसपछि राजनीतिक ‘डोमेन’भित्र राजनीति होइन, राजनीतिको नाममा गैरराजनीति बढी हुन्छ, जसको कारणले मूल्य–मान्यताको राजनीति गर्न चाहने व्यक्ति राजनीतिबाट टाढै बस्छ । त्यसैले आजको प्रतिभाशाली युवा जमातलाई राजनीतिप्रति आकर्षित गर्न नेपाली राजनीतिको नयाँ कथ्य सिर्जना नगरी सम्भव छैन । राजनीतिमा नेताहरूको रणनीतिक सोच नभएको तथ्यलाई औंल्याउँदै बीपी कोइरालाले भनेका थिए, ‘यहाँका राजनीतिज्ञहरू बढो साँघुरो दायरामा राजनीति गर्छन्, उनीहरू तत्कालको प्राप्ति मात्र सोच्छन् र लामो अवधिको प्राप्ति सोच्न सक्तैनन् ।’ अर्थात वास्तविक राजनीति गर्न नेपालको राजनीतिक परिवेश नै नबनेको बीपीको बुझाइ थियो । जबसम्म राजनीति ‘आत्मसम्मानको रक्षा र मान्छेको मर्यादाको रक्षा’मा मात्र केन्द्रित हुन्छ, हामी वास्तविक ‘राजनीति’मा प्रवेश गर्नै सक्तैनौं । २००७ सालदेखि नयाँ संविधानको घोषणासम्म हामीले तय गरेको लामो राजनीतिक दूरी र जहाँको त्यही रहेको आर्थिक दूरीको कारण पनि यही हो । मुलुकलाई इतिहासको यो दुश्चक्रबाट मुक्त गर्न ढिलो भइसकेको छ ।

२०४६ सालको आन्दोलनबाट प्राप्त ‘प्रतिनिधिमूलक लोकतन्त्र’लाई २०६३ सालको आन्दोलनबाट ‘सहभागितामूलक लोकतन्त्र’मा रूपान्तर गरेपछि नेपालमा आधारभूत राजनीतिक अधिकारहरू प्राप्त भएका छन् । अब राजनीतिक अधिकार प्राप्तिका लागि पुन: कुनै ध्वंसात्मक संघर्षको आवश्यकता र औचित्य दुवै छैन । तर मूलत: राजनीतिक अधिकार स्थापित गर्न निर्माण भएका राजनीतिक दलहरूले स्थापित राज्यसत्तालाई भत्काउन बनेका दलीय नीतिहरू र उनीहरूको सांगठनिक संरचनालाई पुन:संरचित गरेका छैनन् । अचम्म त के छ भने परम्परागत दलहरूले राज्यको पुन:संरचना, सुरक्षा निकायको पुन:संरचना तथा कर्मचारीतन्त्रको पुन:संरचनाको त कुरा गर्छन्, तर आफ्नै नेतामुखी, कार्यकर्तामुखी र ध्वंसमुखी पार्टी संगठनको पुन:संरचनाको कुरा कहिल्यै गर्दैनन् । जबकि राजनीतिको नयाँ कथ्य निर्माणको लागि सबैभन्दा बाधक तत्त्व यही रहेको छ । किनभने समाजमा राजनीतिको औचित्य सिद्ध गर्ने नै राजनीतिक संरचना र राजनीतिक प्रक्रियाको समुच्चयले हो ।

आज हाम्रो समाजले झेलेको दलीय राजनीतिक संरचना र प्रक्रियाको समुच्चय कस्तो छ ? नेपाली राजनीतिको नयाँ कथ्य निर्माण गर्न यसमाथि विहंगम विमर्शको जरुरी छ । किनभने परम्परागत राजनीतिक दलहरूको संरचनाले सिधै जनताबाट दललाई बलियो बनाउने होइन, बरु समाजकै ‘विशेषाधिकार समूह’द्वारा बलियो बनाउने सोच राख्छन् । नपढाउने शिक्षक र प्राध्यापक, जनतालाई सेवा नदिने कर्मचारी, नपढ्ने विद्यार्थी, उद्योग नगर्ने तर चन्दा दिने व्यापारी, विभिन्न व्यावसायिक संगठन आदि शक्तिहरू राजनीतिक दलका सबभन्दा बलिया खम्बा भएका छन् । एकातिर बेरोजगारीले गर्दा बढ्दो श्रमशक्तिको पलायन र अर्कोतिर दक्ष जनशक्तिको उपयोग नहुनाले ‘ब्रेन’ शक्तिको पलायन हाम्रो नियति बनेको छ । यसलाई रोक्नका लागि सबभन्दा पहिले समाजका ‘रेन्ट सिकर्स’हरूलाई राजनीतिको शक्तिबाट बाहिर निकाल्न अनिवार्य छ ।

हो, राजनीतिक प्रक्रिया अन्तर्गत कुनै समुदाय, सामाजिक संरचना वा मुद्दालाई राजनीतिसँग जोड्नु पनि पर्छ । तर कसलाई जोड्ने र कसलाई तोड्ने भन्ने प्रश्न अहिलेको नवीन राजनीतिक कथ्य निर्माणको आधार हो । प्रत्यक्ष रूपमा जनताबाट भन्दा चाँडो र सहज शक्ति आर्जन गर्न उपयोग गरिएका ‘रेन्ट सिकर्स’हरूको दोहनकारी राज्य बनेको छ– नेपाल । हिजो आधारभूत राजनीतिक अधिकार प्राप्तिको लडाइँमा उनीहरूको उपयोगलाई एक हदसम्म जायज मान्न सकिएला । तर अबको नयाँ लोकतान्त्रिक परिवेशमा पेसागत तथा व्यावसायिक संगठनको राजनीतीकरण आवश्यक छैन । यस्तो अराजनीतिक कर्म मुलुकको समृद्धि र सुशासनका लागि घातक छ । समस्याको युक्तिसंगत समाधान खोज्ने सीप र क्षमता भएको दलले निश्चित स्वार्थ समूहको फाइदाका लागि राजनीतिबाट अलग राख्नुपर्ने संस्थाहरूलाई राजनीतीकरण गर्न आवश्यक छैन । त्यस बाहेक जाति, धर्म, सम्प्रदाय, भाषा, क्षेत्र आदि विषयलाई राजनीतीकरण गर्ने शक्ति पनि यथार्थमा कुनै लोकतान्त्रिक राजनीतिक शक्ति होइन र हुन पनि सक्तैन । 

नवीन कथ्यको निर्माण

सन् ’९० को दशकपछि विश्व राजनीतिमा ठूलठूला तर अनौठा परिवर्तनहरू देखापरेका छन् । पहिलो, सामाजिक आवश्यकताको नाममा मानवीय स्वतन्त्रतालाई कुण्ठित गरेको राज्य नियन्त्रित समाजवादको अवसान भएको छ । दोस्रो, उदार लोकतन्त्रको चरमोत्कर्षले पनि सामाजिक सन्तुष्टि र समाजको विभेदलाई साँघुरो बनाउनुको साटो झन् फराकिलो बनाएको छ । त्यसैले विकल्पको रूपमा स्यामुअल पी. हन्टिङ्टनजस्ता राजनीतिशास्त्र र समाजशास्त्रका धेरै विद्वानहरूले सहभागिता र समुन्नत लोकतन्त्रको चौथो चरणको आरम्भको वकालत गर्दै आएका छन् ।

केही वर्ष अघिको अरब क्रान्ति, म्यानमारको सत्ता परिवर्तन, भारतमा आम आदमी पार्टीको उदय, भर्खरै फ्रान्समा भएको इमानुयल म्याक्रोनको विजयजस्ता घटनाहरूले लोकतन्त्रको नयाँ र चौथो चरणका नयाँ विशेषताहरूलाई उजागर गरेका छन् । यसले विश्वमा बढ्दै गएको उदारवादी लोकतन्त्रको औपचारिक चरित्रलाई परिवर्तन गरेर वास्तविक अर्थात प्रत्यक्ष लोकतन्त्रको नयाँ कथ्य निर्माणमा दबाब उत्पन्न गरेको छ ।

आजको विश्वमा हुने कुनै पनि परिवर्तनबाट हाम्रो मुलुक पनि अछुतो रहन सक्तैन । हामीले संविधानत: प्रतिनिधिमूलक लोकतन्त्रलाई सहभागितामूलक लोकतन्त्रमा रूपान्तरण गरेका छौं । र वास्तवमै अनेक विविधताले भरिएको नेपालको सन्दर्भमा लोकतन्त्रको सहभागितामूलक मोडलले मात्र राजनीतिक स्थिरता, शान्ति र समतामूलक समाजको निर्माण गर्न सक्छ । तर व्यवहारत: यसको कार्यान्वयन हुनसकेको छैन । संविधानमा स्वीकार गरे पनि सहभागितामूलक लोकतन्त्रलाई व्यवहारमा कार्यान्वयन गर्न नसक्नुको मुख्य कारण नागरिक सहभागितालाई सुनिश्चित गर्नसक्ने दलीय र राष्ट्रिय संस्थागत संरचनाको अभाव हो ।

जबकि अबको लोकतन्त्रले कुनै व्यक्ति, समुदाय वा वर्गको ‘वाद’लाई बोकेर हिँड्ने सम्भावना छैन । तर सहभागितामूलक लोकतन्त्रको मूल मर्मलाई आत्मसात गर्नुभन्दा परम्परावादी राजनीतिक दलहरूले कथित विचारको नाममा अमूक ‘वाद’को दास हुने र सांगठनिक रूपमा व्यक्तिवादको अभ्यास गरिरहेका छन् । 

सहभागितामूलक लोकतन्त्रको अर्थ जनतालाई पार्टीसत्ता र राज्यसत्ताको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म प्रत्यक्ष सहभागी बनाउनु तथा पार्टी वा राज्यमा आफूले चुनेको प्रतिनिधिलाई फिर्ता बोलाउन पाउने अधिकार प्रदान गर्नु हो । अब प्रत्यक्ष लोकतन्त्रको यो नवीन कथ्यलाई स्थापित नगरी सुखै छैन ।

राजनीतिले यदि कुनै ‘वाद’लाई बोक्छ भने त्यो राजनीतिक प्रणाली, राजनीतिक उत्तरदायित्व र त्यसले प्रदान गर्ने नागरिक आकांक्षाको सम्बोधन हो । तपाई यसलाई एउटा वादविहीन ‘वाद’ भनेर बुझ्न सक्नुहुन्छ । यो वादविहीन ‘वाद’ले कुनै अमूक राजनीतिक दलको नितान्त फरक चरित्रको माग गर्छ । विधिको संस्थागत पालना, दल र नेताहरूको पारदर्शी कार्यपद्धति, इमानदार र सक्षम नेता वादविहीन ‘वाद’का मुख्य लाक्षणिक तत्त्वहरू हुन् । यो वादविहीन ‘वाद’ले एकातिर निजी क्षेत्रको सिर्जनशीलतालाई कायम राख्न पुँजीवादी बजारतन्त्रका अवधारणाहरू र अर्कोतिर शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षामा राज्यको दायित्व र भूमिकाजस्ता समाजवादी अवधारणाहरूलाई ‘फ्युजन’ गर्छ । र निर्माण गर्छ– लोककल्याणकारी राज्यसहितको समन्वयात्मक बजार अर्थतन्त्र । अहिले मानव विकास प्रतिवेदनको उच्च स्थानमा रहेका ‘नर्डिक’ राष्ट्रहरू पनि विकास र समृद्धिको प्रारम्भिक चरणमा सामाजिक सुरक्षा लगायतका लोककल्याणकारी कार्यक्रमहरू अगाडि सारेर नै आजको अवस्थामा आइपुगेका हुन् ।

अन्त्यमा, हाम्रा दुई विशाल छिमेकी भारत र चीन आर्थिक विकास, जनसंख्या र क्षेत्रफलमा विश्वकै अग्रणी स्थानमा छन् । उनीहरूले दक्षिण एसियाली क्षेत्रलाई विश्वकै शक्तिशाली क्षेत्रको रूपमा माथि उकास्दैछन् । तर हामी अत्यन्तै सामरिक महत्त्वको बिन्दुमा रहेर पनि आफ्नै भूराजनीतिक अवस्थितिबाट अनभिज्ञजस्तै छौं । एकातिर हाम्रो विवेकको सही प्रयोगले अबको शताब्दी हाम्रो शताब्दी बन्न सक्ने सुनौलो सम्भावना छ । अर्कोतिर यही गरिबी र अस्थिरता रहिरह्यो भने आगामी १० वर्षमा हुन गइरहेको दुई विशाल छिमेकीको विकासको बाढीमा बगेर हाम्रो सार्वभौमिकताको औचित्य र अवस्था के होला भन्ने अहं प्रश्नसमेत सँगै उब्जँदैछ । त्यसकारण हाम्रो भूराजनीतिक अवस्थितिले हाम्रो द्रुत विकासका लागि दुवै छिमेकीहरूसँग सन्तुलित सम्बन्ध राख्ने कुरा हाम्रो राजनीतिको नयाँ कथ्य बनेर उभिएको छ । 

Monday, August 7, 2017

जनप्रीय स्ववियु सह-सचिब लाई जन्मदिनको सुभकामना ।

जनप्रीय बहुमुखी क्याम्पस स्वतन्त्र विधार्थी युनियकि सह-सचिब एवमं नेपाल विधार्थी संघ जनप्रीय बहुमुखी क्याम्पस विधार्थी नेता रञ्जता रेग्मी ज्युलाई आज साउन २४ गते परेको जन्म दिनको हार्दिक मंगलमय सफलताको दिगो सुभकामना।।
#जय नेपाल।

Sunday, August 6, 2017

नेपाली काङ्ग्रेसको भुमिकालाई प्रष्ट पार्दै गणेश राज सुवेदी।

नेपाल तरुण दल पर्वतका सकृय प्रतिनिधि एवंम नेपाल बिद्यार्थी संघ विन्धुवासिनी संस्कृत विधालयका विधार्थी नेता गणेशराज सुवेदीले स्थानिय निर्वाचन २०७४ मा भरतपुर महनगरपालिकामा भएको पुन मतदान र देवि ज्ञावलिको हार प्रती सामाजिक सञ्जालमा  देखिएको टीकाटिप्पणी र आलोचना लाई नेपाली काङ्ग्रेसको विगत देखि वर्तामान भुमिका संक्षिप्त रुपमा स्पष्ट पार्दै आफ्नो सामाजिक सञ्जाल फेसबुक अकाउन्ट
`गणेश राज सुवेदी (Ganesh)´ मा लेख्नुहुन्छ……………

" सशस्त्र द्वन्द गरेको माओवादी पार्टीलाई शान्ति प्रक्रियामा
ल्यायो कांग्रेसले
जनताबाट पराजित हुनुभएका क.माधब कुमार नेपाल लाई गिरीजा बाबुले
मुलुकको प्रधानमन्त्री बनाउनु भो (प्रचण्ड सरकार
ढलेपछी )
अहिले भरतपुर महानगरपालीकामा माओवादीसंग गरेको
चुनावी तालमेल
आखिर यो कस्का लागी "जनता जनार्दन हुन " जनताकै
लागी
कांग्रेसले धेरै गुन लगाएको छ एमाले, माओवादी प्रति यो आखिर जनताकै
लागी त्यसैले कांग्रेस यो मुलुकको अभिभावक हो अन्तमा सबै दल
मिली जनताको हितमा काम गरिनु पर्छ!
#जय_नेपाल।"

अवस्य पनि नेपाली काङ्ग्रेसको स्थापना काल देखि वर्तमान परिस्थिति सम्म आई पुग्दा माहान पुरुषहरुको त्याग र वलिदानलाई आत्मसाथ गर्दै उहाँ हरुले सिकाएको प्रजातन्त्रको वहुदलिए मत संग्रहको  परिभाषा "प्रजातन्त्र भनेको बहुमतको शासन मात्रै होइन,बहुमतको शासन हुदाहुदै पनि बाहिर रहेकाको र सहभागी रहेकाको संम्भावनाको ढोका खोल्नु हो।अल्पमतको कदर गर्नु हो। कदर मात्रै होइन उनिहरुलाई भोलि शासन गर्न सक्छौ है भनेर प्रत्याभुती दिनु हो।" भन्ने तथयलाई मार्गदर्शन गर्दै दायित्व र जिम्मेवारी बोकेको काङ्ग्रेस पार्टिले सबै दलहरुलाई सहकार्य गरि देशलाई समृद्धिको गन्तव्य तर्फ लैजान कर्तब्यबोध गृहकार्यको आजको आवस्यकता हो।

Wednesday, August 2, 2017

कास्की काङ्ग्रेस सभापतिलाई जन्मदिनको सुभकामना !!


नेपाली काङ्ग्रेस कास्कीका होनहार नेता वर्तमान
सभापति निडर र साहासी योद्दा आदरणीय कृष्ण
केसि ज्युको आज साउन १९ गते परेको जन्मदिनको अवसरमा हार्दिक
मंगलमय शुभकामना व्यक्त गर्दछु!!!!
जय नेपाल!!

Saturday, July 29, 2017

पामे, ठुलाखेत, घाँटीछिना मोटरबाटो निमार्ण गर्न जग्गा तथा घर दानमा लिन सुचना प्रकासन ।

बैदाम पामे सडकको एक खण्ड ।बैदाम पामे सडकको एक खण्ड ।पोखरा, ३२ जेठ/विश्व बैंकको लगानीमा फेवाताल किनार हुँदै घाँटीछिनासम्म पुग्ने मोटरबाटोमा पर्ने जग्ग दानमा लिन सुचना प्रकासित गरेको छ । जिल्ला विकास समिति जिल्ला प्राविधिक कार्यालय कास्कीले सुचना प्रकासित गरेर मोटरबाटो किनारामा पर्ने जग्गा तथा घर दानमा लिन सुचना प्रकासन गरेको छ ।

प्रकासित सुचन अनुसार ६ सय ३२ वटा कित्ताको जमिन र ९५ वटा घर तथा कटेरोहरु रहेका छन् । बाटोमा भदौरे तामागी, चापाकोट, कास्कीकोट गाविस र पोखरा २६ सराङकोटका स्थानीयको जग्गा तथा घर पर्दछ । जिल्ला विकास समितिको योजना भित्र परे पनि स्थानीय निकायको बजेटले नभ्याउँने यो सडकमा विश्व बैंकले लगानी गर्ने यो सडकमा र ताललाई असर नपर्ने गरी काम गर्नेका अध्ययन भइसकेको छ । बैदाम पामे सडक २०४८ सालमा खुलेको भए पनि स्तरोन्नती हुन नसक्दा सहज यातायात आवागमन हुन सकेको छैन । विश्व बैंकको एसएनआरटीपी परियोजना अन्तर्गत १३ किलोमिटर लामो सडक बन्न लागेको हो ।

पामे, ठुलाखेत, घाँटीछिना मोटरबाटो निमार्ण गर्न जग्गा तथा घर दानमा लिन सुचना प्रकासन

बाटोलाई चाक्लो बनाउँदा स्थानीय बासिन्दाको घर जग्गा पर्ने भए पनि मुआब्जाको व्यवस्था नभएका कारण सुचना प्रकासन गरेको हो । लेकसाइडको हल्लनचोकदेखि पामेसम्मको छ किलोमिटर खण्डको बाटो दुई लेनको र पामेबाट ठुलाखेत हुदै घाटिछिना सम्मको सडक कालोपत्र हुनेछ । स्वदेशी तथा विदेशी पर्यटकको आकर्षको केन्द्र फेवाताल अवलोकन र लेकसाइडको बजार विस्तारका बाटो निकै महत्वपूर्ण रहने कास्कीका प्रमुख जिल्ला इन्जिनियर नारायणप्रसाद श्रेष्ठले बनाए । उनले १३ किलो मिटर सडक निमार्णका लागि करिब २६ करोड अनुमान गरिएको जानकारी दिए । उनले सडक सगँ चापाकोट भदौरे तामागी जोडेने खहरे खोलामा ९० मिटर लामो पुल निमार्ण हुने बताए ।

Friday, July 21, 2017

मतदाता नामावली सम्बन्धि अत्यन्तै जरुरी सुचना।।

आदरणिय बुबा आमा दाजुभाइ दिदीवहिनीहरू॥
मतदाता नामावलीमा नाम छुटेका र हालै मात्र १८ बर्ष पुगेका लाई
प्रदेश साथै संसदको निर्वाचनमा समाबेस हुनेगरी
२०७४ श्रावण १ देखी १५गते सम्म जिल्ला निर्वाचन कार्यालयमा
नागरिकताका साथ लगी फोटो सहित को मतदाता नामावलीमा
फोटो खिचाउन अनुरोध गर्दछु । साथै नामथर सच्याउन सार्न पनि सकिने छ।
"आफ्नो अधिकार बाट बञ्चित नहौ तपाईको एक भोटको कमिले गलत प्रतिनिधि निर्वाचित हुनसक्छ ।"

जनचेतनाको लागि कृपया सक्दो share गरिदिनुहोला।

समाचारपत्र टेबलमा पछार्दै राजा ज्ञानेन्द्रले गिरिजालाई भने, पीएम तपाईंलाई त भ्रष्टाचारी भन्छन् नि !

-जगत नेपाल
दिल्लीको त्यो भेट जसले बदलियो नेपालको राजनीतिको
कोर्स
प्रधानमन्त्रीको हैसियतमा हरेक साता मन्त्रिपरिषद् बैठकबारे राजालाई
ब्रिफ गर्न दरबार जाने दिन गिरिजाप्रसाद कोइरालालाई सबैभन्दा अप्ठयारो महसुस
हुन्थ्यो,’ कोइराला प्रधानमन्त्री हुँदा लामो समय प्रमुख
स्वकीय सचिवका रूपमा सघाएका हरि शर्माले तीन महिनाअघि
लेखकलाई सुनाए ‘दरबार जानुअघि सधैं दौरा, सुरुवाल, कोट लगाएर चिटिक्क परेपछि
पर्फयुम छर्नुहुन्थ्यो । अनि क्रिम लगाउँदै निस्कने बेला ऐना हेर्दै भन्नुहुन्थ्यो—
जनताको प्रतिनिधिले यति बनेर त जानैपर्यो नि, हैन ।’
प्रजातान्त्रिक शासनकालमा सबैभन्दा लामो अवधि प्रधानमन्त्री भएका
कोइराला सरकारको निर्णय सुनाउन कैयौं पटक दरबार गए । तर २०५८ साउन पहिलो
साता जति अपमानित भएर कहिल्यै फर्किएका थिएनन् । कोइरालाले लेखकलाई त्यो
दिनको घटना सुनाउँदै भनेका थिए, ‘नेपाल समाचारपत्र दैनिक टेबलमा पछार्दै राजा
ज्ञानेन्द्रले भने— पीएम तपाईंलाई त भ्रष्टाचारी भन्छन् ।
राजीनामा गर्ने बेला भएन । मलाई पनि झनक्क रिस उठेर आयो ।
सरकारलाई पनि त दाजुको हत्या गरेर राजा भएको भन्छन् । म पनि भन्दै हिँडौं सरकार
। राजा बोल्नै सकेनन् ।’ जतिसुकै अपमानित हुनुपरे पनि प्वाक्क नबोल्ने तर
‘एक्सन’ बाट जवाफ दिने स्वभावका कोइरालाले त्यति बेला आफूलाई कन्ट्रोल गर्नै
सकेनन् । रिसको पारो चढेर आयो । राजालाई मुखभरिको जवाफ दिए । अनि, तत्काल
राजासँग बिदा भएर बाहिरिए । त्यसपछिका दिनमा राजासँग राम्रो बोलचालै भएन । एकै
पटक राजीनामापत्रसहित दरबार पुगे उनी ।
प्रधानमन्त्रीले राजीनामा गर्दै छन् भन्ने कुराको सुइँको
उनकै ‘किचन क्याबिनेट’ का केही सदस्यले समेत पाएनन् ।
राजीनामा वक्तव्य नेपाल टेलिभिजनको क्यामरामा कैद भएपछि मात्र
मन्त्रीहरूले थाहा पाए ।
जस्तोसुकै संकटको पनि डटेर सामना गर्ने छविका कोइरालाका लागि जीवनकै
सबैभन्दा कठिन समय थियो त्यो । राजा, माओवादी, प्रमुख
प्रतिपक्षी नेकपा एमालेले मात्र होइन आफ्नै पार्टीभित्रबाट
पनि उनीविरुद्ध तीव्र आलोचना भइरहेको थियो ।
चौतर्फी घेराबन्दीको सामना गरिरहेका कोइरालामा फेरि सत्तामा
फर्किन सक्ने कल्पनासमेत थिएन । उनका कैयौं दिन छटपटीमा बिते ।
आफूमाथि राजाबाट भएको अपमानले उनमा प्रतिशोधको ज्वालामुखी फुटेको
थियो । कोइरालाले लेखकसँग भनेका थिए, ‘त्यति बेला कैयौं दिन सुत्न सकिनँ । के
गर्ने ? कसो गर्ने ?’ बीपीको मेलमिलाप नीति
अर्थात् ‘संवैधानिक राजतन्त्र र बहुदीय प्रजातन्त्र’ मा अडिग कोइरालाको
मन भाँचियो । उनी कांग्रेसको विधानबाट संवैधानिक राजसंस्था हटाउने
ऐतिहासिक घुम्तीनजिक पुग्दै थिए । तिनताका निकट
सहयोगीसँग उनले भन्ने गर्थे, ‘राजाले निहुँ खोजे । म पनि देखाइदिन्छु ।’
कुनै समय कोइरालाका सहयोगी रहेका पुरञ्जन आचार्य भन्छन्,
‘रातभर नसुतेका कारण बिहान गिरिजाबाबुका आखाँ राता हुन्थे । एक दिन एकाएक उहाँले
भन्नुभयो— मैले राजनीति राजाका लागि गरेको हो र ? जनताका लागि हो ।’
संवैधानिक राजतन्त्र र बहुदीय प्रजातन्त्रको सिद्धान्तबाट
पार्टीलाई गणतन्त्रतर्फको मार्गमा लैजाने रोडम्याप बनाइरहेका थिए
कोइराला । तर गोप्यताका लागि सम्पूर्ण योजना उनले आफैंभित्र सीमित
राखेका थिए । उनको विशेषता नै हो, जतिसुकै असम्भव काम पनि गर्छु भनेर लागेपछि
पूरा गरेरै छाड्नुपर्ने । सबैको सूचना लिने, विश्लेषण गर्ने अनि मात्र योजना बनाउँथे
उनी । कुन मानिसलाई के प्रयोजनका लागि कसरी प्रयोग
गर्ने भन्ने विषयमा उनी सधैं सचेत रहन्थे । त्यसैले एउटै काममा
उनी थुप्रै मानिसलाई जिम्मेवारी दिने गर्थे ।
राजाबाट अपमानित कोइराला उनलाई तह लगाउन माओवादी सम्पर्क सूत्रको
खोजीमा थिए । माओवादी नेता प्रचण्डसँगको सम्पर्क
सूत्रका रूपमा उनले प्रयोग गरेका पहिलो व्यक्ति थिए पत्रकार कृष्ण सेन । भतिजा
श्रीहर्ष कोइराला र सुशील नाहटाको घरमा सेनलाई कैयौं पटक
भेटे उनले । सेन धेरैजसो काठमाडौंको कुनै होटलमा बसेर गिरिजाबाबुसँग भएको
कुराकानीबारे प्रचण्डलाई रिपोर्टिङ गर्थे । सुरक्षाका दृष्टिले शंका नहोस्
भन्नका लागि उनी बसेको कोठामा बाहिरबाट ताल्चा लगाउने व्यवस्था
मिलाइन्थ्यो ।
सेन र कोइरालाको भेटघाटको चाँजो–पाँजो मिलाउने काममा सक्रिय बालकृष्ण दाहाल
भन्छन्, ‘गिरिजाबाबुले सेनलाई बारम्बार भन्ने गर्नुभएको थियो— सुरक्षा निकायले मलाई
पनि वाच गर्न थालेका छन् । तपाईं पनि अलि सचेत रहनुहोला है ।’
काठमाडौंभित्रै केन्द्रीयस्तरका माओवादी नेतासँग कोइरालाका
सहयोगीले लगातार ३४ घण्टासम्म वार्ता गरेको सूचना सुरक्षा निकाय
मार्फत सरकारले पाएको थियो ।’ राष्ट्रिय अनुसन्धान विभागका प्रमुख
देवीराम शर्मा भन्छन्, ‘कोइरालासमेत बैठकमा पटक–पटक
सहभागी भएको सूचना हामीसँग थियो ।’
त्यहीबीच कोइराला र प्रचण्डबीच सम्पर्क
सूत्रको भूमिकामा रहेका पत्रकार सेन पक्राउ परे । चरम यातनापछि
प्रहरी हिरासतमै उनको हत्या भयो ।
त्यो घटनापछि कोइराला र माओवादी नेता प्रचण्डबीच टेलिफोन
संवाद गर्दा अझ सतर्कता अपनाउन थालियो । कोइरालाका सहयोगीहरूले
चार पाँचवटा प्रिपेड सिम व्यवस्था गरेका थिए । हरेक पटक सिम फेरेर मात्र
प्रचण्डलाई सम्पर्क गरिन्थ्यो ।
यस्तैमा एक दिन कोइरालाले कांग्रेस नेता चक्र बास्तोलालाई महाराजगन्जस्थित निवासमा
बोलाएर केही पैसा दिंदै भने, ‘चक्रजी दिल्ली
जाऊँ । गोकर्णले (निजी सचिव) टिकट मिलाउँछ । नोना भाउजू र
हामी पहिल्यै जान्छौं । तपाईंपछि आउनू ।’ चार वर्षयता बास्तोला अचेत
अवस्थामा छन् । २०६३ को मध्यपुसमा दैनिक बिहान खुमलटारस्थित निवासमा पुगेर
कैयौं राजनीतिक घटनाका अन्तरकथा लगातार एक सातासम्म बास्तोलाकै
मुखबाट सुन्ने सौभाग्य लेखकलाई मिलेको थियो । त्यही क्रममा उनले
भनेका सम्झन्छु ‘चार दशक लामो सहयात्राका क्रममा गिरिजाबाबुले मलाई
कहीँ पठाउनुपर्दा त्यसरी पैसा दिएको त्यो नै पहिलो घटना
थियो ।’
दिल्ली पुगेपछि पनि उनीहरू छुट्टाछुट्टै बसे, कोइराला ह्यात र
बास्तोला कनटपेलेसको होटलमा । त्यति बेलासम्म पनि बास्तोलालाई कुन मिसनका लागि
दिल्ली आएको भन्ने खुलाइएको थिएन । केही दिनको होटल
बसाइपछि बास्तोला इन्डिया इन्टरनेसनल सेन्टरमा सरे । यसबीचमा
कोइरालाले आफैंले गोप्य तवरबाट माओवादी नेताहरू प्रचण्ड र बाबुराम
भट्टराईसँग भेट्ने प्रयास गरिरहेका थिए । तर पनि साइत जुरिसकेको थिएन । अनि एक
दिन उनले बास्तोलासँग भने, ‘चक्रजी माओवादीसँग
भेट्नुपर्यो । ल यो फोन नम्बर लिनुस् वामदेव क्षत्रीको ।
उनीसँग कुरा गरेर प्रचण्डलाई भेट्ने चाँजो–पाँजो मिलाउनुपर्यो । तर
कसैले थाहा नपाउन् है ।’
माओवादीका तर्फबाट कोइराला–प्रचण्ड भेटका लागि खटिएका
क्षत्रीले लेखकसँग भनेका छन्, ‘गिरिजाबाबुका पीए गोकर्ण
पौडेल र म दुवै गुल्मीका । हामीबीच कुरा हुँदा
पौडेल सधैं भन्नुहुन्थ्यो— हैन सीधै गिरिजाबाबु र
प्रचण्डबीच संवाद गराएर समाधान खोजौं । मैले नै गिरिजाबाबुले भेट्न
चाहेको कुरा पार्टी हेडक्वाटरमा राखें अनि प्रचण्ड र बाबुरामले भेटको
व्यवस्था मिलाउने जिम्मा मलाई दिनुभएको हो ।’
सरकारले आतंककारी घोषणा गरी टाउकाको मोल तोकेका
प्रचण्ड र बाबुरामसँग पूर्वप्रधानमन्त्री कोइरालाको भेट गराउनु त्यति
सहज थिएन । कोइरालाको सुरक्षार्थ भारतीय र नेपाली
सुरक्षाकर्मी हरदम खटिइरहने । त्यसमाथि दिल्लीका
गल्ली–गल्लीमा परिचालित भारतीय र
नेपाली जासुसलाई छल्नुपर्ने । तिनलाई छलेर कहाँ कसरी
भेटाउने ? क्षत्री सम्झन्छन्, ‘पहिलो दिन गिरिजाबाबुका भतिजा निरञ्जन
कोइरालाको घरमा भेट भयो । अनि अरू भेटका कार्यक्रम तय गर्यौं ।’
भोलिपल्ट बिहानै साढे चार बजे बास्तोलाले सुटुक्क भाडाको टयाक्सीमा
कोइरालालाई होटलबाट बाहिर निकाले । बाटोमा तीनवटा ट्याक्सी
बदलेर कोइरालालाई मोतीबाट पुर्याए । त्यहींको एउटा घरमा
भेट्ने पूर्वनिर्धारित कार्यक्रम थियो । क्षत्री भन्छन्, ‘सुरक्षाका
दृष्टिले त्यहाँ उचित लागेन । अनि फेरि चौकीदारसँग सम्पर्क गरेर
नजिकैको मन्दिर परिसरमै भेट्ने व्यवस्था मिलायौं ।’ मन्दिरमा त जो पनि जान सक्छन्
। के आतंककारी, के नेता, के धर्मात्मा । मन्दिरमा भेट्ने आइडिया
गिरिजाबाबुकै थियो । दुवै पक्षले अत्यन्त गोप्य राखेको भेटमा
माओवादीबाट प्रचण्ड, भट्टराई र क्षत्री भने कांग्रेसबाट
कोइराला बास्तोला र गोकर्ण पौडेल ।
कोइरालासँगको पहिलो भेटमै चञ्चले स्वभावका प्रचण्ड दह्रो हात मिलाएर बोल्न
थालिहाले ‘गिरिजाबाबु स्वागत छ । धेरै पहिलेदेखि हामीले तपाईंसँग भेट्ने
चाहना राखेका थियौं । सम्भव भएको थिएन । संयोगले आज भेट भयो । यसलाई
निरन्तरता दिइरहनुपर्छ ।’
अरूका कुरा सुनिरहने हत्तपत्त नबोल्ने र बोल्नै परे पनि ‘बुझें– बुझें’ वा ‘आज्ञा’
भन्ने बानीका कोइरालाले त्यो भेटबारे लेखकसँग भनेका छन्,
‘बाबुरामजीसँग त पहिलेदेखि नै चिनजान थियो । उनैले प्रचण्डसँग परिचय
गराए । प्रचण्डले मस्कुराउँदै कँसिलोसँग हात मिलाए । तर म अल्मलिएँ, बजारमा
प्रचण्ड छँदै छैनन् भन्ने हल्ला थियो । कोही राजा ज्ञानेन्द्र नै
प्रचण्ड हुन् भन्थे, कोही अरूका नाम लिन्थे । मलाई लाग्यो, ‘यो
त्यही प्रचण्ड हो त ?’
‘चेनस्मोकर’ कोइरालाले मन थाम्नै सकेनन् । चुरोट सल्काएर धूवाँ तान्दै भन्न थाले,
‘ल प्रचण्डजी यसरी भएन । यो मारकाट देशले धान्दैन ।
शान्ति प्रक्रिया थाल्नुपर्यो ।’
प्रचण्डले भने, ‘गिरिजाबाबु राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाका लागि
हामीले हतियार उठाएका हौं । तपाईं पनि प्रजातन्त्रका लागि लामो संघर्ष
गरेको र हतियारसमेत उठाएको नेता । हामीलाई सहयोग गर्नुस् ।’
कोइरालाले थपे, ‘तपाईंहरूको मप्रति त्यति राम्रो इम्प्रेसन छैन भनेर म आफैं भेट्न
आएको हुँ । प्रजातन्त्रका लागि म जस्तोसुकै त्याग गर्न तयार छु । तर तपाईंहरू र
राजा मिलेर कतै हामीलाई सक्नुहुने त होइन ?
अनि, कोइरालाले कुराकानी पनि त्यही प्रसंगबाट सुरु गरे ।
कोइराला–काठमाडौंमा राजासँग र तपाईंहरूको भेट भएको हल्ला छ । के तपाईंहरूले
भेटेको हो ?
प्रचण्ड— हो गिरिजाबाबु ।
कोइराला— के भने त राजाले ?
प्रचण्ड— तिमी र हामी मिलौं । मिलेर राज्य सञ्चालन गरौं ।
संसद्वादी दलका नेता सबैलाई म जेल हालिदिन्छु ।
कोइराला— तपाईंहरूले के भन्नुभयो त ?
प्रचण्ड— हामीले मानेनौं ।
छोटोमा कुरा गर्ने कोइरालाको बानी प्रचण्डलाई मन पर्यो । उनले भने,
‘राजनीतिमा कुरा नमिली युद्ध रोकिँदैन ।
प्रचण्डले त्यो भेटका बारेमा भनेका छन्, ‘पहिलो भेटमै गिरिजाबाबुसँग मेरो के मिल्यो के
मिल्यो । म उहाँलाई अभिभावक मान्न थालें, त्यसै दिनदेखि । त्यही
भेटमा गिरिजाबाबुसँग मैले भनेको थिएँ— तपाईं गणतन्त्रमा आउनुस्, हामी
बहुदलीय प्रतिस्पर्धामा आउँछौं । गिरिजाबाबुले तुरुन्तै गणतन्त्रमा
आउँछौं भन्नु त भएन तर उहाँको प्रस्तुति र बडी ल्याङ्वेजबाट उहाँ
गणतन्त्रबारे सोचिरहनुभएको छ भन्ने बुझिन्थ्यो । गणतन्त्र बिस्तारै हुन्छ एकै
पटक हतारिएर हुँदैन भन्नुहुन्थ्यो ।’
प्रचण्डसँगको पहिलो भेटबारे कोइरालाले लेखकलाई सुनाएका थिए, ‘राजाले
हामी मिलौं, संसद्वादी दलका नेतालाई म जेल हाल्छु भन्दा
हामीले मानेनौं भन्ने प्रचण्डको भनाइमा मलाई विश्वास लागेको थिएन ।’
दस वर्ष लामो सशस्त्र विद्रोहबाट माओवादीलाई शान्तिपूर्ण
राजनीतिमा ल्याउन भएको त्यो ऐतिहासिक वार्ताको क्षणबारे १० वर्षअघि
नै कांग्रेस नेता बास्तोलाले लेखकलाई सुनाएका थिए, ‘कुरा जारी रहँदा
गिरिजाबाबुले भन्नुभयो— ल प्रचण्डजी मेरो आजै भारतीय
प्रधानमन्त्री अटलविहारी बाजपेयीसँग भेट्ने
समय छ । अलि हतारमा छु । तपाईंहरू चक्रजीसँग कुरा गर्नुस्, म
फर्किएँ ।’
प्रचण्डसँगको भेटपछि वार्ताबाटै राजनीतिक समाधान निकाल्न सकिन्छ
भन्ने आत्मविश्वासका साथ कोइराला काठमाडांै फर्किए । त्यही बेला उनले
आफ्ना सहयोगीलाई सुनाएका थिए, ‘प्रचण्डसँगको
कुराकानीबारे राजालाई जानकारी गराउँछु, अनि संसद् मार्फत
वार्ता गरेर माओवादीलाई राजनीतिको मूलधारमा ल्याउनुपर्छ ।’
केही दिनमै उनले राजा ज्ञानेन्द्रलाई नारायणहिटी दरबारमा
भेटेर भनेका थिए, ‘सरकार, माओवादी संसद्सँग वार्ता गरेर
राजनीतिक मूलधारमा आउन तयार छन् । त्यसका लागि संविधान संशोधन गरे
हुन्छ, प्रस्तावना जस्ताको तस्तै रहँदा पनि उनीहरूलाई आपत्ति छैन ।
सरकारको यसमा के धारणा छ ?’ राजा वार्ताको जश कोइरालालाई दिने पक्षमा थिएनन् ।
बरु माओवादी विद्रोहलाई देखाएर आफ्नो शक्ति बढाउने
रणनीतिमा थिए ।
राजाले तत्काल भने रे, ‘एक्स पीएम संसद्ले वार्ता गर्यो भने, त्यसमा
मेरो के भूमिका रहन्छ ।’
कोइरालाले भने, ‘सरकार । संसद् भनेकै श्री ५, प्रतिनिधिसभा र राष्ट्रिय
सभा हो । यसमा संवैधानिक राजाको जे भूमिका रहन्छ सरकारको पनि
त्यही हो । म पनि कांग्रेसको सभापति हुँ, मेरो पनि त्यही
भूमिका रहन्छ । मैले माओवादीलाई वार्ताको टेबुलमा ल्याइदिने हो ।
प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी अध्यक्ष
प्रचण्डबीच हस्ताक्षर हुन्छ ।’
एक साताभित्र सोचेर जवाफ दिने भन्दै राजाले कोइरालालाई बिदा गरे । दरबारबाट फर्किंदै
गर्दा कोइरालाको मनमा चस्का पस्यो । राजाले किन भूमिका खोजे ? उनी
जश लिन आतुर हुनुको कारण के हुन सक्छ ? मनमा उब्जिएका यी र
यस्तै प्रश्नहरूका कारण उनी त्यो रातभर सुत्नै सकेनन् । दरबार
हत्याकाण्डपछि राजाका क्रियाकलापको विश्लेषण गरेर कोइराला एउटा निष्कर्षमा पुगे,
‘प्रजातन्त्रको नाम लिएर राजा जनताका अधिकार खोस्ने षड्यन्त्र गर्दै छन् ।’
कोइरालाको दिमागमा राजा भएलगत्तै ज्ञानेन्द्रले दिएको वक्तव्यको एउटा अंश
ठोक्कियो, ‘म मेरा दाजुले जस्तो टुलुटुलु हेरेर बस्ने छैन ।’ कोइरालाले धेरैजसो
राजनीतिक सल्लाह लिनेमध्येका एक पूर्वप्रधानमन्त्री
सूर्यबहादुर थापाले त्यति बेलै उनीसँग भनेका थिए, ‘गिरिजाबाबु तपाईंले
राजालाई वार्ताको विषयमा जानकारी दिएर ठूलो गल्ती गर्नुभयो
।’ नभन्दै साता दिनमै कोइरालाले राजाको सन्देश पाए, ‘माओवादीसँग वार्ता
गर्ने काममा अग्रसरता लिनु आवश्यक छैन ।’
माओवादी समस्या समाधान भयो भने आफ्नो भूमिका रहँदैन भन्ने बुझेर
दरबारले संसद् भंग गरी सबै शक्ति आफूमा केन्द्रित गर्ने
रणनीति बनायो । ‘प्रयोगशाला’ पुस्तकमा सुधीर शर्मा
लेख्छन्, ‘राजाले दोहोरो चाल चले । एकातिर कोइरालालाई माओवादीसँग कुरा
गर्न भने अर्कोतर्फ प्रधानमन्त्री देउवालाई कोइरालाले हटाउन चाहेको
खुलासा गरिदिए । आफ्नो जानकारीबिना पार्टी सभापतिले
दिल्लीमा माओवादीलाई भेटेकोमा सशंकित देउवा राजाको कुरा
सुनेपछि थप आक्रोशित बने । एउटै पार्टीका सभापति र
प्रधानमन्त्री भए पनि एकअर्काबीच पटक्कै विश्वास थिएन
तर उनीहरू राजासँग भने खुलेर सबै कुरा बताउँथे । त्यसैको फाइदा उठाउँदै
राजाले संसद् भंग गराए ।’
साभार -पत्रकार जगत नेपालको आलेख चैत्र ५, २०७३सालमा कान्तिपुरमामा प्रकाशित