पोखरा : कास्की कांग्रेस उपसभापति आदरणीय दाजु हरि आचार्यको बुधबार बिहान निधन भएको छ । पोखरामहानगरपालिका-११ निवासी दाजु हरिआचार्यलाई आफ्नै निवासमा बिहान १० बजे हृदयघात भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकहले आचार्यलाई मृत घोषित गरेका थिए ।
स्वर्गीय दाजु हरि आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्न अहिले उहाँको पार्थीव शरीर कास्की कांग्रेस कार्यालय चिप्लेढुंगा पोखरामा राखिएको छ । उहाँको आजै सेती नदीको घाटमा अन्तिम संस्कार गरिने कांग्रेसले जानकारी दिएको छ ।
दाजु हरि आचार्य कास्की कांग्रेसको १३ औं अधिवेसनबाट जिल्ला उपसभापति निर्वाचित हुनुभएको थियो । यसअघिको जिल्ला कार्यसमितिमा उहाँ सदस्य हुनुहुन्थ्यो । तरुण दल कास्कीका पूर्व सहसचिव र हाल काहुँ बृहत खानेपानी आयोजनाको अध्यक्षसमेत रहनुभएको थियो ।
No comments:
Post a Comment