स्थानीय निर्वाचन २०७४
(update)
पोखरा लेखनाथ महानगरपालिकामा ७ सय ५२ मत गणना गर्दा नेकपा एमालेका मेयर उम्मेदवार मानबहादुर जिसीले ४ सय ५ मत प्राप्त गर्नु भएको छ। नेपाली कांग्रेका रामजी कुँवरले २ सय ५१ मत प्राप्त गर्नु भएको छ।
पोखरा महानगरमा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई मेयर पदमा सघाए पनि १४ मत परेको छ। नेकपा एमालेबाट उपमेयर पदकी उम्मेदवार मञ्जु गुरुङले मत ३ सय ९३ मत पाउँनु भएको छ। उपमेयर पदमा नेपाली काँग्रेसकी सरस्वती गुरुङले २ सय ५६ मत पाउँनु भएको छ। माओवादी केन्द्रकी उपमेयर पदकी उम्मेदवार गोमा ढकालले २३ पाउँनु भएको छ।
पोखरा महानगरपालिकामा ३३ वडा रहेका छन्। वडा नम्वर एक वाट मतगणना सुरु भएको हो। पोखरा लेखनाथ महानगरपालिकामा ३३ वटा वडा रहेका छन्। महानगरमा १ लाख ६८ हजार ६७ मतदाता रहेका छन्।
आइतबार भएको चुनावमा महानगरमा एक लाख २५ हजार ६ सय १४ मत खसेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिनु भयो। कास्कीका ४ वटै गाउँ पालिकामा पनि मतगणना सुरु भएको छ। कास्कीमा अन्नपूर्ण गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका र माछापुच्र्छे गाउँ पालिका गरि ४ गाउँ पालिका रहेका छन्।
पोखरा लेखनाथ महानगरपालिकामा पछिल्लो मत परिणाम
गणना भएको मत ७ सय ५२
मेयर पदमा
नेकपा एमाले
४ सय ५
नेपाली काँग्रेस
२ सय ५१
उपमेयर पदमा
नेकपा एमाले
३९३
नेपाली काँग्रेस
२ सय ५६
माओवादी केन्द्र
२३
पोखरा लेखनाथ महानगरपालिकामा कछुवा गतिमा मत गणना भएको छ। कछुवा गतिमा भएको मत गणनाको कारण परिणाम निकै ढिलो आउने भन्दै पोखरेली मतदाताले एक ठाउँमा मत्र होइन धेरै ठाउँमा मत गणना गर्नु पर्ने सुझाव दिएका छन् ।
No comments:
Post a Comment