Wednesday, May 24, 2017

समवेदना काङ्ग्रेस उपसभापती आचार्य प्रती।

हार्दिक समवेदन  ,
नेपाली काङ्ग्रेस कास्किका उपसभापती सालिन मिलनसार नेतृत्व  हरि आचार्यको हृदयघात बाट  अकाल्पनिक निधनले हामिलाई मर्माहत बनाएको छ।
यस दुखद घडिमा सोकाकुल परिवारमा धैर्यधारण शक्ति मिलोस र मृत चिर आत्माले बैकुण्ठबासको कामना गर्दछौ।
नेपाली काङ्ग्रेस पोखरा लेखनाथ वडा नं २३
#जय_नेपाल।

कास्की काङ्ग्रेस उपसभापती आदरणीय दाजु हरि आचार्यको निधन।

पोखरा : कास्की कांग्रेस उपसभापति आदरणीय दाजु हरि आचार्यको बुधबार बिहान निधन भएको छ । पोखरामहानगरपालिका-११ निवासी दाजु हरिआचार्यलाई आफ्नै निवासमा बिहान १० बजे हृदयघात भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहले आचार्यलाई मृत घोषित गरेका थिए ।

स्वर्गीय दाजु हरि आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्न अहिले उहाँको पार्थीव शरीर कास्की कांग्रेस कार्यालय चिप्लेढुंगा पोखरामा राखिएको छ । उहाँको आजै सेती नदीको घाटमा अन्तिम संस्कार गरिने कांग्रेसले जानकारी दिएको छ ।

दाजु हरि आचार्य कास्की कांग्रेसको १३ औं अधिवेसनबाट जिल्ला उपसभापति निर्वाचित हुनुभएको थियो । यसअघिको जिल्ला कार्यसमितिमा उहाँ सदस्य हुनुहुन्थ्यो । तरुण दल कास्कीका पूर्व सहसचिव र हाल काहुँ बृहत खानेपानी आयोजनाको अध्यक्षसमेत रहनुभएको थियो ।

 

पोखरा २३ को अध्यक्षमा नेपाली काग्रेस विष्णु पराजुली सहित प्यानल नै 

पोखरा लेखनाथ महानगर पालिका २३ को अध्यक्षमा नेपाली काग्रेसका उमेद्वार विष्णु प्रसाद पराजुली सहित प्यानले नै विजयी भएको छ ।

उनले एमालेका निकटतम प्रतिद्धन्दी दाम बहादुर विकलाई हराए । खुल्ला सदस्यमा नेपाली काग्रेसका भरत भण्डारी, दुर्गा बहादुर घले, दलित महिला सदस्यमा यमकुमारी सुनार, महिला सदस्य गिता कुमारी क्षेत्री विजयी भए ।

Tuesday, May 23, 2017

भदौरे तमागी विधार्थी नेता अजय गुरुङ्गको असमायिक निधन।

नेपाल विद्यार्थी संघ,बहादुरे मा बि भदौरेतामागी,कास्कीका सभापति पृय भाइ अजय गुरुङको ट्याक्टर दुर्घटनाबाट भएको असमायिक निधनले स्तब्ध बनायो,मृत आत्माको चिरशान्तीको कामना सहित भावपुर्ण श्रदान्जली अर्पण गर्दछौ,जय नेपाल।

Monday, May 22, 2017

शनिबारदेखि रोकिएको पोखरा महानगरको मतगणना सुचारु

पोखराः फर्जीमतको आशंकामा शनिबार साँझदेखि रोकिएको पोखरा लेखनाथ महानगरपालिकाको मतगणना आज दिउसो साढे एक बजेदेखि सुचारु भएको छ । 

निर्वाचन आयोग र राजनीतिक दलहरुबीच भएको छलफलले विवादित १७ नम्बर वडा बाहेकका वडामा मतगणना थाल्ने सहमतिपछि मतगणना सुचारु भएको हो।

मतगणनाका क्रममा पोखरा १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तिक छापको आकार ठूलो भएको भेटिएपछि विवाद बढेको थियो।

आज बिहान बसेको सर्वदलीय बैठकमा पनि वडा नम्बर १७ का बारेमा सहमति नजुटेपनि अन्य वडाको भने मतगणना गर्ने सहमति भएको थियो। वडा नम्बर १७ को भने मुचुल्का खोजेर पछि सहमति खोज्ने दलहरुबीच सहमति भएको छ । 
 

Wednesday, May 17, 2017

पोखराको ३ वडामा कांग्रेस र २ वडामा एमाले विजयी, मेयर उपमेयरमा एमाले अगाडि

 पोखरा लेखनाथ महानगरपालिकाको अहिलेसम्म मतगणना भएको ५ वडामध्ये ३ वटा वडामा नेपाली कांग्रेसले जितेको छ । दुई वडामा नेकपा एमालेले जितेको छ ।

वडा नम्बर २, ३ र ४ मा नेपाली कांग्रेसले पूरै सिट जितेको छ भने वडा नम्बर १ र ५ मा एमालेले जितेको छ । महानगरपालिकाको मेयर र उपमेयरमा भने एमालेको अग्रता कायमै रहेको छ ।

पछिल्लो परिणाम अनुसार एमालेका मेयर उम्मेद्वारले ४ हजार ८ सय ५१ र उपमेयरले ४ हजार ५ सय ४५ मत प्राप्त गरेका छन् । यसैगरी नेपाली कांग्रेसका मेयर उम्मेद्वारले ४ हजार ५ सय ८९ र उपमेयरले ४ हजार  १ सय ५१ मत प्राप्त गरेका छन् । 

बधाई एवम् सफल कार्यकालको सुभकामना लक्ष्मी दिज्यु।

स्थानिय निर्वाचन २०७४ #अन्नपुर्ण_गाउपालिका, कास्की।
यहि बैशाख ३१ गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा कास्कीको अन्नपूर्ण
गाउँपालिकाको महिला सदस्यमा पुजनिय लक्ष्मी दिज्यु निर्वाचित हुनुभयेकोले हार्दिक बधाई एंवम सफलताको सुभकामन ब्यक्त गर्दछु।


यसै गरि अन्नपूर्ण गाउपालिकाको  अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार युवराज कुँवर विजयी हुनुभएको छ । उहाँले ४ हजार ६ सय ७२ मत प्राप्त गर्नुभयो ।

यस्तै उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार विष्णुबहादुर केसीले ४ हजार ४ सय ८ मत प्राप्त गर्नुभयो । अन्नपूर्ण गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेद्वार सगुन गुरुङ्ग ४ हजार ५ सय ८६ मत ल्याई विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खिमकुमारी गुरुङ्गले ४ हजार ४ सय मत प्राप्त गर्नुभयो । 

अन्नपूर्ण गाउपालिका महिला सदस्य :
अध्यक्ष युवराज कुवर ।

Tuesday, May 16, 2017

पोखरा लेखनाथ महानगरपालिका वडा नं २ मा काङ्ग्रेसको प्यानल विजयी।

पोखराः पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार रामेश्व मल्ल बिजयी भएका छन् ।
मल्ल ९ सय ३४ मत ल्याएर  विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दिननाथ सुबेदीले ५ सय ६३ मत ल्याएका छन् ।
 

पोखरा लेखनाथ महानगरपालिका वडा नं २ मा काङ्ग्रेसको प्यानल विजयी।

नेपाली काङ्ग्रेस :९३४ (प्यानल सहित) , एमाले ५३६

एमाले :५६३

Monday, May 15, 2017

पोखरा लेख्नाथ म.न.पाको पछिल्लो मत परिणाम।(३)

पोखरा लेखनाथ महानगर
मेयर
एमाले १२६५
कांग्रेस १०८७
उपमेयर
एमाले १२३१
कांग्रेस १०८६
२६९१ मतगणना सम्पन्न

माथिल्लो मत परिणाम update हुनुभन्दा पहिला मत परिणाम यस्तो थियो।

पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेकाे छ। एमालेका मेयर उम्मेदवार मानबहादुर जिसीले १०६५ मत प्राप्त गर्नु भएको छ। नेपाली कांग्रेका रामजी कुँवरले ८३१ मत प्राप्त गर्नु भएको छ।

नेकपा एमालेबाट उपमेयर पदकी उम्मेदवार मञ्जु गुरुङले मत १०५४ मत पाउनु भएको छ भने उपमेयर पदमा नेपाली काँग्रेसकी सरस्वती गुरुङले ८४६ मत पाउनु भएको छ। माओवादी केन्द्रकी उपमेयर पदकी उम्मेदवार गोमा ढकालले ११९ मत पाउनु भएको छ।

पोखरा महानगरपालिकामा ३३ वडा रहेका छन्। वडा नम्वर एक वाट मतगणना सुरु भएको हो। पोखरा लेखनाथ महानगरपालिकामा ३३ वटा वडा रहेका छन्। महानगरमा १ लाख ६८ हजार ६७ मतदाता रहेका छन्।

आइतबार भएको चुनावमा महानगरमा एक लाख २५ हजार ६ सय १४ मत खसेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिनु भयो। कास्कीका ४ वटै गाउँ पालिकामा पनि मतगणना सुरु भएको छ। कास्कीमा अन्नपूर्ण गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका र माछापुच्र्छे गाउँ पालिका गरि ४ गाउँ पालिका रहेका छन्।

पोखरा लेखनाथ महानगरपालिकामा कछुवा गतिमा मत गणना भएको छ। कछुवा गतिमा भएको मत गणनाको कारण परिणाम निकै ढिलो आउने भन्दै पोखरेली मतदाताले एक ठाउँमा मत्र होइन धेरै ठाउँमा मत गणना गर्नु पर्ने सुझाव दिएका छन् ।

पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्वर एक वाट मत गणना भएको छ । दुई दर्शक पछि भएको स्थानीय चुनावमा मतदान गरेका मतदाताले मतगणना धेरै ठाउँमा गरी मत गणनाको परिणाम छिटो सार्वजनिक गर्न निर्वाचन आयोगलाई सुझाएका हुन् ।

पोखरा लेखनाथ महानगरपालिका–१ मा एमालेको प्यानल विजयी

 कास्कीको पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १ मा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा एमालेका उमेद्वार सारदा पराजुलीसहित प्यानल नै विजयी भएको हो ।

वडा अध्यक्षमा एमालेकी पराजुलीले १११३ मत पाउनुभएको छ । कांग्रेसका उम्मेद्वारले ७९६ मत र माओवादीका उम्मेद्वारले ११९ मत पाएका छन् ।

सदस्य, महिला सदस्य तथा दलित सदस्यमा पनि एमालेकै उम्मेद्वार विजयी भएका छन् । महानगरको मेयरमा एमालेका मानबहादुर जिसी र उपमेयरमा एमालेकै मञ्जु गुरुङको अग्रता पनि कायमै छ ।

 

पोखरा लेखनाथ महानगरपालिकामा ९५२ मतगणना भइसक्दाको स्थिति (नोट: राप्रपाको मतसंख्या हामीलाई उपलब्ध हुन नसकेको हो)

स्थानीय निर्वाचन २०७४
(update)

 पोखरा लेखनाथ महानगरपालिकामा ७ सय ५२ मत गणना गर्दा नेकपा एमालेका मेयर उम्मेदवार मानबहादुर जिसीले ४ सय ५ मत प्राप्त गर्नु भएको छ। नेपाली कांग्रेका रामजी कुँवरले २ सय ५१ मत प्राप्त गर्नु भएको छ।

पोखरा महानगरमा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई मेयर पदमा सघाए पनि १४ मत परेको छ। नेकपा एमालेबाट उपमेयर पदकी उम्मेदवार मञ्जु गुरुङले मत ३ सय ९३ मत पाउँनु भएको छ। उपमेयर पदमा नेपाली काँग्रेसकी सरस्वती गुरुङले २ सय ५६ मत पाउँनु भएको छ। माओवादी केन्द्रकी उपमेयर पदकी उम्मेदवार गोमा ढकालले २३ पाउँनु भएको छ।

पोखरा महानगरपालिकामा ३३ वडा रहेका छन्। वडा नम्वर एक वाट मतगणना सुरु भएको हो। पोखरा लेखनाथ महानगरपालिकामा ३३ वटा वडा रहेका छन्। महानगरमा १ लाख ६८ हजार ६७ मतदाता रहेका छन्।

आइतबार भएको चुनावमा महानगरमा एक लाख २५ हजार ६ सय १४ मत खसेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिनु भयो। कास्कीका ४ वटै गाउँ पालिकामा पनि मतगणना सुरु भएको छ। कास्कीमा अन्नपूर्ण गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका र माछापुच्र्छे गाउँ पालिका गरि ४ गाउँ पालिका रहेका छन्।

पोखरा लेखनाथ महानगरपालिकामा पछिल्लो मत परिणाम
गणना भएको मत ७ सय ५२
मेयर पदमा
नेकपा एमाले
४ सय ५
नेपाली काँग्रेस
२ सय ५१
उपमेयर पदमा
नेकपा एमाले
३९३
नेपाली काँग्रेस
२ सय ५६
माओवादी केन्द्र
२३

पोखरा लेखनाथ महानगरपालिकामा कछुवा गतिमा मत गणना भएको छ। कछुवा गतिमा भएको मत गणनाको कारण परिणाम निकै ढिलो आउने भन्दै पोखरेली मतदाताले एक ठाउँमा मत्र होइन धेरै ठाउँमा मत गणना गर्नु पर्ने सुझाव दिएका छन् ।

पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्वर एक वाट मत गणना भएको छ । दुई दर्शक पछि भएको स्थानीय चुनावमा मतदान गरेका मतदाताले मतगणना धेरै ठाउँमा गरि मत गणनाको परिणाम छिटो सार्वजनिक गर्न निर्वाचन आयोगलाई सुझाएका हुन् ।

Friday, May 5, 2017

गगन थापा राजनीतिम लाग्नुको कारण।

नेपाली काङ्ग्रेसका लोकप्रिय युवा नेता एवम्  वर्तमान स्वास्थ्य मन्त्री "गगन थापा" राजनीतिमा लाग्नुको कारण।
note:
म किन लागें राजनीतिमा ?

May 14, 2015 at 12:12pm

२०३३ साल फाल्गुण ४ गते काठमाडौंको एक निम्नमध्यम बर्गीय परिवारमा जन्मिएको हुँ । बुबा सरकारी जागीरे हुनुहुन्थ्यो अनि पेशाले इन्जिनियर । मेरो पुर्ख्यैाली घर सोलुखुम्बुदेखिनै परिवारका थुप्रै सदस्य प्रजातान्त्रिक आन्दोलमा लाग्नुभएको रहेछ । सेनामा कार्यरत भएपनि हजुरबुबाले कांग्रेसको आन्दोलनलाई सहयोग पुर्‍याउनुभएको थियो । कांग्रेसका कार्यकर्तालाई बस्ने र खाने बन्दोबस्त मिलाई दिएवापत चार महिनाभन्दा बढी समय जेल बस्नुपरेको थियो । पछि प्रधानपञ्च हुँदासम्म नै त्यो क्रम जारी रहेको थियो । म सानै छँदा पनि काठमाडौंको मेरो घरमा प्रजातान्त्रिक आन्दोलनमा होमिएका थुप्रै अग्रजहरु आउनुहुन्थ्यो । उहाँहरुको सुत्ने व्यवस्था प्रायजसो मै सुत्ने कोठामा मिलाइएको हुन्थ्यो । पाहुनाहरु रातीसम्म राजनीतिका गफ गर्दै बस्नुहुन्थ्यो ।त्यो राजनीतिक गफ मेरो बाल मस्तिष्कमा गहिरो छाप बनेर बसेको थियो । हाम्रो हजुरबुबा, काका, बुबाहरु सबै कांग्रेस समर्थक हुनुहुन्छ र उहाँहरु पनि आन्दोलनमा सहभागी हुनुहुन्छ भन्ने बुझ्न पाहुनासंग हुने उहाँहरुको गफबाट सजिलो भएको थियो । त्यसैगरी मेरो कान्छो काका चाहीं कम्युनिष्ट आन्दोलमा सक्रिय हुनुहुन्थ्यो । उहाँ पनि हामीसँगै बस्नुहुन्थ्यो । र, परिवर्तनका कुरा गरिरहनुहुन्थ्यो । उहाँको परिवर्तन प्रेमी कुरा अनि पाहुना र अन्य सदस्यका प्रजातान्त्रीक कुरा दुवैले मलाई परिवर्तनको एजेण्डा र फरकपन दिन सकिने गरी स्वतन्त्रताको आन्दोलनमा होमिन उत्प्रेरित गर्‍यो ।

Youth Leader Gagan Thapa

२०४६ सालको जनआन्दोलन हुँदा म सिद्धार्थ बनस्थली स्कुलमा पढ्थें । प्राइभेट स्कूल भएकाले त्यही राजनीतिक गतिविधि हुदैंन थियो । तर, पनि आन्दोलनको पूर्वसन्ध्यामा विस्तारै छलफल र बैठकहरु हुन थाले । र, त्यस्ता गतिविधीहरुमा पनि मेरो रुची राम्रै थियो । त्यसमाथि मेरो सक्रियता २०४६ को जनआनदोलनमा पनि भएको थियो । एसएलसी पास भएपछि म आएस्सी पढ्न अस्कल क्याम्पस भर्ना हुँदा राजनितिक गतिविधीहरुलाई प्रत्यक्षरुपमा नियाल्ने मौका पाए । राजनीतिक दलका विद्यार्थी भातृ संगठनका कृयाकलापलाई मैले मज्जैले बुझ्न पाए । पछि त्रिचन्द्रमा विएस्सी पढदै गर्दा मेरो मन भित्र एउटा बहस उब्जियो । अब्बल विद्यार्थीहरु राजनीतिमा लाग्नु हुन्छ वा हुदैन ? के विद्यार्थी राजनीति गर्न क्याम्पसमा दशौ बर्ष विताएर उमेरको तीन दशक कटाउनै पर्छ र ? तर होइन, उत्तर पनि आफ्नै चेतनाले निकाले । र तत्कालिन रुपमा एउटा भिन्नै विचार लिएर कठोर निर्णय गरेर म स्ववियू निर्वाचनमा उम्मेद्धवार बनेँ अनि नेविसंघबाट स्ववियु सदस्य जिते पनि ।

मेरा यी सवै गतिविधी परिवारले चाहेको भन्दा फरक थिए । मेरा दौतरीहरुमा त्यस बेला रहेको अमेरिका, अष्ट्रेलिया जाने विचार भन्दा म अलग भएँ । त्यसैले केही समय मलाई परिवारमा समेत असहज भयो । परिवार मलाई डाक्टर वा इन्जिनियर भएको हेर्न चाहन्थ्यो । उनीहरुको यो चाहनामा मैले तुषारापात गरिदिएको कसरी चित्त बुझ्थ्यो र ? फेरी त्यस बेला कम्पिटिसन टु एक्जीटू अथवा विदेशीन प्रतिष्पर्धा हुन्थ्यो । को पहिले अमेरिका पुग्ने ? कसले पहिला भिषा पायो ? तर यी सबै प्रश्नहरुसंग मेरो सम्बन्ध विस्तारै हराउदै गयो । पछि राजनितिमा थप सक्रिय हुदै गएँ । विज्ञानको विद्यार्थी त्यसमा पनि पढाइमा अब्बल क्षमता भएकाहरुको त्यसताकाको ट्रेनमा मैले ब्रेक लगाएर नयाँ बाटो रोजेको थिएँ । त्यो आफैमा प्रगतिशिल र परिवर्तनकारी पाइला थियो जस्तो लाग्छ मलाई । किनभने मैले त्यसबेला विज्ञानको विद्यार्थीहरुको टे्रन तोडेको थिएँ । यसैक्रममा मैले त्रिचनद्रमा स्ववियु सदस्य, स्ववियु सभापति हुदै नेविसंघको केन्दि्रय समितीसम्म पुगेँ र पछि महामन्त्रीसम्म बनेँ ।

अरु सबै साथीहरुले खोज्ने उत्तर भन्दा मेरो प्रश्नहरु अलि फरक हुन्थे । नेविसंघमा काम गर्दै गर्दा पनि अन्य साथीहरुले भन्दा मैले भिन्न तवरले सोच्थेँ । साथीहरु संगठन चलाउन को संग कति माग्ने भन्नेबारे सोच्थे भने म कसरी विद्यार्थी संगठनलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्नेतर्फ लागें । म तत्कालिन घटनाक्रमहरुलाई फरक ढंगले हेर्थें, साथीभाई र बौद्धिक जनमानससंग छलफलमा बस्थेँ र कार्यपत्रहरु लेख्ने गर्थें । यस्तै गर्दा राजाको माघ १९ को कु भयो । र त्यसपछि राजनीतिक आन्दोलनको शुरुवात भयो । त्यसैक्रममा अन्य विद्याथी संगठनका साथीहरु, नागरिक समाजका अगुवाहरु र विभिन्न राजनीतिक दलका नेता तथा समाजका प्रभुत्व व्यक्तित्वहरुसंग मेरो सम्बन्ध विस्तार हुदै गयो । उहाँहरुको विचार जान्ने-बुझ्ने मौका पनि प्रसस्तै पाइयो । उहाँहरुसंगको संगतले मलाई अझै परिपक्क र परिवर्तनशिल बनायो । समयको क्रमलाई समात्न सिकायो । पछि राजनितिक आन्दोलन सफल भएपछि माओवादी साथीहरु पनि शान्तिपूर्ण राजनितिमा आउनुभयो । उहाँहरुसंगको हिमचिमले पनि मलाई धेरै कुरा सिकायो । विज्ञानको विद्यार्थी भएकोले पनि होला, मलाई हरेक प्रश्नको तर्कसंगत उत्तर चाहिन्थ्यो । यी सवैको संगत र अध्ययनबाट मैले सिकेको भनेको परिवर्तन र स्वतन्त्रता हो । यी दुवै आजको नेपालका परिपुरक हुन् । यद्धपि मैले सबै कुरा जानीसकेँ भन्ने होइन ।

२०५८ जेठ १९ मा भएको वीरेन्द्रको वंशनाश राजा ज्ञानेन्द्रको २०५९ असोज १८ को कदम आदीले मलाई विक्षप्त बनाएको थियो । साच्चै भन्ने हो भने यी घटनाहरु मेरो जीवनका टर्निङ्ग प्वाइनटहरु हुन ।

सायद म राजनीतिमा नलागेको भए डाक्टर इन्जिनियर हुन्थे होला अथवा मेरा परिवारका अन्य सदस्य झै विदेशमा रहदै यहाँका नेताहरुलाई गाली गर्दै बस्थे होला । मेरा साथीहरु विदेशमा धेरै छन् । म पनि उनीहरु जस्तै अनलाईनमा केही लेख्थे होला, ब्लगीङ गर्थे होला अनि नेताहरुलाई गाली गर्थे होला । तर, त्यो समाधान भने होइन । पोखरीको डिलमा बसेर पानी फोहोर भएछ भन्नुको म कुनै अर्थ देख्दिन । फोहर देख्नेले पोखरीमै हाम फालेर फोहोर सफा गर्न सक्नु पर्छ भन्ने मेरो मान्यता हो । फेरी राजनीतिमा लागेका सबै खराब नै छन् भन्ने पनि होइन । त्यहाँभित्रका राम्रा पक्षलाई लिएर कमजोरीको सुधार गर्न सक्नुनै अहिलेको आवश्यकता हो ।

यसो भन्दै गर्दा विदेशिनु गलत हो भन्ने अर्थ लगाएको होइन । हो, विदेश जानुपर्छ । त्यहाँको विकास र त्यहाँ भएको ज्ञान सिक्नुपर्छ तर त्यो ज्ञान र सिकेका कुरालाई आˆनो देशमा उपयोग गर्न पनि सक्नुपर्छ । सधैभरि बिदेश बसेर आफ्नो व्यक्तिगत जीवनको भविष्य मात्र सोच्ने अनि यहाँका नेतालाई गाली गर्ने टे्रनमा म कुनै तुक र दम देख्दिन । विदेशमा सिकेका शिपलाई राष्ट्र विकासमा उपयोग गर्न सकिन्न भने त्यसको कुनै अर्थ छैन । म आब्हान गर्न चाहान्छु, आउनुहोस नयाँ जोश- जागर बोकेर, नयाँ सिप र क्षमता लिएर अनि यो पुस्तालाई विस्थापित गरेर देशको नेतृत्व लिनुहोस । यसमा तपाई हामी र पुरै राष्ट्रको भलो लुकेको छ ।

तर यसको अर्थ व्यक्तिगत जीवन, आर्थिक जीवन समाप्त पार्नुस भन्न खोजेको होईन, म पनि एउटा कृषक हुँ । केही साथीहरुसंग मिलेर कृषि पेशामा तल्लीन छु । खेती किसानी र बाख्रापालन गरिरहेको छु । तपाई पनि यस्तै व्यवस्थापकीय क्षमता अभिबृद्धि गरेर जान सक्नुहुन्छ भन्ने मलाई लाग्छ । मात्र मेरो आग्रह के हो भने, हामीलाई विस्थापित गर्ने गरि तयार हुनुहोस र हामीलाई विस्थापित गर्न आउनुहोस् ।

देशको तत्कालिन कार्यदिशा भनेको शान्ति, संविधान र परिवर्तन हुनुपर्छ । सिद्धान्त सबैका आ-आफ्नै होलान् । तर कार्यदिशा यिनै हुनुपर्छ । अवको समय यिनै कार्यदिशा प्राप्तीको लागि खर्चिनेछु । प्राप्त भइसकेका उपलव्धी जोगाउनु हाम्रो अगाडी चुनौती छ । हाम्रा अग्रजहरु समस्या खोज्न सक्षम भए तर समाधान दिन सकेनन् । आन्दोलन सफल बनाए, तर आन्दोलन पछिको व्यवस्थापनमा चुके । ध्वस्त भएको राज्य व्यवस्तालाई फेरी चुस्त पार्न चुके ।

त्यसैले नयाँ व्यवस्थापकिय क्षमतावान् अझ भने समाजका अब्बल दर्जाका प्रतिभावान् पुस्ताको राजनितिमा निकै ठूलो खाँचो छ । म सबै युवाहरुलाई फेरी पनि हामीलाई विस्थापित गर्ने गरि राजनितिमा आउनुहोस भन्ने आग्रह गर्दछु ।

तर एउटा कुरा लुकाउनु हुदैन । राजनीति भनेको पाउने र कमाउने व्यवसाय होइन । यद्धपी कत्तिले यसलाई यही रुपमा बुझेका पनि होलान । तर यहाँ आइपुगेपछि धेरै कुरा त्याग गर्न सक्नुपर्छ । राजनीति त्यागको मुआब्जा खोज्ने ठाउँ होइन । मैले पनि राजनीतिमा लागेर धेरै गुमाएको छु । सवैभन्दा महत्वपूर्ण कुरा त मैले आफ्नो व्यक्तिगत जीवन गुमाएकोछु । सधै संगठन, सधै गोष्ठी सधै बैठक भन्दा भन्दै आफ्नो पारिवारीक जीवन कहाँ पुग्छ आफैलाई थाहा हुँदैन । यसको कारण समय व्यवस्थापनामा मेरो कमजोरी भएकोले पनि हुन सक्छ । त्यस्तै समयकै कारण धेरै पुस्तक पढ्न पाएको छैन । इच्छा हुँदा हुँदै पनि पढ्न नपाउँदा साह्रै दुःख लाग्छ । राजनितिले मलाई गरेको अपगुण यिनै हुन । तर मैले यसो भनेर राजनीतिमा आउन खोजेका नयाँ पिढीलाई हतोत्तसाहीत पार्न खोजको होइन ।

मैले भन्न खोजेको के हो भने, हामी हाम्रो पुस्तासम्म आइपुग्दा पनि समय व्यवस्थापन गर्न चाहिने सिपमा अपूर्ण छौं । यो सवालमा हामी चुकेका छौं । तपाई नयाँ साथीहरु समयको कुशल व्यवस्थापन गर्न सक्ने सिप बोकेर आउनुहोस् । यही मुख्य सिप तपाइको उर्जा बनेर जीवनमा सहयोगी बन्ने पक्का छ । म पचास कटेपछि सक्रिय राजनीतिबाट सायद थाक्छु होला, त्यसपछि पालो तपाईहरुको हो । आफुमा सिक्ने क्रममा कुनै बन्देज नलगाउनु होला । परिवर्तनशील मुद्दामा समाधान सहितका प्रश्न बोकेर आउनुहोस् अनि नेपाललाई सही नेतृत्व गर्नुहोस् भन्ने मेरो युवाहरुलाई आग्रह रहन्छ ।

अन्त्यमा, म युवाहरुलाई के भन्न चाहन्छु भने समाज बदल्ने चाहना राख्नु हुन्छ भने किनारा बसेर आलोचना मात्रै नगर्नुहोस् । राजनितीको मुलधारमा केहि समयको लागि भएपनि आउनुहोस् । अहिले हामी राजतन्त्रात्मक युगको अन्त्य गरेर नयां गणतान्त्रिक युगमा प्रवेश गरेका छौं । त्यसकारण गणतन्त्रलाई संस्थागत गर्दै स्वाधीन र समृद्ध राष्ट्र बनाउन क्षमतावान र सक्षम युवाहरुको भुमिका आवश्यक मात्र होइन अपरिहार्य बनेको छ । यो दल या उ दल भन्ने छैन, आफ्नो आस्थाको दलमा प्रवेश गरेर ती दल भित्रका पुराना खिइएका मक्किएका परिपाटीलाई परिवर्तन गर्नुहोस् । हाम्रो पुस्ताको सानो त्यागले एउटा सिंगो देशको भविष्य, हाम्रो सन्तन्तिको भविष्य उज्ज्वल हुन्छ भने हामीले अहिलेदेखि नै त्यसको शुरुवात किन नगर्ने ?

समयबोध मासिकबाट साभार

जनप्रीय स्व.वि.यु सचिब देउवाको निणय प्रर्ती आक्रोश ब्यक्त गर्दै ।

नेपाल बिधार्थी संघ जनप्रीय बहुमुखी क्याम्पस,पोखराका बिद्यार्थी नेता एवम जनप्रीय स्वतन्त्र बिधार्थी युनियनका सचिब धुर्वराज अधिकारिले नेपाली काङ्ग्रेसका सभापतीको यहि बैशाख ३१ गते २०७४ हुन गहिरएको स्थानिय निर्वाचनमा काङ्ग्रेस र माओवादी बिचको कार्यएकता सम्बन्धि अपारदर्शी ढ्ङ्गवाट गरिएको निणय   प्रती असन्तुष्ट हुँदै, आफ्नो फेस्बुकवालमा स्टाटस लेखे।

" आज छोरिलाई मेयर नबनाय भोलि प्रधानमन्त्रीमा सहयोग गर्दिन भन्ने प्रचण्ड घुर्कीले डराएर प्रजातान्त्रिक सिद्धांत र मान्यता बोकेका काङ्ग्रेसीलाई हसिया हथौड़ामा भोट हाल्न लगाउनु होला !
#भोलि प्रधानमन्त्रीको कुर्सी टिकाउन विधानमै सिद्धान्त परिवर्तन गर्नु होला ।
#प्रधानमन्त्री को कुर्सी लात मारेका गणेशमानको पार्टी हो यो, राजाले बोलाउदा अस्विकार गर्ने, पार्टी हारे पनि देश जित्छ भनेर पहिलो संविधान सभाको निर्वाचन गराउने गिरिजाप्रसादको पार्टी हो यो !!
#सभापती_ज्यु_चेतानाभया_तपाई_भयर_काङ्ग्रेस_बनेको_हैन_महासमिति_बैठकले_तपाईं_लाई_हटाउने_प्राबधान_पनि_छ।"