पोखरा लेखनाथ महानगर
मेयर
एमाले १२६५
कांग्रेस १०८७
उपमेयर
एमाले १२३१
कांग्रेस १०८६
२६९१ मतगणना सम्पन्न
माथिल्लो मत परिणाम update हुनुभन्दा पहिला मत परिणाम यस्तो थियो।
पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेकाे छ। एमालेका मेयर उम्मेदवार मानबहादुर जिसीले १०६५ मत प्राप्त गर्नु भएको छ। नेपाली कांग्रेका रामजी कुँवरले ८३१ मत प्राप्त गर्नु भएको छ।
नेकपा एमालेबाट उपमेयर पदकी उम्मेदवार मञ्जु गुरुङले मत १०५४ मत पाउनु भएको छ भने उपमेयर पदमा नेपाली काँग्रेसकी सरस्वती गुरुङले ८४६ मत पाउनु भएको छ। माओवादी केन्द्रकी उपमेयर पदकी उम्मेदवार गोमा ढकालले ११९ मत पाउनु भएको छ।
पोखरा महानगरपालिकामा ३३ वडा रहेका छन्। वडा नम्वर एक वाट मतगणना सुरु भएको हो। पोखरा लेखनाथ महानगरपालिकामा ३३ वटा वडा रहेका छन्। महानगरमा १ लाख ६८ हजार ६७ मतदाता रहेका छन्।
आइतबार भएको चुनावमा महानगरमा एक लाख २५ हजार ६ सय १४ मत खसेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिनु भयो। कास्कीका ४ वटै गाउँ पालिकामा पनि मतगणना सुरु भएको छ। कास्कीमा अन्नपूर्ण गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका र माछापुच्र्छे गाउँ पालिका गरि ४ गाउँ पालिका रहेका छन्।
पोखरा लेखनाथ महानगरपालिकामा कछुवा गतिमा मत गणना भएको छ। कछुवा गतिमा भएको मत गणनाको कारण परिणाम निकै ढिलो आउने भन्दै पोखरेली मतदाताले एक ठाउँमा मत्र होइन धेरै ठाउँमा मत गणना गर्नु पर्ने सुझाव दिएका छन् ।
पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्वर एक वाट मत गणना भएको छ । दुई दर्शक पछि भएको स्थानीय चुनावमा मतदान गरेका मतदाताले मतगणना धेरै ठाउँमा गरी मत गणनाको परिणाम छिटो सार्वजनिक गर्न निर्वाचन आयोगलाई सुझाएका हुन् ।
No comments:
Post a Comment